नेपाली आधुनिक संगीतको सय वर्ष

पाेखरा | पुस ९, २०७९

नेपाली आधुनिक संगीतको सय वर्ष

पोखरा:   पोखरामा जारी दशौँ नेपाल लिट्रेचर फेस्टिभलको दोस्रो साँझ पुरानादेखि नयाँ आधुनिक गीतहरुको गाइएको छ। आधुनिक संगीतको सय वर्ष शिर्षकको उक्त सेसनमा कुन्ती मोक्तान, लोचन भट्टराई, शिलाबहादुर मोक्तान लगायतका कलाकारले प्रस्तुति दिएका थिए । 


गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नेपाल संगीत नाट्य एकेडेमीको आयोजनामा भएको सेसनमा वि.सं. १९६५ देखि यता विभिन्न काल खण्डका गीतहरु गाइएको थियो। जसमा १९६० को दशकको राणाकालमा, २००० को दशकमा प्रजातन्त्र आइसकेपछि र पञ्चायतकालमा रचिएका तथा गायिएका गीतहरु रहेका छन् । 


तीत चरणमा विभाजित सांगीतिक कार्यक्रमको सुरुवात नेवारी गीत राजमति खुमतिबाट गरिएको थियो। त्यस्तै वि.सं.२००० भन्दा अघिका केही सिमित गीत मध्ये मेलवादेवीको सवारी मेरो रेलैमा, मित्रसेनको लाहुरेको रेलिमइ, उस्ताद साइलाको रातो ठेकी नारन तथा रेनुदेवी अधिकारीको क्रान्तिकारी गीत नेपाली अघि बढ हातमा क्रान्तिको झण्डा लिइ लगायतका गीत गाइएको थियो । 


त्यस्तै २००० देखि यता प्रजातन्त्र तथा रेडियो नेपालको स्थापना भइसकेपछि रेकर्ड भएका गीतहरु प्रस्तुत गरिएको थियो। जसमा हरि प्रसाद रिमालको फगत एक नजरमा, नारायण गोपाल र तारादेवीको हे कान्छा ठट्टैमा वैँश जान लाग्यो, बच्चु कैलाशको तितरी पंखी बादलमाथी, नातिकाजीको नेपाली हामी रहौँला कहाँ लगायतका गीत गाइयो। त्यसपछिको चरणमा २०३०, ४० को दशकमा स्थापना भएका सांगीतिक राल्फा समूहको गाइ त बाँध्यो ढुंग्रोमा मोही छैन, कोही त भने जहाजमा, लेकाली समूहको मलाई प्यारो लाग्छ, अम्बर गुरुको नौलाख तारा उदाए धर्तिको आकाश हाँसेछ, गोपाल योन्जनको बनेको छ पहराले लगायतका गीत प्रस्तुत गरिएको थियो । 


त्यस्तै पुराना चलचित्र गीतहरु माइतीघर, गैरी खेतको सरौँतिले लगायतका गीतमा नृत्य पनि प्रस्तुत गरिएको थियो। सोमबारसम्म चल्ने महोत्सवको तेस्रो दिन शनिबार सांगीतिक कार्यक्रम, किताब चर्चा, अर्थतन्त्रमाथीको वहस लगायतका दर्जनभन्दा बढी सेसन छन् । 
 

सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको...

थप पढ्नुहोस्

पोखराः पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् ।  प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो...

थप पढ्नुहोस्

पोखरा:   जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ ।      संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...

थप पढ्नुहोस्