नेपाल मगर विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसको अध्यक्षमा रसेल रानामगर

पाेखरा | भदौ २४, २०७९

नेपाल मगर विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसको अध्यक्षमा रसेल रानामगर

पोखरा : नेपाल मगर विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पस समितिको अध्यक्षमा रसेल राना मगर चयन भएका छन् । 

 

शुक्रबार भएको क्याम्पस अधिवेशनले रसेल रानामगरको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरेको हो । 

 

समितिको उपाध्यक्षमा प्रकाश घर्ति मगर, सचिवमा प्रिती मगर, सह–सचिव इशान पुनमगर र कोषाध्यक्षमा सुनिता आले मगर चयन भएको नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका सदस्य डेक पुनमगरले जानकारी दिए । 

 

त्यस्तै समितिको सदस्यहरुमा बिमल  थापा मगर, हिमाल राना मगर, पदम थापा मगर, सृजना राना मगर, सुजन घर्ति मगर,अन्जित आले मगर, चमन आले मगर, सरोज राना मगर, रोशन पुनमगर र रिवाज थापा मगर चयन भएका छन् । 

 

नेपाल मगर विद्यार्थी संघ कास्कीले भदौ २५ गते जिल्ला अधिवेशन गर्ने भएकाले क्याम्पस अधिवेशनलाई तिव्रता दिइरहेको छ । 

काठमाडौं:    जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि ७ जना सांसदहरू सहित नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका ...

थप पढ्नुहोस्

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।   आइतबार राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण...

थप पढ्नुहोस्

काठमाडौंः   उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबिच भेटवार्ता सम्पन्न भएको छ ।   परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबिच आइतबार ...

थप पढ्नुहोस्