पोखरा: पोखराबाट सञ्चालनमा रहेको नीतिप्रेस मिडिया प्रालिले तीजको आवसरमा वाइयुके सुुपरमार्केटमा तीजगीत प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘कला संस्कृतिको संरक्षण गरौं, पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नारासहित आगामी भदौ ११ गते ‘वाइयुके सुुपरमार्केट तीजगीत प्रतियोगिता–२०७९’ आयोजना गरिने पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । कार्यक्रम संयोजक गणेश लम्सालका अनुसार प्रतियोगीताको विजेता समुहले नगद रु ३० हजार प्राप्त गर्नेछ भने उपविजेता समुहले २० हजार हात पार्नेछ । यसैगरि सान्त्वना स्थान हाँसिल गर्ने समुहले १० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुुन् १ हजार शुुल्क तोकिएको आयोजक संस्थाका कार्यकारी निर्देशक माधव पोखरेले बताए । उनका अनुसार शिक्षा, पर्यटन तथा कलासंस्कृतिमा तीजगीत प्रतियोगिता सञ्चालन हुनेछ । भने करिब ३० समुहले सहभागिता जनाउनेछ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३ लाख ७८ हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।
पोखरा: नेपाल प्रहरीको मातहतमा रहेका विभिन्न प्रहरीहरुले गर्ने साझा काम भनेको सुरक्षा दिने र अपराध रोक्ने हो । शान्ति सुव्यवस्था तथा अमनचयन कायम गर्ने नेपाल प्रहरीको दैनिकी नै हो । नेपाल प्रहरीकै मातहतमा रहेको पर्यटक प्रहरीपनि त्यही नै गर्छ । पर्यटकीय गतिविधि चलायमान हुने क्षेत्रमा सिमित सँख्यामा परिचालित हुदैं आएका छन् । पोखरा पनि पर्यटकीय गन्तव्य हो । यहाँ पनि जिल्ला प्रहरी कार्यालय कास्कीको मातहतमा पर्यटक प्रहरी परिचालित छ । जसले पर्यटकहरूको सुरक्षाका लागि काम गर्दै आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटक प्रहरीले नेपालमा भ्रमण गर्न आउने पर्यटकहरूको सुरक्षा विषयमा काम गर्दै आएको छ । वि.सं २०३५ माघ १२ गते स्थापना भएको पर्यटक प्रहरीको लागि छुट्टै भर्ना भने लिइदैँन । नेपाल प्रहरीबाटै पर्यटक प्रहरीमा दरबन्दी थमाइन्छ । अहिले कास्की जिल्लामा पर्यटक प्रहरीको दरबन्दी ३७ जनाको छ । तर यतिबेला २५ जना मात्रै कार्यरत छन् । १२ वटा दरबन्दी रिक्त रहेको पर्यटक प्रहरी नायव निरिक्षक रविन पाण्डेले बताए । दरबन्दीसमेत पूर्ण नभएको पर्यटक प्रहरीसँग आवश्यक स्रोत तथा साधन समेत नभएको उनको गुनासो छ । पाण्डेका अनुसार पर्यटक प्रहरीसँग पोखरामा अहिले १ वटा भ्यान र १ वटा मोटरसाइकल छ भने विभिन्न संघसंस्थाले दिएको ३ वटा पुराना साइकल छन् । ‘कार्यालयमा एउटा मात्रै कम्युुटर छ सबै काम त्यही देखि हुुन्छ, प्रहरी निरीक्षक पाण्डेले भने, ‘केही दिन अगाडी पर्यटन बोर्डले नयाँ कम्युुटर दिएको छ जसोतसो काम गरिराखेका छौं ।’ छैन आफ्नै भवन कर्मचारीको दरबन्दी पुरा नहुनु, आवश्यक स्रोत तथा सवारी साधन नहुनु, कम्प्युटर यथेष्ट नहुन मात्रै पर्यटक प्रहरीको समस्या होइन । पर्यटक प्रहरीको आफ्नै भवन नहुनु मुख्य पीडादायी विषय हो । उनीहरु अस्थायी टहरामा गर्जाे टारिरहेका छन् । कास्कीको पर्यटक प्रहरीको दयनीय अवस्था देख्दा पर्यटक प्रहरीलाई नै सुरक्षा दिनुपर्ने देखिन्छ । त्यसैले पर्यटक प्रहरी कास्कीको आफ्नै भवन नहुँदा कार्यसम्पादनमा समस्या भएको पर्यटन प्रहरी नायव निरिक्षक पाण्डेको गुनासो छ । नेपाल पर्यटन वोर्डको कार्यालय नजिक रहेको पर्यटन प्रहरीको टहरोले पर्यटक प्रहरीको कार्यशैलीलाई गिज्जाइरहेको छ । तर पनि सिमित स्रोत र साधनकै भरमा पनि तदारुपताकासाथ आफुहरु खटिदै आएको पाण्डेले बताए । ‘भवन सानो हुँदा कार्यसम्पादनमा समस्या हुन्छ नै हाम्रो मात्र हैन कतिपय कार्यालयहरुको पनि हालत यस्तै छ, अहिले सम्म चलिरहेको छ, उनले भने, ‘जतिसक्दो हामीले साँघुरो कोठाबाटै नागरिकलाई सेवा दिइरहेका छौं ।’ उनका अनुसार पोखरामा २०, घान्द्रुकमा १, बिरेठाटीमा २ र धम्पुसमा २ जना गरी पर्यटकीय स्थलहरुमा २५ जना पर्यटक प्रहरी कार्यरत छन् । पोखरामा कार्यरत २० जनाले पोखराको लेकसाइड लगायतका विभिन्न पर्यटकीय क्षेत्रलाई हेर्नुपर्छ । ३६ पर्यटकको उजुरी पर्यटन प्रहरी कार्यालय पोखरामा चालु आर्थिक वर्ष २०७८/०७९ वर्षमा ३६ वटा उजुरी दर्ता भएका छन् । पर्यटन प्रहरी नायब निरिक्षक पाण्डेका अनुसार पासपोर्ट हराएका ५ र विभिन्न सामान तथा मोबाइल हराएका १९ वटा उजुरी दर्ता भएका हुन् । ‘विदेशी पर्यटकहरु नेपाल घुम्न आउँदा कुनै समस्या पर्दा नेपाल प्रहरी होइन पर्यटक प्रहरीलाई खबर आउँछ त्यसैले समस्या आउँदा जिल्ला प्रहरी प्रहरी कार्यालयसँग सहकार्य गरेर काम गर्छाै, उनले भने । उनले प्राय पर्यटकले मोबाइल हराएको उजुरी दिने गरेको बताए । ‘ट्रेकिङमा जादाँ मोबाइल हराएको उजुरी आउँछm उनले भने, ‘कसैले भेटाएको भए फिर्ता दिन्छौ नत्र उनीहरुले सबै सामानको वीमा गर्ने भएकाले त्यसको सहजिकरणको लागि काम गछौं ।’ पर्यटक प्रहरीका अनुसार सामान हराएको, चोरी भएको वा कसैले अभद्र व्यवहार गरेका उजुरी दर्ता हुने गरेको छ । आर्थिक वर्षमा पासपोर्टको म्याद सकिएर लुकीछिपी बस्दै आएको ४ विदेशी नागरिकहरुलाई अध्यागन विभागमा बुझाइएको उनले जानकारी दिए । ‘सबै धनी पर्यटक आउँछन् भन्ने छैन कोही मध्यम वर्गका पनि आउँछन् आर्थिकका कारण कोही भिषा सकिएर पनि लुकेर बसेको पाइन्छ यो अवस्थामा आफ्नै खर्चमा समेत उनीहरुलाई सहयोग गर्नुुपर्छ ।’ प्रहरी नायव निरीक्षक पाण्डेले भने । के गर्छ पर्यटक प्रहरी? पर्यटक प्रहरीले पर्यटकीय स्थलहरूमा गस्ती र पेट्रोलिङ गर्ने, पर्यटकको लागि आवश्यक सूचना दिने, सूचना आदान–प्रदान गर्ने, पर्यटकहरूबाट आएको उजुरी, निवेदनउपर छानबिन र कारबाही गर्ने र गराउने काम गर्दै आएको छ । यसैगरि इजाजतविना गाइड कार्य गर्नेहरूमाथि नियन्त्रण तथा कारवाही गर्ने, फौजदारी अपराध सम्बन्धमा सम्बन्धित दूतावासहरूसँग सम्पर्क राखी स्थानीय प्रहरीमार्फत आवश्यक कारवाही गर्ने, पर्यटकीय स्थलहरूमा पर्यटकको सुरक्षाको व्यवस्था मिलाउने गर्छ । होटल तथा ट्राभल, ट्रेकिङ र याफ्टिङ एजेन्सीहरूमा निरीक्षण, समझदारी र आवश्यक कारवाही गर्ने एवं अध्ययन गरी प्रतिवेदन तयार पार्ने, समस्यामा परेका पर्यटकलाई सहयोग गर्ने गर्दै आएको छ । पर्यटकीय क्षेत्रमा कुनै पनि अभद्र व्यवहार, अश्लील तथा अवाञ्छित काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कारबाहीको लागि पठाउने लगायतका काम पर्यटक प्रहरीले गर्दछ । पर्यटकीय क्षेत्रमा कुनै पनि अभद्र व्यवहार, अश्लील तथा अवाञ्छित काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कारवाहीको लागि पठाउने लगायतका काम पर्यटक प्रहरीले गर्दछ । पर्यटकलाई कुनै समस्या पर्दा वा कसैले पर्यटक समस्यामा परेको देखेमा ११४४ मा फोन गर्न सकिने पर्यटक प्रहरीले जनाएको छ ।
पोखराः गण्डकी प्रदेश सरकारले यस आर्थिक वर्षमा अत्यधिक कर वृद्धि गरी नागरिकलाई शोषण गरेको भन्दै विरोधस्वरुप अभियानकर्मीहरुले भदौ १ गते विरोध कार्यक्रम आयोजना गरेका छन् । विभिन्न शीर्षकमा बढाइएको करले जनताको ढाड भाँच्ने काम भएको भन्दै अभियानकर्मी र नागरिक समाज सरकारको निर्णयविरुद्ध धर्ना बस्ने तयारी गरिरहेको छ । आगामी १ गते पोखराको शहीदचोकमा साढे १० बजे धर्ना बस्ने कार्यक्रम रहेको छ । धर्नाको आयोजना नागरिक समाज कास्की र वातावरण संरक्षणकालागि महाअभियान कास्कीले गरेको हो । धर्नाबारे जानकारी दिँदै अभियानकर्मी लोकदर्शन कोइरालाले आफ्नै सम्पत्ति बाँडफाँड गर्दापनि उच्च कर बुझाउनुपर्ने भन्दैै आक्रोश व्यक्त गरे । ‘जनताबाट कर उठाएर सरकार मन्दिर निर्माण समिति, आमा समूहलाई पैसा दिँदैछ’ अभियानकर्मी कोइराला भन्छन् ‘त्यहाँबाट भोट आउँछ, नेता त्यतै पैसा बाँड्न लागिपर्छन् ।’ आफु र अभियानकर्मीहरु धर्म विरोधी नभएको भन्दै उनले गण्डकीमै गतिलो क्यान्सर, मुटु अस्पताल बनाउन आवश्यक भएको उल्लेख गरे । पछिल्लो बजेटमा सरकार बाउँ–बाजेको नाममा ट्रष्ट बनाएर रकम विनियाजन गर्ने घृणित खेलमा लागेकोप्रति नागरिक समाज र वातावरण अभियानकर्मीहरुको विरोध रहेको उनले सुनाए । ‘नेताहरु चुनाव र भोट केन्द्रित भए’ कोइरालाको गुनासो छ । यसैअनुरुप अभियानकर्मीहरुले भेला भई सरकारको विरोधस्वरुप धर्ना कस्ने तयारी गरेका हुन् । भदौ १ गते शहीदचोकमा आयोजना हुने धर्नामा आम पोखरेलीलगायत सम्पूर्णलाई सहभागी भई ऐक्यबद्धता जनाइदिन पनि उनले आग्रह गरका छन् । कोइरालाले भने ‘आउनुहोस्, सँगै बोलौ, विरोध गरौं, सरकार आफै मोटाउन बढाइएको करको विरोध गरौं ।’
पोखराः लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र पोखरामा प्रदर्शन भएको छ । ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र आज (शनिबार) पोखरा महानगरपालिका १० स्थित भमरकोट पार्टी प्यालेसमा विशेष प्रदर्शन गरिएको हो । उक्त वृत्तचित्र प्रर्दशनको उद्घाटन गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गरे । सो अवसरमा बोल्दै गुरुङले विश्वका पर्यटकको पहिलो रोजाइमा घान्द्रुक पर्ने बताउदै पछिल्लो समय घान्द्रुकको परिचय फराकिलो भएको बताए । ‘यस गाउँको पर्यटकीय महत्व र साँस्कृतिक महत्व लगायत विभिन्न महत्वहरु जुन छ हामीले वर्णन गरिरहन पर्दैन, उनले भने, ‘त्यो सबै यो वृत्तचित्रमा समेतिएको छ । त्यसैले पनि घान्दु्रक साँच्चिकैको पर्यटकीय गुरुङ गाउँको रुपमा लोकप्रिय बनेको छ ।’ उनले घान्द्रुकको लोकप्रियतालाई अझ उक्त वृत्तचित्रले थप प्रष्ट्याएको उल्लेख गरे । ‘यो वृत्तचित्रको घान्द्रुकको लोकप्रियता र पर्यटकीय महत्व तथा साँस्कृतिक महत्वलाई थप प्रष्ट पारेको छ ।’ अर्थमन्त्री गुरुङले भने । उनले आफु पहिलोपटक २०३६ सालमा घान्द्रुक पुगको स्मरण गर्दै अहिलेसम्मको विकासको बारेमा बुझ्न उत्सुकता लागेकै कारण वृत्तचित्र हेर्न आइपुगेको बताए । ‘म पहिलो पटक ३६ सालमा घान्द्रुक पुगेको थिए । र राजनैनिक कार्यक्रमकै लागि धेरै पहिले दोस्रो पटक पनि पुगेको थिए । यो वृत्तचित्रको पोस्टर देखेपछि हेर्न इच्छा लागेको थियो, उनले भने, ‘त्यसैले पहिलेको घान्द्रुक र अहिलेको घान्द्रुकमा के भिन्नता रहेछ भन्ने उत्सुकता लागेर हेर्न आएको हुँ ।’ उक्त प्रर्दशनमा गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्ट, मिन प्रसाद गुरुङ, घान्द्रुकका स्थानीय बासिन्दाहरू, कलाकार, समाजसेवी तथा व्यवसायीहरुको सहभागिता रहेको वृत्तचित्र निर्माता लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए । उनका अनुसार फाउण्डेशनले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिँगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो । उक्त वृत्तचित्रमा पर्यटकीय क्षेत्र घान्द्रुक गाउँ तथा आसपासको प्राकृतिक सौन्दर्यता, तमु समुदायसँग सम्बन्धित संस्कृति, भाषा, कला, धर्म तथा संस्कृतिलाई चित्रण गरिएको छ । साथै सो क्षेत्रका बासिन्दाको दैनिकीको बारेमा समेत समावेश गरिएको छ । घान्द्रुक गाउँमै पहिलो पटक प्रदर्शन गरि औपचारिक सुरुवात गरेको वृत्तचित्रलाई पोखरासँगै देशका अन्य मुख्य शहरहरु काठमाडौँ तथा चितवन लगायतका स्थानमा प्रर्दशन गर्ने तयारी रहेको फाउण्डेशनका संस्थापक लामा गुरुङले बताए । उनका अनुसार उक्त वृत्तचित्रलाई विदेशमासमेत प्रर्दशन गरिने तयारी थालिएको छ ।
पोखरा: पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको बुद्ध टोल युवा क्लबाको अध्यक्षमा असिम थापा चयन भएका छन् । आज (शनिबार) सम्पन्न क्लबको दोस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि अमिस थापाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका हुन् । थापा नेतृत्व समितिको उपाध्यक्षमा सन्तोष गुरुङ, सचिवमा रेशम सापकोटा, सह–सचिवमा विकास केसी र कोषाध्यक्षमा दिपक कार्की सर्वसम्मत चयन भएको अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार समितिको सदस्यहरुमा कैलास गुरुङ, अनुप पुन, अर्जुन परियार, बिनोद गुरुङ, निकेश गुरुङ, संगम दर्जी, कुमार गुरुङ, राज गुरुङ, अनिता गुरुङ र एनि गुरुङ चुनिएकी छिन् । त्यसैगरि समितिको सल्लाहकारमा प्रदीप राई, राधा गुरुङ, मुक्ति सागर गुरुङ र बिनिता गुरुङलाई चयन भएका छन् । सामाजिक क्रियाकलाप तथा खेलकुदमा विशेष सक्रिय रहदैं आएको सो क्लबले स्वर्गीय विरेन गुरुङको स्मृतिमा प्रत्येक वर्ष पोखराकै सर्वाधिक राशीको ‘सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता’ आयोजना गर्दै आएको छ । सो क्लबले कोरोना महामारीको समयमा केयौं विपन्न परिवारलाई राहात स्वरुप खाद्यान्नका समाग्री तथा स्वास्थ्य समाग्रीहरु प्रदान समेत गरेको थियो । यसअघि क्लबको अध्यक्षका रुपमा विजया गुरुङले नेतृत्व गर्दै आएकी थिइन् ।
कास्की: पोखरा महानगरपालिका १ भित्र रहेका स्वास्थ्य स्वयंसेवीकाहरु र शहरी स्वास्थ्य केन्द्र १ बगरलाई वडा कार्यालयले रक्तचाप (बिपी) जाँच गर्ने मेसिन र डिजिटल थर्माेमिटर वितरण गरेको छ । पोखरा १ भित्र रहेका १४ जना स्वयंसेवीका र शहरी स्वास्थ्य केन्द्र १ बगरलाई ४ गरि कुल १९ वटा बिपी सेट र थर्माेमिटर वितरण गरेको हो । वडाध्यक्ष साहरा प्रधानले शहरी स्वास्थ्य केन्द्र बगरकी इन्चार्ज कमला गौतम तथा स्वयंसेवीकाहरुलाई सो समाग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले स्वास्थ्य स्वयंसेवीकाहरुलाई सहजता प्रदान गर्ने उदेश्यसहित वितरण गरिएको बताए । उनले स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएको बताउदै वडाको चौतर्फी विकासमा टेवा पुग्ने धारणा राखेका थिए । यसैगरि वडा सदस्य शोभा गुरुङले यसअघि सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको वडा नम्बर १ का क्लबहरुलाई खेलकुखका समाग्री प्रदान गरिसकेको बताए । ‘हामीले आफ्नो वडालाई नमुना वडा बनाउँन भनेर लागिरहेका छौं, उनले भनिन्, ‘खेलकुद क्षेत्रमा क्रियाशिल क्लबहरुलाई समाग्री सहयोग गरिसकोका छौं । अहिले स्वास्थ्य स्वयंसेवीकाहरुलाई आवश्यक पर्ने समाग्री हस्तान्तरण गरेका छौं । यो यथेष्ट नभएपनि उहाँहरुलाई केही थप सघाउ पुग्छ भन्ने विश्वास लिएका छौं ।’ उनले गत महिना लागुओषध नियन्त्रण व्यूरोको सहयोगमा युवालक्षित सचेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको बताइन् । उनका अनुसार आगामी दिनमा युवाहरुलाई लक्षितगरि विभिन्न रचनात्मक र सचेतनामुलक कार्यक्रम आयोजना गर्ने वडा कार्यालयले लक्ष्य लिएको छ ।
पोखरा: पोखरामा पहिलो पटक नेवार समुदायले घिन्ताङ घिसी नाँच प्रस्तुत गरेका छन् । काठमाडौँ, भक्तपुरमा सिमित नेवार समुदायको घिन्ताङ घिसी २१ औँ शताब्दीमा पोखरेलीहरुले प्रत्यक्ष अवलोकन गर्न पाए । पोखरामा मंगलबार २८ औँ अन्र्तराष्ट्रिय जनजाति दिवसको अवसरमा भक्तपुरका नेवार समुदायहरुले पहिलो पटक घिन्ताङ घिसी नाँच प्रस्तुत गरेका हुुन् । अन्र्तराष्ट्रिय जनजाति दिवसको अवसर पारेर नै भक्तपुर देखि ६२ जनाको जम्बो टोली सोमबार पोखरा आइपुगेको थियो । नेवार समुदाय देशभर नै छरिएर रहेको छ तर नेवार समुदायहरुले आफ्नो संस्कृति छोड्दै गएकाले नेवारी पात्रोमा संस्कृति सातासात भन्ने उदेश्य राखेर टोली पोखरा आएको हो । भक्तपुुरका राज प्रजापतिले घिन्ताङ घिसी कलाकार सहितको जम्बो टोली पोखरा आएपछि उनले भक्तपुरमा काठमाडौँ र लतिलपुरमा मात्र नेवार समुदाय, कला संस्कृति सिमित हुन थालेको भन्दै अन्य जिल्लाका नेवार समुदायले संस्कृति भुल्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘संस्कृति छ हामी छौँ नभए कोही पनि हुदैन त्यसैले आफ्नो संस्कृति जर्गेना गर्न अगाडी बढ्न अभिप्रेरित गर्न पोखरा आए ।’ पछिल्लो समय युवाहरुले आफ्नो समुदायका संस्कृतिलाई वास्ता नगर्दा भाषा, सस्कृति धरापमा परेको छ । पोखराका अस्टमान प्रधानाङ्गले २९ औँ अन्र्तराष्ट्रिय जनजाति दिवसमा पोखराका नेवार समुदायले आफै घिन्ताङ घिसी प्रस्तुत गर्ने बताए । प्रधानाङ्गले भने, ‘नेवार समुदायले संस्कृति सातासात भन्ने उद्देश्य लिएको छ यसै अनुरुप हामीलाई सहयोग गर्न भक्तपुरदेखि टोली आएको छ, पोखराका युवाहरुलाई नाँच र बजाउन तालिम प्रदान गरेका छौँ, अब पोखराका नेवार समुदालयले घिन्ताङ घिसीको संरक्षण गर्छ ।’ भक्तपुरका नेपाल भाषा साहित्य तःमु ज्याका प्रतिनिधि राजाराम बासीले अवका युवाहरुले आफ्नो संस्कृति संरक्षण र पुस्तातरण हुन नसके लोप भएर जाने बताए । बासी भन्छन्, ‘पोखरामा पहिलो पटक घिन्ताङ घिसी देखाइएको हो, अब पोखरेली नेवार समुदाय आफै अग्रसर हुन् आवश्यक छ ।’ संस्कृति बचाउन अगाडी सर्न सवैलाई उनको आग्रह छ । के हो घिन्ताङ घिसी, कसरी नाचिन्छ ? भक्तपुर नगरपालिकाको सबै वडामा गाईजात्रा दिन घिन्ताङ घिसी नाच रोचक पक्ष मानिन्छ । यो नाँचमा नाच्नेहरुको हातहातमा लट्ठी हुन्छ । उनीहरूले बाजाको उही तालमा दुइटा लट्ठी जुधाएर फरक किसिमले नाच नाच्दै देखाउँछन् । भक्तपुरका विश्वरामका अनुसार, यो नाचलाई माक प्याँख (नाच) भनिन्छ । ‘भक्तपुरमा परम्पराकालदेखि नै यो नाँच नाच्दै आएकाले हाम्रो बच्चाहरु सवै घिन्ताङ घिसीमा नाच्न सक्छन् तर अन्य जिल्लामा सिक्न र सिकाउन नसक्दा यो नाँच पोखरामा आउन नसकेको हो’ विश्वराम भन्छन् । गाईजात्रामा नाचिने घिन्ताङ घिसी गाईजात्रा सुरु भएदेखि नै चलिआएको तर यी नाँच १६ औं शताब्दीमा जयप्रकाश मल्लले सुरु गरेको विश्वराम ट्वायनले बताए । लिच्छवि कालको सुरुआतदेखि नै चल्दै आएको साँपारु (गाईजात्रा) लिच्छवि राजा आनन्द देवले भक्तपुरलाई नेपाल मण्डलको राजधानी बनाएपछि झन् आकर्षक हुँदै गएको उनको अनुभव छ । ‘जगतप्रकाश मल्ल साहित्यप्रेमी भएकोले उनले भक्तपुरको साँपारुलाई एक दिनको सट्टा थप आठ दिनसम्म मनाउने चलन ल्याए’ उनले भने । मेटिँदै घिन्ताङ घिसीको मर्म ताहामचा गना तय् ग्वाखँ प्वालय तय् ग्वाखँ प्वालय् मन्हयंसा खुसी चुइक छोय् नेपाल भाषाको यो गीतको अर्थ हुन्छ– ‘मरेको मानिसको प्रतीक (गाई) लाई घरको परेवा बस्ने प्वालमा राखूँ कि, त्यहाँ नअटे खोलामा बगाऊँ कि’ घिन्ताङ घिसी नाच्दा खिँ ढाँ, छुस्या जस्ता बाजाको तालमा यो गीत गाइन्छ । विश्वरामका अनुसार, नेवार समुदायका पुराना घरमा परेवा बस्ने प्वाल हुन्थ्यो । अहिले यो हरायो । योसँगै पछिल्लो समय युवा पुस्ताले गीत पनि बदलेका छन् । जस्तो, घिन्ताङ घिसी नाच्दै गर्दा केही युवकले गाए ‘रप्पपो, रप्पपो, जेरी आधा पाउ’, ‘झयाले च्वंमा मिसाचा जिटा मा’ (झयालमा बस्ने केटी मलाई चाहिन्छ) ।’
पाेखरा: २८ औँ अन्तराष्ट्रिय आदिवासी जनजाति दिवस पोखरामा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह आयोजनामा आज (अगस्ट ९) अर्थात २८ औँ अन्तराष्ट्रिय आदिवासी जनजाति दिवस पोखरामा पनि मनाइएको छ । विहान ११ः३० बजे आदिवासी जनजाति समुदायले आफ्नो जातजातिको झाँकी तथा र्यालीसहित पोखराको चिप्लेढुङ्गा, न्यूरोड, सभागृह, पृथ्वीचोक हुँदै मगर संघ कास्कीको सभाहलमा गएर कोणसभामा परिणत भएको थियो । आज देशभर २८ औँ अन्तराष्ट्रिय जनजाति दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरि दिवस मनाइदैं छ । गण्डकी प्रदेशका आदिवासी समुदायहरुले आफ्नो जिल्ला देखि विभिन्न झाकी तथा र्याली प्रस्तुत गरेका थिए । भने नेवार समुदायले पहिलो पटक भक्तपुर देखि घिन्ताङ घिसी घिसी नाँच प्रस्तुत गरिएको थियो । दिवसमा साकेला, सोरठी, घाँटु, सालैजो, चुट्टा लगायतका संस्कृति प्रस्तुत गरिएको थियो । सन् १९८२ डिसेम्वरमा संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलले स्वीजरल्याण्डमा बसेको पहिलो बैठकले हरेक अगष्ट ९ तारिखमा विश्व आदिवासी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । दुई वर्षसम्म कोरोना भाइरसका कारण औपचारिक रुपमा मनाउन नपाइएको अन्तराष्ट्रिय जनजाति दिवस २ वर्ष पछि पुन: मनाइएको आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले जनाएको छ । तस्बिरहरू:-
पोखरा उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्ष भइसकेका पवन प्रजापतिले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । उम्मेदवारी घोषणापछि १० वर्षसम्म अनवरत उद्योग वाणिज्य संघमा व्यवसायीको हकहितमा काम गरेको भन्दै प्रजापतिले यसपटकको महाधिवेशनबाट अध्यक्षमा उठ्ने बताएका छन् । ‘अहिले एकलरुपमा अध्यक्षमा उठेको छु’ उनले भने ‘केहिदिनमा पुरै प्यानलसहित सबै पदमा उम्मेदवारी दिने योजनामा छु ।’ प्रजापतिले सदस्य, कोषाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । संघको ३४ औं महाधिवेशन भदौं २४–२५ गते हुँदैछ । यसअघिनै संघको अध्यक्षमा अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । पोखरेल हाल उपाध्यक्ष हुन् ।

