पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा :  पोखरा रंगशालामा प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा शालिक निर्माण  गरिने भएको छ ।   नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको शालिक निर्माण गरिने भएको हो ।   बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप शालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्य राजेश गुरुङले जानकारी दिए ।   उनका अनुसार बीमा रकम बाहेक पनि मृतक खेलाडीलाई सरकारबाट राहत दिन मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय पनि भएको छ । राष्ट्रिय खेलकुदमा हरेक खेलाडीको १० लाखको जीवन बीमा गरिएको छ ।   असोज ३० गते प्याराग्लाइडिङको क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुँदै गर्दा सराङकोटमा भएको दुर्घटनामा नेपाल आर्मी क्लबका लागि खेलिरहेका उपाधि दावेदार निसिमको निधन भएको थियो ।

पोखरा : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरले आज विशेष बिदा दिएको छ ।    महानगरले हिजो सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीमा दिउँसो १ बजेपछि विशेष बिदा दिइएको जनाएको छ ।   महानगरले समापन समारोहमा महानगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक सङ्घसंस्थालाई सहभागी हुनसमेत आग्रह गरेको छ । नागरिक समाज, आमा समूह, टोल विकास संस्था, युवा क्लब, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलगायत आम नगरवासीलाई दिउँसो २ बजे नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा उपस्थित हुन पनि अनुरोध गरिएको छ ।   प्रदर्शनी केन्द्रबाट जम्मा भएर बृहत् सहभागिताबीच पोखरा रङ्गशालामा प्रवेशको कार्यक्रम रहेको महानगरले जनाएको छ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थलका रूपमा पोखरा महानगरपालिका र यसका विभिन्न वडामा रहेका खेल मैदानमा प्रमुख खेल सञ्चालन भइरहेका छन् ।    राष्ट्रिय खेलकुद आयोजना पोखरा महानगरपालिका र पोखरेलीका लागि गौरवको विषय रहेको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार समारोहमा आमनगरवासीको उल्लेखनीय सहभागिता रहनेछ । 

पोखरा: महिला रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ । आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो ।   आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेण्डमा दुरी पुरा गरिन्।   गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दुरीपुरा गर्दै रजत पदक जित्यो । बागमतीका लागि रजीता दुलाल, स्वगता खाइजु, प्रकृती सुवाल र लुजना आमात्यले ५२.७६ ले दुरीपुरा गर्दै कास्य पदक जितेका छन् ।   यसैगरि पुरुष ४ सय मिटर रिले दौडमा एपिएफले स्वर्ण पदक जितेको छ । एपिएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामीमगरले ४२.४४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् ।   त्यसैगरी आर्मीका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीलाई ४२.६० सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जितेको छ ।   त्यसै गरी लुम्विनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुले ४४.३८ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितेका छन् । 

  पोखरा । पोखरामा जारी नवौ खेलकुद प्रतियोगिता अन्तरगत पुरुष तर्फको कबड्डी खेल अवरुद्व भएको छ ।    आइतबारबाट पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरीङमा भएकोे पुरुष तर्फको कबड्डी खेलमा  रेफ्रीको निर्णयमा असमती जनाउदै गण्डकीका खेलाडीले मैदान छोड्न नमाने पछि खेल अवरुद्व भएको हो ।    गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच भएको खेलमा गण्डकीका खेलाडीले असमती जनाउँदै मैदान छोड्न मानेका छैनन् । निर्धारित समय भन्दा अगाडि नै खेल समापन भएपछी  रेफ्रीको निर्णयमा असमती जनाएको गण्डकी खेलाडिले बताए ।    जसका कारण पुरुष तर्फको खेल सन्चालन हुन सकेको छैन, भने महिला तर्फको खेल जारी छ ।  

पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा पदक जितेको पोखरा महानगरका खेलाडीलाई महानगरले नगदसहित सम्मान गरेको छ ।   राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जितेका महानगरवासी खेलाडी तथा प्रशिक्षक गरी ४१ जनालाई नगद पुरस्कारबाट सम्मान गरिएको हो । पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगिताका विभिन्न विधामा गण्डकी प्रदेशबाट सहभागी भएका पोखरा महानगरवासी खेलाडीले पाँच स्वर्णपदक जितेका छन् ।    यसैगरी दुई वटा कास्य तथा पाँच रजत पदक पोखराका खेलाडीको नाममा छ । स्वर्णपदक विजेतालाई प्रतिपदक नगद रु १५ हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रतिखेलाडी नगद रु पाँच हजार, कास्यपदक विजेतालाई प्रतिपदक रु १० हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रतिखेलाडी नगद रु पाँच हजार र रजतपदक विजेता खेलाडीलाई प्रतिपदक नगद रु पाँच हजारका दरले सम्मान गरिएको हो ।    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजङ्ग केसी लगायतले खेलाडीलाई सम्मान गर्नुभयो । हालसम्म पुरुष ह्यान्डबल बल ९समूह०, ‘फुल कन्ट्रयाक्ट करातेका अभिषेक तामाङ र अनिश बुढामगर, बडीविल्डिङका विवेक हमाल र प्रदीप रेग्मीले स्वर्णपदक प्राप्त गर्नुभएको छ ।   यसैगरी फुल कन्ट्याक्ट करातेकैरूपक नेपाली र शिव भुजेलले कास्यपदक प्राप्त गर्नुभएको छ । प्रतियोगिता सम्पन्न हुँदासम्म पदक प्राप्त गर्ने बाँकी खेलाडीलाई प्रतियोगिता समापनलगत्तै सम्मान गरिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । खेलकै दौरानमा खेलाडीलाई गरिएको सम्मानले थप हौसला मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । खेलाडीमा सकारात्मक ऊर्जाको प्रवाहका महानगरले सदैव खेलाडी तथा खेलकर्मीका साथमा रहेर काम गर्ने आचार्यले प्रतिबद्धता जनाउनुभयो । 

पोखरा : आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश सभा सदस्य निर्बाचनमा गण्डकी प्रदेशका लागि कास्की निर्वाचन क्षेत्र न २ (क) को  ने क पा (एमाले ) निर्वाचन परिचालन कमिटिको कार्यालय मंगलबार उद्घाटन गरिएको छ ।    सो कार्यालयको नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सीता गिरि ओलिले उद्घाटन गरेकी हुन।ओलिले राष्ट्रले गौरव गर्ने बिकास एमालेले गरेको भन्दै अब पनि सो को पूर्णताको लागि एमालेलाइ जिताउनु पर्ने बताइन ।   सो पार्टीको केन्द्रिय सदस्य समेत रहेका कास्की इन्चार्ज कृष्ण थापाले कास्किका सबै क्षेत्रमा एमालेलाई बिजयी गराउन  आम जनतालाई आग्रह गरे ।  कास्की २ बाट प्रतिनिधि  सदस्य पदका उम्मेदवार बिद्या भट्टराईले बिकासको खाका एमाले सङ्ग मात्रै भएको भन्दै बीचमा सरकार परिवर्तन हुदा सो योजना पूरा गर्न नपाएको उल्लेख्य गरिन।उनले  बिकासको छलाङ्ग मार्ने योजना सहित उम्मेदवारी दिएको बताइन । उनले एमालेले कहिल्यै जनताका माझ झुट नबोल्ने र  बोलेका कुरा पूरा गरेरै छाड्ने बताइन ।   कास्की निर्वाचन क्षेत्र न २ (क )प्रत्यासी उम्मेदवार भिम बहादुर कार्किले एमाले सधै जनतालाइ  अधिकार सम्पन्न र समृद्ध बनाउने योजनाबद्ध कार्यक्रम सहित लागेको भन्दै राष्ट्र लाई समुन्नत बनाउन लागि पर्ने उल्लेख  गर्दै उत्कृष्ट बिकसित कास्की आफ्नो सपना भएको भन्दै कार्कीले सो को लागि  सुर्यमा मतदान गर्न आग्रह गरे ।     ने क पा (एमाले ) गण्डकी प्रदेश कमिटिका उप सचिब रश्मि आचार्यले देश भरिका क्षेत्रमा उत्कृष्ट कास्की २ भएको र देश बिकासको लागि एक मात्रै पार्टी एमाले  भएको जिकिर गरे। कास्की २ को  जन साथ नै आफुहरूको लागि सधै महत्त्वपूर्ण भएको भन्दै निरन्तर सो साथ प्राप्त हुने बिश्वास व्यक्त गरे ।    कार्यक्रममा एमाले कास्किका कार्यबाहक अध्यक्ष तेज नारायण अधिकारी,जिल्ला कमिटी सदस्यद्वय  सुष्मा पौडेल र शिव प्रसाद आचार्य लगायतले बोलेका थिए ।    पोखरा ३३ मा एमालेको  ५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा    कास्की निर्वाचन क्षेत्र न २ (क) अन्तर्गत  नेकपा (एमाले )  पोखरा महानगर कमिटि वडा न ३३ को   निर्वाचन परिचालन कमिटिको घोषणा गरिएको छ । वडा कमिटी अध्यक्ष दिपकराज लामिछानेको संयोजकत्वमा ५५५    सदस्यीय  कमिटीको घोषणा गरिएको हो ।    कार्यक्रममा सो क्षेत्रका प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम कार्की , एमाले प्रदेश कमिटी सदस्य  रश्मि आचार्य  ,जिल्ला कमिटी सदस्यद्वय  किशान सुनार ,  शिव प्रसाद आचार्य, सो वडाका उप – सचिब रमेशराज आचार्य  लगायतले एमालेको बिजयको लागि गर्नु पर्ने कार्यभारको सम्बन्धमा बोलेका थिए ।   

पोखरा : आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (ख) का उम्मेदवार मिना गुरूङले महिला सशक्तिकरण, समावेशी विकास र समृद्धिका लागि आफुले उम्मेदवारी दिएको बताएकी छन् ।    पोखरा ८ सिजर्नाचोकस्थित कास्की निर्वाचन क्षेत्र नं. २ (ख) को निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन समारोहमा बोल्दै उनले महिला हकहितका पक्षमा काम गर्ने उल्लेख गरेकी छन् । उम्मेदवार गुरूङले विगतमा एमाले नेतृत्वको प्रदेश सरकारले शुरु गरेका तर सरकारको फेरबदलका कारण पूरा हुन नसकेका विकास निर्माणका अधुरा योजना पूरा गर्दै नयाँ भिजनका साथ अघि बढ्ने प्रतिवद्धता जनाईन् ।   उनले आफ्नो निर्वाचन क्षेत्र सबै हिसावले महत्वपूर्ण रहेकोले सो क्षेत्रको विकासको योजना सहित छिट्टै आफ्नो पार्टीको प्रतिवद्धता सार्वजनिक गर्दै सोही अनुरुप स्थानियकै आवश्यकता र सुझावका आधारमा काम गर्ने बताएकी छन् ।   गुरूङले आफू जहिले पनि जनताकै सेवामा लागेको उल्लेख गर्दै दोसो पटक पनि जनसेवाकै लागि उम्मेदवारी दिएको बताईन् । आफ्नो एक मात्र सपना विकास भएकोले त्यसका लागि कास्की २(ख)का जनताले आफूलाई विजयी गराउने उनको विश्वास छ ।   

पोखरा : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ‘पर्यटनको राजधानी’ स्थानीय सरकारले नै घोषणा गर्ने बताएका छन् ।    पर्यटनको राजधानी घोषणा गर्न पोखरा महानगरपालिकाले संघ सरकारलाई आग्रह गरेको थियो । पाँच वर्ष अघि महानगरले निर्णय गरेको हो ।  गण्डकी प्रदेश सरकारले दुई पटक पहल गर्दा पनि संघ सरकारको ध्यानाकर्षण भएको छैन् ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गरे पनि अहिलेसम्म थाँती रहेको छ । आचार्यले भने, ‘पोखरालाई केन्द्रमा राखेर हामी आफै  काम गर्छौं ।’ उनले पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिट–२०२२ को उद्घाटन गर्दै उक्त उद्घोष गरेका हुन् ।    आचार्यले भने ‘कसैले माने पनि नमाने पनि पोखरा पर्यटनको राजधानी नै हो ।’ पर्यटन उद्योगका लागि चाहिने जनशक्ति जनप्रिय बहुमुखी क्याम्पसले उत्पादन गर्नु सह्रानीय भएको बताए । पोखरालाई मुक्ति क्षेत्रको प्रवेशद्वार बनाउन प्रतिवद्ध रहेको जनाए ।    कार्यक्रमका प्रमुख वक्ता प्राडा रमेशराज कुँवरले ‘नेपालको पर्यटन हिजो, आज र भोलि विषयमा प्रस्तुति राख्दै नेपाल मै पहिलो पटक पर्वतीय पर्यटनको अध्ययन अध्यापन गराएको जनप्रिय क्याम्पसको प्रशंसा गरेरै नसकिने बताए । कुवँरले स्वायत्त पाठ्यक्रम विकासका लागि आफूले पहल गरको जानकारी दिए । नेपालको पर्यटनमा महाभूकम्प र कोरोना कहरले धक्का लागे पनि दीगो पर्यटनका लागि शिक्षित र दक्षजनशक्ति आवश्यक रहेको औंल्याउँदै भविष्यका कर्णधार पर्यटनका विद्यार्थी रहेको घोषणा गरे ।   नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले ‘नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनका सम्भावना’लाई सार्थक बनाउने उपायबारे प्रस्तुति राखेका थिए । रेग्मीले  वार्षिक ४ सय जनशक्ति पर्यटन क्षेत्रका लागि तयार भए पनि पर्यटन उद्योगमा दक्ष जनशक्तिको माग ख्टकिएको जनाए । पर्यटनका लागि बनाउनु भन्दा पनि नभत्कानु काफी हुने तर्क राखे । हिमालसँगै नयाँ प्रोडक्ट पनि सेल गर्नु आवश्यक रहेको रेग्मीको धारणा थियो ।    नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानोर्बु शेर्पाले ‘नेपालको पर्वतीय पर्यटन’ विषयमा प्रस्तुति राख्दै पर्यटन पढेका दक्ष जनशक्ति होटल, बार, रेस्टुरेन्टका लागि मात्रै नभई समग्र पर्यटन क्षेत्रलाई चाहिने हुँदा पर्वतीय पर्यटनको पढाइले योगदान दिने विश्वास गरे ।    गण्डकी प्रदेशमा पर्यटनका सम्भावना खोज्न र पर्यटनसँग सम्बन्धित संघ, संस्था र सोही विषयको उच्च अध्ययन गरेका जनशक्तिलाई एकै ठाउँमा राखेर मिटको आयोजना गरिएको थियो । स्नातक र स्नातकोत्तरमा पर्यटन र आतिथ्यता अध्ययन गरिरहेका विद्यार्थी, विज्ञ र रोजगारदाताबिच छलफल गरी समस्या र सम्भावनाको खोजी गरिएको थियो ।    गण्डकी प्रदेशमा पर्यटन र अतिथ्यता शिक्षाको अहिलेको अवस्था र सम्भावनाबारे प्यानल छलफलमा पर्यटन शिक्षण गर्दै आएका डा.रामजी शर्मा, नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारी, बाराही गु्रपका निर्देशक वैभव पौडेल, पोखरा ग्रान्डका महाप्रबन्धक पञ्चलम लामा सहभागी प्यानल छलफलको सहजीकरण दीपेन्द्र पहारीले गरेका थिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, डा. ध्रुवराज पोखरेल लगायतका वक्ताले टिप्पणी गरेका थिए ।    एमविए इन हस्पिटालिटी र विएमटिमको पाठ्यक्रमका बारेमा नेत्रप्रसाद सुवेदी र मेखराज पौडेलले जानकारी प्रस्तुत गरेका थिए । अध्ययन सकेका प्रेम गिरी र विष्णुहरि तिमिल्सिनाले आफ्ना ४ वर्ष अध्ययनको अनुभव आदानप्रदान गरे । ।  विएमटिमका विद्यार्थीले साँस्कृतिक प्रस्तुति राखेको कार्यक्रममा  ‘जर्नल अफ टुरिजम एण्ड एडभेन्चर’ को पाँचौं अंक लोकार्पण गरिएको थियो ।    जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र पोखरा पर्यटन परिषद्को सहआयोजनामा सम्पन्न कार्यक्रमलाई पोखरा महानगरपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन पोखरा र पर्यटन मन्त्रालय गण्डकी प्रदेशले सघाएको थियो । कार्यक्रममा पोखरा र गण्डकी प्रदेशका १२ कक्षा सकेका विद्यार्थी, विद्यालय, क्याम्पस सञ्चालक र विज्ञ गरी ३ सय ७७ को सहभागिता रहेको क्याम्पप प्रमुख भण्डारीले जानकारी दिए ।    क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य ध्रुवराज चालिसेले स्वागत मन्तव्य राखेका थिए । क्याम्पस प्रंमुख लोकराज भण्डारीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सञ्चालन डा. भावना पोखरेलले गरेकी थिइन ।   

  पोखरा । कुंडहर समाज सेवा समितिको अध्यक्षमा दया बराल निर्वाचित भएकी छिन । समितिको १६ औं साधारण सभा तथा नवौं अधिवेशनबाट आगामी कार्यकालका लागी दया बरालको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन भएको हो । जस अन्तर्गत समितिको उपाध्यक्षमा कृष्ण बहादुर के.सी., सचिवमा बिक्रम रायमाझी, कोषाध्यक्षमा सुरेन्द्र बिनोद खनाल र सह सचिवमा लक्ष्मी थापा चयन भएकी छिन । त्यसैगरी सदस्यहरुमा देवकी रायमाझी, समुन्द्र भुजेल, बिरेन्द्र बहादुर थापा, गौतम थापा, सुनिता के.सी. र सन्तोष थापा चयन भएका छन । सो साधारण सभाको उदघाटन गर्दै जनप्रतिनिधी  सन्तोष बास्तोलाले वडाबाट हुने बिकासका काममा संस्थासंग सहकार्य गरेर अगाडी बढ्ने वताउदै वडाभित्र रहेका सडकहरुमा सडक लाइट, स्ट्रेट नम्बर, फुटपाथ निर्माण, फोहोर ब्यवस्थापन लगायतका काम संगै युवा तथा महिलाहरुलाई स्वरोजगार एवं सीपमुलक तालिमहरु प्रदान गरी अगाडी वढ्ने वताए । कुंडहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विश्व बन्धु थापाले समाजले सहकारीको अवधारणा ल्याई समाजलाई आर्थिक रुपान्तरणतर्फ ल्याउनुपर्नेमा जोड दिए । त्यसैगरी समितिका सल्लाहकार रिब बहादुर थापाले संस्थाले गरेको सामाजिक कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे । संस्थाका अध्यक्ष शान्त बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव अञ्जना घिमिरेले गरेकी थिइन ।