गण्डकी सरकारद्वारा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना गर्ने निर्णय

कर्मचारीलाई योगदानमा आधारित पेन्सन, ४ करोड लागतमा ४ गाडी किन्ने

पाेखरा | बैशाख १०, २०८३

गण्डकी सरकारद्वारा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना गर्ने निर्णय

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।

 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्वास्थ्य सेवा तथा संक्रमण रोग व्यवस्थापन कार्यविधि २०८३’ स्वीकृत गर्दै उक्त कोष परिचालनको बाटो खुलेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जित बहादुर शेरचनले बताए ।

 

प्रदेश सरकारले ५३ वटा सूचीकृत रोग तथा भविष्यमा देखिन सक्ने नयाँ सरुवा रोगलाई लक्षित गरी ५ करोड रुपैयाँको कोष खडा गरेको छ ।

 

महामारीको समयमा बजेट अभाव हुन नदिन र तत्काल उपचार तथा व्यवस्थापनका लागि यो रकम खर्च गरिने सरकारका प्रवक्ताले जानकारी दिए ।

 

कर्मचारीलाई योगदानमा आधारित पेन्सन

 

मन्त्री शेरचनाका अनुसार बैठकले गण्डकी प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीहरूको सामाजिक सुरक्षाका लागि ‘योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) कोष’ सम्बन्धी विधेयकको अवधारणा स्वीकृत गरेको छ ।

 

सो व्यवस्थाले नयाँ नियुक्त हुने कर्मचारीहरूको हकमा अवकाशपछि प्राप्त हुने भत्ता तथा सुविधालाई कोषमार्फत व्यवस्थापन गर्ने उनले बताए ।

 

गम्भीर रोगीलाई आर्थिक सहायता

 

सरकारले मानवीय राहत अन्तर्गत प्रदेशका १९६ जना गम्भीर प्रकृतिका रोगीहरूलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता शेरचनले जानकारी दिए । उनका अनुसार उपचार खर्च अभावमा रहेका नागरिकलाई राहत दिन यो कदम चालिएको हो ।

 

बजेट कार्यान्वयन र प्रशासनिक सुधार

 

चालु आर्थिक वर्षको बजेटलाई थप प्रभावकारी बनाउन ‘बजेट कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२’ लाई संशोधन गरिएको मन्त्री शेरचनले सुनाए ।

 

यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयका लागि आवश्यक सवारी साधन खरिद गर्ने र सरकारी कार्यालयमा रहेका पुराना सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम तथा मिनाहा गर्ने प्रक्रियालाई पनि बैठकले स्वीकृत गरेको छ ।

 

यस्तै प्रदेश सभा सचिवालयका लागि करिब ४ करोड लागतमा ४ वटा इभी गाडी खरिद गर्ने सैद्धान्तिक सहमतिसमेत भएको मन्त्री शेरचनले बताए ।

 

गण्डकी सरकारले यस पटक स्वास्थ्य र कर्मचारी प्रशासन सुधारलाई प्राथमिकतामा राखेर यी निर्णयहरू गरिएको बताइएको छ ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्