पोखरा महोत्सवको टिकटक विजेता लक्ष्मण गोले

पाेखरा | माघ १०, २०७९

पोखरा महोत्सवको टिकटक विजेता लक्ष्मण गोले

पोखरा:    एघारौं पोखरा महोत्सवमा आयोजित टिकटक प्रतियोगिताको उपाधि लक्ष्मण गोलेले हात पारेका छन । प्रतियोगिताको उपाधि संगै गोलेले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गरे । गोलेले महोत्सव स्थलमा राखिएको टिकटक निर्माण स्थलमा टिकटक बनाएर सर्वाधिक भ्युज ल्याउन सफल भएका थिए । गोलेको भिडियोले १.९ मिलियन भ्युज ल्याएका थिए ।


त्यसैगरी प्रतियोगितामा जमुना थापा मगरले १.६ मिलियन भ्युज बटुल्दै दोश्रो स्थान हासिल गर्न सफल रहिन । दोश्रो स्थान संगै थापा मगरले नगद २० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल बनिन । त्यसैगरी प्रतियोगितामा भाग लिइ महोत्सवमा धेरै भिडियो निर्माण गरी टिकटक प्रतियोगिताको सन्देश प्रबाह गरी सहयोग गरेका मिङ मिङ पुनलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।


प्रतियोगिताका बिजेताहरुलाई टिकटक प्रतियोगिता प्रयोजन गर्ने अल्ट्राबाइट प्रा.लि., एजुकेशन डाइट प्रा.लि.का गण्डकी प्रदेशका निर्देशक पूर्ण कुमार श्रेष्ठ,  आशिष इन्स्टीट्युट प्रा.लि.का सञ्चालक आशिष पाण्डे, क्लवका अध्यक्ष राजु श्रेष्ठ, टिकटक प्रतियोगिताका संयोजक शिब थापा लगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।


प्रतियोगितामा ४ सय ५० बढीले भाग लिएका थिएभने समग्रमा #2079pm​ मा करिब १ करोड १७ लाख भ्युज पुगेको थियो । महोत्सव आयोजक युनाइटेड क्लबले टिकटकलाई रमाईलो मात्र नभइ संस्कृतिको संरक्षण र सभ्य समाज निर्माण संगै टिकटक चलाएर पनि प्रतियोगितामा सहभागीता हुन सकिने र नगद जित्न सकिने सन्देश प्रदान गर्ने उद्देश्यले टिकटक प्रतियोगिताको आयोजना गरिएको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।  


महोत्सवको तेह्रो दिन सम्म आइपुग्दा करिव दुई लाख ४० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन । महोत्सवमा दर्शकको भीड संगै कारोबार समेत बढेको छ । महोत्सवको तेह्रो दिन सम्म आइपुग्दा ८ करोड ६० लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए ।


महोत्सवको तेह्रो दिन सोमबार महोत्सवमा उपस्थित दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरी ढुंगाना, मधु थापा मगर, किसन नेपाली, सानु बिकास, कमला सुनार लगायतको प्रस्तुतीमार्पत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी सांझको लाईभ ब्याण्ड तर्फ अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्याण्ड मन्त्रको प्रस्तुती मार्फत युवाहरुले भरपुर मनोरन्जन लिएका थिए ।


महोत्सवको अन्तिम दिन मंगलवार लोकदोहोरी तर्फ प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनार लगायतको प्रस्तुती रहनेछभने सांझको कन्सर्ट तर्फ चर्चित र्यापर एएनटीएफ बाट चर्चित भएका र्यापर माइलाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा:    पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो ।  किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा ४ बालिकाहरुलाई जबरजस्ती यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले तीन युवतीलाई पक्राउ गरेको छ ।  लेकसाईडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिषा युथ होस्टेल प्राइभेट लिमिटेडको क...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंंहदरबारमा भएको भ...

थप पढ्नुहोस्