बलिउड अभिनेत्री सन्नी लियोनी नेपालमा
काठमाडाैं | माघ १५, २०७९

काठमाडौँ: बलिउड अभिनेत्री सन्नी लियोनी अहिले नेपालमा छिन् । उनले आइतबार बिहान एक भिडियो पोस्ट गर्दै नेपाल रहेको जानकारी दिएकी हुन् ।
हेलो नेपाल भनेर आइतबार बिहान उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै नेपाली फ्यानलाई अभिवादन समेत गरेकी छन् ।
शनिबार बिहान काठमाडौं आएकी उनी साँझ एक कार्यक्रममा पनि सहभागी भएको बताइन्छ । कार्यक्रममा उनले ‘आई लभ नेपाल’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन समेत गरेकी थिइन् । सन्नी यस अगाडि नेपाली फिल्म ‘पासवर्ड’ रिलिजको समय आएकी थिइन् । फिल्म आइटम गीतमा उनको नृत्य समेत रहेको थियो ।
पोखरा: राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...
पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएक...
पोखरा: छाङ्गेली नेवा: खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन ...