पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा : नेपाल मगर विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पस समितिको अध्यक्षमा रसेल राना मगर चयन भएका छन् ।    शुक्रबार भएको क्याम्पस अधिवेशनले रसेल रानामगरको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरेको हो ।    समितिको उपाध्यक्षमा प्रकाश घर्ति मगर, सचिवमा प्रिती मगर, सह–सचिव इशान पुनमगर र कोषाध्यक्षमा सुनिता आले मगर चयन भएको नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका सदस्य डेक पुनमगरले जानकारी दिए ।    त्यस्तै समितिको सदस्यहरुमा बिमल  थापा मगर, हिमाल राना मगर, पदम थापा मगर, सृजना राना मगर, सुजन घर्ति मगर,अन्जित आले मगर, चमन आले मगर, सरोज राना मगर, रोशन पुनमगर र रिवाज थापा मगर चयन भएका छन् ।    नेपाल मगर विद्यार्थी संघ कास्कीले भदौ २५ गते जिल्ला अधिवेशन गर्ने भएकाले क्याम्पस अधिवेशनलाई तिव्रता दिइरहेको छ । 

पोखरा:  पोखरा महानगरका ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालय भवनमा भाडा नतिर्ने व्यवसायीहरुको फाइल महानगरमा भएको बताएका छन् ।    महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालय भवनमा भत्काउन डोजरसहित पुगेका वडा अध्यक्ष मर्सानीले सटर भाडा नतिर्ने  व्यवसायीहरुको फाइल महानगरमा भएको प्रतिक्रिया दिएका हुुन् ।    ‘भवन भाडामा लगाउन हामी आउँन भन्दा अगाडीबाट नै सुुरु भएको हो’ उनले भने ‘३ वर्षदेखिको ३ करोड बढी भाडा उठाउन बाँकी छ । फाइल महानगरमा छ । भवन भत्किएको भाडा तिर्न पर्दैन भन्ने हुदैन राज्यलाई तिर्न पर्ने राजश्व हामी उठाउँछौं ।’   यस भवनमा सञ्चालित पसलहरुको भाडासमेत वर्षाैदेखि महानगरपालिकाले पाएको छैन । जसलाई ठेक्कामा दिएको हो, ऊ पनि महानगरपालिको सम्पर्कमा नभएको बताइएको छ ।   पोखरा महानगरपालिकाले आफ्नै स्वामित्वको जग्गाका घर तथा पसल भत्काउन बिहिबारबाट सुुरु गरेको हो । चोकलाई फराकिलो बनाउने उद्देश्यसहित महेन्द्रपुलस्थित सटरमा महानगरले डोजर लगाएको हो ।   त्यहाँको सटरमा पसल तथा कार्यालय चलाइरहेकाहरुलाई महानगरपालिकाले भदौ २२ गतेसम्मलाई सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो ।   मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र नगरप्रहरीसहित गएको डोजरले घर तथा पसल भत्काउन सुरु गरेको हो । महेन्द्रपुलस्थित उक्त जग्गामा पोखरा सार्वजनिक पुस्तकालय, पोखरा आर्ट ग्यालरी र व्यक्तिका पसलहरु छन् ।    चाड नजिकिएसँगै डोजर लगाएकोमा व्यवसायीको आपत्ति पोखरा महागनरपालिकाले महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पुस्तकालय भवनमा डोजर लगाउँदा व्यवसायीहरुले भने आपत्ति जनाएका छन् ।    व्यवसायी सुशान्त तामाङका अनुसार दशैं तिहार जस्तो चाडपर्वमा केही होला भनेर गरेको लगानीमाथि महानगरले अन्याय गरेको छ ।    तर महानगरले गरेको कार्यको प्रशंसा गर्दै एक व्यवसायीले भने सुन्दर शहर बनाउन र हेर्न मन छ भन्दै महानगरको कदमलाई साथ दिएका छन् ।    पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका प्रत्यासी पवन कुमार प्रजापतिले महानगरले भवनमा डोजर चलाएकोमा आपत्ति जनाउँदै फेसबुकमा विरोध जनाएका छन् ।    उनले लेखेका छन् ‘दशैको मुखमा महेन्द्रपुलका व्यवसायीलाई उठिबास पार्नु आपत्तीजनक हो ।’ कोरोना र नाकाबन्दी र आन्तरिक समस्याले थिलोथिलो पारेको व्यवसायीहरुलाई आहात पुग्ने गरी २७ वटा सटरमा व्यवसायीलाई विस्थापित गर्ने सरकारी कदमको विरोध जनाएका हुन् ।    पोखरा महानगरले भने भवन भत्काएर सार्वजनिक शौचालय र पार्क बनाउने योजना अगाडी सारेको छ । 

पोखरा  :  पोखरा महनगरपालिका- ९  महेन्द्रपुल स्थित पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय भवन भत्काउने सुचनाको पुर्व सन्ध्यामा व्यापारीहरुले रातरात पसल हटाउन थालेका छन् ।   भवनका भुइ तलामा व्यापार गदै आएका व्यवसायीलाई भवन खाली गर्न महानगरपालिकाले  साउन १९ गते दोस्रो पटक ३५ दिने सूचना जारी गरेको थियो ।   सोमबार पोखरा महानगर वडानम्बर -९ का अध्यक्ष दिपेन्द्र मर्सानीले व्यापारीहरुलाई गुलावको फुल दिएर व्यापारीहरुलाई सटर खाली गर्न आग्रह गरेका थिए ।    भवन भत्काएर उक्त स्थानमा पार्क र सार्वजनिक शौचालय बनाउने महानगरको योजना छ ।

  पोखरा :   पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुने ३४ औँ महाधिवेशनका लागि दुई प्यानल घरदैलो अभियानमा व्यस्त छन् ।    दुबै प्यानलले चुनाव जित्ने घोषणापत्र सहित व्यवसायीहरुको घरघरमा गएर आफुलाई विजयी गराउन भोट अपिल गरिरहेका छन् ।    यसै सन्दर्भमा सुनगाभा न्यूजले पवन प्रजापति प्यानलबाट  उपाध्यक्ष (उद्योग) पदका उम्मेदवार हिरामणि पण्डितलाई सोधेको ५ प्रश्न :   प्रजापति प्यानल नै किन ?   पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुने ३४ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार पवन प्रजापति पदाधिकारीमा पुराना व्यवसायी भएकाले उनको प्यानलबाट उद्योगतर्फ उम्मेदवारी दिएको हुँ ।    प्रजापति साधारण सदस्य, कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष रहेको र हाल वरिष्ठ उपाध्यक्ष भएकाले स्वतः अध्यक्षको दाबेदार हुन् । प्रजापति पोखराका व्यवसायीहरुका लागि चिनिएको र पुराना व्यवसायी भएको र पोखरामा उद्योगी व्यवसायीहरुको खडेरी पर्दै गएकाले यसको उत्थान गर्न आफुले प्रजापति प्यानल रोजेको हुँ ।    -पोखरा उद्योग वाणिज्य निर्वाचनमा ग्रुपिज्म बढेको हो ?    विगतका निर्वाचनमा पनि दुुई प्यानल नै थिए अहिले पनि प्यानल हुनु स्वभाविक नै हो ।    मतदाता भगवान हुुन् २५ गते निर्वाचन हुन्छ भगवानले जसलाई पनि जिताउन सक्छन् । २६गतेबाट व्यवसायीहरुको लागि काम गर्ने हो त्यसैले ग्रुपिज्म भन्ने हराएर जानेछ ।    -एजेण्डाहरु केके छन् ?    पवन प्रजापति प्यानलले ३४ महाधिवेशनमा प्यानल घोषणा गरेर १७ बुँदे   प्रतिबद्धतापत्र सहित व्यवसायीहरुको घरदैलो अभियानलाई तिव्रता दिएको छ ।    प्रतिबद्धतापत्रमा व्यावसायीक वातावरण निर्माण र उद्योगी–व्यवसायीको सम्मान अभिबृद्धि गर्नु पहिलो प्राथकिमतामा उल्लेख गरिएको छ ।   व्यावसायीक डाटा बैंक तथा प्रवद्र्धन केन्द्र स्थापना गर्ने, रुग्ण उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलव्ध गराईने र नवप्रवद्र्धन तथा महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवद्र्धनमा सघाउने प्यानलको प्रतिबद्धता छ ।    -जित्ने आधारहरु के-के छन् ?    पवन प्रजापति पोखराका व्यवसायीहरुका लागि पुराना व्यवसायीको रुपमा अगाडी सारेका छौँ । पदाधिकारीमा हेरौँ भने उहाँले विभिन्न समितिमा सफतापुर्वक आफ्नो भुमिका निर्वाह गरेकाले हामी प्यानलै विजय हुन्छौं ।   प्रजापति प्राकृतिक नियम अनुसार नै अध्यक्ष पदका दावेदार हुुन् त्यसैले वरिष्ठ उपाध्यक्ष पछि अध्यक्षकारुपमा हामीले उहाँलाई अगाडी बढाएकाले हामीले चुनाव जित्छौँ ।    -मतदातालाई केही भन्नु छ ?    पवन प्रजापति पोखरा उद्योग वाणिज्य संघको पदाधिकारीमा पुराना र पोखराका व्यवसायीहरुको लागि पनि पुराना व्यवसायी भएकाले यस प्रजापति प्यानललाई अत्यधिक मतले विजयी बनाउन अनुरोध गर्दछु ।    

पोखरा   :   पोखरामा आगामी असोज १ गते सरोज गोपाल स्मृति साँझ हुने भएको छ । कालजयी गीतहरूका सङ्कलक तथा गायक सरोज गोपाल बज्राचार्यको आठौँ स्मृति दिवसको अवसर पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा साङ्गीतिक साँझ गर्न लागिएको हो ।    आफ्नो जीवनकालमा स्व सरोज गोपालले देउराली उकाली चढेर... नक्कलीलाई भगाई लग्यो झिल्केले.. , सँइको घर कहाँ हो कहाँ...करोडौँ मुटुहरुको ढुकढुकी...जस्ता दर्जनौँ चर्चित लोक तथा राष्ट्रिय गीतका माध्यमबाट नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएको थियो ।      पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक अध्यक्षसमेत रहेका बज्राचार्यको सम्झनामा सरोज गोपाल स्मृति साङ्गीतिक साँझको आयोजन गर्न लागिएको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिनुभयो ।   सङ्गीतकार सुनिल थापाको सङ्गीत संयोजन रहने उक्त साङ्गीतिक साँझमा  बाबा राणा, तारा थापा, रामभक्त जाेजिजु,कर्ण दास, ​विनोद बानियाँ, इतु जोजीजु, विनित जोजीजु, फिरोज गोपाल बज्राचार्यलगायतकाे स्वरमा सरोज गोपालका गीत सुन्न सकिने जनाइएको छ । 

  पोखरा  :  २७ वर्ष देखि पोखरामा फेन्सी व्यवसायी गर्दै आएका बलराम आचार्यले भदौ २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा पवन प्रजापति प्यानलबाट महासचिव पदमा मनोनयन दर्ता गरेका छन् ।    २०६३ सालमा साधारण सदस्यता लिएका आचार्य २०७१–७३, ०७५–७७ कार्यसमिति सदस्य, ०७७–७९ कोषाध्यक्षमा निर्वाचित भएका थिए ।    पोखराको विभिन्न संघसंस्थामा योगदान गरेका आचार्यले आफुलाई महासचिवको बलियो उम्मेदवारी दाबी गरेका छन् ।    यसै सन्दर्भमा सुुनगाभा न्यूजले आचार्यलाई सोधेको ५ प्रश्न :    –प्रजापति प्यानल नै किन ?   पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुुने ३४ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार पवन कुमार प्रजापति संस्थापन पक्ष भएको र पदाधिकारीमा पुराना व्यवसायी भएको र आफु पाइपलाइन अनुसार आउँदा प्रजापति प्यानलमा अटाउनु स्वभाविक हो ।    यस प्यानलमा सबै पदाधिकारीहरु पाइपलाइन अनुसार नै आएका छन् । पोखरामा विभिन्न क्षेत्रमा पेशा व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई क्षेत्रको आधारमा, जातजातिको आधारमा, वर्गको आधारमा र व्यवसायको आधारमा प्यानल निर्माण भएको छ । त्यही पाइपलाइन अनुसार म महासचिवमा अटाए ।    – पोखरा उद्योग वाणिज्य निर्वाचनमा ग्रुपिज्म बढेको हो ?    झट्ट हेर्दा बाहिरका आम व्यवासायी र जनतामाझ दुई प्यानल खडा भएको छ । पवन प्रजापति भनेको वरिष्ठ उपाध्यक्ष अहिले स्वतः अध्यक्ष पदका दाबेदार हो । केही व्यवसायीहरु पाइपलाइन अनुसार जान सक्नुभएन, त्यसैले दुई प्यानल देखिएको हो ।    – एजेण्डाहरु के–के छन् ?    पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा जाँदै गर्दा हामी ८५ प्रतिशत व्यवसायीहरु माँझ १७ बुदे प्रतिबद्धतापत्र सहित पुगेका छौं ।    हिजो २०११ सालमा संघको स्थापना हुँदा कस्तो अवस्थामा स्थापना भयो अब २०७९-८१ मा कस्तो बनाउने भन्ने मुल उद्धेश्य सहित व्यवसायीहरुको घरघरमा पुगिरहेका छौं । व्यवसायीहरुलाई प्रविधिमैत्री बनाउनु नै हाम्रो मुख्य एजेण्डा हुन् ।    प्रतिवद्धतापत्रमा व्यावसायीक वातावरण निर्माण र उद्योगी–व्यवसायीको सम्मान अभिबृद्धि गर्ने, व्यावसायीक डाटा बैंक तथा प्रवद्र्धन केन्द्र स्थापना गर्ने, रुग्ण उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलब्ध गराईने र नवप्रबद्र्धन तथा महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवद्र्धनमा सघाउने छ ।    सचिवालयको पुनःनिर्माण, अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य, राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब रमाइलोको रुपमा भन्दा पृथक किसिमले आयोजना गर्न सरसल्लाह र सुझावको आधारमा अघि बढ्ने प्रतिबद्धता छ ।   संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान पुर्‍याउने हाम्रो प्रमुख एजेण्डा हो ।     – जित्ने आधारहरु के–के छन् ?    पोखराका व्यवसायीमध्ये ८५ प्रतिशतको घरमा आजको दिनसम्म पुगी सक्यौं । बाँकी व्यवसायीबीच पनि पुग्दैछौ । जति व्यवसायीहरुबीच पुग्यौ उहाँहरुले पुरानो अनुहार प्रजापति प्यानल भएको भन्दै शुभकामनासहित भोट हामीलाई दिने आश्वासन दिएकाले हामी ढुक्क छौं ।   हिजोका दिनहरुमा व्यवसायीहरुलाई समस्या पर्दा हामी नै अगाडी सरेका छौँ । अब हामी पोखरामा व्यवसायी गर्दै आउनुभएका व्यवसायीहरुको समस्यालाई समाधान गर्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गर्दै जाने प्रतिबद्धता सहित गएकाले हाम्रो प्यानलले चुनाव जित्छौं ।    – मतदातालाई केही भन्नु छ ?    पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशन भदौ २४ र २५ गते हुन्छ भनेर सम्पुर्ण व्यवसायीहरुलाई विभिन्न माध्यमबाट पत्राचार गरेका छौँ । तपाईहरुको घरदैलोमा मत माग्दै आएका छौँ । कुनै व्यवसायीहरुको घरमा आउन नसकेकाले क्षमा माग्दै पोखराका पुराना व्यवसायी पवन प्रजापतिको प्यानललाई भोट गर्न अपील गर्दछु ।  प्रस्तुती : बिबि रोकामगर 

पोखरा  :  पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा वडा कार्यालयको पहलमा मंगलबार निजी शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न सुरु गरिएको छ । हेमजामा रहेको हेमजा मिनि मार्केट र बिकास आयल स्टोरमा भएको शौचालयलई सार्वजनिक गरिएको हो ।   वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले महानगरको अवधारणा अनुसार निजि शौचालयलाई सार्वजनिक गरिएको बताए । वडामा सार्वजनिक शौचालय नभएको अवस्थामा निजी क्षेत्र बाट सहयोग गरेकोमा धन्यवाद दिदै एक बर्ष भित्र प्रत्येक वडामा महानगरले सार्वजनिक शौचालय बनाउने उल्लेख गरे । महानगरको वडा हुन सार्वजनिक शौचालय हुन आवश्यक हुने बताउदै अन्य व्यवसायीलाई साजेदार गर्न आग्रह गरे ।   हेमजा मिनि मार्केटका सञ्चालक शिवलाल पौडेलले मार्केटमा भएको शौचालयलाई सार्वजनिक घोषणा गर्दै सेवा गर्न पाउँदा गर्व महसुस गरेको बताए । उनले सडकमा भएको अव्यवस्थित पार्किङ हटाउन सहजिकरण गर्ने बताउदै मार्केटमा पार्किङ गर्न दिने बताए । विकास आयल स्टोरका सञ्चालक भोजराज पौडेलले निजि शौचालयलाई सार्वजनिक गर्ने काम राम्रो लागेको बताए ।   कार्यक्रममा पुर्व वडा सदस्य दलबहादुर कुवँर र नेकपा एमाले पोखरा २५ हेमजाका अध्यक्ष ऋषिराम पौडेलले बोलेका थिए । कार्यक्रममा लियो क्लब अफ हेमजा, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, विभिन्न राजनीति दल र विभिन्न संस्था प्रतिनिधिको उपस्थिति थियो । वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ईश्वरी बाँस्तोलाले गरेका थिए ।

पोखरा : पोखरेली उद्योगी व्यवसायीका छाता संस्था हो, पोखरा उद्योग वाणिज्य संघको  भदौ २४ र २५ गते संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेसन हुँदै छ ।    चुनावका लागि छुट्टै प्यानल घोषणा गरेर प्रतिस्पर्धाका लागि तयार रहेका अर्जुन पोखरेल नेतृत्वको प्यानललाई पोखरेली उद्योगी व्यवसायीले आफ्नो भरोसाका रुपमा हेरेका छन् ।    पोखरा ४ का आनन्द ताङ्वे पोखरेल प्यानल पोखरेली उद्योगी व्यवसायीको साझा उम्मेद्वार भएको बताउँछन् । ‘व्यवसायीको दुखमा साथ दिने नेतृत्व चाहिएको छ । त्यो टीम पोखरेलले बनाउनुभयो,’ उनी भन्छन्, ‘अर्जुन आफै पनि व्यवसायीलाई दुख पर्दा साथमा रहने मान्छे हो ।’ कोरोनाले व्यवसाय थलिएका बेला पोखरेलले नै पहल गरेर व्यवसायीलाई सामान आयातमा सहजता भएको उनले सम्झिए ।  ‘अर्जुन काम गर्ने मान्छे हो । भिजन भएको मान्छे हो,’ उनले थपे, ‘हिजो कोरोनाले दुख परेका बेला धेरै उद्योगी व्यवसायीको हितका लागि काम गर्नुभयो । आगामी दिनमा यस्तै नेतृत्व चाहिएको छ ।’ उनी जस्तै महेन्द्रपुल, चिप्लेढुंगा, पन्थीगल्ली, न्यूरोड, पृथ्वीचोकका व्यवसायीहरुले अर्जुन प्यानललाई जितको शुभकामना दिए । आइतबार पोखराको मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, पन्थी गल्ली, पालिखेचोक, गैह्रापाटन, गणेशटोल, सिद्धार्थचोक, साँघुमुख, न्यूरोड लगायत ठाउँमा अर्जुन प्यानलले घरदैलो गरेको छ ।    व्यवसायीहरुको गुनासा र समस्या सुन्दै मतदातासँग मत मागेका छन् । सक्षम र युवा नेतृत्वले बढी काम गर्ने मतदाताको विश्वास छ । अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले उद्योगी व्यवसायीका विश्वास र भरोसा गुम्न नदिने बताए । ‘हरेकका सुखदुखमा सँधै सँगै छु । अव पनि सँगै रहन्छु । कसैको विश्वास र भरोसा तोड्दिनँ,’ उनले भने, ‘हाम्रो टीमले जितेपछि पोखरा उद्योग वाणिज्य संघलाई नयाँ स्वरुपमा स्थापित गरिने छ । सबै व्यवसायी र उद्योगीको साझा संस्थाको रुपमा स्थापित गर्ने छौं ।’ अर्जुन प्यानलले पोखराको पूरानो बजारलाई पूरानै स्वरुपमा सजाउने प्रतिबद्धता जनाए ।    ‘पोखरा भनेकै पूरानो बजार हो । यहाँका घरहरु अहिले जीर्ण भएका छन्,’ उनीहरुले भने, ‘सरकारसँग मिलेर यसलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्नुपर्छ । त्यसको पैरवी हामी गर्छौं ।’ पोखराका पूराना हस्तकला व्यवसायलाई पुनः स्थापित गर्ने र पूरानो बजारमा विक्रि केन्द्र बनाउने पोखरेलको योजना छ । अर्जुन प्यानल ८ बुँदे घोषणापत्र सहित चुनावी मैदानमा छ ।    घोषणा पत्रमा संघलाई सबै पोखरेलीको ‘साझा घर’ को रुपमा विकास गर्नेदेखि हाल भएको भवन पुनः निर्माणसम्म छ । संघले जनता र सरकारबीचको दुरी घटाउने काम गर्ने, नयाँ लगानी प्रोत्साहनमा ध्यान दिएको छ ।    घोषणा पत्रमा संघले नयाँ उद्यमीहरुलाई सुरुमै विजनेस मेन्टरिङ सेवा प्रदान गर्न स्थानीय व्यापार ‘इक्युवेसन सेन्टर’ स्थापना गर्ने प्यानलको घोषणा छ । यो प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गरेका छन् । आफ्नो प्यानल पोखरेली व्यवसायीको हितका लागि निर्माण भएको अध्यक्ष उम्मेद्वार पोखरेल बताउँछन् ।   

कास्की  :   नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले पार्टीमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मानार्थ रु ३० लाखसम्मको अक्षयकोष स्थापना गर्ने भएको छ ।      समितिको आज सम्पन्न बैठकले पार्टीमा योगदान गरेका व्यक्तिको सम्मानार्थ अक्षयकोष स्थापनासँगै विभिन्न निर्णय गरेको पार्टीका प्रवक्ता माधवप्रसाद बाँस्तोला (मधु) ले जानकारी दिनुभयो ।      पार्टीले यही भदौ २४ गते बिपी जयन्तीका अवसरमा बिपी स्मृति पुस्तकालय र सूचना सञ्चार तथा प्रचारप्रसार विभागकोे कक्ष उद्घाटन गर्ने भएको उहाँले जानकारी दिनुभयो ।      बैठकमा पार्टी केन्द्रीय कार्यालयको परिपत्रअनुसार गण्डकी प्र्रदेशका ११ जिल्लाबाट रायसहित सिफारिस भई आएका प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिकका आकाङ्क्षी उम्मेदवार सबैको नामका विषयमा छलफल गरिएको छ । आकाङ्क्षीको नामावलीमा आवश्यक राय तय गर्न प्रदेशका पदाधिकारीलाई जिम्मा दिने बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।      बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीको ममतामयी माता दमयन्ती भण्डारीको ९६ वर्षको उमेरमा असामयिक निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।