मगर समुदायमा शैक्षिक जागरणको आवश्यक छ: प्रमुख सचेतक गाहामगर

लमजुङ | माघ १, २०७९

मगर समुदायमा शैक्षिक जागरणको आवश्यक छ: प्रमुख सचेतक गाहामगर

पाेखरा:  गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक रोशन गाहामगरले मगर समुदायमा शैक्षिक जागरणको आवश्यकता रहेको बताएका छन् ।
 

सिर्जनशिल एकता मगर समाज मध्यनेपाल नगरपालिका ५ मगरगाँउ लमजुङको व्यवस्थापन तथा नेपाल मगर संघ जिल्ला समन्वय समिति लमजुङद्वारा माघे सक्रान्तिको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद तथा प्रमुख सचेतक गाहामगरले शैक्षिक योग्यताले पहुँच स्थापना गर्न मद्दत पुर्याउने बताउदै शैक्षिक जागरण आवश्यक  रहेको बताएका हुन् । 

 

उनले शैक्षिक योग्यताकै कारण प्रशासनिक तथा राजनीतिक क्षेत्रमा पहुँच स्थापना गर्न भूमिका खेल्ने बताउदै मगर जाति शैक्षिक रुपमा अब्बल हुनुपर्ने बताए ।  ‘समग्र जातिको जनसँख्या हेर्ने हो भने हामी तेस्रोमा छौ । अनि आदिवासी जनजातिमा पहिलोमै छौ । तर समुदायको विकासको हिसाबले, आर्थिक उन्नती र शैक्षिक योग्यताको हिसाबले, सामाजिक प्रतिष्ठाको हिसाबले र राजनीतिक पहुँचको हिसाबले हेर्ने हो भने धेरै पछि छौ’, उनले भने, ‘त्यसैले शैक्षिक जागरण आवश्यक छ किनभने हाम्रो सत्रु भनेकै अशिक्षा हो ।’ 

 

उनले मगर समुदायको विकास र पहुँका लागि मगर समुदायको नेतृत्व पङ्ती गम्भीर बन्नुपर्ने धारणा राखे ।  ‘सँख्याको आधारमा अघि तर पहुँच र विकासको हिसाबले पछि पर्ने यो विषयलाई नेतृत्व पङ्तीले गम्भीर भएर सोच्नुपर्छ’, गाहामगरले भने, ‘यो मगर जातिको मात्रै समस्या होइन । आदिवासी जनजातिकै समस्या हो । हामी अशिक्षाकै कारण पछि परेका हौं । त्यसैले पहिलो प्राथमिकता हामीले शिक्षालाई दिन जरुरी छ ।’
 

अभिभावकहरुले आफ्ना सन्तानलाई शैक्षिक योग्यता वृद्धि गर्नतर्फ अभिप्रेरित गर्नुपर्नेमा उनले जोड दिए । ‘तपाइहरुको गैह्रीखेत, टारीखेत जे भनेनी तपाइहरुकै छोराछोरी हो । त्यसैले शिक्षित बनाउन सम्झौता गर्नुहुँदैन ।’ गाहामगरले भने । 

 

उनले फरक प्रसंगमा बोल्दै माघे सक्रान्ति मगर समुदायको राष्ट्रिय पर्व रहेकाले एकताको सुत्रमा बाध्न सहयोग पुर्याउने बताए । ‘माघे सक्रांतीलाई पछिल्लो समय राष्ट्रिय पर्वको रुपमा मनाइएको छ’, उनले भने ‘यो परिवर्तित समय अनुसार पनि चल्नुपर्छ । पहिले आफ्नो चेलीबेटीलाई बोलाएर आफ्नो क्षमता अनुसार मिठो मसिनो खुवाउने चलन थियो । अहिले एकताका लागि सामुहिक रुपमा मनाउने प्रचलन रहेको छ । यसले आत्मियता बढाउँछ ।’

 

उनले आदिवासी जनजाति सँस्कृतिकै कारण फरक पहिचान भएको बताउदै भने, ‘हामी भाषा, कला, धर्म र सँस्कृतिकै कारण पृथक छौं त्यसैले यसको संरक्षण तथा जगेर्ना गर्न अतिआवश्यक छ ।’

 

गण्डकी प्रदेशका एमालेका प्रमुख सचेतक तथा प्रदेश सांसद गाहामगरले आगामी दिनमा नेपाल मगर संघ लम्जुङको कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । 

 

 

सोही कार्यक्रमकाबीच प्रभु बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख राजु रानामगर तथा लमजुङको विभिन्न स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाईसमेत सम्मान गरिएको थियो । 

 

माघे सक्रान्तिको दिन नेपाल मगर संघ जिल्ला समन्वय समिति लमजुङले हरेक वर्ष लमजुङ जिल्लाको विभिन्न मगर गाउँमा विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरि माघी पर्व मनाउँदै आएको  छ । २०६८ को जनगणना अनुसार लमजुङ जिल्लामा मगर जातिको जनसँख्या करिब ५ हजार रहेको छ ।

 

 


 

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्