पोखराः लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बेलायतमा प्रदर्शन हुने भएको छ । ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज बेलायतको आयोजनामा माघ १ (जनवरी १५ तारिख)मा बेलायतको एम्पाएर हल एल्डरशटमा प्रदर्शन हुने लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले जानकारी दिए । ‘घान्द्रुकमा पहिलो प्रदर्शन गरेको वृतचित्रलाई देशको प्रमुख शहरहरु पोखरा, काठमाडौं लगायतका स्थानमा प्रर्दशन गरिएको छ, गुरुङले भने, ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्रलाई पहिलो पटक बेलायतमा प्रदर्शन गर्दै छौं, बेलायतपछि हङकङ, जापान लगायतका देशका शहरमा प्रदर्शन गर्ने तयारीमा छौं ।’ लामा अमृत फाउण्डेशन घान्द्रुकका अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो । उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुक आसपासको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ ।
म्याग्दी: बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधवार हिजो भएको १७औँ कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९र८० को पहिलो पाँच महिनाको अवधिमा तीन करोड ३७ लाख छ सय ४५ रुपैयाँ आम्दानी भएको जानकारी गराइएको हो । कोषका कोषाध्यक्ष कुमारी रोकाले कर्मचारी तलब, पूजा, संस्कृत विद्यालय र ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा यस अवधिमा २० लाख दुई हजार रुपैयाँ खर्च भइ तीन करोड १६ लाख ९७ हजार रुपैयाँ बचत भएको जानकारी दिनुभयो। गएको असारसम्मको आम्दानी दुई करोड ९० लाख ८२ हजार रुपैयाँ थियो, उहाँले भन्नुभयो, ‘खातामा रहेको ब्याज, भक्तजनले चढाएको भेटी, दान र भाडालगायत शीर्षकमा भएको आम्दानीबाट खर्च कटाएर पाँच महिनाको मात्र २६ लाख १५ हजार रुपैयाँ बचत भएको छ ।’ मेलापर्वमा भेटी २२ लाख ५६ हजार, मण्डप भेटी आठ लाख २२ हजार, ब्याज आम्दानी पाँच लाख ५९ हजार, यज्ञ दर्ताबापत एक लाख ६३ हजार, यात्री निवास शुल्कबाट एक लाख ३१ हजार, दान दुई लाख ५८ हजार ८६, जिन्सी सामान बिक्रीबाट एक लाख ९९ हजार र स्टल भाडा दुई लाख २२ हजार रुपैयाँ सङ्कलन भएको छ । आव २०७८र७९ मा ४० लाख ८५ हजार भेटीसहित ९१ लाख ८२ हजार रुपैयाँ आम्दानी भएको थियो । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब दश करोड रुपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ, उहाँले भन्नुभयो, ‘भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन् ।’ जडभरत संस्कृत माविका तीन शिक्षकको तलबका लागि मासिक ७२ हजार, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्न क्षेत्रका भान्छेलाई मासिक १७ हजार रुपैयाँ तलब मन्दिरको आम्दानीबाट दिने गरिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि रहेको गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमवार, बालाचर्तुदशी र शिवरात्रिमा विशेष मेला लाग्छ । अन्य समय दैनिक पूजाआजा हुने गलेश्वर मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको छ ।
पोखरा: पोखराको अमरसिंह चौरमा आजदेखि एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लबको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरे । महोत्सवको उद्घाटन पछि बोल्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्ने बताए । ‘मुलुक कोरोना कहरका कारण आर्थिक चलायमानमा गतिशिल लिन नसकिरहदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुगेका छ ।’ मुख्यमन्त्री अधिकारीले भने । उनले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा समेत अग्रणी स्थानमा रहेको बताउदै मेला महोत्सवमा हुने ब्यापारिक स्टलहरुमा स्वदेशी उत्पादनलाई जोड दिन समेत आग्रह गरे । युवाहरुलाई स्वदेशमै रोक्नका लागी पनि स्वदेशी उत्पादनका सामाग्रीहरुको उत्पान आवश्यक रहेको उनको भनाइ रहेको थियो । त्यसैगरी मेला महोत्सवहरुले स्थानिय भाषा, संस्कृतिको उत्थान समेत गर्ने उनले बताए । गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ (श्याम)ले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर रहेको बताउदै युनाइटेडले लिएको उद्देश्य अनुसारको गतिविधीमा सहयोग र साथ दिने बताए । गण्डकी प्रदेशमा आर्थिक गतिविधी बढाउन र पर्यटकीय गतिविधी बढाउनका लागी पोखरा महोत्सवले उल्लेख्य भुमिका खेलेको उनको भनाइ रहेको थियो । गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले पोखरा महोत्सव महोत्सवको पनि महोत्सव भएकाले सम्पूर्णले सहयोग र साथ दिदै सामाजिक सेवामा सहभागी हुन आग्रह गरे । महोत्सवकै आयोजना गरी सामाजिक काम संगै पर्यटकीय गन्तब्य निर्माणका लागि समेत अगाडि वढ्नु आफैमा चुनौती रहेको बताउदै यसका लागी सम्पूर्ण पोखरेलीले सहयोग गर्नुपर्ने उनको भनाइ रहेको थियो । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले उद्देश्य सबैले लिएपनि पुरागर्न गाह्रो हुने बताउदै युनाइटेड क्लबले आफ्नो उद्देश्यप्रति कटिवद्ध रहेको एकमात्र क्लब रहेको बताए । पोखराको जिल्ला प्रशासन कार्यालय कास्कीमा धेरै संस्गाहरु दर्ता र नविकरणकै बिच हराइरहदा युनाइटेड क्लव एकमात्र गण्डकी पैदेश सरकारलाई नै ध्यान केन्द्रीत बनाउने क्लब बनेको वताउदै पोखरा ताल र हिमाल हेर्ने शहर मात्र नभइ सेती नदीको बारेमा कोही कसैले चासो नदिइरहदा क्लबले पहलकदमी गरेर सेती खोंचलाई शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा अगाडि वढिरहेकाले त्यसतर्फ प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको समेत बताए । राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्य जुद्व वहादुर गुरुङले युनाइटेड क्लब संग आफुले स्थापना कालदेखीनै सहकार्य गर्दै आइरहेको र युनाईटेड क्लबले छोटो समयमानै आफुलाई स्थापित बनाउन सफल भएको बताउदै आगामी दिनमा पनि साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । सम्पूर्ण वडाहरुको प्रतिनिधीत्व गर्दै पोखरा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले महोत्सव मार्फत आर्थिक चलायामान संगै कला संस्कृतिको जगेर्ना हुने वताउदै युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम अगाडि वढाइरहदा आगामी दिनमा आफ्नो वडा संगै महानरबाट समेत सहयोगका लागि पहल गर्ने बताए । त्यस्तै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले महोत्सवलाई सभ्य र भब्य बनाउनका लागी शान्ति सुरक्षाको दृष्टीले कुनैपनि कसर बांकी नराखी सुरक्षा निगरानीलाई चुस्त दुस्त वनाउने बताए । त्यस्तै अमरसिंह माविका प्रध्यानाध्यापक तेजस्वी बरालले युनाईटेड क्लवले अमरसिंहमा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडि वढाइरहदा अमरसिंह माविको समेत सामाजिक काममा अप्रत्यक्ष रुपमा सहकार्य गर्न पाउदा खुसी लागेको बताउदै युनाइटेड क्लबको हरेक गतिविधीमा सहकार्य गरेर अगाडि वढ्ने बताए । त्यस्तै कोलपाटन आमा समुको अध्यक्ष सावित्री पौडेलले पोखरा महोत्सवले संघ संस्थाहरुलाई सहभागी बनाइ आफुहरुलाई पनि सामाजिक भावमा सहकार्य गराउन सफल भएको बताइन । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लब ले एघारौं संस्करण सम्म आइपुग्दा पोखरामा खुल्ला पर्यटकीय चिडियाखाना निर्माणलाई प्रारम्भ गर्न सफल भएको र एघारौ महोत्सवदेखी पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई एक शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी गर्ने र आफ्नै जग्गा भएको लेखनाथको अर्चलेमा बहुद्देश्यीय भवन निर्माण गरी जेहेन्दार विद्यार्थीहरुका लागि आवाशिय ब्यवस्था सहितको शिक्षालय निर्माण गर्न तर्फ लाग्ने उनले बताए । शिक्षा, स्वास्थ्य खेलकुदका गतिविधीलाई भने निरन्तरता दिने उनको भनाइ रहेको थियो । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गरेका थिए । यसैगरी महोत्सव पूर्व पोखरा रंगशालादेखी महोत्सव स्थल सम्म झांकी तथा ¥यालीको आयोजना गरिएको थियो । उक्त झांकी तथा र्यालीमा झांकी तर्फ नेपाल मगर संघ रामबजार इकाइले प्रथम स्थान हासिल गरेको छ । भुरुँदी स्यो बौद्ध अर्घौ तमु समाज द्धितीय, डढुवा दुर्छा लम्जुङ तमु समाज तृतिय र थारु समाज कास्कीले सान्त्वना स्थान हासिल गर्न सफल भयो भने ¥याली तर्फ ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र पोखरा १० प्रथम, सुनकोशी आमा समुह पोखरा १० द्धितीय, नेपाल तामाङ घेदुङ संघ कास्की तृतिय र नागवेली शिर्जनशील आमा समुहले सान्तवना स्थान हासिल गर्न सफल भयो ।
पोखराः एघारौं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक युनाईटेड क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । एघारौं पोखरा महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई एक साहसिक पर्यटकीय गन्तब्य निर्माण र युनाईटेड क्लबको आफ्नै जग्गा पोखरा २६ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशीय छात्राबास निर्मालाई जोड दिइने क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार क्लबले लिएको शिक्षा, स्वास्थ्य, खेलकुुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणलाई निरन्तरता दिइने छ । महोत्सवमा प्रत्येक टिकटबाट एक रुपैया सेती नदी संरक्षणको लागि छुट्याइने छ । १३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहने र दुई देखी दुईलाख पचास हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन । महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, रामजी खांड प्रिति आले, चोलेन्द्र पौडेल, ज्योती मगर, राजु परियार, चिज गुरुङ, अस्मिता डल्लाकोटी, कृष्ण अखेली, आलिफ खान लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछभने कन्सर्ट तर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, छेवाङ लामा, भिटेन, मेलिना राई, दिक्षिता कार्की, झिल्के एण्ड द कम्पनी, अनुप्रस्था, अभय एण्ड द स्टीम इन्जीन्स, एएसएम र लोकल ब्याण्डहरुको प्रस्तुती रहने छ । त्यसैगरी हांस्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी थप आकर्षणमा घोड सवार, चिडियाखाना अवलोकनको लागि सवारीको ब्यवस्था, भिआर नाइन डी, टिकटक प्रतियोगिता र विभिन्न मनोरन्जनका कार्यक्रमहरु हुनेछन । एघारौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेट्टर होम एपलाएन्सेस, प्रायोजकहरुमा रारा तयारी चाउचाउ, योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी, वण्डर स्वीच एण्ड एससोरिज, युएनआइ एक्सपर्ट एलईडी लाइटिङ, युनाईटेड युथ सर्कल युएसए, सिजी हार्डवेयर एण्ड सप्लायर्स, स्काईलिंक टेक्नोलोजी, फिस्टेल ड्रिमपार्क रहेको छ । त्यसैगरी अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल पानीमा एक्वा रिउस पानी, अफिसियल इन्टरनेटमा वल्र्डलिंक कम्युनिकेशन प्रा.लि. आफिसियल इन्स्योरेन्समा सगरमाथा इन्स्योरेन्स रहेको छ,भने प्रवद्र्धकमा नेपाल टुरिजम वोर्ड र विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका, अमरसिंह मावि रहेको छ । त्यसैगरी सहयोगी संस्थामा युथ कम्युनिटी क्लव रहेको छ । त्यसैगरी मिडिया पार्टनरहरुमा एबीसी न्युज टेलिभिजन, फेवा टेलिभिजन, समाधान राष्ट्रिय दैनिक र एभरेष्ट एफएम ९३ मेघाहर्ज रहेका छ । महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाइ निः शुल्क प्रवेश गराइने छ । महोत्सवको गण्डकी प्रदेशका नव निर्वाचित गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीले बुधवार उद्घाटन गर्ने आयोजकले जनाएको छ ।
पोखराः हार्मोनी पोखराले पुस २९ गते पोखरा सभागृहमा रारा टेस्ट अफ हार्मोनीको चौथो संस्करणमा आयोजना गरेको छ । हार्मोनीको चौथो संस्करणमा पोखरामा दीपानारायण झाका गीतहरु गुञ्जदैछन । हार्मोनी पोखराकी अध्यक्ष इतु जोजिजुले दीपानारायण झाको सभागृतमा दीपानारायण झाको स्वर प्रत्यक्षसमेत गुञ्जिनेछ । कार्यक्रममा दीपालाई विशेष सम्मानसमेत गरिनेछ । ‘दीपानारयण झाको विगतको अनुभव हामीले सुन्न पाउनेछौं । उहाँले केही चर्चित गीतहरुमा प्रस्तुती दिनुहुनेछ’, उनले भनिन् । दीपाले नेपाली सुगम संगीतसहित सम्झना, कुसुमे रुमाल, मसाल, अन्याय, पिरती, सन्तान, कन्यादान, फेरि भेटौंला, कर्जा, पछ्यौरी, देउकी, ट्रक ड्राइभर, कसम लगायत नेपाली चलचित्रका गीतहरुमा दिएको स्वर यादगार छन् । सोही अवसरमा झासँगै पोखरेली गायिकाहरु इतु जोजिजु, शीतल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतीक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति गुरुङले झासँगै स्टेज शेयर गर्नेछन् । उनीहरुको सहयोगी गायका रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमु पनि सहभागी हुनेछन् । उक्त कार्यक्रमको अवसरमा क्यान्सर पीडित लक्ष्मी भट्टराई र भायोलिन तथा पियानो वादक उपासना पाख्रिनलाई पनि प्रोत्साहन सम्मान गरिने आयोजकले जनाएको छ । २०७३ मा स्थापना भएको हार्माेनी पोखराले टेस्ट अफ हार्माेनीको पहिलो संस्करण लेजेन्डरी हार्माेनियस इभिनिङ गरेको थियो ।
पोखराः मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा आँउदो आइतबार हुने भएको समाजका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिनुभयो । २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको फाइनलमा १६ सहभागीले प्रतिस्पर्धा गर्नेछन् । सातौं संस्करण प्रतियोगिता अन्र्तगत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतिभा प्रस्फुटन राउण्डमा सहभागिहरुले बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरका थिए । जस अन्र्तगत लक्ष्मी तामाङ्ग, रेनुका तामाङ्ग, अर्विना तामाङ्गले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । जुना तामाङ्ग र निशा तामाङ्गले भाषण कला, विकिता तामाङ्गले हस्तकला प्रस्तुत गरेका थिए । सुप्रिया तामाङ्ग, योगिता तामाङ्ग र आकृति तामाङ्गले गजल तथा कविता प्रस्तुत गरेका थिए । विपना तामाङ्ग, मनिषा तामाङ्ग, जिना तामाङ्ग, सुमित्रा तामाङ्ग, कृतिका तामाङ्ग, रोश्मा तामाङ्गले साँस्कृतिक नृत्य तथा प्रिती तामाङ्गले तामाङ्ग गाउँका बारेमा प्रस्तुती दिएका थिए । ट्यालेण्ट राउण्डको निर्णायकहरुमा गीतकार तीर्थ तामाङ्ग, मिस तामाङ्ग पोखराका पूर्व विजेता दिप्ती तामाङ्ग, निमा तामाङ्ग रहेका थिए । सहभागिहरुलाई विभिन्न विधामा तालिम प्रदान गरिएको कार्यक्रम संयोजक राम लामाले जानकारी दिनुभएको छ । तामाङ्ग भाषा तथा संस्कृति देखि व्यक्तित्व विकास सम्मका तालिम सहभागिहरुलाई प्रदान गरिएको छ । समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ्ग घेदुङ्ग कास्कीका अध्यक्ष भक्त तामाङ्ग, गीतकार तथा ट्यालेण्ट राउण्डका प्रमुख निर्णायक तीर्थ तामाङ्ग, कार्यक्रम संयोजक राम लामा, मिस तामाङ्ग पोखराका पूर्व विजेता निमा तामाङ्ग लगायतले बोलेका थिए ।
पोखराः ११ औंं पोखरा महोत्सवको सुरक्षा ब्यवस्था चुस्त दुस्त पारिने भएको छ । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको सुरक्षामा कुनै किसिमको कसुर बांकी नराख्ने कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बताए । महोत्सव आयोजक युनाईटेड क्लबका पदाधिकारीहरुसंगको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसीले पोखरा महोत्सवको सुरक्षाका लागि कास्कीका चार वटै सुरक्षा निकायहरुलाई महोत्सव स्थलमा खटाउने बताए । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीद्धारा महोत्सव अवधिभर महोत्सवको सुरक्षामा लाग्ने बताउदै प्रमुख जिल्ला अधिकारी केसीले महोत्सव आयोजकसंग सहकार्य गरेर सुरक्षा निकायले महोत्सवको सुरक्षा गर्ने बताए । युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम संगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी गर्दै सेती नदी संरक्षणमा समेत काम गर्दै आइरहेको आफुले थाहा पाउदा खुसी लागेको बताउदै कुनैपनी संघ संस्थाले आयोजना गर्ने मेला महोत्सवहरुलाई सुरक्षा प्रदान गर्नु आफुहरुको कर्तब्य रहेको बताउदै पोखरा महोत्सवको सुरक्षामा पनि आफुहरुले कुनैपनि कसुर बांकी नराख्ने बताउदै महोत्सवको सफलताको कामना समेत गरे । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले महोत्सवको सुरक्षाका लागी नेपाल प्रहरीले शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, आयोजकले उपलब्ध गराएको निजी सुरक्षा कम्पनीहरु संग सहकार्य गरेर महोत्सवमा कुनैपनि अप्रिय घटनाहरु हुन नदिने बताए । सो अवसरमा बोल्दै युनाईटेड क्लबका कार्यसमिति सदस्य तथा सुरक्षा ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले पोखरा महोत्सवको सुरक्षाका लागी सुरक्षा निकाय संगै आफुहरुले निजी सुरक्षा कम्पनीहरु संग सहकार्य गरेर महोत्सवलाई सुरक्षित गर्ने बताए । त्यस्तै महोत्सवमा सुरक्षाकर्मी संगै महोत्सवमा एकदर्जन बढी सिसि क्यामेरा द्धारा समेत २४ सै घण्टा निगरानी गरिने समेत गुरुङले जानकारी दिए । त्यस्तै क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि वढिरहदा एघारौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै गरी प्रशासनबाट सहयोगको अपेक्षा राखे । क्लवका अध्यक्ष राजु श्रेष्ठले एघारौं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै महोत्सवले रमाइलो गर्नेमात्र नभइ सामाजिक कामकै लागि महोत्सवको आयोजना गरिदै आएको बताए ।
काठमाडौं: अभिनेत्री प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षको भूमिकामा देखिने भएकी छन् । प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् । यसअघि यो टीभी शोमा दीपाश्री निरौला र करिश्मा मानन्धरले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । निकट स्रोतले अध्यक्षको रुपमा प्रियंका निश्चित भएको र प्रोमो छायांकन भइसकेको जानकारी दियो । दमन रुपाखेतीसहितका कलाकारले यो कार्यक्रमको तेस्रो सिजनमा प्रवेश गरेका छन् । दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा देखिनेछन् । अघिल्लो संस्करणको चर्चित पात्र फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमा पात्रलाई इन्ट्री गराइँदैछ, जसलाई श्याम रानाले निर्वाह गर्नेछन् । ‘छक्कापञ्जा’ फेम्ड सुमन गिरी भाञ्जा कार्यक्रम संयोजकको रुपमा हुनेछन् । ‘नेपाल र भारतीय कमेडी कार्यक्रममा नभएको कुरा यसपटक देखिनेछ,’ स्रोतले भन्यो । ५२ भाग प्रसारण हुने बताइएको यो सिजनपछि जितु नेपाल र डीसीको टिम फिचर फिल्मको तयारीमा लाग्नेछ । जितु नेपालको फिचर फिल्म ‘ह्यारीकी प्यारी’ रिलिजको तयारीमा छ । प्रियंकाको फिल्म ‘चि मुसी चि’ समेत प्रदर्शन तयारीमा छ ।
पोखरा: एघारौं पोखरा महोत्सवमा स्वरोजगार तालिम प्रदान गरिने भएको छ । आगमी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित गरी स्वरोजगार तालिम प्रदान गर्न लागिएको हो । महोत्सव अवधिभर सञ्चालन हुने तालिममा जाडो यामलाई लक्षित गरी स्वीटर, मोजा, टोपी, गलबन्दी, पञ्जा लगायतका सामाग्रीहरु निर्माण सम्बन्धी तालिम प्रदान गरिने एघारौं पोखरा महोत्सव हस्तकला ब्यवस्थापन उपसमिति संयोजक सबिता श्रेष्ठ रञ्जितले जानकारी दिइन । श्रेष्ठका अनुसार प्राविधिक शिक्षालय ९सिटीइभिटी० को प्राविधिक सहयोगमा २० जना लाई उक्त तालिम दिइने छ । महोत्सव अवधिभर १२ दिन तालिम प्रदान गरिने र स्वरोजगार हुन चाहनेहरुलाई दुई महिने निशुल्क तालिम समेत प्रदान गरिने बताइन । तालिममा सहभागी हुन चाहनेहरुले पुष २५ भित्र युनाईटेड क्लवको कार्यालयमा सम्पर्क गर्न समेत संयाजक श्रेष्ठले आग्रह गरेकी छिन ।