घाटामा चल्छ प्रदेश संग्रहालय, प्रमुख भन्छिन्–‘संस्कृति संरक्षण गर्नुपर्छ’

पाेखरा | फागुन १०, २०७९

घाटामा चल्छ प्रदेश संग्रहालय, प्रमुख भन्छिन्–‘संस्कृति संरक्षण गर्नुपर्छ’

पोखरा:   पोखरास्थित क्षेत्रीय संग्रहालय संघीयता कार्यान्वयनसँगै प्रदेश संग्रहालयमा रुपान्तरण भएको चार वर्ष बढी भएको छ । 


आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै २०४१ सालमा सर्वसाधारणका लागि खुल्ला गरिएको क्षेत्रीय संग्रहालयमा कति लगानी भएको छ भन्ने यकिन तथ्याङ्क छैन् । प्रदेश संग्रहालयमा रुपान्तरण भएपछि कार्यालयको जिम्मेवारीमा करुणा राई रहेकी छिन् ।  


पोखरा महानगरपालिका ९ नयाँबजारस्थित प्रदेश संग्रहालयको जिम्मेवारी संघीयतापछि प्रदेश सरकारको काधमा आएको छ । २३ रोपनी क्षेत्रफलमा फैलिएको यस संग्रहालयमा चार वटा प्रदर्शनी कक्षहरु छुट्याएर गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका दैनिक जीवनशैली,भेषभुषा, गरगहना,बाजागाजा, कृषि औजारसँगै जातिहरुको प्रतिकृति, देवीदेवताका मूर्तिहरु तथा संस्कृति सम्बन्धि विभिन्न साम्रगीहरु संग्रालयमा प्रदर्शनमा रहेको कार्यालय प्रमुख राईले बताइन् । 


गण्डकी प्रदेशका विभिन्न जातजातिको भाषाशैली र जिवनशैली र लोपउन्मुख संस्कृति बुझ्न संग्रहालयले महत्वपूर्ण भुमिका निर्वाह गर्ने कार्यालय प्रमुख राई बताउछिन । 


‘पोखरा एक पर्यटकहरुको केन्द्र हो, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै तत्कालिन क्षेत्रीय संग्रहालय अहिले प्रदेश संग्रहालयमा रुपान्तरण भएको छ, उनले भनिन्, ‘ विभिन्न जातजातिको भाषाशैली र जिवनशैली बुझ्न र लोपउन्मुख  संस्कृति बुझ्न संग्रहालयले महत्वपूर्ण भुमिका निर्वाह गर्छ ।’


उनले संग्रहालयमा नवलपुरदेखि मनाङ मुस्ताङसम्को भाषा, शैलीदेखि संस्कृति बुझ्न संग्रहालयले महत्वपुर्ण योगदान गरेको बताईन् । संग्रहालयमा आउने पर्यटकलाई पुजा राईले गाइड गर्ने गरेकी छन् । संग्रहालयका अनुसार यहाँ कर्मचारीको अभाव रहेको छ । 


घाटामा चल्छ प्रदेश संग्रहालय


संघीयता कार्यान्वयन भएसँगै क्षेत्रीय संग्रहालयबाट प्रदेश संग्रहालयमा रुपान्तरण भएको संग्रहालय घाटामा चलिरहेको छ । 


प्रदेश संग्रहालय पोखराका कार्यालय प्रमुख राईले संग्रहालय घाटामा रहेको स्विकार गर्दै संग्रहालयले राजश्व संकलन भन्दा प्रदेशको संस्कृतिको संरक्षणमा जोड दिएको बताईन । 


‘कर्मचारी व्यवस्थापनदेखि पूर्वाधार र मर्मत सम्भारमै लाखौ खर्च हुन्छ’, राईले भनिन्, ‘संग्रहालयबाट राजश्व संकलन भन्दा पनि तत्कालिन पश्चिमाञ्चल विकास क्षेत्र र हालको गण्डकी प्रदेशका जिल्लाहरुको विभिन्न जातजातिको संस्कृति संरक्षणमा जोड हो ।’


उनका अनुसार राजश्व संकलन गर्ने लक्ष्य नभएको भन्दै अन्य स्थानमा भन्दा यस संग्रहालयमा टिकट दर सस्तो रहेको छ । ‘राजश्व संकलन गर्ने लक्ष्य भए हामीले टिकट दर बढाउनुपर्छ तर लोपउन्मुख वस्तु तथा संस्कार संस्कृति पुस्तातरण गर्नु संग्रहालयको प्रमुख उद्धेश्य पनि हो’ उनले भनिन् । 


कार्यालय प्रमुख राईका अनुसार प्रदेश संग्रहालयले चालु आर्थिक वर्षको माघको १७ गतेसम्म १४ लाख ४ हजार ९ सय ५० रुपैँया राजश्व संकलन गरेको छ । 


राईका अनुसार क्षेत्रीय संग्रहालय प्रदेश संग्रहालयमा रुपान्तरण भएपछि गत आर्थिक वर्ष ९ हजार २ सय ३७ जनाले संग्रहालयको अवलोकन गरेका छन् । भने १६ लाख २ हजार ८ सय ६० रुपैया राजश्व संकलन भएको हो । 


कोभिडका कारण केही महिना बन्द भएको संग्रहालयमा आर्थिक वर्ष ०७७/७८ मा ८ सय ९७ जनाले अवलोकन गर्दा १८ हजार ३ सय १० रुपैयाँ राजश्व संकलन भएको छ । भने आर्थिक वर्ष ०७६/७७ मा ५ हजार ८ सय २५ जनाले अवलोकन गर्दा १६ लाख ८ हजार ७ सय ३५ रुपैयाँ राजश्व संकलन भएको छ । 


कार्यालय व्यवस्थापका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४ करोड २३ लाख ७५ हजार रुपैयाँ पुँजीगत खर्चसहित छुट्याएको लेखा अधिकृत शोभाखर ढकालले बताए । 


प्रदेश संग्रहालयमा १० जनाको दरबन्दीको भएपनि १२ जना कर्मचारीको रहेको बताउँदै २ जनालाई करारमा नियुक्त गरेको कार्यालय प्रमुख राईले बताईन् । 


संग्रहालयलाई थप व्यवस्थित गर्न प्रदेश सरकारको बजेटमा पुस्तकालयसहित कार्यालय रहने गरी १ करोड ८९ लाख ८६ हजार ६सय २२ रुपौयाँको लागतमा नयाँ भवन निर्माण गरेको छ । यस्तै संग्रहालयको भवन संरक्षण गर्न प्रदेश सरकारको सहयोगमा ३५ लाखको लागतमा संग्रहालय वरपर वाल निर्माण गरेको छ । 


बतास बदर्शले सडक तर्फको भाडामा लिएको भवन एक वर्ष अगाडी खाली गरेको छ । २०६७ सालमा भाडा प्रयोग गरिरहेको बतास बदर्शले सम्झौताको केही वर्षपछि उक्त भवन खाली गरेसँगै त्यस भवनमा पुस्तकालय, गण्डकी प्रदेशका विभिन्न जिल्लाको श्रव्यदृश्य प्रस्तुत गर्ने गरी सभाहल निर्माण गर्न करिव २२ करोडको लागतमा भवन बनाउन डिपियार तयार भएको प्रदेश संग्रहालयले जनाएको छ । 


प्रदेश संग्रहालयमा चार कक्ष, कुन कक्षमा के अवलोकन गर्ने ?


गण्डकी प्रदेश संग्रहालय पोखरामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्ने जातजातिको दैनिक जीवनशैली देखि पुराना धातुहरु संग्रहालयमा राखिएको छ ।

 
मंलबार बाहेक अन्य बार आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि खुल्ला हुने संग्रहालय प्रवेशका लागि १० देखि १०० रुपैयाँसम्म टिकट दर कायम गरिएको प्रदेश संग्रहालयले जनाएको छ । 


विद्यार्थीहरुको लागि १०, सार्क राष्ट्रका लागि ५० र अन्य राष्ट्रका पर्यटकहरुलाई १०० यस्तै अन्यका लागि नेपाली २५, सार्क राष्ट्र ५० र अन्य राष्ट्रका लागि १ सय नै टिकट दर कायम छ । 


संग्रहालयलाई चार कक्षमा विभाजन गरेको छ भने बाहिर खाली जग्गामा बाल उद्यान देखि पर्यटकलाई आकर्षणका निम्ति बगैचा निर्माणसँगै विभिन्न जनावरको आकृति निर्माण गरिएको छ । 


पहिलो कक्ष, 


प्रदेश संग्रहालयको पहिलो कक्षमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट संकलित साम्रगीहरु पहिलो कक्षमा अवलोकन गर्न सकिन्छ । प्रदेशक विभिन्न क्षेत्रमा बसोबास गर्ने जातजातिले प्रयोग गर्ने भाँडावर्तन, भेषभुषा तथा गरगहनाहरु पहिलो कक्षमा अवलोकन गर्न सकिन्छ । 


दोस्रो कक्ष, (मुस्ताङ ग्यालरी)


संग्रहालयको दोस्रो कक्षमा नेपाल र जर्मनीका संयुक्त टोलीले मुस्ताङमा अवस्थित प्राचिन गुफा सन् १९९४÷९५ मा उत्खनन् गर्दा प्राप्त भएका पुरात्वाविक वस्तुहरु राखिएका छन् । यस कक्षमा माटोको भाडाकुँडा, माला, धातुका हातहरियार, काठका हतियार, हाडका साम्रगी तथा गहना, ढुङ्गाका औजार, माटोको साना भाँडावर्तन, धातुका गहनासँगै नेपालको पहाड र हिमालमा भएको सभ्यताको विकासक्रमको बारेमा जानकारी प्राप्त हुन्छ ।


तेस्रो कक्ष


प्रदर्शनीको तेस्रो कक्षमा साविक पश्मिाञ्चल विकास क्षेत्रको विभिन्न स्थानबाट चोरी–ठगी बरामद भएका जिल्ला अदालत कास्कीबाट हस्तान्तरण भएका १७ औं शताव्दीका स्थानीय देवी देवताका मूर्तीहरु, हिमाली लामा, कुमार कात्र्तिकेय, तिब्बती कलाशैलीको लामा, हनुमान, राधाकृष्ण,विष्णु, तारा, शाक्यमुनि बुद्धसँगै बाजा गाजा, हातहतियार, नापपौतलका औजारका अतिरिक्त गुरुङ पुरोहितका प्रतिकृतिहरु समेत प्रदर्शनमा राखिएको छ । यस्तै यसै कक्षमा संग्रहालयले परम्परागत घुमाउने घर निर्माण गरेको छ । हनि हन्टिङलाई समेत सग्रहालयमा जोड्न लागिएको प्रदेश संग्रहालयले जनाएको छ । 


चौथो कक्ष


संग्रहालयको चौथो कक्षमा थारु, दुरा, थकाली र दलित जातीले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्री तथा औजारहरु र हिन्दु परम्परामा गरिने विवाह र मृत्यु संस्कारका कृतिहरु चौथो कक्षमा प्रदर्शनीका लागि राखिएको छ । 

 

काठमाडौं:     निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।  उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटन...

थप पढ्नुहोस्

रसुवा:  जिल्ला प्रहरी  कार्यालय रसुवाले एक युवालाई २ किलो सुनसहित पक्राउ गरेको छ ।   कालिका गाउँपालिका१ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा गोसाईकुण्ड गाउँपालिका ३ ब्रिद्धीम बस्ने ३...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीकाे सँयुक्त टाेलीले स्वरुप परिवर्तन (मोडिफाई) गरेका २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले गत १ ...

थप पढ्नुहोस्