पोखरा महानगर इन्जिनियर घुस प्रकरण: तीन जना विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता
पाेखरा | बैशाख २१, २०८१
पोखरा: पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घुस लिएको अभियोगमा दुई इन्जिनियरसहित तीनजना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पोखरा महानगरपालिकाका इन्जिनियर शिवराज बराल, सब–इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियर कन्सल्टेन्सीका सुरज कुँवरविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
अख्तियार पोखराको टोलीले इन्जिनियर बराल र सब इन्जिनियर रोकायालाई पक्राउ गरी अनुसन्धानका लागि अख्तियार मुख्यालय टङ्गाल पठाएको थियो । अख्तियार पोखराको टोलिले सब–इन्जिनियर रोकाय र कन्सल्टेन्सीका कुँवरलाई १ लाख ५० हजार घुस लिइसकेको अवस्थामा चैत २८ गते प्रकाउ गरेको थियो ।
तीनै जना मिलेर घर निर्माणको प्रमाणपत्र दिन ३ लाख ५० हजार रुपैयाँ घूस माग गरेको अनुसन्धानमा खुलेको अख्तियारका प्रवक्ता नरहरि घिमिरे जानकारी दिए । गोदार इन्जिनियरिङका कर्मचारी कुँवरमार्फत रकम लिई दुई लाख बरालले आफ्नै खातामा राखेको देखिएको छ ।
तीनै जनाविरुद्ध भ्रष्ट्राचार निवारण ऐन २०५९ बमोजिम तीन लाख पचास हजार बिगो कायम गरी ऐन अनुसार बिगो र जरिवाना मागदाबी लिई आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता घिमिरेले बताए ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

