नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ ।   मादी गाउँपालिकाको सहयोगमा...

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो ।   मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गर्नुभएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।   गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।   उनका अनुसार गत ९ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरामा विभिन्न स्थानहरुमा चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने र शान्ति सु -व्यवस्थामा खलल पार्दै हिडेको सूचनाका आधारमा ति १० वटा मोटरसाईकललाई नियन्त्रणमा लिई कानूनी कारवाही प्रकृया अगाडी बढाइएको छ ।    कास्की प्रहरीले हालसम्म ‘अप्रेसन–३६५’ अन्तर्गत ४ सय १४ वटा सवारीसाधन र ३६ जनालाई नियन्त्रणमा लिई कारवाही गरिसकेको छ  ।   कास्की प्रहरीले सवारी धनिले आफ्नो सवारी साधन मोडिफाई नगरी पुर्ववत असली स्वरुपमा सवारी साधन चलाउन आग्रह गर्दै मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस संचालकहरुलाई कानून बमोजिम कारवाही हुने जनाएको छ ।  

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले सो घटनापछि विमानस्थलमा हुने उडान र अवतरणमा रोक लगाउँदै ‘ग्राउन्ड स्टप’ जारी गरेको छ।   न्यूयोर्क सिटी दमकल विभागका अनुसार स्थानीय समय अनुसार राति करिब ११:३८ बजे धावनमार्गमा विमान र ट्रक ठोक्किएको सूचना प्राप्त भएलगत्तै उद्धार टोली परिचालन गरिएको थियो।   उक्त विमान एयर क्यानडाको उडान नम्बर ८६४६ रहेको र यसलाई क्षेत्रीय वाहक ज्याजले सञ्चालन गरिरहेको उडान ट्र्याकिङ साइट ‘फ्लाइट राडार २४’ ले जनाएको छ। ७६ सिट क्षमताको मित्सुबिसी सीआरजे-९०० मोडलको उक्त विमान मोन्ट्रियल ट्रुडो अन्तर्राष्ट्रिय विमानस्थलबाट राति साढे १० बजे उडेको थियो।   विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी) बाट प्राप्त अडियो रेकर्डिङमा दुर्घटनाको भयावह क्षण कैद भएको छ। रेकर्डिङमा कन्ट्रोलरले एउटा अपरेसन ट्रकलाई धावनमार्ग पार गर्ने अनुमति दिएको केही सेकेन्डमै ‘रोक’ भन्दै कराएको सुनिन्छ। तर त्यतिन्जेल विमान र ट्रक ठोक्किसकेका थिए।    सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा विमानको ककपिटको अघिल्लो भागमा ठूलो क्षति भएको र आपतकालीन सवारी साधनहरूले विमानलाई घेरेको देखिन्छ।   दुर्घटनाको समयमा विमानस्थल आसपासको क्षेत्रमा हल्का वर्षा र कुहिरो लागेका कारण दृश्यता कम भएको र मौसम खराब रहेको बताइएको छ। 

गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्नुपर्ने व्यवस्था हटाएको छ। सेवाग्राहीहरूले छुट्टै आवेदन फाराम भर्नु नपरी सिधै बायोमेट्रिक विवरण दिन सक्ने भएका छन्।   केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तर–आबद्धता भएपछि यस्तो सुविधा सुरु गरिएको मन्त्रालयले जनाएको छ।   आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्दै दोहोरो प्रक्रिया हटाएर सेवा सरल बनाउने नीति अघि बढाइएको बताए।   मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले सेवा प्रवाह छिटो, खर्च घटाउने र सुशासन कायम गर्न सहयोग पुग्नेछ। हाल दैनिक ६–८ हजार राष्ट्रिय परिचयपत्र बनिरहेका छन्।

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ ।   अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उहाँको प्रशासन यस क्षेत्रको सैन्य अभियानलाई क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताउनुभएको छ । तेलको मूल्यमा वृद्धि र अमेरिकी शेयर बजारमा गिरावट आएपछि यस्तो मिश्रित सन्देश आएको हो ।   यसैबिच, इजरायलले  इरानले शनिबार बिहान पुनः मिसाइल आक्रमण जारी राखेको छ भने साउदी अरेबियाले केही घण्टाभित्रै २० ड्रोन निश्क्रिय पारिएको जनाएको छ । त्यस क्षेत्रमा मुख्य तेल प्रतिष्ठानहरू रहेका छन्। कुनै मानव क्षति वा संरचनागत हानि भने भएको छैन।   इरानले आक्रमणलाई बढाउँदै आफ्नो खाडी छिमेकीमा असर पुर्‍याइरहेको छ, जबकि हर्मुज जलमार्गमा व्यापार नियन्त्रण जारी राखेको छ । यो मार्ग विश्वको तेल र अन्य महत्त्वपूर्ण वस्तुहरूको लगभग पाँचौँ हिस्सा बोक्ने मार्ग हो ।   इरानी सर्वोच्च नेता मोज्तबा खामेनीले नवरोज पर्वको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी र इजरायली आक्रमणहरू असफल भएको बताउनुभयो । उहाँले इरानी जनताको दृढतामा प्रशंसा गर्नुभयो ।   इरानी सेनाका उच्च अधिकारीहरूले ‘विश्वका पार्क, मनोरञ्जन क्षेत्र र पर्यटन स्थलहरू’ देशका शत्रुका लागि सुरक्षित नहुने चेतावनी दिएका छन् । यसले इरानले मध्यपूर्व बाहिर पनि आक्रमण गर्ने सम्भावना कायम राखेको देखाउँछ ।   अमेरिकाले इरानी तेलमा केही प्रतिबन्ध हटाउने घोषणा पनि गरेको छ, जसले मूल्य नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । तर उत्पादनमा वृद्धि नभएपछि तेलको आपूर्ति र मूल्यमा ठुलो असर नपर्ने देखिन्छ ।

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशाना बनाउने प्रयास गरे।   इरानी आगोका दुई शृङ्खला चलाइएपछि इजरायल सेनाले तेहरानमा व्यापक हवाई आक्रमण सुरु गरेको र लेबननमा इरान समर्थित समूहलाई लक्षित गर्दै आक्रमण बढाएको जनाएको छ। यस क्रममा इजरायलले दुई रकेट इरानबाट टेल अविभ र गालिली समुद्र दक्षिण क्षेत्रमा आएको पनि रिपोर्ट गरेको छ, तर कुनै घाइतेको सूचना छैन।   संयुक्त अरब इमिरेट्सले विमान उडान रोकेको अवस्था छिट्टै स्थिर भएको भन्दै उड्डयन पुनः सञ्चालन गरिएको छ। तर दुबईमा ड्रोन आक्रमणका कारण इन्धन ट्याङ्कीमा आगो लागेको थियो। यस आक्रमणमा कुनै मानिस घाइते नभएको बताइएको छ।   तेहरान र इजरायल–अमेरिकी आक्रमणको प्रभावले स्ट्रेट अफ होर्मुजमा ढुवानीमा ठुलो बाधा आएको छ। यसले तेलको मूल्य बढाएको र विश्वव्यापी ऊर्जा सङ्कटको जोखिम सिर्जना गरेको छ।   तेलको मूल्य हाल प्रति ब्यारेल १०० डलरभन्दा माथि रहेको छ। अमेरिकी राष्ट्रपतिले केही देशलाई स्ट्रेट अफ होर्मुजको सुरक्षा गर्न आग्रह गरेका छन्, तर तत्काल कुनै स्पष्ट सहयोगको प्रतिबद्धता प्राप्त भएको छैन।   इजरायलले तेहरानमा धेरै आक्रमण गरेको र इरानी हवाई रक्षा प्रणाली र मिसाइल लन्चर नष्ट गरेको सैनिक प्रवक्ताले बताएका छन्। यसैबिच, लेबननमा यस द्वन्द्वका कारण १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।   इरानका अनुसार यस द्वन्द्वमा एक हजार ३०० भन्दा बढी नागरिकको मृत्यु भएको छ। अबुधाबीमा पनि इरानी मिसाइल आक्रमणमा एक व्यक्ति मृत्यु भएको रिपोर्ट छ, र दुई तेल सुविधामा आगो लागेको छ।   यो घटनाले मध्यपूर्वमा युद्धको तीव्रता, क्षेत्रीय असुरक्षा र ऊर्जा आपूर्ति सङ्कट झन् बढाएको देखाएको छ।

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै थापाको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक दिन शोक मनाउने र महानगरपालिका तथा मातहतका कार्यालय बन्द रहने जनाएको हो।   महानगरपालिकाले जारी सूचनामा ‘स्वर्गीय थापाको सम्मानमा चैत १ गते आइतबारका दिन महानगरपालिका कार्यालय र अन्तर्गतका सबै कार्यालय बन्द रहने’ उल्लेख गरेको छ।   सूचनाअनुसार स्वास्थ्य संस्था, फोहोरमैला व्यवस्थापनजस्ता अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन्। विद्यालयका पूर्वनिर्धारित परीक्षा कार्यक्रम भने यथावत सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। सेवाग्राहीमा पर्न जाने असुविधाप्रति महानगरपालिकाले क्षमायाचना पनि गरेको छ।   महानगरपालिकाले थापाको निधनलाई पोखराका लागि ठूलो क्षति भएको उल्लेख गर्दै नगर विकास र समृद्धिमा उनले पुर्‍याएको योगदानको उच्च कदर गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।   सूचनामा ‘नगर प्रमुखको हैसियतमा उनले महानगरपालिकाको विकास र समृद्धिमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै पोखरा महानगरपालिका भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’ भनिएको छ। साथै महानगरका जनप्रतिनिधि र कर्मचारी परिवारले शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको पनि उल्लेख गरिएको छ।   थापा तत्कालीन पोखरा उपमहानगरपालिकाको नगर प्रमुखका रूपमा २०५४ देखि २०५९ सालसम्म निर्वाचित भएर काम गरेका थिए। प्रजातन्त्र पुनःस्थापनापछिको स्थानीय तहको नेतृत्व सम्हालेका उनी पोखराको शहरी विकास, पूर्वाधार विस्तार र नगर व्यवस्थापनमा सक्रिय नेताका रूपमा चिनिन्थे।   दीर्घ समय कम्युनिस्ट आन्दोलनमा सक्रिय थापा नेकपा एमाले कास्कीका प्रभावशाली नेता पनि थिए।   उनी जीवनको अन्तिम समयसम्म पार्टी गतिविधिमा सक्रिय रहेको बताइन्छ। बिहीबार फागुन २८ गते पार्टी कार्यालयमा भएको छलफलमा सहभागी भइरहेका बेला उनी अचानक अस्वस्थ बनेका थिए। पार्टीका नेताहरूबीच अनौपचारिक कुराकानी भइरहेका बेला उनले पार्टीले व्यहोरेको हारको जिम्मेवारी लिनुपर्ने र ‘एक मुठी सास रहुन्जेल एमालेका लागि लागिरहने’ बताएका थिए। त्यसको केही समयपछि उनलाई हृदयघात भएको थियो ।   पार्टी कार्यालयबाट ९ मिनेटभित्रै मणिपाल अस्पताल पुर्‍याउँदा चिकित्सकले भने उनको सास नरहेको घोषणा गरेका थिए ।  

पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् ।   आइतबार पोखराको पुरन्चौर क्षेत्रका मतदातासँग भेटघाट गरेकी बिनाले सोमबार हेमजावासीका कुरा सुनिन् र आफ्ना प्रतिबद्धता जनाइन् ।    याम्दी, जैसीचौर, मीलनचोक, झिझिर्कालगायतका ठाउँका मतदातासँग भेटेकी गुरुङले राष्ट्रिय नीति निर्माणको विषयदेखि स्थानीयका मुद्धासमेतलाई केन्द्रमा राखेर छलफल गरिन् ।    आलु, तरकारी उत्पादनको पकेट क्षेत्र मानिने हेमजावासीले अहिलेसम्मका उम्मेदवारले कृषिको आधुनिकीकरण र बजारीकरणको कुरा गरेर मत मागे पनि पूरा नगरेको दुखेसो पोखे ।    अहिले पनि किसानका उपजको बजारीकरणमा विचौलिया हाबी हुने गरेको तितो यथार्थ उनीहरुले पोखे । हेमजाजस्तो कृषियोग्य भूमिको व्यवस्थित प्रयोग र बढ्दो सहरीकरणको हस्तक्षेपबारे ध्यान दिन स्थानीयले बिनालाई सुझाव दिए ।   हेमजावासी र कास्की–३ का मतादातको सुझावलाई सम्वोधन गर्दै उम्मेदवार बिनाले आफूले चर्का भाषण र सस्तो आश्वासन नबाँड्ने तर नीतिगत तहबाटै नागरिकको पक्षमा काम गर्ने सुरुमै प्रतिवद्धता जनाइन् ।    करिब २५ करोड रुपैयाँको आलुमात्रै उत्पादन गर्ने हेमजाजस्ता क्षेत्रमा व्यवस्थित सहरीकरणको योजना बनाउन नीतिगत रुपमै काम गर्ने उनले बताइन् ।   कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरणका लागि विचौलियाको अन्त्य गर्ने गरी कृषि नीति आवश्यक पर्ने भएकाले आफूले ध्यान दिने बिनाको भनाइ थियो ।   ‘हेमजाले वार्षिक २५ करोड रुपैयाँको त आलुमात्रै बेच्दो रहेछ । यही ठाउँले सिंगो पोखरलाई नै तरकारीमा आत्मनिर्भर बनाउन ठूलो योगदानसमेत गरेको छ,’ बिनाले भनिन्, ‘फेरि अर्कोतिर यही कृषि क्षेत्र बढ्दो सहरीकरणको चपेटामा छ । अब कृषि क्षेत्र र बढ्दो सहरीकरणलाई व्यवस्थित गर्ने राज्यले नीतिगत रुपमै ध्यान दिनुपर्छ । म संसदमा गएर यस्तै कुरामा ध्यान दिने हो ।’    कास्की क्षेत्र नम्बर ३ का विभिन्न ठाउँमा पुग्दा थुप्रै सम्भावना भएर पनि राजनीतिक स्वार्थ र कोपभाजनमा परेर प्रगति गर्न नसकेको धेरैले गुनासो गरेको बिनाले सुनाइन् । कुनै स्वार्थ राखेर आफू राजनीतिको मैदानमा नहोमिएको बताउँदै बिनाले विशुद्ध नागरिकको पक्षमा, सुशासनको पक्षमा काम गर्ने प्रतिवद्धता जनाइन् ।  

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आज आयोजना गरेको उम्मेदवारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले शहर सबै वर्गको साझा भएको बताउँदै भने,‘गरीब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुरक्षित नगरी समृद्ध शहरको कल्पना गर्न सकिन्न । त्यसको नेतृत्व नेकपाबाहेकबाट सम्भव छैन ।’   उम्मेदवार थापाले संकटका बेला ठूला वर्ग भाग्ने र त्यसको सामना गरीब तथा मध्यम वर्गले भोग्नुपर्ने वर्तमान अवस्था रहेको बताए । यो शहर ठूला वडाको मात्र हो ? भन्ने प्रश्न उठ्न थालेको छ, उनले भने,‘संकट पर्दा हेलिकोप्टर चढेर भाग्ने होइन, समाधानको उपाय खोज्ने हो । त्यस्तो अवस्थामा पन ियहाँ बस्ने श्रमजीवी जनताले नै शहर जोगाउँदै आएका छन् ।’   मकै पोल्ने, स्वरोजगारमा संलग्न मजदुरदेखि फुटपाथ व्यवसायीसमेतलाई राज्यले यातना दिइरहेको भन्दै उनले सबैले श्रम गरेर बाँच्न पाउने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताए ।   अव्यवस्थित बसोबासीको नाममा जथाभावी डोजर चलाइएकोप्रति आपत्ति जनाउँदै उनले वर्गीय मुद्दाबाट कम्युनिष्ट पार्टी कहिल्यै विचलित नहुने प्रतिबद्दता व्यक्त गरे ।   ‘यो शहर ठूला व्यापारी र घरानीयाको मात्र होइन, फुटपाथे व्यापारीको पनि हो । झुपडीमा बस्नेहरूको पनि यही शहर हो, उनले थपे, ‘भूमि आयोगले दिएको निस्साको आधारमा सुकुम्बासीलाई जमिनको मालिक बनाइनेछ । कोही पनि नागरिक भूमि र आवासको अधिकारबाट बञ्चित हुनुहुँदैन ।’जनयुद्धका क्रममा लागेको गोलीका छर्रा छातीमा बोकेर हिँडेको उल्लेख गर्दै थापाले आफ्नो जीवन जनतालाई समर्पित भएको बताए । भने,‘यो नाफाका लागि होइन, संघर्षका लागि समर्पित जीवन हो ।’   कार्यक्रममा नेकपा गण्डकी प्रदेशका इन्चार्ज श्रीनाथ बरालले देशलाई समाजवादतर्फ लैजाने क्षमता नेकपासँग मात्र रहेको बताए ।   विगतका कमजोरी सच्याउँदै अघि बढ्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै उनले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा भएको उल्लेख गरे ।   उनले कृषि क्रान्तिको आवश्यकता औँल्याउँदै मुलुकलाई कृषिजन्य उत्पादन निर्यात गर्ने अवस्थामा पु¥याएर जनताको जीवन बदल्न सकिने बताए । तर त्यसका लागि नेकपाको नेतृत्व आवश्यक रहेको उनको भनाई थियो ।   त्यस्तै, नेकपा कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारीले सुकुम्बासीहरूले हाल प्राप्त गरेको निस्साका आधारमा लालपूर्जा वितरण गर्ने जिम्मेवारी नेकपाले लिने बताए । त्यसका लागि आगामी निर्वाचनमा नेकपाको जित सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।   कार्यक्रममा सहभागी वक्ताहरूले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको दीर्घकालीन समाधान, वर्गीय समानता र सामाजिक न्यायको पक्षमा नेकपाको नेतृत्व आवश्यक रहेकोमा जोड दिएका थिए ।   सोमबार अन्नपूर्णमा नेकपा   यसैबिच, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा वामपन्थी आन्दोलनका अनुभवी नेता गोपाल गिरी यतिवेला चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् ।     ‘जेन्जी’ युवाहरूको भावना अनुसार काम गर्ने, जातीय विभेद अन्त्य गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने लगायतका प्रतिबद्धता लियर उनी जनताको घर दैलोमा व्यस्त भएका हुन् ।   उनको भोलि कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा चुनावी प्रचार प्रसार तथा जनतासंग भेटघाट कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।   कास्कीको पर्यटकीय क्षेत्र सहित विश्वकै चर्चीत पदमार्गहरु रहेको अन्नपूर्ण क्षेत्रका जनताको मर्म र भावना बुझ्दै उहाँहरुको जीवनस्तर र आर्थिक विकास र समृद्धिको लागि पर्यटनलाई विकासको मुल आधार बनाउनु पर्नेमा उनको दृढ इच्छा शक्ति रहेको छ ।