एघारौं पोखरा महोत्सवको सुरक्षाका लागि चारवटै सुरक्षा निकायलाई खटाउछौं : प्रजिअ केसी
पाेखरा | पुस २४, २०७९

पोखराः ११ औंं पोखरा महोत्सवको सुरक्षा ब्यवस्था चुस्त दुस्त पारिने भएको छ । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको सुरक्षामा कुनै किसिमको कसुर बांकी नराख्ने कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बताए ।
महोत्सव आयोजक युनाईटेड क्लबका पदाधिकारीहरुसंगको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसीले पोखरा महोत्सवको सुरक्षाका लागि कास्कीका चार वटै सुरक्षा निकायहरुलाई महोत्सव स्थलमा खटाउने बताए । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीद्धारा महोत्सव अवधिभर महोत्सवको सुरक्षामा लाग्ने बताउदै प्रमुख जिल्ला अधिकारी केसीले महोत्सव आयोजकसंग सहकार्य गरेर सुरक्षा निकायले महोत्सवको सुरक्षा गर्ने बताए ।
युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम संगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी गर्दै सेती नदी संरक्षणमा समेत काम गर्दै आइरहेको आफुले थाहा पाउदा खुसी लागेको बताउदै कुनैपनी संघ संस्थाले आयोजना गर्ने मेला महोत्सवहरुलाई सुरक्षा प्रदान गर्नु आफुहरुको कर्तब्य रहेको बताउदै पोखरा महोत्सवको सुरक्षामा पनि आफुहरुले कुनैपनि कसुर बांकी नराख्ने बताउदै महोत्सवको सफलताको कामना समेत गरे ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले महोत्सवको सुरक्षाका लागी नेपाल प्रहरीले शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, आयोजकले उपलब्ध गराएको निजी सुरक्षा कम्पनीहरु संग सहकार्य गरेर महोत्सवमा कुनैपनि अप्रिय घटनाहरु हुन नदिने बताए ।
सो अवसरमा बोल्दै युनाईटेड क्लबका कार्यसमिति सदस्य तथा सुरक्षा ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले पोखरा महोत्सवको सुरक्षाका लागी सुरक्षा निकाय संगै आफुहरुले निजी सुरक्षा कम्पनीहरु संग सहकार्य गरेर महोत्सवलाई सुरक्षित गर्ने बताए । त्यस्तै महोत्सवमा सुरक्षाकर्मी संगै महोत्सवमा एकदर्जन बढी सिसि क्यामेरा द्धारा समेत २४ सै घण्टा निगरानी गरिने समेत गुरुङले जानकारी दिए ।
त्यस्तै क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि वढिरहदा एघारौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै गरी प्रशासनबाट सहयोगको अपेक्षा राखे । क्लवका अध्यक्ष राजु श्रेष्ठले एघारौं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै महोत्सवले रमाइलो गर्नेमात्र नभइ सामाजिक कामकै लागि महोत्सवको आयोजना गरिदै आएको बताए ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रम...
पोखरा: गण्डकी प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम ...
काठमाडौं: सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ क...