पोखरा : पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलले शुक्रबार मनोनयन दर्ता गरेको छ । ३४ औं महाधिवेसनका लागि पोखरेलले सबै पदमा उम्मेद्वार तयार गरेका छन् । उम्मेद्वारी औपचारिक रुपमा दर्ता गरेपछि अभियानमा झनै उत्साह थपिएको प्यानलका उम्मेद्वारहरु बताउँछन् । ‘पहिले सहायक पदका लागि उम्मेद्वारी दिएर चुनावमा होमिएको थिएँ । अहिले नेतृत्वका लागि तयारी गरेको छु,’ अध्यक्षका उम्मेद्वार पोखरेलले भने, ‘टीम लिएर मनोनयन दर्ता गरेपछि उत्साह बढेको छ । चुनाव जित्ने विश्वास थपिएको छ ।’ गण्डकी क्षेत्रकै जेठो सामाजिक संस्थाको नेतृत्वमा दावी गर्दा उर्जा मिलेको उनले सुनाए । ‘मतदाता भेट्छु, उर्जा मिल्छ । २०११ सालदेखि अग्रजहरुले जोगाएको विरासत कायम गर्दै आफ्नो तर्फबाट अझ नयाँ काम गर्ने अठोट लिएको छु,’ उनले अघि भने, ‘पोखरा उद्योग वाणिज्य संघलाई नयाँ उचाईमा पु¥याउने विश्वास लिएको छु । विगतका चुनाव भन्दा मेरा लागि विल्कुल फरक अनुभव भैरहेको छ ।’ उनको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) ले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गराए । महेन्द्रपुल स्थित सचिवालयबाट ब्यानर र र्याली सहित उद्योग वाणिज्य संघ गएको थियो । र्यालीमा पोखराका उद्योगी व्यावसायीको पनि साथ थियो । उम्मेद्वारी दर्तापछि पोखरेल प्यानल पुनः घरदैलोमै मतदाता भेट्न पुगेका छन् । शुक्रबार विहान पृथ्वीचोक क्षेत्रमा घरदैलो गरेको टोलीले साँझ लेकसाइडमा घरदैलो गरेको हो । चुनावको मिति नजिकिएकोले मतदातालाई भेटेरै गुनासो सुन्ने र मत माग्ने काममा ब्यस्त भएको बरिष्ठ उपाध्यक्ष उम्मेद्वार सापकोटाले बताए । ‘अब केही दिन छ । सकेसम्म धेरै मतादाता भेटेर आफ्ना एजेण्डा सुनाउनुपर्ने छ,’ उनले भने, ‘प्रत्यक्ष रुपमै भेटेर मत माग्दा उनीहरुको समस्या पनि सुन्न पाइन्छ । भोली संघमा पुगेपछि उद्योगी व्यवसायीकै समस्या समाधान गर्न लाग्नुपर्छ ।’ उद्योग तर्फका उपाध्यक्ष उम्मेद्वार देवेन्द्र केसीले पोखरेली उद्योगी व्यावसायी कै हक हित र समस्यामा आफ्नो समूह नजिक भएर काम गर्ने बताए । ‘अहिले प्रतिश्पर्धाको मोर्चामा छौं । जितेपछि काम गर्ने उद्योगी व्यवसायीकै लागि हो,’ उनी भन्छन्, ‘सामाजिक संस्थामा समाजसेवाको काम नै गर्न आउने हो । चुनावमा गरिएका प्रतिबद्धता पूरा गर्न लागि पर्छौं ।’ वाणिज्य तर्फकी उपाध्यक्ष कुमारी मुना बास्तोलाले पदाधिकारी तहमा महिला नेतृत्वको खाँचो रहेकोले आफुले उम्मेद्वारी दिएको बताइन् । ‘अधिकांश चुनावमा महिला पदाधिकारी हुँदैनन् । मैले यो हिम्मत गरेको छु,’ उनले भनिन्, ‘म महिला मात्रै भएर होइन, पोखरेली उद्योगी व्यवसायीका साझा उम्मेद्वार भएर प्रतिश्पर्धामा छु ।’ विशेषगरी महिला उद्योगी व्यवसायीहरुको क्षमता अभिवृद्धीको लागि आफुले बढी पैरवी गर्ने उनको भनाई छ । महासचिवका उम्मेद्वार केशवबहादुर खत्रीले पहिलेको मनोनयन दर्ताभन्दा यो पटक बढी उत्साहपूर्ण रहेको प्रतिक्रिया दिए । ‘सबै केही गर्न सक्छु भनेर आएका साथीहरु छौं । युवाहरुको जोश छ, अनुभवीलाई पनि समेटेका छौं,’ उनले भने, ‘समावेशी हिसावले पनि हाम्रो टीम राम्रो देखिएको छ । बजारले उत्साह दिएको छ ।’ आफ्नो प्यानलले संघको गरिमा उचो राख्ने गरी संघमा काम गर्ने बताए । कोषाध्यक्ष तर्फका उम्मेद्वार हरिराज पन्त संघलाई सबैको साझा संस्था बनाउने बताउँछन् । ‘सानो लागानीबाट व्यवसाय सुरु गर्नेदेखि ठुलो लगानी गर्ने सबै व्यवसायीहरुको साझा संस्था बनाउने छौं । सबै पोखरेलीको साझा घरका रुपमा संस्थालाई स्थापित गरिने छ,’ उनले भने, ‘विजयी भएर आएपछि कुनै पनि विभेद हुन दिने छैनौं । सबैलाई समान ठानेर समस्या समाधानमा जोड दिने छौं ।’ उप महासचिव पदका उम्मेद्वार हर्क बहादुर अधिकारी ‘मिरज’ ले संघको सचिवालयलाई सुदृढीकरण गर्दै सदस्यहरुको घरमै सेवा पुर्याउने प्रणालीको विकास गर्ने बताए । उनले डिजिटल सेवालाई प्रोत्साहन गर्ने बताएका छन् ।
पोखरा ः केही दिन यता पोखराम दैनिक जसो वर्षा भइरहेको छ । चिसोपन महशुस भएपनि उद्योगी व्यवसायीहरुलाई भने पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनले तताइरहेको छ । भदौ २४ र २५ गते सम्पन्न हुने ३४ औँ महाधिवेशनमा नयाँ नेतृत्व लिन पोखराका व्यवसायी पवन प्रजापति र अर्जुन पोखरेलले आ–आफ्नो प्यानल बनाएर चुनावमा होमिएका छन् । पोखरामा १३ वर्षबाट व्यवसाय सुरु गरेका पवन प्रजापतिले पोखरा उद्योग वाणिज्यको नयाँ नेतृत्व लिन व्यवसायीहरु समक्ष घरदैलोमा व्यस्त भएका छन् । पोखरामा तरकारी व्यवसायबाट अगाडी बढेका प्रजापति अहिले ५८ वर्षका भए । उनले पोखरामा १३ वर्षदेखि व्यापार व्यवसाय गर्दै आएकाले संघमा आफु काम गर्न योग्य भएको बताए । प्रजापतिकाे चिनारी पोखरा महेन्द्रपुलस्थित अहिलेको‘ गोरखापत्र बाजे’को पसल भएकै ठाउँमा करिब ४५ वर्ष अगाडि १३ वर्षे ठिटो पवन प्रजापति तरकारी पसलमा व्यापार गर्थे । महेन्द्रपुलमा तरकारी व्यापारसँगै अध्ययनलाई अगाडी बढाएका प्रजापतिले काठमाडौँबाट साझा बसमा तरकारी ल्याएर व्यापार गरेका उनी अहिले भदौ २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि अगाडी सरेका छन् । १३ वर्षदेखि व्यापार व्यवसायको अनुभवसँगै पोखरामा विभिन्न व्यवसाय सुरु गरेका प्रजापति पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रत्यासी हुन् । क्षेत्रीय कृषि कार्यालयमा १२ वर्ष जागिर गरेका प्रजापतिले २०४० सालमा जागिरसँगै व्यवसायसमेत सञ्चालन गरेका थिए । त्यस समय बुवा पञ्चकुमार प्रजापतिले पोखरामा भाँडाको व्यापार गदर्थे । व्यवसायिक माहौलमा हुर्केका प्रजापतिले तरकारी पसल चलाईरहेका प्रजापतिले त्यसपछि रेस्टुरेन्ट व्यापारमा आफ्नो पाइला चालेका थिए । व्यवसायमा अगाडी बढेका उनी जागिर गरिरहँदा त्यो समयमा भारतसम्म पुगेर बालबालिकाले खेलाउने खेलौना पोखरा ल्याएर बिक्री गर्थे । २०४३ सालमा उनले ६० हजार रुपैयाँ भारतीय रकमको खेलौना पोखरा ल्याएर बेचेका थिए । २०४५ सालमा भारतले नाकाबन्दी गर्यो । व्यवसायहरु चौपट भइरहेका थिए । प्रजापतिले भने चुनौतीमै सम्भावना देखे र सिसा, प्लाइ, हार्डवेयर सामग्री र भाँडाकुँडाको व्यापार शुरु गरे । फोटो फ्रेम बनाउने उद्योगसँगै उनले गिफ्ट आइटमको व्यापारलाई पनि त्यसैसँग जोडेका थिए । उनले व्यवसायसँगै काठमाडौँ– पोखरा, बेशिशहर–काठमाण्डौ, गोरखा–काठमाण्डौ पोखरा नगर बस, ट्याक्सी यातायात व्यवसायसमेत सञ्चालन गरे । एकपछि अर्काे व्यवसायमा सफल भएका प्रजापतिले पछिल्लो समय न्यू दिप निशान किचन एण्ड गिफ्ट कर्नर सञ्चालनमा ल्याएका छन् । पोखरामा अटोमोबाइल्स, फार्म ट्रयाक कम्पनीको फोर ह्वील ट्रयाक्टर व्यवसाय गरेको अनुभव छ प्रजापतिसँग । पोखरामा नेपाली चलचित्रको निर्माणमा समेत जोडिएका प्रजापतिले तृष्णा, सडक लगायतका फिल्म निर्माणसँगै वितरण गरिरहेका छन् । उनले करिब ५ वर्षसम्म पुर्णिमा हलको संचालन समेत गरे । व्यवसायको दौरान थप अनुभव र तौरतरिका बुुझ्न उनले ३५ बढी राष्ट्रको भ्रमण गरेका छन् । दर्जनाै सामाजिक संघ-संस्थासँगकाे निकटता प्रजापति पोखरा बडि बिल्डिङ संघको अध्यक्ष, कास्की जिल्ला कबड्डी संघको वरिष्ठ उपाध्यक्ष, कास्की जिल्ला बडि विल्डिङ संघको सल्लाहकार, सेन्ट्रल लायन्सको संस्थापक कोषाध्यक्ष, नेपाल ओलम्पिक कमिटि (कबड्डी)को सल्लाहकार भएर सामाजिक तथा खेलकुदको क्षेत्रमा आफ्नो भुमिका सफलतापुर्वक सम्पन्न गरेका छन् । प्रजापति व्यवसायमा मात्र नभएर पोखरामा संचार, स्वास्थ्य र वित्तिय क्षेत्रमा पनि सफल व्यत्तित्वमा पर्दछन् । प्रजापति सराङकोट एफएमको म्यानेजिङ डाइरेक्टरको रुपमा २ वर्ष काम गर्दा सोही समयमा सराङकोट सहकारीको स्थापना समेत गरेका थिए । त्यो सँगै गरिमा विकास बैंक र प्राइम सहकारीको स्थापनामा पनि प्रजापतिको योगदान विशेष छ । त्यस्तै पछिल्लो समय उनी लायन्स क्लब अफ अन्नपूर्ण रेञ्जको अध्यक्षको रुपमा पनि युवाहरुलाई संगठित गरेर सामाजिक कार्यहरु गर्दै आईरहेका छन् । गण्डकी मेडिकल कलेजको स्थापनाका लागि पनि प्रजापतिको भुमिका सशक्त रहेको थियो । हाल उनी सिटी वान टेलिभिनजका अध्यक्ष समेत हुन् । पोखरा उद्योग वाणिज्य संघको यात्रा पोखरा उद्योग वाणिज्य संघमा २०६१ सालमा साधारण सदस्य लिएका प्रजापति २०६९ सालमा कार्यसमिति सदस्य, २०७१मा पुनः कार्यसमिति सदस्यमा रहेर काम गरेका उनी २०७३ सालमा कोषाध्यक्षमा निर्वाचित भए । २०७५को महाधिवेशनमा वाणिज्यतर्फको उपाध्यक्ष भएका प्रजापति २०७७ मा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी भदौ २४ र २५ गते पोखरामा सम्पन्न हुने ३४ औँ महाधिवेशनमा उनी अध्यक्ष पदमा प्यानल सहित अगाडी बढेका छन् । यस्ताे छ प्रजापति प्यानलको १४ बुँदे घोषणापत्र पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी प्रजापतिको प्यालनले १४ बुदे घोषणापत्रसहित व्यवसायीमाझ गएको छ । घोषणापत्रमा व्यावसायीक वातावरण निर्माण र उद्योगी–व्यवसायीको सम्मान अभिबृद्धि गर्नु पहिलो प्राथकिमतामा उल्लेख गरिएको छ । व्यावसायीक डाटा बैंक तथा प्रवद्र्धन केन्द्र स्थापना गर्ने, रुग्ण उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलव्ध गराईने र नवप्रवद्र्धन तथा महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवद्र्धनमा सघाउने प्यानलको प्रतिबद्धतामा उल्लेख गरिएको छ । सचिवालयको पुनःनिर्माण, अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य, राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब रमालाईकोरुपमा भन्दा पृथक किसिमले आयोजना गर्न सरसल्लाह र सुझावको आधारमा अघि बढ्ने समुहको दाबी छ । संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान पुु¥याउने एजेण्डासहित व्यवसायीहरुलाई भोट अपिल गरेका छन् । प्रजापतिकाे समुह वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्षमा हिरामणि पण्डित र वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा सोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला रहेका छन् । सदस्यहरुमा प्रभा सुवेदी , बालकृष्ण कोइराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग रहेका छन् ।
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरको कार्यभार सम्हालेको आज एकसय दिन पुरा भएको छ । सोही सन्दर्भमा मेयर आचार्यले सयदिनमा गरिएका सय कामको फेहरिस्त सार्वजनिक गरेका छन् । मेयरमा निर्वाचित भएको दिन आचार्यले घोषणा गरेअनुसार पोखरालाई फुलैफुलको शहर बनाउन डिभाइडरमा फुल रोप्नेदेखि पोखरा आसपासका अग्ला डाँडाहरुमा लालिगुराँस र समथर भागमा लालुपाते रोपणको सुरुवात भएको बताए । मेयर आचार्यको अनुसार पोखरा महानगरका भित्रका स्थानीयहरुको क्षमता अभिवृद्धि गर्न तालिम देखि महागनरमा विभिन्न शीर्षकहरुमा अनुदान समेत वितरण गरिएको छ । महानगरले स्थानीयले गाउँमा नै स्वरोजगार बनाउन घाँस उत्पादनदेखि व्यावसायिक बाख्रापालन र कृषिमा अनुदान वितरण गरेको छ । आफु मेयरमा निर्वाचित भएपछि पहिलो पटक पोखराम ‘महानगर मेट्रो सम्मेलन’ समेत सम्पन्न गरेको उनले जनाए । महानगरले वडा १८, ३३, ७, ६ र २५ मा अतिक्रमण गरेको सार्वजनिक जग्गा तथा घर टहरा हटाएर खाली गरी संरक्षण गरिएको र पोखराको न्युरोडस्थित विवादमा रहेका जग्गा अदालती फैसलाबाट स्वामित्वमा ल्याएको उल्लेख गरे । ‘पोखरामा सार्वजनिक जग्गा तथा घर टहरा खाली गरी संरक्षण र विवाद रहेको जग्गा महानगरको पक्षमा अदालतले फैसला गरेकाले त्यसको संरक्षणमा महानगरको लागेको छ’ मेयर आचार्यले भने । ल्याण्डफिल समाधानमा धरानदेखि दिल्लीसम्म पोखरा महानगरले ल्याण्डफिल्ड साइटको समाधान खोज्न धरानदेखि भारतको दिल्लीसम्म भ्रमण गरेको छ । मेयर आचार्यले सार्वजनिक गरेको एकसय दिनको काममा अत्यन्तै चुनौतीको रुपमा रहेको पोखराको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न अवलोकन भ्रमणमा निस्किएको बताए । धरानमा संचालनमा रहेको ग्याँस र मल उत्पादन गरिएको वेष्ट टुु इनर्जिको भ्रमण गरि पोखराको फोहोर व्यवस्थापन गर्न आफुुहरुको ध्यान केन्द्रित भएको बताए । धरानमा फोहोरलाई मोहरमा परिवर्तन गरेकाले फोहोरलाई बोझकारुपमा नलिइएको र पोखराको फोहोरलाई ग्याँस मल उत्पादनमा ध्यान केन्द्रित गरेको मेयर आचार्यको भनाई छ । उनले फोहोर व्यवस्थापन गर्न भारतको राजधानी दिल्लीमा ल्याण्डफिल्ड साइटको समेत आवश्यक नपर्ने गरी फोहोर मैला सम्बन्धी परियोजनाहरुको अध्ययन तथा अवलोकन गरेको जानकारी दिए । मेयर आचार्यका अनुसार दिल्लीमा फोहोरबाट बिजुली निकालिएको भन्दै आफुहरुले धरान वा दिल्लीको कहाँको व्यवस्थापन प्रयोग गर्ने भन्ने अध्ययन गरिरहेको उल्लेख गरे । महानगरको मातृशिशुु होस्टल संचालन पोखरा महागनरले मातृशिशु होस्टल संचालनमा ल्याएको छ । महानगरले मातृ मृत्यु तथा नवजात शिशु मृत्युबाट बचाउन गर्भवती तथा सुुत्केरी महिलाहरुका लागि ५० बेडको विश्रामस्थल (होस्टल) संचालनको प्रक्रियाको शुुभारम्भ गरिएको मेयर धनराज आचार्यले बताए । उनले भने ‘बच्चा जन्मेको २८ दिन भित्र नवजात शिशुको मृत्यु हुने सम्भावना भएकाले महानगरले ५० बेडको विश्रामस्थल (होस्टल) संचालन गरिएको हो ।’ सयदिनको विस्तृत पूर्णपाठः
पोखरा : पोखरा २ का सुरजप्रकाश प्रधानाङ्ग पोखरा उद्योग वाणिज्य संघको आगामी चुनावका लागि अर्जुन पोखरेल प्यानललाई मत माग्न व्यस्त छन् । व्यवसायीलाई भेट्ने र उम्मेद्वारले झैं उनले प्यानलको पक्षमा मत माग्दा स्थानीयहरु उनैलाई उम्मेद्वार ठान्छन् । उनी उम्मेद्वार होइनन्, तर प्यानललाई जिताउन कम्मर कसेर लागेका छन् । संघमा सक्षम र युवा नेतृत्व आउनुपर्ने भन्दै उनले त्यस्ता उम्मेद्वार अर्जुन प्यानलमा भएकोले समर्थन गरेको बताए । ‘संघलाई हाँक्न अव युवा चाहिन्छ । युवाले मात्रै संघको पूरानो विरासत जोगाउछन्,’ उनी भन्छन्, ‘यो चुनावमा व्यवसायीले रोज्नुपर्ने टीम अर्जुन प्यानल हो ।’ बागलुङ बसपार्कमा जयालक्ष्मी सेनिटरी सञ्चालन गर्दै आएका उनले सँधै विहान अर्जुन प्यानलको पक्षमा मत माग्छन् । अध्यक्षका उम्मेद्वार अर्जुन पोखरेल धेरै वर्ष उद्योग वाणिज्य संघमा रहेर आफ्नो जिम्मामा परेको काम विना विवाद सफल बनाएकोले उनैलाई नेतृत्वमा पु¥याउनुपर्ने प्रधानाङ्गको भनाई छ । चुनावी घरदैलोका लागि साँघुमुख पुगेको अर्जुन पोखरेलको टिमलाई शुभचिन्तक र मतदाताहरुले बाटोमै भेटेर जितको शुभकामना दिएका थिए । चिप्लेढुंगाका व्यवसायी नारायण पराजुली संघलाई हाँक्न सक्ने भरोसायोग्य उम्मेद्वार अर्जुन प्यानलमा भएको भन्दै मतदानका लागि मतदातासँग आग्रह गर्छन् । ‘संघको भविष्य अर्जुन प्यानलको काँधमा राम्रो देखेको छु । उनीहरुले चुनाव जित्दा आम व्यवसायीले सम्मानित महसुश गर्छन्,’ उनले भने । आगामी २ वर्षको कार्यकालका लागि भदौ २५ गते मतदान हुँदैछ । त्यसका लागि अर्जुन पोखरेलले आफ्नो छुट्टै प्यानल बनाएर घरदैलामा व्यस्त छन् । उनीहरु मतदाताका समस्या सुन्ने र आफ्ना योजना सुनाउँदै मत मागिरहेका छन् । शुक्रबार विन्ध्यवासिनी, अर्चलबोट, बागलुङ बसपार्क, पस्र्याङ, मालेपाटन, जिरोकिलोमिटर, सिर्जनाचोक लगायत ठाउँमा घरदैलो भएको थियो । अध्यक्ष पोखरेलले व्यवसायीका यावत समस्या समाधानका लागि आफ्नो टीमले काम गर्ने प्रतिबद्धता जनाए । ‘बैंकको समस्या छ । कतिपय ठाउँमा व्यवसायीहरुले सजिलोसँग व्यवसाय गर्न पाएका छैनन्,’ उनले भने, ‘कोरोनाले धेरै व्यवसायीलाई विस्थापित बनायो । दुख परेको बेला संघलाई अभिभावक बनाउने र साथ दिने गरी मेरो टीमले काम गर्छ ।’ पोखरेल प्यानल ८ बुँदे घोषणापत्र सहित चुनावी मैदानमा छ । पोखरा उद्योग वाणिज्य संघलाई आम पोखरेलीको साझा घरको रुपमा विकास गर्ने उनको संकल्प छ । ‘पोखरालाई आधुनिक र व्यवस्थित शहर बनाउने नेतृत्व उद्योग वाणिज्य संघले नै लिएको थियो । अहिले संघ समुदायबाट टाढा भैरहेको छ,’ पोखरेल भन्छन्, ‘हिजो अग्रजहरुले गरेको योगदानलाई संरक्षण गर्दै आगामी कार्यकालमा संघप्रति अझै आकर्षण बढाउने गरी काम गर्छौं । संघलाई सबै पोखरेलीको ‘साझा घर’ को रुपमा विकास गर्ने प्रण गर्दछौं ।’ पोखरेल प्यानलले उद्योग वाणिज्य संघको भवनलाई पुनः निर्माण गरी बहुतले व्यवसायिक भवनका रुपमा विकास गर्ने बताए । संघको आम्दानी बढाउने र उद्योगी व्यवसायीहरुको उत्पादन विक्री कक्ष निर्माण गर्ने टीमको प्रतिबद्धता छ । अहिले भैरहेको भवनलाई बहुतले बनाएर २ वटा पार्किङ, ३ वटा ब्यापारिक कम्प्लेक्स र संघको व्यवस्थित कार्यालय बनाइने प्यानलले जनाएको छ । अर्जुन प्यानलको बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी घोषणा गरेर चुनावी अभियानमा लागेका छन् । पोखरा उद्योग वाणिज्य संघ पोखरा क्षेत्रकै सबैभन्दा पूरानो सामाजिक संस्था हो । भदौ २४ र २५ गते आगामी नेतृत्वका लागि महाधिवेसन हुँदै छ । त्यसका लागि शुक्रबार उम्मेद्वारले मनोनयन पत्र बुझिसकेका छन् । शनिबार मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
पोखरा : भदौँ २४ र २५ गते हुुने पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनलाई लक्षित गरेर पवन प्रजापति प्यानलले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । केही दिनयता निरन्तर परिरहेको झरीको समेत प्रवाह नगरि पवन प्रजापतिको नेतृत्वले व्यवसायीहरुको घरदैलोमा पुगेर आफ्नो पक्षमा मत मागिरहेका छन् । संघको जीवन्तताः व्यवसाय विकासका लागि अभियन्ता को नारा लिएर उद्योगी व्यवसायीको घरदैलोमा पुगिरहेको यो समूहले काम गरेर देखाउने प्रतिबद्धता समेत जनाएको छ । संघप्रति उद्योगी व्यवसायीहरुको अपनत्व जगाउने गरि आफूहरुले काम गर्ने अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले बताए । उद्योगी व्यवसायीहरुको पक्षमा काम गर्ने र पोखरा उद्योग वाणिज्य संघलाई जीवन्त राख्न आवश्यक आर्थिक स्रोत बढाउने काम गर्नु मेरो नेतृत्वको कार्यसमितिको प्राथमिकतामा पर्छन् । प्रजापतिले भने संघ र संघमा आबद्ध उद्योगी व्यसवायीहरुलाई आफ्नो पक्षमा काम गर्ने नेतृत्वलाई निर्वाचित गराउन पनि म आग्रह गर्दछु । साथै प्रजापतिले विशुद्ध उद्योगी व्यवसायीहरुको यो महाधिवेशनलाई राजनीतिक रंग दिन नहुने पनि बताए । घरदैलोको क्रममा रहेको पवन प्रजापति र उनको समूहका अन्य पदाधिकारी सदस्यहरुसहितको टोली आज पोखराको न्यूरोड क्षेत्रका उद्योगी व्यवसायीहरुमाझ पुग्दैछ । भदौ २४ र २५ गते हुने आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनका लागि पवन प्रजापति प्यानलतर्फ वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।
पोखरा: पर्यटकीय नगरी पोखरालाई यतिबेला चुनावी माहौलले छोएको छ । चाहे प्रदेश सभाको होस् चाहे प्रतिनिधिसभा निर्वाचनको । यसको भन्दा कम चर्चा र रौनक छैन, पोखरा उद्योग वाणिज्य संघ चुनावको । वर्षायामको समय भएपनि अहिले पोखराको विभिन्न चोक तथा गल्लीमा चुनावी सरगर्मी तातेको छ । उम्मेदवारी घोषणाभएपछि पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दुई व्यवसायीको रस्सकाकस्सी चलिरहेको छ । मत आफ्नो पक्षमा तान्ने होडबाजी चलेको छ । यसैबीच ४४ वर्षिय पौरखी युवा व्यवसायी अर्जुन पोखरेलको चर्चा चुलिएको छ । तर पोखरा उद्योग वाणिज्य संघको नेतृत्व कसको पोल्टामा पार्छ भन्ने कुरा बुझ्न पोउवाको ३४ औं महाधिवेशन अर्थात आगामी भदौ २४ र २५ गतेको चुनाव कुर्नैपर्ने हुन्छ । त्यसको लागि अहिले अध्यक्ष पदका उम्मेदुवार द्वय अर्जुन पोखरेल र पवन प्रजापती आ–आफ्नै तरिकाले चुनाव प्रचार प्रसारमा छन् । यी दुईको नेतृत्वमा व्यवसायीहरु कित्ताकात हुदै प्यानल नै बनाएर उम्मेदवारी घोषणासँगै घरदैलोमा कस्सिएका छन् । यसले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको माहौललाई नै छाँयामा पारेको छ । र समग्रमा चुनावी रोचकता बढेको छ । पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा प्रजापतिले भन्दा पहिले उम्मेदवारी अर्जुन पोखरेलले घोषणा गरेका हुुन् । उनले सर्वसम्मत हुने सम्भावना नभएपछि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताइएको छ । को हुन् ? ‘पौरखी पोखरेल’ पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उनी पोखराका एक पौरखी र सफल व्यवसायी हुन् । अर्जुन पोखरेलको जन्म २०३५ सालमा पोखराको मट्टीखानामा भएको हो । २०६३ सालबाट व्यवसायमा प्रवेश गरेका पोखरेलले व्यवस्थापन (म्यानेजमेन्ट) संकायमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुुने ३४ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेलले रिर्साेटदेखि बैँकसम्म लगानी गरेका छन् । पोखरेल मट्टिखाना माउण्टेन भ्यू रिर्साेर्ट, ओमना टुर्स एण्ड ट्राभल, शंकर पेपर वर्कसप प्रालि, संस्कार ट्रेडर्स र एएनएस रियल स्टेट प्रालिका संचालक समेत हुन् । यतिमात्र नभएर उनी सिद्धार्थ बैँकका संस्थापक संचालक समेत हुन् । उनले भारत, बंगलादेश, चिन , दुवई, थाईल्याण्ड,अस्ट्रेलिया, जर्मन, ईटली, बेल्जीयम, नेदरल्यान्ड, स्विजरलेन्ड, बेलायत , अमेरीका लगातयका देशहरुमासमेत भ्रमण गरेका छन् । पोखरेलको सामाजिक संलग्नता पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार पोखरेल गण्डकी जग्गा तथा आवास संघका अध्यक्ष हुन् । साथै उनी विरौटा क्लब र डेभिजफल क्लबका सल्लाहकार समेत हुुन् । उनी अहिले युवा उद्यमी मञ्ज पोखरा, होटल संघ पोखरा, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसियसन, नाटा गण्डकी प्रदेश र गण्डकी प्रदेश उद्योग संघको सदस्य समेत रहेका छन् । पोखरा उद्योग वाणिज्य संघको यात्रा पोखरा उद्याग वाणिज्य संघको २०७१–२०७३ सम्म सदस्यमा रहेर काम गरेका पोखरेल २०७३–२०७५ सम्म उपमहासचिवमा निर्वाचित भए । उनी २०७५–२०७७ मा भने उनी महासचिवमा निर्वाचित भएका थिएँ । पोखरेलको प्यानलमा को-को अटाए ? पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिराज), कोषाध्यक्षमा हरिराज पन्तले पोखरेल प्यानलबाट घोषणा गरेका छन् । यसैगरि सदस्यहरुमा भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलीप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोइराला र हिमनिधी लौडारी रहेका छन् । ८ बुदें घोषणापत्रसहित चुनावी मैदानमा ‘पोखरेल’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले ८ बुदें घोषणा पत्र तयार गर्दै व्यवसायीहरु माँझ मत माग्दै घरदैलो अभियानमा लागेका छन् । पोखरेलले पोखरा उद्योग वाणिज्य संघलाई सबै पोखरेलीको ‘साझा घर’ बनाउने घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको भवनलाई पुनः निर्माण गरी बहुतले भवन बनाएर व्यापारिक प्रयोजनमा उपयोग गर्नुपर्ने र जहाँ २ वटा पार्किङ, ३ वटा व्यापारिक कम्प्लेक्स र संघको कार्यालय बनाउने घोषणापत्रमा उल्लेख गरेका छन् । उनले पोखरा नेपालको पर्यटकीय राजधानी भएकाले पोखराको अर्थतन्त्र पर्यटनका लागि अपरिहार्य भन्दै पोखरा उद्योग वाणिज्य संघले पर्यटन व्यवसायलाई प्रबद्र्धन गर्न र नयारा पर्यटनलाइ आकर्षित गर्न क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थालको सन्चालनलाई माध्यम बनाएर पोखरालई अन्तराष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताएका छन् । आफु निर्वाचित भए उनले पोखरा उद्योग वाणिज्य संघले अन्य देशका चेम्बर अफ कमर्शसँग त्रिपक्षीय सम्बन्धको स्थापना गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।
पोखरा : पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयलाई सर्वसाधारणले निःशुल्क प्रयोग गर्ने गरी सञ्चालनमा ल्याएको छ । देशकै मुख्य पर्यटकीय सहर पोखराको बजार क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले आजदेखि निजी साझेदारीमा ३२ वटा शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको हो । महानगरले सार्वजनिक सूचना जारी गरी शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आह्वान गरेअनुसार सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यक्ति तथा व्यावसायिक संस्थासँग सम्झौता गरिएको हो । विभिन्न व्यक्ति, कम्पनी, वित्तीय संस्थाबाट सो सङ्ख्यामा अनुमति प्राप्तपछि सञ्चालनमा ल्याइएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस् भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राखिएको छ । महानगर कार्यपालिका बैठकले महानगरका ३३ वटै वडामा सुविधासम्पन्न सार्वजनिक शौचालय बनाउने निर्णय गरिसकेकाले आगामी एक वर्षभित्रमा निर्माण गरिने र सो समयसम्मका लागि निजी शौचालय प्रयोग गर्ने गरी सम्झौता भएको आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहरभित्र सार्वजनिक शौचालय नहुँदा कति सास्ती बेहोर्नुपर्दछ भनेर सबैले अनुभूति गरेकै विषय हो । सार्वजनिक नीति साझेदारीअनुसार मिलेर काम गर्दा नतिजा दिन सकिन्छ भन्ने भएको छ । शौचालय बाहिर देखिने गरी लोगो राखिएकाले कसले साझेदारी गरेको भन्ने स्पष्ट हुन्छ ।” महानगरले सार्वजनिकरूपमा निःशुल्क उपयोग गर्न दिएबापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गरिने जनाएको छ । शौचालय प्रयोग गर्न दिन मञ्जुर व्यक्ति वा संस्थासँग आगामी एक वर्षका लागि सम्झौता गरिएको शौचालयमा आवश्यक पर्ने सफाइ एवं स्यानिटरी सामग्री महानगरले आवश्यकताअनुसार उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताउनुभयो । उहाँका अनुसार प्रयोगमा ल्याइएका स्थानमा विशेष पहिचानयुक्त लोगोे वा सङ्केत राखिएकाले सर्वसाधारणलाई अलमल हुने छैन । महानगरले सम्झौता गरेकामा व्यक्तिगत घर, बैंक तथा वित्तीय संस्था, व्यापारिक कम्प्लेक्स, पेट्रोल पम्प, होटल तथा रेष्टुराँ आदि रहेका छन् । –––
पोखरा : पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका पवन प्रजापतिले उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष अनुभव हुनेगरि आफूले नेतृत्व लिने प्रतिबद्धता जनाएका छन् । लामो ईतिहास र गरिमा बोकेको उद्योग वाणिज्य संघमार्फत व्यवसायीहरुको पीरमर्काको साझेदारी गर्न आफूले उम्मेदवारी दिएको उनले तर्क गरे । भदौ २४ र २५ गते हुन लागेको संघको महाधिवेशनको सन्दर्भमा आफ्नो प्यानलसहित घरदैलो गरिरहेका प्रजापतिले संघप्रति व्यवसायीको अपनत्व बढाउने काम आफ्नो नेतृत्वको समूहले गर्ने बताए । लामो समयको लकडाउनका कारण व्यवसायीहरु मर्कामा रहेको यथार्थ आफूले बुझेको र व्यवसायीहरुलाई साँच्चै विभिन्न खाले समस्याबाट बाहिर ल्याउन संस्थागत रुपमा गर्नुपर्ने कार्ययोजना आफूसंग रहेको उनले बताए । ुयो समयमा बैंकको ब्याज, घरभाडामा आएको वृद्धि, महंगी र राज्यस्तरबाट विभिन्न वहानामा हुने प्रहारले व्यवसायीहरु खुब समस्यामा छन् । उनले भने,यी सबै समस्याहरुको एकमुस्ट समाधान गर्नका लागि पोखरा उद्योग वाणिज्य संघको नृेतृत्वमा आएपछि मैले संस्थागत रुपमा काम गर्नेछु । अध्यक्षका प्रत्यासी प्रजापतिले आफू नेतृत्वमा आएसंगै पोखरा उद्योग वाणिज्य संघको आर्थिक स्रोत बढाउन पनि भुमिका खेल्ने बताएका छन् । उनले आर्थिक स्रोत बढाउनका लागि उद्योग वाणिज्य संघको सचिवालयलाई आधुनिक मलको रुपमा विकसित गर्ने, सदस्यता संख्या वृद्धि गर्ने र विभिन्न भगिनी सम्बन्ध भएका संस्थाहरुमार्फत साझेदारीमा सामाजिक क्रियाकलाप गर्ने आफ्ना योजना सुनाए । चिप्लेढुंगास्थित पोखरा ट्रेड मल र न्यूरोड आसपासका व्यवसायीहरुमाझ घरदैलोको क्रममा उनले आफ्ना कार्ययोजनाहरु सुनाएका हुन् । लामो समयदेखि विभिन्न तहमा रहेर पोखरा उद्योग वाणिज्य संघमा रहेर काम गरिरहँदा आफू व्यवसायीहरुको पीरमर्कासँग नजिकबाट साक्षात्कार गर्न पाएकोले पनि नेतृत्वमा रहेर उनीहरुको समस्यामा समाधान गर्नतर्फ आफ्नो ध्यान बढि जाने प्रजापतिले बताए । उनले नेतृत्वका लागि आफ्नो प्रतिस्पर्धा कसैसँग नभई आफैँसँग भएको बताए । नेतृत्वमा रहेर व्यवसायीको पक्षमा काम गर्नुसँगै लामो समयको ईतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघको गरिमा र प्रभावलाई अझै बढाउनेतर्फ मैले ध्यान केन्द्रित गर्नेछु । उनले भने (ुत्यसैले सम्पूर्ण व्यवसायीहरुलाई म सहित मेरो प्यानलमा रहेका साथीहरुलाई निर्वाचित गराउनका लागि अपील पनि गर्दछु । अध्यक्ष प्रत्यासी प्रजापतिको समूहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।
पोखरा ः पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा अर्जुन पोखरेल प्यानलको जित सुनिश्चित रहेको एक व्यावसायीले बताएका छन् । चुनावी घरदैलोका लागि साँघुमुख पुगेको अर्जुन पोखरेलको टिमलाई स्वागत गर्दै व्यावसायी रामचन्द्र तिमिल्सिना युवा र सक्षम टिमको जीत पक्का रहेको सुनाए । टोपी बाजीको कपडाका सञ्चालक तिमिल्सिनाले युवा नेतृत्व आजको आवश्यकता रहेको बताए । नयाँ जोस र जाँगरका साथ चुनावमा होमिएको टिमलाई व्यावसायीहरुले जिताउनेमा उनी विश्वस्त छन् । ‘एउटा युवामा हुनुपर्ने जोस जाँगर उहाँले देखाउनुभएको छ त्यसैले उहाँलाई पोखराका व्यासायीहरुले विजयी गरानुहुन्छ,’ उनले भने, ‘प्रक्रियाले मात्र २५ गतेसम्म कुर्ने हो तर उहाँलाई हामीले बिजयी भएको ठानीसकेका छौ ।’ उनले आफ्नै पसलबाट टोपी झिकेर पदाधिकारीहरुलाई लगाइदिएर शुभकामना पनि दिन भ्याए । साँघुमुखभन्दा पहिलो टोली विशालबजार पुगेको थियो । विशाल बजारमा झनै अर्जुन प्यानलको माहोल उत्कृष्ट थियो । आफूहरुको समस्या अर्जुन पोखरेल प्यानललाई जिताएमा समाधान गर्न सक्ने भन्दै उनीहरुले अभियान मै साथ दिएका थिए । सिंगापुर इन्टरप्राइजेजका सञ्चालक थम्मनसिंह गुरुङले अर्जुन प्यानलले बनाएको घोषणा पत्रमा भएका प्रतिवद्धताहरु निकै महत्वपूर्ण र समय सान्दर्भिक भएकाले साथ दिने बताए । ट्वीन्स कलेक्सनका सञ्चालक मनोहरी पौडेलले सक्षम र जुझारु नेतृत्वलाई सबैले साथ दिनुपर्ने बताए । काम गर्न सक्ने खुबी भएका व्याक्तिहरुको टिमको विकल्प नभएको उनको भनाई थियो । आफू मात्र नभएर विशाल बजारभित्रका अधिकांस व्यावसायी अर्जुन पोखरेल प्यानलको पक्षमा रहेको उनले सुनाए । घरदैलो अभियानमा हिँडेको टिम विशालबजार, पालिखेचोक, साँघुमुख, महेन्द्रपुल, नयाँबजार लगायत स्थानमा पुगेर व्यावसायीहरुको समस्या सुन्दै मत मागेका थिए । उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।

