पृथ्वीनारायण क्याम्पस पोखरामा नेकपा एमाले निकट अनेरास्ववियुको विरुद्ध ७ विद्यार्थी संगठनले मोर्चाबन्दी गरेका छन् । लगभग बेवारिसे अवस्थामा रहेको स्वतन्त्र विद्यार्थी संगठनको भवन सरसफाई गरी अनेरास्ववियुले सम्पर्क कार्यालय एवं पुस्तकालय स्थापना गर्ने उद्देश्य अनुरुप होर्डिङ् बोर्ड टाँगेपछि अन्य विद्यार्थी संगठन विरोधमा उत्रिएका हुन् । विद्यार्थी संगठनहरुले अनेरास्ववियुले स्ववियु भवन कब्जा गरेको आरोप लगाएका छन् । विद्यार्थी संगठनहरुले विज्ञप्ती जारी गरी ‘केपी ओली फ्यान क्लब निकट अराजक झुण्डहरुले स्ववियु भवन कब्जा गरेको’ बताएका छन् । साथै, क्याम्पसको मूलगेटमा ब्यानर राखेकोमा पनि उनीहरुको आपत्ति छ । संयुक्त विद्यार्थी संगठनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु (छैठौं)लगायत छन् । उक्त भवनबाट अखिललाई २४ घण्टाभित्र हटाउन संगठनहरुले प्रशासनलाई अल्टिमेटम दिएका छन् । अहिले विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच छलफल चलिरहेको छ। यस विषयमा विद्यार्थी संगठनहरु सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
पोखरा: छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्डको समिक्षा कार्यक्रम कास्कीको धम्पुसमा सम्पन्न भएको छ । समिक्षा कार्यक्रमका सहभागीले गण्डकी प्रदेशको ब्राण्ड बनिसकेको पोखरा स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा जोड दिएका छन् । अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको भएपनि निरन्तरतामा चुनौती भने रहेको उनीहरुको भनाई छ । कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले अवार्ड निरन्तरतामा चुनौती देखिएपनि अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको बताए । आगामी दिनका अवार्ड कार्यक्रमलाई भव्य बनाउन मञ्चमा आवद्ध सम्पूर्ण सदस्यबिच एकताको भावना हुनुपर्नेमा उनको जोड थियो । मञ्चका निवर्तमान अध्यक्ष एकराज गिरीले अवार्ड सम्पन्न गर्न सूरुवातका संस्करणमा गाह्रो भएपनि अब भने सजिलो हुँदै गएको दावी गरे । मञ्चले गर्ने कार्यक्रम प्रदेशका सबै पालिकामा पु¥याउन सके आर्थिक रुपमा मञ्चलाई सजिलो हुने उनको भनाई थियो । मञ्चका सल्लाहकार रञ्जन अधिकारीले अवार्ड कार्यक्रम थप आर्कषक बनाउन पर्याप्त तयारी हुनुपर्ने बताए । काम गर्ने क्रममा जस र अपजस दुवै हुने भन्दै सबै मिलेर काम गरेको खण्डमा कार्यक्रमको आर्कषक बढ्ने भनाई राखे । खेलाडी छनोट समितिका सह–संयोजक तथा अवार्ड कार्यक्रमका संस्थापक सन्देश श्रेष्ठले छोटो समयमा पनि उत्कृष्ट कार्यक्रम सहित अवार्ड सम्पन्न भएको भन्दै खुशी व्यक्त गरे । बजेटको सुनिश्चितता नहुँदा समस्या भएपनि आगामी वर्ष सहज हुने उनको विश्वास थियो । अवार्ड कार्यक्रम ब्राण्ड बनिसकेको भएपनि अब यसलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा उनको जोड थियो । नेपाल पत्रकार मञ्च गण्डकीका महासचिव गोविन्द सुवेदीले विटगत पत्रकारितामा खेलकुद पत्रकार मञ्च गण्डकी गौरव गर्न लायक संस्था भएको बताए । मञ्चले गरेका राम्रो कामको सिको अरु संस्थाले पनि गर्नुपर्ने उनले बताए । समिक्षा कार्यक्रमको आयोजना गरेर मञ्चले सातौं सस्करणको अवार्ड कार्यक्रमको तयारी सुरु गरेको भन्दै उनले प्रशंसा गरे । नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले अवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताए । उद्धेश्य अनुसारनै अवार्ड कार्यक्रम अगाडि बढिरहेको उनले बताए । कार्यक्रम गर्दा केही कमिकमजोरी हुने भएकोले त्यस्ता कमजोरी सुर्धादै जानुपर्नेमा उनको जोड थियो । अवार्ड कार्यक्रमको निरन्तरतामा चुनौती भने भएको उनले प्रष्ट पारे । मञ्चका अध्यक्ष दीननाथ बरालले बजेटको सुनिश्चितता नहुँदा नहुँदै पनि कार्यक्रम आयोजना गर्नु चुनौतीपूर्ण भएको बताए । यति हुँदाहुँदै पनि सबैको साथ सर्पोटका कारण अवार्ड कार्यक्रम सफल भएको उनको भनाई थियो । बजेटको सुनिश्चिचता भइसकेकोले अबको वर्ष भने सहज हुने उनको विश्वास छ । यो वर्ष विभिन्न कारणले असार मसान्तमा अवार्ड कार्यक्रम सम्पन्न गर्नुपरेपनि आगामी वर्षको सातौ संस्करणको पोखरा स्पोर्टस् अवार्ड भने बैशाख महिनामा आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए । समिक्षा कार्यक्रममा प्राप्त सुझाबलाई ध्यान दिएर आगामी कार्यक्रमलाई थप परिमार्जित परिस्कृत गरिने उनले जनाए । अवार्ड कार्यक्रमलाई भव्य बनाउन सघाउने सबैलाई उनले आभार व्यक्त गरे । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर, कार्यसमिति सदस्यहरु राजु गिरी, नारायण शाही, दीपक राज मुल्मी सहित मञ्चमा आवद्ध पत्रकारहरु दीपक परियार, गणेश बराल, रोसन अधिकारी, गौरव त्रिपाठी, रोहितराज पराजुली, दीपक गोदार, इन्द्र पौडेल लगायतले स्पोर्टस् अवार्डसँग सम्बन्धित विभिन्न पक्षको बारेमा आफ्नो भनाई तथा सुझाब राखेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव राजाराम पौडेलले गरेका थिए । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
पोखरा: पोखरा रंगशाला भित्र रहेको मिडिया सेन्टर नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई हस्तान्तरण गरिएको छ । शुक्रबार एक समारोहका बिच उक्त मिडिया सेन्टर संचालन तथा व्यवस्थापनको लागि नेपाल खेलकुद पत्रकार मंच गण्डकीलाई हस्तान्तरण गरिएको हो । मिडिया सेन्टर व्यवस्थापन समितिका अध्यक्ष केशव पाठकले मञ्च अध्यक्ष दीननाथ बराललाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको रोहबरमा मिडिया सेन्टर हस्तान्तरण गरेका हुन् । मिडिया सेन्टरको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी ग्रहण गर्दै मञ्चका अध्यक्ष बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित हुने गरी हस्तान्तरण भएको उक्त मिडिया सेन्टरका कम्पुटर, ल्याप्टप सहितका जिन्सि सामाग्रिको उचित संरक्षण गर्ने बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रिपोटिङ गर्न पूग्ने संचारकर्मीहरुको लागि मिडिया सेन्टर चुस्त दुरुस्त अवस्थामा राख्ने उनको भनाइ थियो । मञ्चलाई मिडिया सेन्टर हस्तान्तरण गर्न सहयोग पुराउने राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ सहितका अन्य खेलकुदकर्मी तथा मञ्चका पूर्व अध्यक्ष समेत रहेका मिडिया सेन्टर व्यबस्थापन समितिका अध्यक्ष पाठकप्रति आभार व्यक्त गरे । मिडिया सेन्टरमा रहेका जिन्सि सामाग्रि चुस्त दुरुस्त बनाउदै पोखरा रंगशालामा कुनै पनि जिल्ला तथा प्रदेश, राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगिता हुँदा मिडिया सेन्टरको कार्यालय खुल्ला रहने मञ्चले जनाएको छ । उक्त मिडिया सेन्टरमा ११ थान डेल ब्राण्डको कम्युटर, २ थान ल्यापटप, स्टिल दराज इएक थान, १२ थान कम्पुटर टेवल, २ थान कार्यालय टेवल, एक सेट साउण्ड सिस्टम, ठुलो प्रिटर मेसिन एक थान, ६५ इन्चको एक थान टिभि, एक थान प्राजेक्टर लगायतका संचार सामाग्रि रहेको मञ्चका सचिव शशिकुमार पौडेलले जनाए । मिडिया सेन्टर हस्तान्तरण समारोहमा क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख योगी, कार्यालयका नायब सुब्बा डिबी नेपाली, इन्जिनियर अनिल अधिकारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशि कुमार पौडेल, सदस्य सुर्दशन रन्जित, राजु गिरी, नारायण शाही, दीपक मुल्मी लगायतको सहभागिता रहेको मञ्चका महासचिव राजाराम पौडेलले बताए । मञ्चले गत असार १८ गते पोखरामा छेटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड सम्पन्न गरेको थियो । मञ्चले अब छिट्टै खेलकुद सम्बन्धि तालिम समेत आयोजना गर्ने भएको महासचिव पौडेलले जनाए ।
पोखरा: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अस्वाभाविक निर्णय फिर्ता लिन मागसहित गण्डकी प्रदेश सरकारलाई ७ दिने अल्टिमेटम दिएको छ । पोखरामा आज (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गर्दै गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीको हित विपरित गरको निर्णय फिर्ता लिनको लागि अल्टिमेटम दिएको हो । महासंघका प्रदेश संयोजक केदार प्रसाद पौडेलले व्यवसायीलाई मारमा पार्ने गरि गरिएको निर्णय मान्य नहुने बताए । उनले गत २७ गते अर्थ मन्त्रालय र भौतिक विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको बताउदै अबको ७ दिन भित्र सो निर्णय फिर्ता लिन आग्रह गरे । संयोजक पौडेलले उक्त निर्णय फिर्ता नगरे शान्तिपूर्ण आन्दोलनमा जाने बताए । ‘हामीले सुरुवाती चरणमा शान्तिपूर्ण भनेका छौं । हामीले हाम्रो गाडी सडकमा तर्साउने भनेका छैनौं । हामी गाडीहरु घर र ग्यारेजमा थन्काउछौं, उनले भने, ‘यदि सरकारले बेवस्ता र नकरात्मक खालको अवस्था सिर्जना गर्याे भने हामी कुनै पनि चुनौतीको सामना गर्न तयार हुनेछौं ।’ उनले सरकारलाई शान्तिपूर्ण आन्दोदलन मार्फत संकेत दिने बताउदै भने, ‘हाम्रा गाडीहरु घर ग्यारेजबाट रोडमा ल्याउन नपरोस । यो हाम्रो प्रदेश सरकारलाई विनम्रपूर्वक आग्रह हो । त्यसैले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई सरकारले दबाउन खोज्छ भने साँच्चै हामी कडा रुपमा प्रस्तुत हुनेछौं ।’ उनका अनुसार महासंघका २१ वटा यातायात कम्पनीहरु आवद्ध रहेका छन् । भने शान्तिपूर्ण आन्दोलनको कार्यक्रमलाई अन्य कम्पनीहरुले पनि एक्येवद्धता जनाएका छन् । गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी सानमा विद्यार्थी सहुलियत, ज्येष्ठ नागरिक, जनआन्दोलनका घाइते, अपाङ्ग, लगायतलाई सहुलियत प्रदान गरेबापत सरकारबाट ६० प्रतिशत छुट दिदै आएको थियो । यस आर्थिक वर्षबाट ३३ प्रतिशत मात्रै छुट दिने निर्णय गरेको थियो । यसैगरि सरकारले यसअघिसम्म नवीकरणमा जरिवाना ३२ प्रतिशत लिदैं आएको थियो भने आर्थिक वर्षबाट २ सय प्रतिशत बढाएको छ । यसैगरि वर्षमा २ पटक सवारी जाँचपास गर्नुपर्ने प्रावधान पनि सरकारले अघि सारेको थियो । सोही निर्णयको विरोध गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विरोध जनाउदै आएको छ ।
पोखरा: पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट फुटसलमा पहिलो संस्करणको ‘बिबिआर फाइभ ए साइड फुटसल प्रतियोगिता’ हुने भएको छ । आगामी १० र ११ गते स्वास्थ्य र भाइचाराका लागि खेलकुद’ भन्ने नारासहित विश्वास, भिषण एण्ड राहुल युनाइटेडले ‘फाइभ ए साइड फुटसल प्रतियोगिता’ आयोजना गरिने खेल संयोजक राहुल गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३० हजार हात पार्नेछ । यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडीले ट्रफीसहित २ हजार ५ सय, र सर्बाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकले जनही २ हजार प्राप्त गर्नेछ । दुई दिन सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टिमले चाहेको खण्डमा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजनका एक जना खेलाडीलाई समावेश गर्न पाइने बताइएको छ । उक्त प्रतियोगिताको दर्ता शुल्क नगद रु ४ हजार निर्धारण गरिएको आयोजकले जनाएको छ ।
कास्की: नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेश र चरक मेमोरियल अस्पतालबीच सम्झौता (एमओयू) भएको छ । समितका सदस्यहरु लगायत सदस्य कम्पनीमा कार्यरत कर्मचारीहरुलाई स्वास्थ्य उपचारमा सहजता एवं सहुलियत प्रदान गर्ने उदेश्यले नाट्टा गण्डकी प्रदेश तथा चरक मेमोरियल हस्पिटलबीच विभिन्न स्वास्थ परिक्षण लगायतका विषयमा द्विपक्षीय सम्झौता गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गर्दै हस्ताक्षर पत्रमा नाट्टा गण्डकी प्रदेशकोतर्फबाट संघका अध्यक्ष हरिराम अधिकारी र महासचिव संगिता पौडेलले हस्ताक्षर गरेकी थिइन् भने चरक ममोरियल हस्पिटलको तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र प्रबन्ध निर्देशक कपिल पोखरेलले हस्ताक्षर गरेका हुन् । द्विपक्षीय सम्झौता अनुसार फार्मेसिमा ५ प्रतिशत, बेड, ल्याव, रेडियोलोजी, शल्यक्रियामा १० प्रतिशत, होलबडी जाँचमा २५ प्रतिशत तथा यूरोप तथा अमेरिकामा भ्रमणका लागि १ लाख बराबरको हवाई टिकेट जारी गर्ने सदस्यहरुलाई समेत होलबडी जाँचमा २५ प्रतिशत सहुलियत प्रदान गरिने छ । उक्त सम्झौता हाललाई १ बर्ष सम्मको लागि गरिएको र आगामी वर्षपनि निरन्तरता दिदैं जाने नाट्टाकी महासचिव संगीता पौडेलले जानकारी दिइन् । सम्झौता हस्तारक्षर कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका कार्यसमिति, पुर्व अध्यक्ष, परिषदका संयोजक बासुदेब त्रिपाठी, हस्पिटलका डाक्टरहरु एवं प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो ।
पोखरा महानगरपालिकाको मेयर निर्वाचित भएपछि धनराज आचाार्यले २ महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धताअनुरुप उनले वचन पुरा गरेका छन् । मेयर आचार्यले बुधबार साँझ सार्वजनिक गरेको विवरण अनुसार उनी नेपालकै ‘धनी’ मेयर कहलिएका छन् । उनले सार्वजनिक गरेअनुसार आचार्यको ४ वटा घर रहेकोछ । जसमध्ये २ घर पोखराको नयाँबजारमा छ । उक्त घरको स्वामित्व श्रीमति पुष्पाको नाममा छ । त्यस्तै, एउटा घर पोखराको ११ नम्बरमा छ भने अर्काे काठमाण्डौंको सीतापाइलामा रहेको विवरणमा उल्लेख छ । सार्वजनिक गरिएको विवरणमा आचार्यसँग दोलखामा करिब ८७ लाख रुपैयाँ पर्ने ५८ रोपनी ७ आना जग्गा रहेको छ । घर र जग्गाको हालको मूल्यअनुसार अनुमानित १५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, आचार्यसँग ३ कार, १ भ्यान र ३ स्कुटर रहेको छ । कारमध्ये एउटा जापानमा बनेको टोयोटा कम्पनीको ¥याभ–४ हो । सवारीसाधनको कूल मूल्य २ करोड रुपैयाँ उल्लेख छ । यसैगरी, मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ भने बैंकमा १५ लाख रुपैयाँ बचत रहेको उल्लेख छ । मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा प्रमुख सेयर रहेको आचार्यको सुपर मादी हाइड्रो, हेवा खोला हाइड्रो र तमोर जलविद्युत आयोजनामा पनि लगानी रहेको छ । ४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सम्पत्ति देखाएका मेयरसँग २ करोड ८५ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ । साथै, विवरणमा आचार्यले ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको जनाएका छन् । पृथ्वीनारायण क्याम्पसमा स्ववियुबाट राजनीतिसँगै व्यापारमा हात हालेका आचार्य सभापति भएपछि राजनीतिक कम र व्यापारमा बढी लागेका हुन् । सुरुवाति दिनमा पुस्तक पसल र पब्लिकेशनमा हात हालेका आचार्य ३ दशकभित्र जलविद्युत, कृषि, पर्यटन, बैंकलगायत २ दर्जन व्यावसायिक प्रतिष्ठानका मालिक बनेका छन् । व्यापारमा सफल मानिएका आचार्य पछिल्लो समय नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीबाट महानगरको मेयर चुनिएका हुन् ।
कास्की: यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले विभागबाट प्राप्त सर्भर, उपकरण र कार्यालयमा रहेका जनशक्ति उही भएको खण्डमा गण्डकी प्रदेशमा इम्बोस्ड नम्बर जडान गर्न ३२ वर्ष लाग्ने बताएका छन् । रिज्यालले सुनगाभा न्यूजसँग बोल्दै सिमित स्रोत साधन तथा जनशक्तिका कारण सरकारले ह्वीप जारी गरे अनुरुप सवारी साधनमा इम्बोस्ड जडान गर्न नसकिने स्पष्ट पारे । उनले आफ्नो कार्यालयलाई उपलब्ध भएको बायोम्याट्रिक सर्भर, उपकरण र जनशक्तिको क्षमता अनुसार दैनिक ४० सवारी साधनमा मात्रै इम्बोस्ड जडान गर्न सकिने बताए । ‘विभागले जडान गरिदिएको सर्भरले एक दिनमा ४० वटा भन्दा बढि गर्नै सकिदैन । साउन १ गतेबाट सबै सवारीमा अनिवार्य जडान गर्नेबारे धम्कीपूर्ण सुचना आएको थियो, कार्यालय प्रमुख रिज्यालले भने, ‘भीडैभीड र सर्भरले ४० वटा भन्दा थाम्दैन । त्यही जनशक्ति र त्यही सर्भर हो भने गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न ३२ वर्ष लाग्दोरहेछ ।’ उनले यही वर्षभित्र जडान सम्पन्न गर्नको लागि दैनिक १ हजार ३ सयको सँख्यामा नम्बर प्लेट जडान गरिनुपर्ने बताए । ‘यदि यो वर्षभित्र सक्ने हो भने दिनमा १३ सय जडान गर्नुपर्छ । त्यसैगरि २ वर्षमा जडान सक्ने हो भने दैनिक ६ सय ५० जडान गर्नुपर्छ । जबकी हाम्रो क्षमता दैनिक ५० पनि छैन । भनेपछि त्यस्तो उर्दी फिजारेर नागरिकलाई त्रसित बनाउने स्थिति सिर्जना गर्न हुन्छ ?’ उनले प्रश्न गरे । रिज्यालले ताकेता लगाएरै जडान गर्न दबाद दिनु आवश्यकता नरहेको धारणा राखे । ‘हामीले पनि त्यस्तो ताकेता लगाएर जडान गर्न भनेका छैनौं । त्यो सम्भव नै छैन । हामीले जनशक्ति, सर्भर र जडान गर्ने ठाउँको व्यवस्थापन नगरेसम्म कडाई गर्दैनौं । तपाइहरु ढुक्क हुनुहोस् ।’ तत्कालै इम्बोस्ड नम्बर जडान नगरे कारवाही नहुने बताउदै रिज्यालले भने, ‘इम्बोस्ड नम्बर जडान नगरे तपाइहरुलाई कारवाही हुदैन । कारवाही गर्ने मैले हो । विभागले होइन । यातायात व्यवस्था ऐन अनुसार सवारी कारवाही गर्न अधिकार कार्यालय प्रमुखको हुन्छ । त्यसैले इम्बोस्ड नम्बरको विषयमा विचलित हुनुपर्दैन ।’ ३ महिनामा ८ सय ‘इम्बोस्ड नम्बर’ जडान गत फागुन २२ गतेदेखि जडान सुरु गरिएको बताउदै तीनमहिना बित्दा करिब ८ सयको सँख्यामा इम्बोस्ड नम्बर जडान गरिएको यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिए । ‘अहिलेसम्म हाम्रो कार्यालयबाट दुई र चार पाङ्ग्रे गरि लगभग ८ सय जति जडान भएको छ । मंसिर १ गतेबाट लागूहुनेगरि राजपत्रमा इम्बोस्ड नम्बर अनिवार्य गर्न भनेर आको थियो, उनले भने, ‘मन्त्रालयले हामीलाई पत्र लेख्ने बित्तिकै हामीले फागुन २२ गतेबाटै नम्बर जडान गर्न सुरु गरेका थियौ । अहिलेपनि नयाँ सवारीमा जडान त जारी नै छ ।’ कति लाग्छ शुल्क ? सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्न दुईपाग्रे, तीन पाग्रे, चार पाग्रे र ठूला सवारीको रुपमा वर्गिकरण गरेको छ । जसअनुसार इम्बोस्ड प्लेट जोड्न दुई पाग्रेको हकमा २५ सय रुपैयाँ तोकिएको छ । त्यसैगरी, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९०० रुपैयाँ र कार, जीप, भ्यान र ट्रयाक्टरलगायत चार पांग्रेलाई ३२ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तर, चारपाग्रे ठूला सवारीको हकमा इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।
पोखरा: साउन महिनाको पहिलो सोमबार शिब मन्दिरमा विशेष पुजा गर्ने गरिन्छ । विशेषगरि हिन्दु नारीहरु शिवजी र पतिको नाममा ब्रत बस्ने गर्दछन् । यसो गर्दा पतिको आयु बढ्ने र परिवारमा सुख प्राप्त हुने परम्परागत विश्वास रहदैं आएको छ । पोखरा महानगरपालिका १ सिमपानीस्थित गाईघाटमा बिहानैदेखि बर्तालुहरुको चहलपहल देखिन्थ्यो । गाईघाटबाट नदीको जल लगेर पोखरा ६ स्थित बैदामको केदारेश्वर मन्दिरमा रहेको शिवलिङ्गमा चढाइने गरिन्छ । यसो गर्दा आँटेको पुग्ने विस्वाश रहदै आएको छ । साउन महिना विशेष गरेर आशुतोष भगवान महादेवको प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रहिआएको छ । हरियाली चुरा पोतेलाई सौभाग्यको रुपमा लिइन्छ । भने सूर्य दक्षिणायनपछि विशेष चाडपर्वको शुुरुवातको संकेत गर्ने पुुर्वीय संस्कृतिमा साउने सोमबार आफैँमा विशेष महत्वको महिना मानिन्छ । हेरौं, १५ तस्बिरमा गाईघाट आसपासमा देखिएको साउने पहिलो सोमबारको बर्तालुहरुको रौनक:- तस्बिर: सुनगाभाकर्मी बिबि रोकामगर

