पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...

पोखरा:  पोखराको निरमाया दोहोरी साँझले १९ औं वार्षिक उत्सव कार्यक्रम गर्ने भएको छ ।   चिप्लेढुंगाबाट लामो समय देखि लोकदोहोरीको संरक्षण तथा सम्बद्र्धनमा क्रियाशील व्यवसायिक संस्थाले असार १४ देखि १७ गते सम्म विशेष कार्यक्रमको आयोजना गरेको हो ।   राष्ट्रिय कलाकार एवम् नियमित कलाकाहरुको प्रस्तुति सहित वार्षिक उत्सव कार्यक्रम गर्न लागिएको संचालक जीवन गुरुङले जानकारी दिए । उनका अनुसार सो अवसरमा साँझ ७ बजेदेख रातिको १ः०० बजे सम्म ग्राहकलाई सेवा प्रवाह गरिनेछ ।    वार्षिक उत्सव कार्यक्रममा लोकदोहोरी गायक गायिका ईश्वर सिंह, चिज गुरुङ(लन्ठु),निर्जला गुरुङ, सुमन थापा मगरको विशेष प्रस्तुति रहनेछ । साथै नियमित कलाकारहरु टेक क्षेत्री, टस बहादुर गुुरुङ, गुप्त गुरुङ, विनोद गुरुङ, पाण्डव गुरुङ, प्रशान्त तामाङ, किसान नेपाली, याम बहादुर नेपाली, युमिन्द्र गुरुङ, सन्देश गायक, सञ्जय गायक, ईन्द्रा गुरुङ, बत्ति कुमारी थापा, चिना थापा, कल्पना आले , पुजा तामाङ, सुनिमा गुरुङ, सरिता राई र ललित पुनको प्रस्तति रहनेछ ।   कार्यक्रममा विभिन्न आकर्षक नृत्यहरु समेत प्रस्तुति गरिने गुरुङले बताए ।    दोहोरी साँझले यसअघि पनि वार्षिक उत्सवका समयमा विभिन्न सामाजिक एवम् सांगीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।     

काठमाडौं:   नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्र नेपालभर प्रदर्शन गर्ने निर्णय गरेको छ । उच्च अदालत पाटनको असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन गर्न बाधन नगर्नू नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै आज (शुक्रबार)बाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको शुक्रबार संघका महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘‘नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु हाम्रो नैसर्गिक  अधिकार हो । राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने नेपाल चलचित्र संघको सदैव मान्यता रहेको छ । अदालत, संविधान एवम् ऐन कानुनको पालना गर्नु हरेक नागरिकको कर्तव्य रहेको हुँदा हामी चलचित्र व्यवसायीहरु उक्त कर्तव्यमा दृढ सङ्कल्पित रहेका छौं ।’’ केही दिनअघि काठमाडौं महानगरपालकाका प्रमुख बालेन्द्र साहले हिन्दी फिल्म आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौं महानगरभित्र हिन्दी फिल्म रोक लगाउने निर्णय गरेको थियो । बिहीबार उच्च अदालत पाटनले काठमाडौंका चलचित्र हलहरूमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

पोखरा:  एसटी क्रियसनद्वारा आयोजित तेस्राे मिस एसइई गण्डकीको ताज सुयना हिराचनले जितेकी छिन् ।   शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा अन्य १३ प्रतिस्पर्धीलाई पछि पार्दै सुयना मिस एसइई गण्डकी –२०२३ बनेकी हुन् ।   उनले मिस एसइई गण्डकी २०२३ को ताजसँगै प्लस टु अध्यनका लागि पूर्ण छात्रवृत्तिसहित नगद रु २५ हजार तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।   यस्तै फस्ट रनरअप स्मृति ताम्राकार बन्दै प्लस टु अध्यनका लागि ७५% छात्रवृत्तिसहित नगद रु २० हजार प्राप्त गरिन् भने सेकेन्ड रनरअप बनेकी समृद्धि थापाले  प्लस टु अध्यनका लागि ७५% छात्रवृत्तिसहित नगद रु २० हजार हात पारिन् ।   भ्यूअर च्वाइसका रुपमा जेसिका गुरुङ पुरस्कृत बनिन् ।  यस्तै अन्य विधामा उत्कृष्ट बनेकी प्रतिस्पर्धीहरुलाई पनि अवार्ड प्रदान गरिएकाे थियाे ।   निर्णायकमा डा. रामजी शर्मा, कौशल्या गुरुङ, जेनिता थापामगर, अर्कित पुरी, मन्जेस गिरी र सफल सुवेदी रहेका थिए ।      उनीहरुलाई गण्डकी प्रदेश सभा सदस्य तथा महिला नेतृ सरस्वती गुरुङ लगायतले पुरस्कार वितरण गरेकी थिइन् ।  

काठमाडौं:     नेपाल प्राज्ञ-प्रतिष्ठानले यही आसार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवमा यस दशककै सर्वाधिक कविताहरू दर्ता हुन आएका छन् । महोत्सवमा इमेलबाट ८४८ र प्रत्यक्ष ४४ वटा गरी ८९२ वटा कविता प्रतिष्ठानमा दर्ता हुन आएका छन् । २०२२ सालदेखि सुरु गरिएको राष्ट्रिय कविता महोत्सवको इतिहासमा यो पछिल्लो दशक यता निरन्तर खस्किरहेको कविहरूको आकर्षण यसपल्ट एक्कासि उक्सिएको छ । ५८ वर्षे लामो राष्ट्रिय कविता महोत्सवको परम्परा र प्रतियोगितात्मक ढाँचालाई परिवर्तन गरेर यस पटकदेखि प्रज्ञा-प्रतिष्ठानले समावेशी सहभागितामूलक सिद्धान्तअनुसार सबै “नेपाली भाषा/मातृभाषा/कविताहरूलाई आह्वान गरेको थियोे । “सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’’ भन्ने नाराका साथ प्रज्ञा–प्रतिष्ठानलाई सारा  नेपालीको साझा थलो बनाउने योजनाको प्रमुख कडी भनिएको छ । यस राष्ट्रिय कविता महोत्सवको यही नारालाई आत्सात् गरेर यस पटक यो दशककै सर्वाधिक सङ्ख्यामा कविहरूले महोत्सवमा सहभागिता जनाउन लागेका हुन् । यसपटक राष्ट्रिय कविता महोत्सवमा नेपाली, संस्कृत, डोटेली, वाम्बुले राई, वान्तवा राई, लिम्बु, कुलुङ, अवधी, मगही, मगर(खाम), राजवंशी, उरावँ, मैथिली, ल्होमी, धिमाल, माझी, कठरिया(थारू), पुमा राई, गुरूङ, नाछिरिङ, वायुङरबाहिङ, सामपाङ, नेपालभाषा, चाम्लिङ राई, तामाङ, ताजपुरिया, शेर्पा, थुलुङ, दुङ्माली, खस हुम्ली, घले गुरुङ, भोजपुरी, मध्य पूर्वीय थारू, पूर्वी थारू, थारू र दमाई लगायतका ३६ वटा भाषामा रचिएका कविताहरू राष्ट्रिय कविता महोत्सवका लागि प्राप्त भएका छन् ।

काठमाडौं:    यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित हुनुभएको छ । यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उहाँले नगद रु चार लाख पुरस्कारसमेत प्राप्त गर्नुभयो । कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट तपाईँले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ रु भनेर सोधिएको प्रश्नमा सटिक उत्तर दिएसँगै मगर विजेता घोषित हुनुभएको थियो । विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताउनुभयो । “पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ । संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ”, उहाँले भन्नुभयो ।   यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो बन्नुभयो । उहाँहरूले क्रमशः रु दुई लाख र एक लाखसमेत प्राप्त गर्नुभयो । कार्यक्रममा सुब्बासँगै अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रिना थापामगर, हिमाल राना, सङ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र श्रीस मगरले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।  

पोखरा:  गायिका तथा नायिका पार्वती थापा र दिपेश लामाको आवाजमा ‘जुग जाने मायाँ’ बोलको गीत सार्वजनिक भएको छ ।   कमल बहादुर गुरुङको निर्देशनमा निर्मित उक्त म्युजिक भिडियो दिपेश लामाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।   उक्त भिडियोमा हिरा बहादुर गुरुङ र मोनीका गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।    गायिका पार्वती थापाको शब्द र दिपेश लामाको संगीत रहेको उक्त गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका छन् ।   कास्कीको पर्यटकीय माछापुच्छ्रे गाउँपालिका –२ चौरागाउँमा दिपेश केसीको छायांकन गरेको भिडियोको सम्पादन नेत्र गुरुङले गरेका हुन् । भिडियो:  

बागलुङ:  गायक, कलाकार तथा सज्जन कुमार सिंहको नयाँ गीत 'पोखरामा...' सार्वजनिक भएको छ ।      ‘पोखरामा दुई कुराको भर हुन्न रे एउटा  पानीको अर्को नानीको’ शिर्षभाकमा रहेको म्युजिक भिडियो इलाका खबर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।   सो म्युजिक भिडियोमा गायक सज्जन, जुना गुरुङ र सरिता धनकोटीको अभिनय रहेको छ भने अस्मिता अधिकारी र सज्जनले स्वर भरेका छन् ।   इश्वर बाबुले निर्देशन र सम्पादन गरेका छन् भने राजेश घिमिरेको छायांकन गरेका छन् । यस्तै  बिनोद बाजुरालीले एरेन्ज गरेका छन् ।   गायक सज्जन पत्रकारितामासमेत सक्रिय छन् । भिडियो:  

पोखरा:    पोखराको अमरसिंह चोकमा रहेको लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारमा आज (शनिबार) चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने भएको छ । अमरसिंह चोकमा रहेको होटल टास्कको तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ तथा फुड कार्निभलमा चर्चित लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुतको प्रस्तुती रहने भएको संचालक मीन गुरुङले जानकारी दिए । होटल टास्कको तीनवटै आउटलेटबाट MRP (न्युनतम खुद्रा मुल्य) मा बियर बिक्री वितरण गर्दै आइरहेकोमा तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङको अवसर पारी शनिवार अपराह्न ४ बजेदेखी विशेष सांगीतिक कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा पछिल्लो समय चर्चित सकम्बरी गीतका गायक प्रकाश सपुतको प्रस्तुती संगै युवापुस्तालाई लक्षित गरी स्थानिय ब्ल्याक फेदर ब्याण्डको लाइभ प्रस्तुती, लोकदोहोरी गायिका बत्ती थापा र प्रकाश सपुतको प्रत्यक्ष दोहोरी प्रस्तुती संगै तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिबाट नृत्य प्रस्तुत गरिने छ । कोभिड १९ का कारण आर्थिक मन्दी भई जनमानसमा पर्याप्त आम्दानी नभइरहेको बेला सेवामुलक व्यवसायमार्फत ग्राहकहरुलाई सर्वसुलभ मुल्यमा बियर  र खानाका परिकारहरु पस्कदै आइरहेको छ । “सबैको लागि लेकाली, संधैको लागि लेकाली” भन्ने उद्घोषका साथ सञ्चालित लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बार गण्डकी प्रदेशको एकमात्र MRP (न्युनतम खुद्रा मुल्य) बियर रेष्टुरेण्ट हो । यस रेष्टुरेण्टमा गोर्खा बु्रअरीको उत्पादन टुबोर्ग, गोर्खा (प्रिमियम), काल्सबर्ग संगै बाह्रसिंगे, अर्ना र बर्डवाइजर बियरहरु MRP (न्युनतम खुद्रा मुल्य) मा ग्राहकहरुले उपभोग गरी बियरको मज्जा लिन सक्नेछन । त्यसैगरी रेष्टुरेण्टमा बियर संगै पोर्क (कालो धराने बंगुरको परिकारहरु) मटन, चिकन र बफका परिकारहरुको समेत स्वाद लिन सक्नेछन । रेष्टुरेण्टबाट स्थानीय उत्पादन कोदोको रक्सी (नारे पा) समेत  प्रवद्र्धन गर्दै आइरहेको छ । गोर्खा ब्रुअरिको सहकार्य रहेको उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गर्नेछन ।

काठमाडौं:     वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात)वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे । डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ ।  पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानुहुनेछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।