पौरखी पोखरेल

कास्की | भदौ १७, २०७९

पौरखी पोखरेल

पोखरा:   पर्यटकीय नगरी पोखरालाई यतिबेला चुनावी माहौलले छोएको छ ।

 

चाहे प्रदेश सभाको होस् चाहे प्रतिनिधिसभा निर्वाचनको । यसको भन्दा कम चर्चा र रौनक छैन, पोखरा उद्योग वाणिज्य संघ चुनावको ।

 

वर्षायामको समय भएपनि अहिले पोखराको विभिन्न चोक तथा गल्लीमा चुनावी सरगर्मी तातेको छ । उम्मेदवारी घोषणाभएपछि पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दुई व्यवसायीको रस्सकाकस्सी चलिरहेको छ । मत आफ्नो पक्षमा तान्ने होडबाजी चलेको छ ।

 

यसैबीच ४४ वर्षिय पौरखी युवा व्यवसायी अर्जुन पोखरेलको चर्चा चुलिएको छ ।

 

तर पोखरा उद्योग वाणिज्य संघको नेतृत्व कसको पोल्टामा पार्छ भन्ने कुरा बुझ्न पोउवाको ३४ औं महाधिवेशन अर्थात आगामी भदौ २४ र २५ गतेको चुनाव कुर्नैपर्ने हुन्छ । त्यसको लागि अहिले  अध्यक्ष पदका उम्मेदुवार द्वय अर्जुन पोखरेल र पवन प्रजापती आ–आफ्नै तरिकाले चुनाव प्रचार प्रसारमा छन् ।

 

यी दुईको नेतृत्वमा व्यवसायीहरु कित्ताकात हुदै प्यानल नै बनाएर उम्मेदवारी घोषणासँगै घरदैलोमा कस्सिएका छन् ।  

 

यसले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको माहौललाई नै छाँयामा पारेको छ । र समग्रमा चुनावी रोचकता बढेको छ ।

 

पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा प्रजापतिले भन्दा पहिले उम्मेदवारी अर्जुन पोखरेलले घोषणा गरेका हुुन् । उनले सर्वसम्मत हुने सम्भावना नभएपछि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताइएको छ ।

 

को हुन् ? ‘पौरखी पोखरेल’

 

पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उनी पोखराका एक पौरखी र सफल व्यवसायी हुन् ।

 

अर्जुन पोखरेलको जन्म २०३५ सालमा पोखराको मट्टीखानामा भएको हो । 

 

२०६३ सालबाट व्यवसायमा प्रवेश गरेका पोखरेलले व्यवस्थापन (म्यानेजमेन्ट) संकायमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुुने ३४ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेलले रिर्साेटदेखि बैँकसम्म लगानी गरेका छन् । 

 

पोखरेल मट्टिखाना माउण्टेन भ्यू रिर्साेर्ट, ओमना टुर्स एण्ड ट्राभल, शंकर पेपर वर्कसप प्रालि, संस्कार ट्रेडर्स र एएनएस रियल स्टेट प्रालिका संचालक समेत हुन् । यतिमात्र नभएर उनी सिद्धार्थ बैँकका संस्थापक संचालक समेत हुन् । 

 

उनले भारत, बंगलादेश, चिन , दुवई, थाईल्याण्ड,अस्ट्रेलिया, जर्मन, ईटली, बेल्जीयम, नेदरल्यान्ड, स्विजरलेन्ड, बेलायत , अमेरीका लगातयका देशहरुमासमेत भ्रमण गरेका छन् । 

 

पोखरेलको सामाजिक संलग्नता

 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार पोखरेल गण्डकी जग्गा तथा आवास संघका अध्यक्ष हुन् । साथै उनी विरौटा क्लब र डेभिजफल क्लबका सल्लाहकार समेत हुुन् ।

 

उनी अहिले युवा उद्यमी मञ्ज पोखरा, होटल संघ पोखरा, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसियसन, नाटा गण्डकी प्रदेश र गण्डकी प्रदेश उद्योग संघको सदस्य समेत रहेका छन् ।  

 

पोखरा उद्योग वाणिज्य संघको यात्रा

 

पोखरा उद्याग वाणिज्य संघको २०७१–२०७३ सम्म सदस्यमा रहेर काम गरेका पोखरेल २०७३–२०७५ सम्म उपमहासचिवमा निर्वाचित भए ।  

 

उनी २०७५–२०७७ मा भने उनी महासचिवमा निर्वाचित भएका थिएँ । 

 

पोखरेलको प्यानलमा को-को अटाए ?

 

पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिराज), कोषाध्यक्षमा हरिराज पन्तले पोखरेल प्यानलबाट घोषणा गरेका छन् । 

 

यसैगरि सदस्यहरुमा भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलीप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोइराला र हिमनिधी लौडारी रहेका छन् । 

 

८ बुदें घोषणापत्रसहित चुनावी मैदानमा ‘पोखरेल’

 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले ८ बुदें घोषणा पत्र तयार गर्दै व्यवसायीहरु माँझ मत माग्दै घरदैलो अभियानमा लागेका छन् । 

 

पोखरेलले पोखरा उद्योग वाणिज्य संघलाई सबै पोखरेलीको ‘साझा घर’ बनाउने घोषणा गरेका छन् ।

 

पोखरा उद्योग वाणिज्य संघको भवनलाई पुनः निर्माण गरी बहुतले भवन बनाएर व्यापारिक प्रयोजनमा उपयोग गर्नुपर्ने र जहाँ २ वटा पार्किङ, ३ वटा व्यापारिक कम्प्लेक्स र संघको कार्यालय बनाउने घोषणापत्रमा उल्लेख गरेका छन् । 

 

उनले पोखरा नेपालको पर्यटकीय राजधानी भएकाले पोखराको अर्थतन्त्र पर्यटनका लागि अपरिहार्य भन्दै पोखरा उद्योग वाणिज्य संघले पर्यटन व्यवसायलाई प्रबद्र्धन गर्न र नयारा पर्यटनलाइ आकर्षित गर्न क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थालको सन्चालनलाई माध्यम बनाएर पोखरालई अन्तराष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताएका छन् । 

 

आफु निर्वाचित भए उनले पोखरा उद्योग वाणिज्य संघले अन्य देशका चेम्बर अफ कमर्शसँग त्रिपक्षीय सम्बन्धको स्थापना गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् । 
 

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्