पिएनमा अखिललाई ‘केपी ओली फ्यान क्लब’ भन्दै विरोधमा ७ विद्यार्थी संगठन
पाेखरा | साउन ८, २०७९
पृथ्वीनारायण क्याम्पस पोखरामा नेकपा एमाले निकट अनेरास्ववियुको विरुद्ध ७ विद्यार्थी संगठनले मोर्चाबन्दी गरेका छन् ।
लगभग बेवारिसे अवस्थामा रहेको स्वतन्त्र विद्यार्थी संगठनको भवन सरसफाई गरी अनेरास्ववियुले सम्पर्क कार्यालय एवं पुस्तकालय स्थापना गर्ने उद्देश्य अनुरुप होर्डिङ् बोर्ड टाँगेपछि अन्य विद्यार्थी संगठन विरोधमा उत्रिएका हुन् । विद्यार्थी संगठनहरुले अनेरास्ववियुले स्ववियु भवन कब्जा गरेको आरोप लगाएका छन् ।
विद्यार्थी संगठनहरुले विज्ञप्ती जारी गरी ‘केपी ओली फ्यान क्लब निकट अराजक झुण्डहरुले स्ववियु भवन कब्जा गरेको’ बताएका छन् । साथै, क्याम्पसको मूलगेटमा ब्यानर राखेकोमा पनि उनीहरुको आपत्ति छ ।
संयुक्त विद्यार्थी संगठनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु (छैठौं)लगायत छन् ।
उक्त भवनबाट अखिललाई २४ घण्टाभित्र हटाउन संगठनहरुले प्रशासनलाई अल्टिमेटम दिएका छन् । अहिले विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच छलफल चलिरहेको छ।
यस विषयमा विद्यार्थी संगठनहरु सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

