गाईघाटमा बर्तालुको चहलपहल, हेरौं तस्बिर!
कास्की | साउन २, २०७९
पोखरा: साउन महिनाको पहिलो सोमबार शिब मन्दिरमा विशेष पुजा गर्ने गरिन्छ । विशेषगरि हिन्दु नारीहरु शिवजी र पतिको नाममा ब्रत बस्ने गर्दछन् । यसो गर्दा पतिको आयु बढ्ने र परिवारमा सुख प्राप्त हुने परम्परागत विश्वास रहदैं आएको छ ।
पोखरा महानगरपालिका १ सिमपानीस्थित गाईघाटमा बिहानैदेखि बर्तालुहरुको चहलपहल देखिन्थ्यो ।
गाईघाटबाट नदीको जल लगेर पोखरा ६ स्थित बैदामको केदारेश्वर मन्दिरमा रहेको शिवलिङ्गमा चढाइने गरिन्छ । यसो गर्दा आँटेको पुग्ने विस्वाश रहदै आएको छ ।
साउन महिना विशेष गरेर आशुतोष भगवान महादेवको प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रहिआएको छ ।
हरियाली चुरा पोतेलाई सौभाग्यको रुपमा लिइन्छ । भने सूर्य दक्षिणायनपछि विशेष चाडपर्वको शुुरुवातको संकेत गर्ने पुुर्वीय संस्कृतिमा साउने सोमबार आफैँमा विशेष महत्वको महिना मानिन्छ ।
हेरौं, १५ तस्बिरमा गाईघाट आसपासमा देखिएको साउने पहिलो सोमबारको बर्तालुहरुको रौनक:-
तस्बिर: सुनगाभाकर्मी बिबि रोकामगर














पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

