पोखरा: पोखराको लेकसाइडस्थित चर्चित बर पिपल रिसोर्टले अंग्रेजी नयाँ वर्षको स्वागतार्थ ‘न्यू इयर विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । न्यू इयर इभ अर्थात ३१ डिसेम्बरमा लाइभ म्यूजिक विद गाला डिनर कार्यक्रम आयोजना गर्न लागिएको रिसोर्टका प्रबन्ध निर्देशक जितु गुरुङ्गले जानकारी दिनुभयो । साँझदेखि शुरु हुने कार्यक्रममा डिजे मेख गुरुङ्ग, भ्वाइस अफ नेपालमा सहभागिता जनाएर चर्चा बटुल्नुभएकी गायिका रजनी राई र पोखरेलीमाझ चिरपरिचित गायक रामभक्त जोजिजुको सांगेतिक प्रस्तुती रहने गुरुङ्गले बनाउनुभयो । ‘आफ्नों जोडी अथवा परिवारसंगै साँगेतीक माहौलमा नयाँ वर्षको स्वागतका लागि यो कार्यक्रम आयोजना गरेका हौं’–गुरुङ्गले भन्नुभयो । उक्त कार्यक्रमका लागि रिसोर्टले खानाका विशेष परिकारहरुको छुट्टै मेनु तयार पारेको उहाँको भनाई छ ।
पोखराः पाँच दशक भन्दा बढी नेपाली लोक साँस्कृतिक क्षेत्रमा निरन्तर क्रियाशिल ६५ वर्षिय बरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ(गौरी)को शनिवार पोखरा सभागृहमा गौरी गुरुङ एकल साँझ सम्पन्न भएको छ । नेपाली लोक सँस्कृति बचाऔं मुल नाराका साथ क्रियाशिल हिमाली साँस्कृतिक परिवारको रजत जयन्तीको वर्षको सन्दर्भमा संस्थाका वरिष्ठ सल्लाहकार गुरुङको एकल साँझको भव्यताका साथ सम्पन्न भएको हो । आठ वटा नृत्य प्रस्तुत गरेका गौरी गुरुङ हिमाली साँस्कृतिक परिवारका पुराना र नयाँ कलाकारले साथ दिएका थिए भने परिवारका कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुति गर्दै कार्यक्रममा रौनक भरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गौरी गुरुङ पोखरेली साँस्कृतिक क्षेत्रको इतिहास भएको बताउनुभयो । उहाँले बुद्धिप्रसाद गुरुङ गौरी अझै आफुहरुले विद्यार्थीकालदेखि नै नृत्य निर्देशक, कलाकार गोरे गुरुङको नामबाट चिन्दै आएको भन्दै उहाँको नृत्य क्षेत्रमा योगदानको प्रसंशा गर्नुभयो । कलाकारिता सँस्कृतिसँग समृद्धिको आधार भएकाले आगामी दिनमा महानगरपालिकाले पर्यटकीय शहर पोखरामा कला प्रवद्र्धनका लागि विशेष योजना बनाउने बताउनुहुदै आगामी २ वर्षमा प्रदर्शनी केन्द्र अत्याधुनिक सम्मेलन केन्द्र निर्माण गर्ने योजना रहेको जानकारी गराउनुभयो । नगरप्रमुख आचार्यले पोखरामा निर्माण सम्पन्न भएको अन्र्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्ने अन्तिम तयारीको जुटेको भन्नुहुदै रिठेपानी डाडाकटान गरिएको र फोहोर मैला व्यवस्थापनका लागि वडा नं.३२ मा प्रवन्ध गरिएको बताउनुभयो । उहाँले पृथ्वीराजमार्गमा रहेको पृथ्वीचोकदेखि बिजयपुरसम्मको सडक क्षेत्रलाई व्यवस्थित र सफा गर्नका लागि पुस १३ गते विहान सरसफाई कार्यक्रम आयोजना गरिएकाले सबैको सहभागिताको लागि आग्रह गर्नुभयो । एकल साझँकै क्रममा बरिष्ठ नृत्य निर्देशक बृद्धिप्रसाद गुरुङ गौरीलाई हिमाली साँस्कृतिक परिवारले मानार्थ सदस्यताबाट सम्मान र लिटिस्टेप माविले विगत दुईदशकदेखि विद्यालयमा नृत्यनिर्देशक भई योगदान दिएको भन्दै सम्मान गरेको थियो । एकल साँझ समापनको क्रममा गौरी गुरुङले सहयोगी, शुभेच्छुकहरुलाई धन्यवाद दिनुहुदै जीन्दगी नै नृत्य क्षेत्रमा क्रियाशील रहिरहने क्रममा आफुलाई दर्शकहरुमा आत्मैदेखि सम्मान गरेको अनुभूति भएको भन्दै आभार व्यक्त गर्नुभयो । हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवम कार्यक्रम संयोजक गजबहादुर गुरुङले स्वागत उपाध्यक्ष श्रीजंग गुरुङ र सहसचिव डबिन गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रम सफल बनाउनका लागि मुख्य प्रायोजन नादा तमु समाज, सहयोगी संस्था पोखरा महानगरपालिका, सहप्रायोजक शितलादेवि युवा क्लव, प्रवद्र्धक गण्डकी प्रज्ञाप्रतिष्ठान र पोखरा प्रज्ञाप्रतिष्ठान रहेको थियो ।
पोखराः पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले क्रिसमसलाई लक्षित गरेर गायक सविन राईको विशेष साङगितिक साझँको आयोजना गरेको छ । क्रिसमको अवसरमा पुस १० गते शनिबार विशेष कार्यक्रमको आयोजना गरेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । शनिबार साँझ सविन राई र उनको ब्याण्ड ‘द फेरोह’ युवा युवतीलाई नचाउने छन् । सबिन राई निकै लोकप्रिय गायक तथा गीतकार हुन् । उनका तिमि नै हौ, म संसार जित्ने, दिन र रात, मलाई अंगालिदेउ, जाउकी बसु, कोमल त्यो तिम्रो, सधै तिमि मेरो लागयतका गीतहरु चर्चित छन् । उनलाई स्टेज प्रस्तुतीहरु निकै रोचक हुने गर्दछन् । उनले सन् १९९२ बाट नेपाली सांगितक दुनियामा आएका हुन् । प्रबेशका लागि एक हजार र १ हजार ५ सयको टिकट रहेको उनले बताए । निःशुल्क रुपमा अग्रिम टेवल बुकिङको पनि व्यवस्था रहेको उनको भनाई छ । ‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण जोडएको पौडेलले बताए । पोखरा आएका धेरै पर्यटकलाई क्रिसमको अवसरमा मनोरञ्जन दिन उद्देश्यले कार्यक्रमको आयोजना गरेको उनले बताए । बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्दै साङगितीक रमाइलो लिन पाइने उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ । उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने उल्लेख गरे ।
पोखराः कोही मान्छे चर्चामा आउनुपर्छ त्यसबारे रातारात पुस्तकसम्म निस्किन्छ । त्यसैले अनुवादक उज्ज्वल प्रसाईं भन्छन्, ‘अनुवादक र जीवनीकार रातारात जन्मिन्छन् नेपालमा । राजा ज्ञानेन्द्र मर्नेबित्तिकै कोही एउटा जीवनीकार जन्मिहाल्यो । कोही मान्छे पपुलर भए त्यसको पनि जीवनी अनुवद हुन्छ अनि बजारमा आइहाल्छ ।’ फेवाताल किनार बाराही घाटमा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार साँझ ‘अनुवादको सन्चो–विसन्चो’ सेसनमा बोल्दै उनले मृत्यु केन्द्रीत अनुवाद बिक्ने गरेको भन्दै थकथकी सुनाए । प्रसाईंकाअनुसार राम्रो अनुवादक जन्माउन नेपालमा त्यसबारे सिकाउने संस्था नहुँदा समस्या पैदा भएको छ । ‘के बिक्छ, के बिक्दैन निर्धारण गर्ने कुरा धेरै हुन्छन् । तर, त्यस्तो किन हुन्छ ? मान्छेको हातमा त्यस्ता चिज किन बढी हुन्छन् ? राम्रो चिज किन बन्दैनन् भन्ने प्रश्न संस्थासँग जोडिन्छ,’ उनी भन्छन्, ‘हामीसँग राम्रो अनुवाद गर्न स्रोत दिने, गुणस्तर नियन्त्रण गर्ने, अनुवादकलाई प्रेरणा दिने संस्था छैनन् । एउटै व्यक्तिबारे ५० वटा अनुवाद निस्किए पनि यस्तो भए एउटा अनुवादले स्थान पाउँछ ।’ विनोदविक्रम केसी सहजकर्ता रहेको त्यही सेसनमा अरु दुई अनुवादक सगुना शास र गनेस पौडल वक्ता थिए । प्रसाईं, शाह र पौडेलले भाषा, पारिश्रमिकसहित अनुवादका सुःख–दुःखका किस्सा सुनाए । अनुवादक पौडेलले नेपाली पुस्तकको अनुवाद विश्व बजारमा पु¥याउन आवश्यक रहेको बताए । ‘अनुवादसँग के जोडिएको छ भने छापा उद्योग छ । र, त्यसको अन्तिम कारिन्दा लेखक हो । नेपाली किताब अंग्रेजीमा अनुवादित भएर विश्वमा जान दिँदैनन् । भएको अनुवाद अब त्यस्ता बजारको पनि हुन जरुरी छ,’ उनले भने । पुराना–पुराना विषयवस्तु समेटिएका पुस्तकका अनुवाद भइरहेको भेटिन्छन् । तर, पौडेल अनुवादलाई दुई समाजको संवादको रुपमा मान्ने हो भने त्यस्तो गर्नु ठिक मान्दैनन् । समकालीन लेखकका पुस्तक अनुवाद गर्दा नबुझेका विषय साक्षात्कार गर्न पाइने भएकाले त्यसमा जोड दिनुपर्ने पौडेल बताउँछन् । ‘एउटा समाजले अर्को समाजसँग संवाद गर्नुपर्छ भन्ने अर्थबाट अनुवादको महत्व हो भने क्लासिक (पुरानो)तिर कुद्नु हुँदैन । समकालीन लेखकका कृति अनुवाद गरिनुपर्छ । समकालीन लेखक स–शरीर उपस्थित हुन्छ,’ उनले भने । सगुना शाह अंग्रेजी र फ्रेन्च पढाउँछिन् । अन्य भाषामा अनुभवी भएकाले नेपालीमा बोल्दा, लेख्दा भाषिक त्रुटि नगर्न धेरै समय अनुवादमा खर्चने गरेको उनले सुनाइन् । ‘नेपाली पनि बोल्नु हुन्छ र भन्ने प्रश्न सुनेको छु । नेपालीमा लेख्ने भन्ने कुरा त मबाट सम्भवना नै छैन भन्ने हुन्थ्यो । त्यो बाहिरको मान्छेलाई लाग्ने कुरा हो । अंग्रेजी र फ्रेन्च पढाउने भएकाले म मिठो नेपाली बोल्दिनँ होला भन्ने लागेको थियो,’ उनी भन्छिन्, ‘लेख्नेबेला भाषाकै कारण त्रुटि हुनसक्छ भन्ने थाहा थियो । त्यो हुँदा धेरै समय लगाएर अनुवाद गरेँ ।’ अनुवाद गर्दा मिहिनेत र समय लाग्छ । अनुवादककाअनुसार विदेशी पुस्तक अनुवाद गर्दा त्यहाँ प्रयोग भएका शब्दको अर्थ नबुझ्दा पनि हप्तौँसम्म अड्चन आइपर्छ । तर, पारिश्रमिक देख्दा त्यसमा जाँगर नचल्ने प्रसाईं बताउँछन् । ‘राम्रो अनुवादकले मिहिनेत गरे धेरै परिश्रम लाग्छ । कहिले एउटै प्यारेग्राफले एक हप्ता रिंग्याउँछ । न्याय कसरी गर्न सकिन्छ भन्ने सोचिन्छ,’ उनी पारिश्रमिकबारे भन्छन्, ‘पारिश्रमिकका हिसाबले अनुवाद गरौँगरौँ कहिल्यै लागेन । पारिश्रमिक सम्झियो भने अल्लि मूल्य भएको किताबको अनुवाद गरौँ भन्ने जाँगर भरभराएर आउँदैन ।’ नेपाली र अंग्रेजी भाषा सुधार्ने प्रयास विद्यालय स्तरबाटै हुनुपर्ने प्रसाईंको मत छ । त्योसँगै भूगोलअनुसार स्थानीय भाषा पनि अध्यापन गराउन सक्नुपर्ने उनको भनाइ छ । स्थानीय भाषा सिकाउँदा र त्यसमा अनुवाद गर्दा पाठक बढ्ने प्रसाईंको विश्वास छ ।
पोखरा: पोखरामा जारी दशौँ नेपाल लिट्रेचर फेस्टिभलको दोस्रो साँझ पुरानादेखि नयाँ आधुनिक गीतहरुको गाइएको छ। आधुनिक संगीतको सय वर्ष शिर्षकको उक्त सेसनमा कुन्ती मोक्तान, लोचन भट्टराई, शिलाबहादुर मोक्तान लगायतका कलाकारले प्रस्तुति दिएका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नेपाल संगीत नाट्य एकेडेमीको आयोजनामा भएको सेसनमा वि.सं. १९६५ देखि यता विभिन्न काल खण्डका गीतहरु गाइएको थियो। जसमा १९६० को दशकको राणाकालमा, २००० को दशकमा प्रजातन्त्र आइसकेपछि र पञ्चायतकालमा रचिएका तथा गायिएका गीतहरु रहेका छन् । तीत चरणमा विभाजित सांगीतिक कार्यक्रमको सुरुवात नेवारी गीत राजमति खुमतिबाट गरिएको थियो। त्यस्तै वि.सं.२००० भन्दा अघिका केही सिमित गीत मध्ये मेलवादेवीको सवारी मेरो रेलैमा, मित्रसेनको लाहुरेको रेलिमइ, उस्ताद साइलाको रातो ठेकी नारन तथा रेनुदेवी अधिकारीको क्रान्तिकारी गीत नेपाली अघि बढ हातमा क्रान्तिको झण्डा लिइ लगायतका गीत गाइएको थियो । त्यस्तै २००० देखि यता प्रजातन्त्र तथा रेडियो नेपालको स्थापना भइसकेपछि रेकर्ड भएका गीतहरु प्रस्तुत गरिएको थियो। जसमा हरि प्रसाद रिमालको फगत एक नजरमा, नारायण गोपाल र तारादेवीको हे कान्छा ठट्टैमा वैँश जान लाग्यो, बच्चु कैलाशको तितरी पंखी बादलमाथी, नातिकाजीको नेपाली हामी रहौँला कहाँ लगायतका गीत गाइयो। त्यसपछिको चरणमा २०३०, ४० को दशकमा स्थापना भएका सांगीतिक राल्फा समूहको गाइ त बाँध्यो ढुंग्रोमा मोही छैन, कोही त भने जहाजमा, लेकाली समूहको मलाई प्यारो लाग्छ, अम्बर गुरुको नौलाख तारा उदाए धर्तिको आकाश हाँसेछ, गोपाल योन्जनको बनेको छ पहराले लगायतका गीत प्रस्तुत गरिएको थियो । त्यस्तै पुराना चलचित्र गीतहरु माइतीघर, गैरी खेतको सरौँतिले लगायतका गीतमा नृत्य पनि प्रस्तुत गरिएको थियो। सोमबारसम्म चल्ने महोत्सवको तेस्रो दिन शनिबार सांगीतिक कार्यक्रम, किताब चर्चा, अर्थतन्त्रमाथीको वहस लगायतका दर्जनभन्दा बढी सेसन छन् ।
काठमाडौं: अभिनेत्री सामन्था रुथ प्रभु पछिल्लो समय चर्चा भन्दा बाहिर छिन् । अहिले धेरै प्रोजेटबाट उनले हात झिकेको खबर समेत बाहिर आइरहेको छ । उनले आफ्नो स्वास्थ्यमा ध्यान दिन प्रोजेक्टबाट हात झिकेको बताइन्छ । हिन्दी वेब ‘द फैमिली सिजन २’ को ठूलो सफलतापछि सामन्थाले धेरै बलिउड फिल्म साइन गरेकी थिइन् । मिडिया रिपोर्टका अनुसार उनले अहिले धेरै निर्मातालाई लामो ब्रेक चाहिएको बताएकी छन् । केही समयअघि सामन्थाले आफू मायोसाइटिस नामक रोगबाट पीडित भएको खुलासा गरेकी थिइन् । त्यसयता उनी सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । मिडिया रिपोर्टका अनुसार सामन्थाले विजय देवरकोंडासँग फिल्म ‘कुशी’ को छायांकन छिट्टै सक्नेछिन् । त्यसपछि उनी फिल्मबाट टाढा रहनेछिन् । उनका सहयोगीले उनले अब कुनै पनि नयाँ प्रोजेक्ट साइन नगर्ने निर्मातालाई जानकारी दिएका छन् । ‘कुशी’ शिव निर्वाणले निर्देशन गरेको रोमान्टिक फिल्म हो । फिल्म २०२३ को फेब्रुअरीमा रिलिज हुनेछ । सामन्थाको गतवर्ष नागा चैतन्यसँग सम्बन्धविच्छेद भएको थियो । सामन्थाले अक्टोबर २ मा सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्ध विच्छेद भएको जानकारी दिएकी थिइन् । विवाहअघि सामन्था र नागा चैतन्यले करिब तीन वर्ष एक अर्कालाई डेट गरेका थिए । त्यसपछि दुबैले हिन्दू र क्रिस्चियन रिवाजअनुसार विवाह गरेका थिए ।
पोखरा: एघारौं पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रा.लि.ले फोटोेग्राफी पार्टनरको रुपमा साथ दिने भएको छ । आगामी पुष २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रालिले आधिकारिक फोटोग्राफीको जिम्मा पाएको हो । मंगलबार एक कार्यक्रमकाबीच मयुरटाइम्स न्युजका संचालक प्रविन मगर र एघारौ पोखरा महोत्सवका फोटो तथा भिडियोग्राफी उपसमिति संयोजक जयराम आचार्यबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सो अवसरमा वोल्दै मयुरटाइम्स न्युजका संचालक प्रविन मगरले पोखरा महोत्सवका सम्पूर्ण गतिविधीहरुलाई फोटोग्राफीमार्फत महोत्सवलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । पोखरा महोत्सव आफैमा ब्राण्ड र यसले गर्ने सामाजिक काममार्फत सम्पूर्ण पोखरेलीको मन जित्न सफल भएकाले आफ्नो संस्थाले पोखरा महोत्सवको फोटोग्राफी पार्टनरको रुपमा काम गर्न पाउदा खुसी लागेको मगरको भनाइ रहेको थियो । त्यस्तै पोखरा महोत्सवका फोटो तथा भिडियोग्राफी उपसमिति संयोजक जयराम आचार्यले पोखरा महोत्सवका सम्पूर्ण गतिविधीहरुलाई फोटोग्राफीको माध्मबाट संचित गर्न आफुहरु यसअघिको महोत्सवहरुमा सफल भएको बताउदै मयुरटाइम्सलेसमेत त्यसलाई निरन्तरता दिन आग्रह गरे । पोखरा महोत्सवको सम्पूर्ण गतिविधीहरुआयोजकको पेज तथा मयुरटाइम्स न्यूज र लोडिङ नेपालको पेजबाट हेर्न सकिने बताइएको छ ।
पोखरा: तमु समुदायको महान चाड, नयाँवर्ष तमु ल्होछार तमु धिं नेपालले विविध कार्यक्रम गरी मनाउने भएको छ। बाह्रवटा ल्हो(वर्ग)हरु मध्ये यसवर्ष तो ल्हो(बाघ वर्ग)को विदाई र हि ल्हो(बिरालो वर्ग)को आगमनको अवसरमा पुस १४ देखि १६ गतेसम्म विविध कार्यक्रम गर्ने भएको हो। १४ र १५ गते तमु धिं नेपालले विविन्न समाजहरुसहित र १६ गते तमु धिं नेपाल र तमु प्ये ल्हु संघ केन्द्रिय समितिको मुख्य आयोजनामा पोखरामा बृहत शुभकामना र्यालीसहित अमरसिंहचौरमा विशेष कार्यक्रम गर्ने बताइएको छ। तमु धिं नेपालले पुस १४ गते बेलुका हि ल्हो(बिरालो वर्ग)लाई स्वागतका निम्ती पोखरा १७ विरौटास्थित तमु ह्युलचोकमा दिप प्रज्वलनसहित जलपान र शुभकामना आदानप्रदान कार्यक्रम गर्ने, पुस १४ गते राती १२ बजे हि ल्होलाई स्वागतका लागि तमु प्ये ल्हु संघ फलिना क्होइबोमा बोनफायरमा सहभागी हुने भएको छ। यसरी नै पुस १५ गते बिहान पल टासि छ्योएलिङ गोपाल गुम्बा, बौद्ध अर्घौ सदन रामघाट गुम्बा र फलिना क्होइबोमा पुजा, ग्रहशान्ती, पितृका नाममा बत्ती बाल्ने, रिप लगाउने, गुरु खेगीहरु र मान्यजनहरुसँग आर्शिवाद ग्रहण गर्ने कार्यक्रम तय गरेको छ। यसरी नै दिनको १ बजे तमु धिं नेपालमा शुभकामना आदानप्रदान, सम्मान एवम पुरस्कार वितरण, विविध साँस्कृतिक कार्यक्रम, गुरुङ संग्रहालय उदघाटनसँगै स्योकैं आयोजना गरिएको तमु धिं नेपालले जनाएको छ। यसरी नै हि ल्हो आगमनको अवसरमा तमु धिं नेपाल केन्द्रिय समिति र तमु प्ये ल्हु संघ केन्द्रिय समितिको मुख्य आयोजनामा सम्पुर्ण तमु समाज, संघ संस्थाहरुको सहभागीतामा पुस १६ गते महेन्द्रपुलबाट शुभकामना र्याली शुरुभई चिप्लेढुंगा–न्युरोड–सभागृहचोक–लखनचोक–बुद्धचोक हुदै अमरसिंहचौमा विशेष कार्यक्रम गरिने बताइएको छ। उक्त कार्यक्रममा शुभकामना आदानप्रदान, नवनिर्वाचित सांसदहरुलाई बधाई सम्मान, विशेष साँस्कृतिक कार्यक्रम र छेलो प्रतियोगिता गरिने भएको छ। हि ल्हो तमु ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै उक्त तिनदिने कार्यक्रमहरुमा सहभागिताका लागि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले आग्रह समेत गर्नुभएको छ।
पोखराः बुकवर्म फाउन्डेसनको आयोजनामा नेपाल लिटरचेर फेस्टिभलको दशौं संस्करण पुस ६ गतेदेखि सुरु हुने भएको छ । बुकवर्म फाउन्डेसनको आयोजनामा सञ्चालन हुने फेस्टिभल यही पुस ६ देखि ११ सम्म वाराहीघाट, लेकसाइड पोखरामा हुने शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान छ । यसैगरी फेस्टिभलको प्रर्वद्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् । फेस्टिभलमा दैनिक हजारौ साहित्यानुरागी भेला हुने आयोजकको आकलन छ । यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सह प्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूको सहभागिता हुँदै छ । साथमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा। भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुविन भट्टराई, संगीतकर्मी रज्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका कुमा लिम्बूलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ । साथै यस वर्ष फरक क्षमता भई अब्बल रहेको व्यक्तित्वहरु, दार्चुला, गोरखा मनाङका स्थानीय जनप्रतिनीधिहरुको पनि उपस्थिती रहनेछ । फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुती रहेका छन् । फेस्टिभलको पूर्व सन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुती रहेको छ फेस्टिभलको पहिलोदिन गोपाल योन्जनको सम्झनामा गोपालय सांगीतिक प्रस्तुती रहेको गोपालय गीतकार, गायक तथा संगीतकार गोपाल योन्जनको स्वगारोहणकी २५ वर्षमा उहाँप्रति फेस्टिभलको सम्मान हो यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधुनिक संगीतमा १०० वर्ष, अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति र रैथानको प्रस्तुती रहेको छ फेस्टिभलको अन्तिम दिन प्रदिप रोदनको महफिल रहने छ । यस्तै फेस्टिभलमा शिक्षा ३ समहरु रहेका छन् साथै फेस्टिभलका ४ दिन बिहान ९ बजेदेखि १०ः ३० बजेसम्म कक्षा ९ देखि १२ सम्मका बालबालिकाको लागि वक्तित्वकला प्रतियोगिताको कार्यक्रम पनि रहेको आयोजक टोलीका विकास रोकामगरले बताए । “शब्दशक्ति उत्सवको एक दशक नारा रहेको दशौं संस्करणको फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत्प्रवचन रहनेछ । उनले ’नेपाल २०९० शीर्षकमा प्रवचन दिने कार्यक्रम छ । पत्रकार सम्मेलनमा फेस्टिभलका सह–निर्देशक सुजाता खत्रीले दशौं संस्करणको फेस्टिभल आफूहरूका लागि थप विशेष भएको बताए । ‘हामीले गत वर्ष फेस्टिभल आयोजना गर्न पाएनौं । तर यस वर्षको फेस्टिभललाई हामीले विशेष बनाउन खोजेका छौं । त्यसमाथि यस वर्ष दशौ संस्करणको फेस्टिभल हो,’ उनले भनिन्, ‘देशविदेशबाट पाल्नुहुने हाम्रा सबै पाहुनाहरूलाई हामी सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर छौं।’ पत्रकार सम्मेलनमा आयोजक संस्थाकै भरत कोइरालाले सहरको समृद्धि भौतिक पूर्वाधारले मात्र नहुने भन्दै साहित्य पनि समृद्ध हुनुपर्ने बताए । पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको कोइरालाले बताए । यस फेस्टिभललाई पोखरावासीहरूले उत्साहपूर्वक प्रतीक्षा गरिरहेको उनको भनाइ छ । आयोजक संस्थाकै केशवशरण लामिछानेले पनि नेपाल लिटरेचर फेस्टिभलले पोखरालाई सुसंस्कृत, व्यवस्थित बनाउन सकिन्छ भन्ने बहस छेड्ने गरेको बताए । तालको सहर, हिमालमुनिको सहर आदि विभिन्न विशेषताले चिनिरहेको पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । ‘यस्ता फेस्टिभल अरु पनि यहाँ आयोजना हुनुपर्छ । यसले पोखरालाई फरक पहिचान दिन्छ । हामीले भनिरहेको हिमाल, ताल र सौन्दर्यको सहर पोखरालाई साहित्यको सहर पनि बनाउन फेस्टिभलले सघाइरहेको छ,’ लामिछानेले भने । नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले नाम लिटरेचर फेस्टिभल भएपनि समाजका सबैजसो क्षेत्रका बारेमा बहस गरिने बताए । फेस्टिभल झम्सिखेलको ज्ञान मण्डलाबाट पोखराको बाराहीघाटमा आइपुगेको बताए । फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जबाफदेही बनाउन सघाउँछ । साथै सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने उनको भनाइ छ । समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यस्ता फेस्टिभलले सहयोग पुयाउने उनले बताए । ‘कोभिडका कारण यसअघिको संस्करण आयोजना गर्न नपाए पनि यस वर्षको फेस्टिभल आयोजना गर्न पाउँदा हामीलाई हर्षित तुल्याएको छ,’ उनले भने । फेस्टिभल दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएकामा आफूहरू गौरवान्वित भएको पनि उनले बताए । ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको अनुभव छ ।