पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखराः पोखराका साहित्यकार दीपक पराजुलीको पहिलो उपन्यास ‘मिथ्या’ पद्यश्री पुरस्कारकालागि मनोनयनमा परेको छ ।    खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्ष ५ कृतिको सूचीमा मिथ्यालाई समावेश गरेको हो ।   सूचीमा परेका अन्य कृतिमा  डा. नवराज लम्सालको महाकाव्य अग्नि, केशवराज ज्ञवालीको कथासङ्ग्रह अर्को भोर, उषा हमालको निबन्धसङ्ग्रह भिक्षुसँग प्रेम, दीपक पराजुलीको उपन्यास मिथ्या र केवल बिनाबीको कविता सङ्ग्रह यादहरूको सङ्ग्रहालय  रहेका छन् ।   यसअघि नै प्रतिष्ठानले असार १५ मा पुरस्कारका लागि छनोट गरिएका पुस्तकहरूको लामो सूची जारी गरेको थियो ।   उक्त लामो सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट छोटो सूचीका लागि पाँचवटा कृतिहरूको नाम उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।   पुरस्कारको राशि सुरुमा एक लाख रुपैयाँ थियो भने दुई लाख रुपैयाँ हुँदै ०७६ सालबाट तीन लाख रुपैयाँ पुर्‍याइएको छ । यो पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ ।   रचनाको हिसाबले मिथ्या दोस्रो कृति रहेको पराजुलीले बताएका छन् । पद्यश्रीको छनौटमा परेपछि सुनगाभा न्यूजलाई छोटो प्र्रतिक्रिया दिँदै पराजुलीले साहित्यको उत्कृष्ट पुरस्कार पद्यश्रीमा मनोनयन हुनु खुशीको विषय भएको उल्लेख गरे ।   ‘सामान्य बिरामी छु, अहिले आरामको आवश्यकता छ’ पराजुलीले भने ‘मनोनयन सूचीमा परेकाे छु प्रतिष्ठानलाई धन्यवाद ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले नागरिक विधेयकको  विरोध गर्दैै पोखरामा सांकेतिक रुपमा चक्काजाम र विरोधसभा गरेको छ ।  राप्रपा कास्कीले सडकमा चक्काजाम गर्दैमा जनताले दुःख पाउने भएकाले नागरिकलाई कुनै दुःख दिन नचाहने भन्दै १५ मिनेटमात्र चक्काजाम गरेको जनाएको छ ।   पृथ्वीचोकमा आयोजित कोणसभामा बोल्दै राप्रपाका केन्द्रिय सदस्य जयबहादुर पुनले एमाले कांग्रेस माओवादीले देशको अर्थतन्त्र धरायसी बनाएको आरोप लगाए । उनले भने, ‘आजबाट राप्रपा सडक आन्दोलनमा छ नेपालमा संघीयता खारेज नभएसम्म निरन्तर आन्दोलनमा रहन्छौ ।’  केन्द्रिय सदस्य पुनले देश श्रीलंका जस्तै हुन लागेकाले अव देश विकासका लागि एमाले कांगे्रस माओवादी होइन, आम नेपाली भएर अगाडी बढे मात्र देश विकास सम्भव हुने धारणा राखे । राप्रपाले देशमा एमसीसी, एसपीपी पास भए देश युक्र्रेन बन्ने भएकाले सरकारले तत्काल खारेज गर्नुुपर्ने माग राखेको छ । हालै प्रतिनिधि सभाबाट पास भएको नागरिक विद्येयकले देशका लागि भन्दा पनि विदेशीको लागि फाइदा पु¥याएको राप्रपाको आरोप छ ।  देशमा जन्मसिद्ध नागरिकता पाउने अधिकार भएको र विदेशीलाई स्वदेशमा व्यापार व्यवसाय गर्न अगिकृत नागरिकता दिने व्यवस्था भएको तर देश सञ्चालन गर्ने अधिकार नभएको राप्रपाका केन्द्रिय सदस्य पुनको धारणा छ ।  राप्रपा कास्कीले हालै प्रतिनिधि सभाबाट पारित भएको नागरिक विधेयक खारेज हुनपर्ने, एमसीसी, एसपीपी, र संघियता खारेजी लगायतका २२ बुदे माग राख्दै सडक आन्दोलनमा उत्रिएको हो ।  सडक आन्दोलनमा ‘गणतन्त्र मुर्दावाद’, ‘नागरिक विधेयक खारेज गर’लगायतका नारा लगाउँदै पृथ्वीचोकमा १५ मिनेट चक्काजाम गरेका थिए ।   

  पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय  घाटा लागेको छ ।   प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी रु ६६ लाख ४१ हजार एक सय ८१ भएकामा खर्च रु ६९ लाख ८९ हजार भएको क्लबले जनाएको छ ।    कोभिड-१९ को सङ्क्रमणका कारण सेमिफाइनल र फाइनल खेलमा बाहेक बिना दर्शक खेलाइएको प्रतियोगितामा रु १२ लाख ६२ हजार आठ सय २६ नोक्सान भए पनि विषम् परिस्थितिलाई मध्यनजर गरी सहारा हङकङबाट रु पाँच लाख एक हजार, सहारा युकेबाट रु तीन लाख र सहारा अष्ट्रेलियाबाट रु एक लाख थप सहयोग प्राप्त भएकाले नोक्सान कम भएको अर्थ सङ्कलन उपसमिति संयोजक सुनिल गुरुङले बताउनुभयो ।   प्रतियोगितालाई मुख्य प्रायोजक हिमश्री फुड्स्बाट रु १३ लाख ५१ हजार, गण्डकी प्रदेश खेलकुद परिषद्बाट रु पाँच लाख, राष्ट्रिय खेलकुद परिषद्बाट रु चार लाख ९२ हजारसहित विभिन्न सङ्घ संस्थाबाट सहयोग प्राप्त भएको थियो ।   यसैगरी खेलाडी दैनिक भ्रमण खर्चमा रु २७ लाख ४८ हजार एक सय ५०, टिम प्रोत्साहन खर्च रु १७ लाख ९३ हजार नौ सय ५०, रेफ्री खर्च रु चार लाख २६ हजार आठ सय ८५, प्रचारप्रसार, आयोजक टिम तयारीलगायत शीर्षकमा खर्च भएको क्लबले जनाएको छ । गत माघ ६ देखी १५ गतेसम्म २० औँ संस्करणको प्रतियोगिता सञ्चालन भएको थियो ।    प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको नेपाल एपीएफ फुटबल क्लबले जित्दा मनाङ मस्र्याङ्दी फुटबल क्लब उपविजेता बनेको थियो । सहाराले फुटबल प्रतियोगिता आयोजनाबाट सङ्कलित रकमबाट सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ ।

पोखरा:  महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई अमेरिकामा हवाई जहाज सहयोग गरिएको छ ।   मनोरञ्जनको लागि पर्यटकहरु उडाउन र पाइलट ट्रेनिङ्गमा प्रयोग गर्न सकिने साना प्रकारका जहाज दान गरिएको केन्द्रका अध्यक्ष पुनले आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेका छन् ।    उनले १० वटा बक्सहरुमा सो जहाजको सामान अट्ने भन्दै नेपाल ल्याएर जोडेर उडाउन मिल्ने बताएका छन् । उनका अनुसार सानो जहाजमा २ जना र ठुलोमा ८ जनासम्म मान्छेहरु अटनेछन् ।   उक्त पार्ट्सहरु नेपाल पुगेपछि जोड्नलाई ईन्जिनियर र उडान सिकाउन पाइलटहरु अमेरिकाबाट निःशुल्क रुपमा सहयोग गर्न आउने समेत उनले बताए ।   अमेरिका रहेका उनी लस एन्जेलस नजिकैको एउटा नगरपालिकाको एअरपोर्टमा अध्ययन भ्रमण गरेको भिडियो फेसबुकमा सार्वजनिक समेत गरेका थिए । जुन एअरपोर्टमा नेपाली मुलका अनिश प्रधानको एयरक्राफ्ट वर्क कम्पनी सञ्चालनमा छ ।   नेपालको प्रयोगविहीन र थन्किएर रहेको कुनै एउटा एअरपोर्ट नेपाल सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएमा एयरक्राफ्ट ईन्जिनियरिङ र पाईलट ट्रेनिङ सम्बन्धी सेन्टर सञ्चालन गर्न सकिने ठूलो सम्भावना रहेको पुनले बताए । उनले सहयोग पाएका जहाज नेपाल भित्राउन र उडान अनुमतिमा सहजिकरण गर्न सरकारलाई आग्रह गरेका छन् ।

पोखराः पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसलाई सरिता तुलाचनले १ लाख रुपैयाँ सहयोग गरेकी छिन् ।    क्याम्पसले हाल नयाँबजार शान्तिवनमा नयाँ शैक्षिक भवन निर्माण गरिरहेको छ । सोही भवनमा आवश्यक पूर्वाधार थप गर्न थोरै भएपनि सहयोग पुगोस् भनेर सहयोग गरेको तुलाचानले बताएकी छिन् ।    तुलाचनले उक्त रकम स्वर्गीय ससुरा बुवा एवं पति वसन्तलाल हिराचनको स्मृतिमा प्रदान गरेकी हुन् ।    सहयोग रकम ग्रहण गर्दै क्याम्पस परिवार एवं सञ्चालक समितिले आभार व्यक्त गरेको छ । क्याम्पस परिवारले भनेको छ, ‘सहयोगी सरिता एवं परिवारलई सुस्वाथ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।’   क्याम्पसमा बिहानी सत्रमा मानविकी र व्यवस्थापन संकायमा स्नातकतहको अध्यापन हुँदै आएको छ । क्याम्पस भवन सञ्चालनमा आउनेबित्तकै अन्य संकाय थपिने क्याम्पसले जनाएको छ ।    ‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको क्याम्पसमा हाल ४ सय हाराहारीमा विद्यार्थी छन् । 

पोखरा:  पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहुँच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ ।   महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले एक कार्यक्रमका बिच केन्द्रका अध्यक्ष हेम गुरुङलाई सो गाडी हस्तान्तरण गर्नुभएको हो ।   सो क्रममा प्रमुख आचार्यले विभिन्न कारणले शारीरिक, मानसिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको जिवन सरल बनाउने कार्यमा यसले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानिय सरकार हरेक नागरिकहरुको साथमा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले गाडिको सदुपयोगतामा जोड दिनुभयो ।   स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) का अध्यक्ष हेम गुरुङले अति र पुर्ण अपाङ्गता भएका व्यक्तिहरुका लागि सार्वजनिक यातायात पहुँचयुक्त नभएका बेला पोखरा महानगरपालिकाले उपलब्ध गराएको उक्त गाडिलाई पुर्ण   सहदुपयोग गर्ने बताउनुभयो । उहाँका अनुसार गाडिको पछाडी पट्टी लिफ्ट समेत जडान गरि अति र पुर्ण अपाङ्गता भएका व्यक्तिको पहुँच विस्तार गरिने छ । महानगरपालिकाले १८ सिट क्षमताको एउटा विङ्गर गाडी हस्तान्तरण गरेको हो । 

पोखरा:  शुन्दरनगरी शहर पर्यटकीय शहर पोखरा । जहाँ होटल, रेष्टुरेन्ट तथा रिसोर्ट मनग्य छन् । त्यो पनि ताल आसपास र पोखरा शहर भित्र  । पोखरा उपत्यका बाहिर भने छिटफुट मात्रै भेटिन्छन् ।   प्राय कोलाहलबाट टाढै रहन मन पर्नेहरुको लागि पोखरा नजिकै नयाँ गन्तव्य थपिएको छ । गर्मी छल्न मन पराउनेका लागि, शाहसिक एटिभीमा रम्नेहरुका लागि र स्वादिष्ट परिकारसँग पिरती गाँस्नको रिभर भ्याली रिसोर्ट उपयुक्त हुनसक्छ ।   पोखरा महानगरपालिका २५ सुइखेतस्थित रहेकोे रिभर भ्याली रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि तयार छ । यही महिनादेखि आफ्नो सेवा सुरु गरेको यस रिसोर्टमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । साथै यस रिसोर्टले पर्यटकको मन जित्न सफल भएको छ ।    विशेषगरि बजारको कोलाहलबाट एक रात शान्त वातावरणमा बस्न मन पराउने र आन्तरिक पर्यटकहरुको लागि नयाँ गन्तव्य बनेको छ ।   रिसोर्टमा राखिएको एटिभी बाईक राईड र स्विमिङ पुलसँगै देखिने प्राकृतिक मनोरम दृश्यले त्यहाँ पुग्ने पर्यटकहरुको मनमा हैकम जमाएको छ ।   पोखरादेखि नजिकै सुइखेत खोलाको छेउमा हरियाली वातावरणमा रमाउन चाहनेलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक जितेशमान गुभाजु बताए । उनका अनुसार १५ रोपनी क्षेत्रफलमा ५ करोड लगानीमा सञ्चालनमा आएको सुइखेत रिभर भ्यालीबाट बिहानीको सूर्याेदय र बेलुकाको सूर्यास्तको समेत अवलोकन गर्न सकिन्छ ।      ‘स्विमिङ, एटिभी बाइक र डेलिसियस फुड’   रिसोर्टमा आउने पर्यटकलाई सुइखेतमामात्रै सिमित नबनाउने उदेश्य सहित आफुहरुले एटिभी बाइकको माध्यमबाट पर्यटकहरुलाई हेम्जाकोट हुँदै अस्ताम सम्मको प्याकेज बनाई सञ्चालन गरिरहेको उनले बताए ।   एटिभी बाईककोमाध्यमबाट अस्ताममा पुगेपछि त्यहाँबाट उत्तरमा रहेका हिमश्रृङखलासँगै हेम्जाफाँट, पर्यटकीय गाउँ धम्पुस र पोखराको उत्तरी भेग अवलोकन गर्न सकिने बताए । त्यसैगरि छोटो दुरिमा एटिभी बाइक चलाउनेहरुले सुईखेत रिभर भ्याली  हुँदै फेदीसम्मको यात्राको अनुभव गर्न सक्नेछन । रिसोर्टमा बस्ने पाहुनाले हाइकिङ गरि कास्कीकोट दरबार अस्तामसम्म पुग्न सक्नेछन । त्यसैगरि रिसोर्टमा स्विमिङ पुलको समेत व्यवस्था रहेको छ ।    जसका  लागि पनि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । त्यसैगरि रिसोर्टमा हाल ६ वटा रुम रहेको छ जसमा बस्न चाहनेका लागि समेत विभिन्न प्याकेजहरुको व्यवस्था गरिएको रिसोर्टका अप्रेसन म्यानेजर सागर गुरुङले जानकारी दिए ।    सो रिसोर्टभित्र रहेको विभिन्न कटेजहरुले मधेसमा बसोबास गर्ने थारु बस्तीको झल्को दिने गरेको बताउदै पर्यटकहरुलाई आकर्षित गरेको बताए । उनका अनुसार रिसोर्टमा पार्किङको पर्याप्त व्यवस्था र बाल उद्यान समेत रहेकाले पारिवारिक वातावरणमा घुम्न आउनेहरुका लागि उचित गन्तव्य बनेको छ ।  शान्त वातावरण, प्राकृतिक हरियालीलाई नजिकबाट नियाल्न सक्ने भएकाले रिसोर्टमा पर्यटकहरुको आकर्षण बढेको जानकारी दिदैं बारबिक्यूको समेत व्यवस्था रहेको जानकारी दिए ।   हाल सो रिसोर्टमा हाल २० जनाले प्रत्यक्ष रोजगार पाएका छन् । 

पोखरा:   पोल्याण्डका राजदुत आदम बुवास्कीले आज बिहिबार पोखरा  अन्तरराष्ट्रिय संग्रहालयको अवलोकन गरेका छन् ।    पर्यटकीय नगरी पोखरा आएको सन्दर्भमा राजदुत बुवास्कीले पोखरा १७ घारिपाटनस्थित अन्तरराष्ट्रिय संग्रहालयको अवलोकन गरेका हुन् ।    उनलाई संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले स्वागत गरिन् । बुवास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग बिहिबार बेलुकी औपचारिक भेटवार्ता गर्ने बताइएको छ ।  

पोखरा ः   पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट फुटसलमा सम्पन्न पहिलो संस्करणको ‘बिबिआर फाइभ ए साइड फुटसल प्रतियोगिता’ मा सन्देश मेमोरियल च्याम्पियन बनेको  छ ।    ‘स्वास्थ्य र भाइचाराका लागि खेलकुद’ भन्ने नारासहित विश्वास, भिषण एण्ड राहुल युनाइटेडले आयोजना गरेको फुटसल प्रतियोगितामा सन्देश मेमोरियलले ‘ट्वान्टी फाइभ के’ रत्नचोकलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।   च्याम्पियन बनेको सन्देश मेमोरियलले शिल्ड मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार र उपविजेता बनेको ‘ट्वान्टी फाइभ के’ रत्नचोकले शिल्ड मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार प्राप्त गरे ।   प्रतियोगिताबाट प्रनिल रानाभाट सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताका रुपमा सैनिक एफसीका सुजन भण्डारी र उत्कृष्ट गोलरक्षक  सन्देश मेमोरियलका विजय गुुरुङ घोषित हुदैं क्रमशः २५ सय , २ हजार र २ हजारसहित ट्रफी प्रमाणपत्र हात पारे ।    कुल २६ समुहको सहभागिता रहेको फुटसल प्रतियोगितामा ‘ए’ डिभिजन खेलाडी टिममा समावेश गर्नपाउने व्यवस्था रहेको थियो ।   सोही अनुरुप हिमालयन शेर्पा क्लबका खेलाडी भिषण गुुरुङ र व्रिगेड व्यााइज क्लबका रन्दिप पौडेल र राष्ट्रिय फुटसल टिमका  किशोर गुुरुङ, रोशन छन्त्याल र विजय श्रेष्ठले विभिन्न टिमबाट सहभागिता जनाएका थिए ।    ७ जना राष्ट्रिय खेलाडीलाई सम्मान   फुटसल प्रतियोगिताको अवसरमा ७ जना राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ ।    राष्ट्रिय फुटबल टोलीका  सुमित श्रेष्ठ (हाल साफ च्यापियनसीप खेल्दै भारतमा), फुटसल टिमका गोल रक्षक विश्वास क्षेत्री र फुटबल तर्फका हिमालय शेर्पा क्लबका मान बहादुुर तामाङ, र त्रिदेव गुुरुङ, मनाङ मस्र्याङ्दी क्लबका विमल राना, राष्ट्रिय फुटबल टोलीका गोलरक्षक दिप कार्की र अजित भण्डारीलाई सम्मान गरेको हो ।    यसैबीच कार्यक्रममा आदर्श क्लबका ७ जना जुनियर ७ जना खेलाडीहरुलाई जर्सी र बुट सहयोग गरिएको थियो ।    प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई गण्डकी फुटसलका अध्यक्ष तथा नेपाल खेलकुद महासंघका सचिवालय सदस्य राजन गुुरुङ, भुतपूर्व आदर्श क्लबका क्या. बासुदेव गुुरुङ, चन्द्रधोज गुरुङ परिवार लगायतले पुरस्कार वितरण गरेका थिए ।