काठमाडौँ: बालबालिकामा निहित अभिनयलगायत विविध क्षमता प्रस्फुटनका लागि मञ्च प्रदान गर्ने लक्ष्यले फागुन १ देखि ७ सम्म राष्ट्रिय बालनाटक मेला आयोजना गरिने भएको छ। नाट्यकर्मी महासङ्घद्वारा आयोजना गरिने यस मेलामा सहभागी भएर उत्कृष्ट अभिनयलगायत विविध विधामा एक लाख रुपियाँ र अन्य २० विधामा पुरस्कार प्रदान गरिने महासङ्घले जनाएको छ। नाटक मेलामा सहभागिताका लागि देशभरबाट नाटक आह्वान गरिएको छ। मेलामा सहभागिताका लागि प्राप्त नाटकबाट अन्तिम प्रतिस्पर्धाका लागि २० वटा नाटक छनोट गरी मञ्चन गरिनेछ।
पोखराः पहिलो संस्करणमा नाटक समूह खोज्नु परेको नाटक महोत्सवमा तेस्रो नाटक महोत्सवमा भने अपेक्षा भन्दा नाटक समूहले सहभागिता जनाएको आयोजकले जनाएको छ । पोखरा थिएटरमा जारी तेस्रो नाटक महोत्सवमा गण्डकी प्रदेशका २९ विद्यालयम मध्ये १९ छनोट हुँदै नाटक महोत्सवमा नाटक मञ्चन गरिरहेका छन् । ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बालसहभागिताको आधार’ भन्ने नारासहित माघ १४ देखि पोखरामा गण्डकी प्रदेश, विद्यालय स्तरीय तेस्रो नाटक महोत्सव पोखरा थिएटरमा सञ्चालन भईरहेको छ । नाटक महोत्सवमा छनोट भएका १९ विद्यालयले प्रत्येक दिन तीन विद्यालयले पोखरा थिएटरमा नाटक मञ्चन गरेका छन् । महोत्सवका पहिलो दिन प्रगति माध्यमिक विद्यालयले ‘करेसा कन्सर्ट’, व्यास दिव्यज्योति बोर्डिङ स्कुलले ‘गुलेली मास्टर’ नाटक मञ्चन गरेका थिए । यस्तै माघ १५ गते विन्ध्यवासिनी माविले ‘तुलसी’, बेनी सामुदायिक माविले ‘जल्न नसकेको लास’, नवदिप इ.बोर्डिङ स्कुलले ‘दूर देशको भिर गाथा’ नाटक मञ्चन गरे भने माघ १६ गते आज बाल मन्दिर माविले ‘आमाको माया’, विद्याज्योति माविले ‘मुक्ति’ र छोरेपाटन माविले ‘कन्यादान नाटक’ मञ्चन गरेको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए । भोलि माघ १७ गते १० बजे नेपाल नमुना माविले विदेश मोह, १ बजे रुद्रेपिपल माविले ‘जिम्मेवार’ र ३ः३० बजे हिल पोइन्ट स्कुलले ‘छुने नजर’ नाटक मञ्चन गर्ने निर्देशक परिवर्तनले बताए । नाटक महोत्सव माघ २१ गते सञ्चालन हुने भएपनि २३ गतेसम्म नाटक मञ्चन हुनेछ । नाटक महोत्सवका निर्देशक परिवर्तनले विद्यालय भनेको रङ्गमञ्चको मुख्य आधार भएको बताए । ‘अबको १० वर्षपछिको रङ्गमञ्च भनेको अहिलेको पुस्ता हुन जो अहिले विद्यालयमा अध्ययनरत छन्, परिवर्तनले भने, ‘रङ्गमञ्च धान्ने जनशक्ति उत्पादन गर्न सकेनौं भने यो उर्जाले काम गर्न सकिदैन, त्यसैले विद्यालय स्तरीय नाटक महोत्सव आयोजना गरेका छौं ।’ पाठ्यक्रममा समावेश नाटक विद्यार्थीले पठनीय विषयको रुपमा लिइरहेको उनले बताए ।‘पाठ्यक्रममा समावेश गरिएको विषय विद्यार्थीले पठनीयको रुपमा लिएका छन्, उनले भने, ‘विद्यालयमा नाटक मञ्चन अध्ययन भइरहेको छ, उनीहरुलाई अध्ययनसँगै नाटक अभिनय गर्ने वातावरण प्रदान गर्ने उद्धेश्यले महोत्सव आयोजना गरेका हौं ।’ महोत्सवका निर्देशक परिवर्तनका अनुसार पहिलो संस्करणमा महानगरस्तरीय १० वटा नाटक मञ्चन गर्ने उद्धेश्य भएपनि ८ विद्यालयले मात्र सहभागिता रहेको जानकारी दिए । ‘पहिलो संस्करणको महानगरस्तरीय नाटक महोत्सवमा १० विद्यालयलाई छनोट गर्ने निर्णयका साथ अगाडी बढ्यौ तर ८ विद्यालयले मात्र सहभागिता जनायो, केही विद्यालयमा कक्षा नै सञ्चालन गरेर सहभागिता गराइयो भने, एक विद्यालयले स्वतः सहभागिता जनाएको थियो ।’ उनले भने । दोस्रो संस्करणमा भने महोत्सव गर्न विश्वभर फैलिएको कोरोना भाइरसका कारण थिएटरमा कार्यक्रम गर्न नमिले पनि भर्चुवल नाटकमा ४० विद्यालयले सहभागिता जनाएका थिए । तेस्रो संस्करणमा १२ वटा नाटक मञ्चन गर्ने उद्धेश्य लिएपनि २४ विद्यालयको सहभागिता भएपछि १२ विद्यालय छनोट गरेर नाटक मञ्चन गरेको उनले बताए । तेस्रो संस्करणमा गण्डकी प्रदेश, विद्यालय स्तरीय नाटक महोत्सवमा २९ नाटकबाट छनोट चरण पार्दै १९ विद्यालयको नाटक मञ्चन भइरहेको निर्देशक परिवर्तनले बताए । एक नाटक प्रोत्साहन स्वरुप र एक नाटक अतिथि नाटकको रुपमा महोत्सवमा मञ्चन हुनेछ । वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा बनेको छनोट समितिले २९ बाट १९ नाटक छनोट गरेको हो । छनोट समितिको सदस्यमा कलाकार तथा निर्देशक माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका थिए । नाटक महोत्सवमा छनोट भएका १९ विद्यालयले १० हजार पुरस्कारसहित नाटक मञ्चनको प्रमाणपत्र प्राप्त गर्नेछन् ।
धनकुटाः गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेका लागि खर्च गर्ने जानकारी दिनुभएको छ। शनिबार राति भएको घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा फोन गरेर खरेलले उक्त जानकारी दिनुभएको हो। रकमका विषयमा खरेलले नबताए पनि घटनाप्रति दुःख प्रकट गर्दै ‘कन्सर्ट’ का लागि तोकिएको आफ्नो पारिश्रमिक घाइतेका उपचारमा खर्च गर्ने जानकारी दिनुभयो। गए राति खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिङ्गो खेल्न आएको भीड कार्यक्रम सुरु हुनुअघि अनियन्त्रित हुँदा घाइते भएका ३० जनाको धरान र विराटनगरमा उपचार भइरहेको छ। घाइतेको उपचारका लागि हाल भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईको पहलमा भइरहेको र थप सबै उपचार रकम आयोजकले बेहोर्ने सङ्घका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो। घटनापछि आजदेखि राति हुने सबै कार्यक्रम स्थगित गरेर दिउँसो ५ बजेसम्म मात्र सञ्चालन गरिने महोत्सवको भोलि समापन गरिने राईले जानकारी दिनुभयो।
काठमाडौँ: बलिउड अभिनेत्री सन्नी लियोनी अहिले नेपालमा छिन् । उनले आइतबार बिहान एक भिडियो पोस्ट गर्दै नेपाल रहेको जानकारी दिएकी हुन् । हेलो नेपाल भनेर आइतबार बिहान उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै नेपाली फ्यानलाई अभिवादन समेत गरेकी छन् । शनिबार बिहान काठमाडौं आएकी उनी साँझ एक कार्यक्रममा पनि सहभागी भएको बताइन्छ । कार्यक्रममा उनले ‘आई लभ नेपाल’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन समेत गरेकी थिइन् । सन्नी यस अगाडि नेपाली फिल्म ‘पासवर्ड’ रिलिजको समय आएकी थिइन् । फिल्म आइटम गीतमा उनको नृत्य समेत रहेको थियो ।
पोखराः पोखरामा पुस २७ देखी अमरसिंह चौरमा सञ्चालन भएको ११ औं पोखरा महोत्सव सम्पन्न भएको छ । १४ दिन सम्म सञ्चालन भएको पोखरा महोत्सवको समापन गर्दै कास्की क्षेत्र नम्बर १ का सांसद माननीय मन बहादुर गुरुङले युनाइटेड क्लब पोखराले सामाजिक कामका लागि नै महोत्सवको आयोजना गरेर अगाडि वढिरहदा अन्य संघ संस्थाहरुले पनि यस्ता कामलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । महोत्सवको आयोजना गरी गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण संगै शिक्षा, स्वास्थ्य, खेलकुद र सेती नदी लाई सहसिक पर्यटकीय गन्तब्य बनाउनतर्फ लागिरहेको र त्यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य बेद वहादुर गुरुङले युनाइटेड क्लव आफ्नो उद्देश्यमा अगाडि वढ्दै उद्देश्यलाई पुरा गर्नतर्फ लागिरहेको र त्यसमा आफ्नो संधै साथ र सहयोग रहने बताए । महोत्सवका मुख्य प्रायोजक बेटर होम एपलायन्सेसका सञ्चालक बिनोद रौनियारले महोत्सवको आयोजना गरी विशुद्ध सामाजिक काममा अगाडि वढिरहेको युनाइटेड क्लब संग आफ्नो संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताए । आर एस सी ट्रेडिङ प्रालिको बेटर होम एपलायन्सेस घरायसी सामाग्री उत्पादन संगै बिक्री गर्ने कम्पनी रहेको वताउदै रौनियारले बेटर ब्राण्डबाट घरमा प्रयोग हुने राइसकुकर, प्रेसर कुकर, ग्यास चुलो, मिक्सचर ग्रयाण्डर, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, हिटरका साथै विभिन्न इलेक्ट्रोनिक्स आइटमहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको बताए । नेपालमै उत्पादन भएकोे आफुहरुको ब्राण्ड ग्राहकहरुको रोजाइमा पर्न सफल भएको वताउदै रौनियारले पोखराको आफ्नै स्थानिय कम्पनी भएको कारणले गर्दापनि पोखरेली जनताको साथ र सहयोग सधैझै उच्च स्तरमा रहने आशा समेत ब्यक्त गरे । व्यवसायीक संस्थालाई सामाजिक काम गर्ने संस्था युनाइटेड क्लब पोखरा संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको र आगामी दिनमा पनि यस्ता सामाजिक काममा आफ्नो कम्पनीको साथ र सहयोग हुने समेत प्रतिवद्धता ब्यक्त गरे । जिल्ला डिभिजन बन कार्यालय कास्कीका प्रमुख केदार बरालले एउटा क्लबले गरेको सामाजिक काम चानेचुने कुरा नभएको वताउदै पोखरामा सामुदायिक स्तरको चिडियाखाना निर्माणमा काम गर्ने संस्था युनाइटेड क्लव चिडियाखानाको मातृ संस्था रहेको वताए । बन जैबिक विविधता मात्र नभएर शिक्षा, स्वास्थ्य, खेलकुद र सेती नदी संरक्षणमा समेत काम गर्दै आइरहेको युनाइटेड क्लबको हरेक गतिबिधीमा आफ्नो साथ र सहयोग रहने उनको भनाइ रहेको थियो । अमरसिंह माबिका प्रधानाध्यापक तेजश्वी बरालले युनाइटेड क्लबले हाल सम्म लिएको उद्देश्यलाई प्राप्त गर्न सफल भएको र एघारौं पोखरा महोत्सव देखी पोखरा लेखनाथको अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुने छात्राबास निर्माणको उद्देश्य समेत पुरा हुनेमा आफु विश्वस्त रहेको बताए । अमरसिंह मावि हाल सम्म सवैको मनमा बस्न सफल विद्यालय बनेको वताउदै विद्यालयको उन्नती र प्रगतीको लागि सवैको साथ र सहयोगको समेत अपेक्षा रहेको उनको भनाइ रहेको थियो । महोत्सव अवधिभर करिब २ लाख ५० हजार दर्शकले अवलोकन गरेभने लगभग १० करोडको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन समितिका संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । महोत्सव स्थलबाट पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणाधिन अवस्थामा रहेको चिडियाखाना अवलोकनका लागि लगभग ८ सयजनाले महोत्सव स्थलबाट निशुल्क बसबाट सेवा लिएको आयोजकले जनाएको छ । त्यसैगरी महोत्सव स्थलमा करिब ५ सय जनाले घोडसवारको मजा लिएका थिएभने करिब १५ सय वालवालिकाले भिआर नाइनडीको मज्जा लिएका थिए । महोत्सवमा लोकदोहोरी गायक संगै अन्तराष्ट्रिय ब्याण्डहरुको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको अन्तिम दिन चोलेन्द्र पौडेल, जीवन दाहाल, तारापति सुवेदी, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनार लगायतले लोक दोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिएभने सांझको कन्सर्ट तर्फ चर्चित र्यापर एएनटीएफ बाट चर्चित भएका र्यापर माइलाको प्रस्तुतीमा पोखरेली युवाहरुले भरपुर मनोरञ्जन लिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: एघारौं पोखरा महोत्सवमा आयोजित टिकटक प्रतियोगिताको उपाधि लक्ष्मण गोलेले हात पारेका छन । प्रतियोगिताको उपाधि संगै गोलेले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गरे । गोलेले महोत्सव स्थलमा राखिएको टिकटक निर्माण स्थलमा टिकटक बनाएर सर्वाधिक भ्युज ल्याउन सफल भएका थिए । गोलेको भिडियोले १.९ मिलियन भ्युज ल्याएका थिए । त्यसैगरी प्रतियोगितामा जमुना थापा मगरले १.६ मिलियन भ्युज बटुल्दै दोश्रो स्थान हासिल गर्न सफल रहिन । दोश्रो स्थान संगै थापा मगरले नगद २० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल बनिन । त्यसैगरी प्रतियोगितामा भाग लिइ महोत्सवमा धेरै भिडियो निर्माण गरी टिकटक प्रतियोगिताको सन्देश प्रबाह गरी सहयोग गरेका मिङ मिङ पुनलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । प्रतियोगिताका बिजेताहरुलाई टिकटक प्रतियोगिता प्रयोजन गर्ने अल्ट्राबाइट प्रा.लि., एजुकेशन डाइट प्रा.लि.का गण्डकी प्रदेशका निर्देशक पूर्ण कुमार श्रेष्ठ, आशिष इन्स्टीट्युट प्रा.लि.का सञ्चालक आशिष पाण्डे, क्लवका अध्यक्ष राजु श्रेष्ठ, टिकटक प्रतियोगिताका संयोजक शिब थापा लगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा ४ सय ५० बढीले भाग लिएका थिएभने समग्रमा #2079pm मा करिब १ करोड १७ लाख भ्युज पुगेको थियो । महोत्सव आयोजक युनाइटेड क्लबले टिकटकलाई रमाईलो मात्र नभइ संस्कृतिको संरक्षण र सभ्य समाज निर्माण संगै टिकटक चलाएर पनि प्रतियोगितामा सहभागीता हुन सकिने र नगद जित्न सकिने सन्देश प्रदान गर्ने उद्देश्यले टिकटक प्रतियोगिताको आयोजना गरिएको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको तेह्रो दिन सम्म आइपुग्दा करिव दुई लाख ४० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन । महोत्सवमा दर्शकको भीड संगै कारोबार समेत बढेको छ । महोत्सवको तेह्रो दिन सम्म आइपुग्दा ८ करोड ६० लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । महोत्सवको तेह्रो दिन सोमबार महोत्सवमा उपस्थित दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरी ढुंगाना, मधु थापा मगर, किसन नेपाली, सानु बिकास, कमला सुनार लगायतको प्रस्तुतीमार्पत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी सांझको लाईभ ब्याण्ड तर्फ अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्याण्ड मन्त्रको प्रस्तुती मार्फत युवाहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको अन्तिम दिन मंगलवार लोकदोहोरी तर्फ प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनार लगायतको प्रस्तुती रहनेछभने सांझको कन्सर्ट तर्फ चर्चित र्यापर एएनटीएफ बाट चर्चित भएका र्यापर माइलाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: एघारौं पोखरा महोत्सवमा आयोजित टिकटक प्रतियोगिताको उपाधि लक्ष्मण गोलेले हात पारेका छन । प्रतियोगिताको उपाधि संगै गोलेले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गरे । गोलेले महोत्सव स्थलमा राखिएको टिकटक निर्माण स्थलमा टिकटक बनाएर सर्वाधिक भ्युज ल्याउन सफल भएका थिए । गोलेको भिडियोले १.९ मिलियन भ्युज ल्याएका थिए । त्यसैगरी प्रतियोगितामा जमुना थापा मगरले १.६ मिलियन भ्युज बटुल्दै दोश्रो स्थान हासिल गर्न सफल रहिन । दोश्रो स्थान संगै थापा मगरले नगद २० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल बनिन । त्यसैगरी प्रतियोगितामा भाग लिइ महोत्सवमा धेरै भिडियो निर्माण गरी टिकटक प्रतियोगिताको सन्देश प्रबाह गरी सहयोग गरेका मिङ मिङ पुनलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । प्रतियोगिताका बिजेताहरुलाई टिकटक प्रतियोगिता प्रयोजन गर्ने अल्ट्राबाइट प्रा.लि., एजुकेशन डाइट प्रा.लि.का गण्डकी प्रदेशका निर्देशक पूर्ण कुमार श्रेष्ठ, आशिष इन्स्टीट्युट प्रा.लि.का सञ्चालक आशिष पाण्डे, क्लवका अध्यक्ष राजु श्रेष्ठ, टिकटक प्रतियोगिताका संयोजक शिब थापा लगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा ४ सय ५० बढीले भाग लिएका थिएभने समग्रमा #2079pm मा करिब १ करोड १७ लाख भ्युज पुगेको थियो । महोत्सव आयोजक युनाइटेड क्लबले टिकटकलाई रमाईलो मात्र नभइ संस्कृतिको संरक्षण र सभ्य समाज निर्माण संगै टिकटक चलाएर पनि प्रतियोगितामा सहभागीता हुन सकिने र नगद जित्न सकिने सन्देश प्रदान गर्ने उद्देश्यले टिकटक प्रतियोगिताको आयोजना गरिएको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको तेह्रो दिन सम्म आइपुग्दा करिव दुई लाख ४० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन । महोत्सवमा दर्शकको भीड संगै कारोबार समेत बढेको छ । महोत्सवको तेह्रो दिन सम्म आइपुग्दा ८ करोड ६० लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । महोत्सवको तेह्रो दिन सोमबार महोत्सवमा उपस्थित दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरी ढुंगाना, मधु थापा मगर, किसन नेपाली, सानु बिकास, कमला सुनार लगायतको प्रस्तुतीमार्पत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी सांझको लाईभ ब्याण्ड तर्फ अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्याण्ड मन्त्रको प्रस्तुती मार्फत युवाहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको अन्तिम दिन मंगलवार लोकदोहोरी तर्फ प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनार लगायतको प्रस्तुती रहनेछभने सांझको कन्सर्ट तर्फ चर्चित र्यापर एएनटीएफ बाट चर्चित भएका र्यापर माइलाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको एघारौ दिन दर्शकको उल्लेख्य सहभागीता रह्यो । महोत्सवमा शनिबार मात्रै महोत्सवमा ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरे । महोत्सवमा दर्शकको उपस्थिती संगै कारोबार समेत बढेको छ । शनिवार करिब एक करोड बरावरको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । यसैबिच एघारौं पोखरा महोत्सवमा सामाजिक व्यक्तित्व तथा महिला उद्यमी समेत रहेकी लक्ष्मी शर्मा भट्टराई सम्मानित भएकी छिन । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवमा आफ्नो स्वास्थ्य कार्यक्रम अन्तर्गत जटिल रोग संग जुध्दै अगाडि वढिरहेकी पोखरा १७ निवासि सामाजिक अभियनता एवं महिला उद्यमी समेत रहेका लक्ष्मी शर्मा भट्टराईलाई नगद र प्रमाण पत्र र दोसल्ला सहित सम्मान गरेको हो । भट्टराईलाई युनाईटेड क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, क्लवका अध्यक्ष तथा महोत्सव मुल समारोहका संयोजक राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, द्धितिय उपाध्यक्ष शान्त बहादुर थापा, महासचिव दिनेश सुनार, कोषाध्यक्ष सूर्य बहादुर बानिया, सचिव पूर्ण कला पोख्रेल र कोषाध्यक्ष सीमा गुरुङ सहित क्लवका कार्यसमिति सदस्य एवं स्वास्थ्य समिति संयोजक जयराम आचार्यले दोसल्ला, नगद र सम्मान पत्र सहित सम्मान गरेका थिए । सो अवसरमा वोल्दै सम्मानित ब्याक्तित्व लक्ष्मी शर्मा भट्टराईले आफु क्यान्सर जस्तो रोगबाट ग्रसित भइरहदा विभिन्न ब्याक्ति तथा संघ संस्थाको सहयोगले आफुमा आत्मबल बढेको वताउदै स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आइरहेको युनाइटेड क्लवले केही आथिक सहयोग सहित सम्मान गरेकोमा धन्यवाद ब्यक्त गर्दै कुनैपनि रोग लागेका हरुलाई आत्मबल बढाउने गरी सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन । भट्टराई नेपाल सरकार महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट उत्कृष्ट महिला उद्यमीको रुपमा समेत सम्मानित भएको हुंदा युनाइटेड क्लबले सम्मान सहित बधाइ समेत ज्ञापन गरेको थियो । महोत्सवमा शनिवार चर्चित लोकदोहोरी गायक रामजी खाँडको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरजन्न लिए । खाँड संगै लोकदोहोरी तर्फ जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, सुदीप क्षेत्री, घनश्याम रिजाल, सुमन खड्का, सविना गुरुङ, माया केसी, पुजा गुरुङ लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । त्यस्तै पुरुषोत्तम भण्डारी (पुर्खे बा)को हास्य प्रहसनद्धारा दर्शकहरुले मनोरन्जन लिनुका साथै सांझको लाइभ ब्याण्डमा युवाहरु बीच चर्चित भिटेनको प्रस्तुतीमा महात्सवमा उपस्थित युवाहरुले भरपुर मनोरन्जन लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको एघारौं दिन लोकदोहोरी तर्फ राजु परियार, जीवन दाहाल, अस्मिता डल्लाकोटी, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, प्रदिप त्रिपाठी, करण तामाङ, मधु चापागाइ, रामजी पौडेल, सिता केसी, रिता कुंवर लगायतको प्रस्तुती रहनेछ । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ दीक्षिता कार्कीको प्रस्तुती रहनेछ । आइतबार बिद्यालय स्तरिय लोनृत्य प्रतियोगिताको समेत फाइनल हुने छ ।
ढोरपाटनः हरेक वर्ष माघ २ गते साँझदेखि ३ गते युवा समूहमा हातमा डम्फु बजाउँदै र खरानी दल्दै हिँड्छन् । त्यो समूहमा कोही थाग्नाभोक्टा लगाएका, कोही मुखुण्डो लगाएका हुन्छन् । यो दृश्यले धेरैलाई अचम्मित बनाउँछ । माघ २ गते साँझ पुतली बनाउन सुरु गरेदेखि ३ गतेसाँझ खोलामा नबगाउँदासम्म उनीहरुलाई बोल्न र खरानी छर्न छुट हुन्छ । यसलाई स्थानीयले कापै खेल्ने अर्थात् फागु हाल्ने भन्छन् । माघ ३ गते बिहानदेखि साँझसम्म भने पुतली जस्तै बनेका मान्छेहरु नाच्छन् । उनीहरुले सनदारमा फेटा, शरीरमा विभिन्न थरीका कपडा पहिरिएका हुन्छन् । पुतली जस्तै बनेका उनीहरु दिनभर नाच्छन् । त्यसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् । यो नाच कहिलेदेखि नाच्दै आएको भन्ने यकीन छैन तर स्थानीय वर्षौं पहिलेदेखि नाच्दै आएका छन् । माघ २ र ३ गते प्रदर्शन हुने यी संस्कृति छुट्टाछुट्टै भए पनि एकैदिन, एकैसाथ नाचिन्छ । माघ ३ गते त्यहाँ एउटा अचम्मको दृश्य देखिन्छ । एउटा मानिसलाई स्थानीयले अनुहार नचिनिने गरी कपडाले मुख बाँधेका हुन्छन् । त्यसलाई पशुलाई जस्तै दाम्लोले बाँधेर डो¥याइन्छ । बेलाबेलामा त्यसमाथि खरानी हाल्दिन्छन् । त्यो व्यक्ति मदिराले लठ्ठ परेको हुन्छ । त्यसलाई स्थानीय भालुको पित्त देखाउने संस्कृति भन्छन् । सोही दिन दिउँसो तरबार समाएका केही व्यक्ति नाच्छन् । त्यसलाई स्थानीय पट्टा नाच भन्छन् । पुतली नाच, पट्टा नाच, कापै नाच र भालुको पित्त देखाउने संस्कृति एकैदिन प्रदर्शन गरिन्छ । राजारानीको सम्झनामा नाचिन्छ पुतली नाच बाइसेचौबिसे राजाका पालादेखि नाच्दै आएको भनिए पनि यकीन मिति छैन । पाकापुर्खाले मनाउँदै आएको हुँदा आफूहरुले त्यसको निरन्तरता दिँदै आएको स्थानीय ८१ वर्षीय मानसिंह बुढामगर बताउनुहुन्छ । उहाँका अनुसार बाइसेचौबिसे राज्य हुँदा यहाँ मगर राजा वीरमानले राज गरेको र राजाको मृत्युपछि सम्झनामा हरेक वर्ष माघे सङ्क्रान्ती मेला मनाउने र पुतली नाच नाच्ने गरिन्छ । उहाँ भन्नुहुन्छ, “म अहिले ८० पूरा भएर ८१ वर्षमा लागे, सानै हुँदा हाम्रो बाउबाजेले यो नाच नाच्ने गर्नुहुन्थ्यो, यो कहिलेदेखि नाचेको भन्ने उहाँहरुलाई पनि थाहा थिएन, हामी सयौँ वर्ष पहिलेदेखि हुँदै आएको मान्छौँ, बाजेहरुले यहाँ मगर राजाले राज्य सञ्चालन गरेको र राजारानी तथा उनीहरुको स्याहारसुसार गर्ने धाइमाको मृत्यु भएपछि यहाँका जनताले सम्झनामा यो नाच नाच्न थालेको हो भन्नुहुन्थ्यो, हामीहरुलाई पनि त्यस्तै लाग्छ ।” उहाँका अनुसार माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने गरिन्छ । राजा, रानी र धाइमा गरी तीन मूर्ति जस्तो पुतली बनाइन्छ भने माघ ३ गते बालक, युवा र वृद्ध पुतलीको पहिरन गरेर बाजाको तालमा नाच्ने गर्छन् । माघ ३ गते भल्कोट गाउँबाट नाच्दै केही माथि पुग्ने र त्यहाँ बन्दुक पड्काउने, पुतलीलाई डोलामा डुलाउने र नाचिन्छ । साँझ परेपछि खोलामा सेलाइन्छ । स्थानीय डिलबहादुर घर्तीमगर पहिले यो नाच ननाच्दा गाउँमा अनिष्ट हुन्छ भनेर नाचलाई निरन्तरता दिइएको बताउनुहुन्छ । निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढा मगरले सयौँ वर्ष पहिले यहाँ मगर राजाले राज्य गरेको र उहाँको मृत्युपछि शोकमा परेका जनताले स्मृतिमा पुतली नाच नाच्न थालेको बताउनुभयो । उहाँ यो संस्कृतिले यो ठाउँ र मगर समुदायको पहिचान बोकेको बताउनुहुन्छ । “यो ठाउँमा मगर राजाले राज्य गरेको एतिहास छ, यसलाई धेरैले मेटाउन खोजेको पाइन्छ, तर यहाँ हुने विभिन्न संस्कृतिले त्यो इतिहास संरक्षण गरेको छ”, अध्यक्ष बुढामगर भन्नुहुन्छ, “बुढापाकाले निकै मेहनतका साथ पुतली बनाउनेदेखि नाच्ने र खोलामा लगेर सेलाउनसम्म विधिपूर्वक गर्दै आउनुभएको छ, यो एउटा सिङ्गो इतिहास हो ।” सेनाको तालिम पट्टा नाच पट्टा नाच पनि माघ ३ गते पुतली नाचसँगै नाचिन्छ । हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्ति नै यो नाच नाच्ने गर्छन् । बाइसेचौबिसे राजाका पालामा राजाका सिपाहीले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको स्थानीय नैनासिंह बुढामगर बताउनुहुन्छ । “पट्टा नाच र पुतली नाच एकैपटक नाचिन्छ, पुतली नाच्नेहरुले नै अहिले यो नाच नाच्ने गरेका छन्, यो हामीहरु सानैदेखि नाच्ने गथ्र्यौं, हाम्रो बाउबाजेले यसैगरी सिकाउनुभएको थियो, उहाँहरुले राजाका सेनाको तालिमलाई पट्टा नाच भनिएको हो भन्नुहुन्थ्यो, राजाका सेना पट्टाना नाच जस्तै गरी तालिम गर्थे रे, यो सयौँ वर्ष अगाडिको कुरा हो, यसको सबै इतिहास जान्ने पाका मान्छे छैनन् ।” पट्टा नाच्दा दुईतर्फ तरबार तथा ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन् । तरबार नचाउँदा दुवैले एक अर्कालाई मार्न र आफू बच्न खोज्छन् । पुतली नाच्ने र तरबार नचाउने उनीहरु आफैँ गर्दछन् । देवि खुसी पार्न खेलिन्छ होरे कापै स्थानीय युवा माघ १ गतेदेखि होरे कापै खेल्न सुरु गर्छन् । होरे कापै तिहारमा देउसी, भैलो खेले जस्तै हो । माघ १ गतेदेखि उनीहरु घरघरमा पुगेर खेल्ने गर्छन् र भुसा, रोटी, तरुल पैसा दानका रुपमा लिने गर्छन् । यसबेला कुनै पनि अश्लिल शब्द बोल्दैनन् । माघ २ गते होरे कापै खेल्ने हातमा डम्फु लिएर बजाउँदै भट्याउँछन् । पुतली बनाउने दिन माघ २ गते साँझदेखि ३ गते पुतली खोलामा लगेर नसेलाउञ्जेलसम्म भट्याउने गर्छन् । यसरी भट्याउँदा देवि खुसी हुन्छन् भन्ने मान्यता रहेको स्थानीय मानसिंह बुढा बताउनुहुन्छ । देवीलाई खुसी भालुको पित्त देखाइन्छ माघ ३ गतेका दिन भल्कोट गाउँमा हुने पुतली नाचसँगै भालुको पित्त देखाइन्छ । पुतली नाच र कापैसँगै देखाइने भालुको पित्त देख्दा जो कोही पनि अचम्मित पर्छन् । स्थानीयले एक मानिसलाई नचिनिने गरी मुख छोपिदिए र खरानी लगाइदिएर नचिन्ने बनाइएको हुन्छ । त्यसलाई भालु भनिन्छ । रक्सी खुवाएर लठ्ठ भनेको उसलाई पशुलाई झैँ दाम्लोले बाँधेर लतारिन्छ । उसँगै दुई÷चार जना रक्सीले लठ्ठिएका मान्छे हुन्छन् । उक्त अपरिचित मान्छेलाई मान्छेको भीडमा लगेर भालु आयो भन्दै उसलाई देखाइ खरानी, माटो हाल्दिने गर्दछन् । त्यसलाई भालुको पित्त भनिन्छ । यसरी भालुको पित्त देखाउँदा पितृ खुसी हुने र देवी हाँस्ने स्थानीय प्रमुखसिंह घर्ती मगर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो त सयौँ वर्ष पहिलेदेखि चल्दै आएको चलन हो, अहिले भालु बन्न पनि मान्दैनन्, भालु भनेर पित्त देखाउँदा पनि राम्रो मान्दैनन्, यसरी त परम्परा हराउँछ, ठट्टा गर्नका लागि गरेको होइन, यसरी भालुको पित्त देखाउँदा देवी खुसी हुन्छन् भन्ने मान्यता छ, यो त हाम्रो बाउबाजेले गर्दै आएको कुरा हो ।” यस्ता कला संस्कृतिको संरक्षणका लागि स्थानीय तिलाचन युवा क्लब सक्रिय बनेको छ । हरेक वर्ष क्लबले यसको व्यवस्थापन गर्दै आएको अध्यक्ष सञ्जु थापा मगरले बताउनुभयो । पुराना कला संस्कृति यस ठाउँको पहिचान भएको भन्दै पुतली नाचसँगै अन्य संस्कृति संरक्षणका लागि बुढापाकाबाट युवालाई सिक्न प्रेरित गर्ने गरेको उहाँ बताउनुहुन्छ । “पुतली नाच देशकै गहना हो, यस्तो परम्परा अन्य कुनै ठाउँमा छैन, पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ, तर यसको संरक्षणका लागि हामीहरु लागि रहेका छौँ, यो अलिकति खर्चिलो पनि छ”, अध्यक्ष थापाले भन्नुभयो, “पुतली नाच प्रदर्शनमा लाग्ने खर्चदेखि अन्य व्यवस्थापन हामीहरुले गरेका छौँ, सरकारले पनि यसतर्फ ध्यान दियो भने यसको संरक्षण युगौँसम्म हुने थियो ।” गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले गाउँपालिका कला, संस्कृतिको केन्द्रबिन्दु भएको उल्लेख गर्दै पुतली नाच ऐतिहासिक भएको बताउनुभयो । पुतली नाचको संरक्षण तथा प्रवद्र्धन गर्नका निम्ति गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने र यसलाई पर्यटनसँग जोड्ने उहाँ बताउनुहुन्छ । “पुतली नाच विशिष्ट संस्कृति हो, सयौँ वर्ष इतिहास बोकेको यो संस्कृति अहिले पनि जिवितै छ, यसको संरक्षणमा स्थानीय लाग्नुभएको छ, गाउँपालिकाले पनि बजेट विनियोजन गरेर संरक्षणमा लागेका छौँ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “पुतली नाचसँगै यहाँका गाउँहरु थुप्रै संस्कृति छन्, तिनीहरुको प्रवद्र्धनका लागि हामीहरु गम्भीर भएर लागेका छौँ ।”