व्यावसायीको आवाज : ‘अर्जुन पोखरेल प्यानलको जित सुनिश्चित’
पाेखरा | भदौ १७, २०७९

पोखरा ः पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा अर्जुन पोखरेल प्यानलको जित सुनिश्चित रहेको एक व्यावसायीले बताएका छन् ।
चुनावी घरदैलोका लागि साँघुमुख पुगेको अर्जुन पोखरेलको टिमलाई स्वागत गर्दै व्यावसायी रामचन्द्र तिमिल्सिना युवा र सक्षम टिमको जीत पक्का रहेको सुनाए । टोपी बाजीको कपडाका सञ्चालक तिमिल्सिनाले युवा नेतृत्व आजको आवश्यकता रहेको बताए । नयाँ जोस र जाँगरका साथ चुनावमा होमिएको टिमलाई व्यावसायीहरुले जिताउनेमा उनी विश्वस्त छन् ।
‘एउटा युवामा हुनुपर्ने जोस जाँगर उहाँले देखाउनुभएको छ त्यसैले उहाँलाई पोखराका व्यासायीहरुले विजयी गरानुहुन्छ,’ उनले भने, ‘प्रक्रियाले मात्र २५ गतेसम्म कुर्ने हो तर उहाँलाई हामीले बिजयी भएको ठानीसकेका छौ ।’ उनले आफ्नै पसलबाट टोपी झिकेर पदाधिकारीहरुलाई लगाइदिएर शुभकामना पनि दिन भ्याए ।
साँघुमुखभन्दा पहिलो टोली विशालबजार पुगेको थियो । विशाल बजारमा झनै अर्जुन प्यानलको माहोल उत्कृष्ट थियो । आफूहरुको समस्या अर्जुन पोखरेल प्यानललाई जिताएमा समाधान गर्न सक्ने भन्दै उनीहरुले अभियान मै साथ दिएका थिए । सिंगापुर इन्टरप्राइजेजका सञ्चालक थम्मनसिंह गुरुङले अर्जुन प्यानलले बनाएको घोषणा पत्रमा भएका प्रतिवद्धताहरु निकै महत्वपूर्ण र समय सान्दर्भिक भएकाले साथ दिने बताए ।
ट्वीन्स कलेक्सनका सञ्चालक मनोहरी पौडेलले सक्षम र जुझारु नेतृत्वलाई सबैले साथ दिनुपर्ने बताए । काम गर्न सक्ने खुबी भएका व्याक्तिहरुको टिमको विकल्प नभएको उनको भनाई थियो । आफू मात्र नभएर विशाल बजारभित्रका अधिकांस व्यावसायी अर्जुन पोखरेल प्यानलको पक्षमा रहेको उनले सुनाए ।
घरदैलो अभियानमा हिँडेको टिम विशालबजार, पालिखेचोक, साँघुमुख, महेन्द्रपुल, नयाँबजार लगायत स्थानमा पुगेर व्यावसायीहरुको समस्या सुन्दै मत मागेका थिए ।
उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।
विराटनगर: दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् ...
काठमाडौं: अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...
चितवन: नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्द...