पोखरा महोत्सवमा २० जनालाई स्वरोजगार तालिम प्रदान गरिने
पाेखरा | पुस २०, २०७९
पोखरा: एघारौं पोखरा महोत्सवमा स्वरोजगार तालिम प्रदान गरिने भएको छ ।
आगमी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित गरी स्वरोजगार तालिम प्रदान गर्न लागिएको हो ।
महोत्सव अवधिभर सञ्चालन हुने तालिममा जाडो यामलाई लक्षित गरी स्वीटर, मोजा, टोपी, गलबन्दी, पञ्जा लगायतका सामाग्रीहरु निर्माण सम्बन्धी तालिम प्रदान गरिने एघारौं पोखरा महोत्सव हस्तकला ब्यवस्थापन उपसमिति संयोजक सबिता श्रेष्ठ रञ्जितले जानकारी दिइन ।
श्रेष्ठका अनुसार प्राविधिक शिक्षालय ९सिटीइभिटी० को प्राविधिक सहयोगमा २० जना लाई उक्त तालिम दिइने छ । महोत्सव अवधिभर १२ दिन तालिम प्रदान गरिने र स्वरोजगार हुन चाहनेहरुलाई दुई महिने निशुल्क तालिम समेत प्रदान गरिने बताइन । तालिममा सहभागी हुन चाहनेहरुले पुष २५ भित्र युनाईटेड क्लवको कार्यालयमा सम्पर्क गर्न समेत संयाजक श्रेष्ठले आग्रह गरेकी छिन ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

