पिएनमा अखिललाई ‘केपी ओली फ्यान क्लब’ भन्दै विरोधमा ७ विद्यार्थी संगठन
पाेखरा | साउन ८, २०७९
पृथ्वीनारायण क्याम्पस पोखरामा नेकपा एमाले निकट अनेरास्ववियुको विरुद्ध ७ विद्यार्थी संगठनले मोर्चाबन्दी गरेका छन् ।
लगभग बेवारिसे अवस्थामा रहेको स्वतन्त्र विद्यार्थी संगठनको भवन सरसफाई गरी अनेरास्ववियुले सम्पर्क कार्यालय एवं पुस्तकालय स्थापना गर्ने उद्देश्य अनुरुप होर्डिङ् बोर्ड टाँगेपछि अन्य विद्यार्थी संगठन विरोधमा उत्रिएका हुन् । विद्यार्थी संगठनहरुले अनेरास्ववियुले स्ववियु भवन कब्जा गरेको आरोप लगाएका छन् ।
विद्यार्थी संगठनहरुले विज्ञप्ती जारी गरी ‘केपी ओली फ्यान क्लब निकट अराजक झुण्डहरुले स्ववियु भवन कब्जा गरेको’ बताएका छन् । साथै, क्याम्पसको मूलगेटमा ब्यानर राखेकोमा पनि उनीहरुको आपत्ति छ ।
संयुक्त विद्यार्थी संगठनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु (छैठौं)लगायत छन् ।
उक्त भवनबाट अखिललाई २४ घण्टाभित्र हटाउन संगठनहरुले प्रशासनलाई अल्टिमेटम दिएका छन् । अहिले विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच छलफल चलिरहेको छ।
यस विषयमा विद्यार्थी संगठनहरु सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
पोखरा: पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ । साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्...
पोखरा: १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महो...
काभ्रेपलाञ्चोक: पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ ...

