हेमजामा  सार्वजनिक शौचालय

पाेखरा | भदौ २१, २०७९

हेमजामा  सार्वजनिक शौचालय


पोखरा  :  पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा वडा कार्यालयको पहलमा मंगलबार निजी शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न सुरु गरिएको छ । हेमजामा रहेको हेमजा मिनि मार्केट र बिकास आयल स्टोरमा भएको शौचालयलई सार्वजनिक गरिएको हो ।

 

वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले महानगरको अवधारणा अनुसार निजि शौचालयलाई सार्वजनिक गरिएको बताए । वडामा सार्वजनिक शौचालय नभएको अवस्थामा निजी क्षेत्र बाट सहयोग गरेकोमा धन्यवाद दिदै एक बर्ष भित्र प्रत्येक वडामा महानगरले सार्वजनिक शौचालय बनाउने उल्लेख गरे । महानगरको वडा हुन सार्वजनिक शौचालय हुन आवश्यक हुने बताउदै अन्य व्यवसायीलाई साजेदार गर्न आग्रह गरे ।

 

हेमजा मिनि मार्केटका सञ्चालक शिवलाल पौडेलले मार्केटमा भएको शौचालयलाई सार्वजनिक घोषणा गर्दै सेवा गर्न पाउँदा गर्व महसुस गरेको बताए । उनले सडकमा भएको अव्यवस्थित पार्किङ हटाउन सहजिकरण गर्ने बताउदै मार्केटमा पार्किङ गर्न दिने बताए । विकास आयल स्टोरका सञ्चालक भोजराज पौडेलले निजि शौचालयलाई सार्वजनिक गर्ने काम राम्रो लागेको बताए ।

 

कार्यक्रममा पुर्व वडा सदस्य दलबहादुर कुवँर र नेकपा एमाले पोखरा २५ हेमजाका अध्यक्ष ऋषिराम पौडेलले बोलेका थिए । कार्यक्रममा लियो क्लब अफ हेमजा, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, विभिन्न राजनीति दल र विभिन्न संस्था प्रतिनिधिको उपस्थिति थियो । वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ईश्वरी बाँस्तोलाले गरेका थिए ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...

थप पढ्नुहोस्

झापा:  पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ ।  साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...

थप पढ्नुहोस्

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

थप पढ्नुहोस्