पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखराः   १७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर, जुनियर र प्लस टु तर्फका विभिन्न खेलकुद प्रतियोगिताहरु जारी रहेका छन् ।  निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत मंगलबार सिनियर र जुनियरतर्फ फुटबल, प्लस टु तर्फ भलिबल र बास्केबल तथा एथलेटिक्सका खेलहरु जारी रहेका हुन् ।    भलिबल छात्र मावि र प्लस टु तर्फका खेल जारी   प्याब्सन स्पोर्टस मिट अन्तर्गत मंगलबार मावि तहतर्फ क्वाटर फाइनल र प्लस टु (कक्षा ११–१२) तर्फ क्वाटर फाइनलका समिकरण पुरा भएको भलिबल खेलका संयोजक नविन बरालले बताए ु मवि छात्रतर्फ भएको खेलमा रेन्वोले डायमण्डलाई २–० ले, ढुङ्गेसाँघुले नेपाल आदर्शलाई २–१ ले, न्यू मोडलले अल्फालाई २–० ले, धौलागिरीले एक्स आर्मीलाई २–० ले पराजित गर्दा एक अर्को खेलमा रेन्वो भने तारापुञ्ज संग २–१ को सेटमा पराजित भएको छ । त्यस्तै वेष्ट पोइन्टले मिलिनियमलाई २–० ले खेल जिते पनि अर्को एक खेलमा भने निलगिरी संग २–१ ले आफ्नो खेल गुमाएको छ । यसै गरी सगरमाथाले सवलाइमलाई २–० को सोझो सेटमा पराजित गरे पनि अर्को एक खेलमा सृजना संग २–० को सोझो सेटमा खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको छ । यसै गरी नेशनल इन्भेन्टिभले हिल पोइन्टले २–० ले पराजित गर्दा विद्या निकेतनले पोखरा स्पाइरललाई वाक ओभर दिएको संयोजक बरालले बताए । यता प्लस टु छात्रतर्फ गुरुकुल, सृजना, टप्स र केफले सेमीफाइनलमा स्थान बनाएका छन् । सम्पन्न खेलमा गुरुकुलले पश्चिमाञ्चललाई २–० ले, सृजनाले हाभर्डलाई २–० ले, टप्सले पोखरा पव्लिकलाई २–० ले केफले माउन्ट अन्न्नपूर्णलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्  सिनियर तथा जुनियर फुटबल: प्रि–क्वाटरका खेल सुरु  १७ औं प्याब्सन स्पोर्टस मिट अन्तर्गत सोमबारबाट सिनियर तथा जुनियर फुटबलतर्फ प्रिक्वाटरका प्रतिष्पर्धाहरु सुरु भएको प्रचार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिएका छन् ।  सिनियरतर्फ गौरीशंकर खेल मैदान हेम्जामा सम्पन्न खेलमा रेन्वोले डायमण्डलाई १–० ले, हिल पोइन्टले मेरी गोल्डलाई २–१ ले, शान्तीदिपले ग्लोबललाई ५–० को भारी गोल अन्तरले पराजित गर्दा पोखरा पब्लिकले मेट्रोपोलिटानले ६–१ ले पराजित गर्न सफल भएको छ । त्यसैगरी स्नो भ्यूले सृजनालाई ३–१, बाल विद्याले विद्या निकेतनलाई २–० ले पराजित गरेका छन् । दुई खेलको नतिजा भने टाइव्रेकरमा आएको छ । शिसु कल्याणले शान्ती निकुञ्जलाई ४–२ ले पाखा लगाएको छ भने एक अर्को खेलमा बालोदयले पोखरा एकेडेमीलाई ७–६ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै खेल बराबरीमा सकिएको थियो ।  नेपाल आदर्शको खेल मैदानमा सम्पन्न खेलमा इडेनले हिल पोइन्टलाई १–० ले, भ्यू पोइन्टले बाल विद्यालाई ३–० ले पराजित गर्दा दुई खेल भने टाइ व्रेकरमा सम्पन्न भएछन् । मनकामना र एक्स आर्मी विचको खेलमा निर्धारित समयमा १–१ को बराबरीमा सकिए पछि टाइ व्रेकरमा मनकामनाले ३–२ ले खेल जित्यो भने त्यसतै कुमुदिनी र केफ विचको खेल समेत १–१ गोलको बराबरीमा सकिए पछि टाइव्रेकरमा कुमुदिनीले ४–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।  यता शान्तीदिप खेल मैदानमा भएको जुनियरतर्फको खेलमा मेट्रोपोलिटानले टाइ व्रेकरमा ६–५ ले जित दर्ता गर्दा बेसलाइनले पारामाउण्टलाई ३–१ ले, रेन्वोले गुरुकुललाई ६–५ ले टाइ व्रेकरमा जित हासिल गरेको छ । आज कै भएको एक अर्को खेलमा स्नो भ्यूले सगरमाथालाई १–० ले पराजित गरेको छ । प्लस टु बास्केटबलमा क्वाटरफाइनलको समिकरण पुरा प्याब्सन स्पोर्टस मिट अन्तर्गत नै पोखरा रंगशालमा जारी प्लस टु छात्र बास्केटबलमा क्वाटरफाइनलको समिकरण पुरा भएको बास्केटबल संयोजक खिम गुरुङले जनाएका छन् ।  प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा बाल कल्याण, पश्चिमाञ्चल, प्रतिभा र पारामाउण्टले अन्तिम चौथोमा स्थान पक्का गरे । बाल कल्याणले मेरी गोल्डलाई ४५–२८ ले, पश्चिमाञ्चलले सोसल पब्लिकलाई ३२–१० ले, प्रतिभाले माउन्ट अन्नपूर्णलाई ६३–५९ ले र पारामाउण्टले हाभर्डलाई २४–१९ को स्कोरले पराजित गरेको छ । सेमीफाइनल खेल मंगलबार बिहान बाट सुरु हुने संयोजक गुरुङले जानकारी दिए ।  एथलेटिक्सका प्रतिष्पर्धा जारी प्याब्सन स्पोर्टस मिट अन्तर्गत एथलेटिक्स प्लस टु छात्रातर्फ १०० मिटर दौड प्रतिभाकी यूरिका बज्रचार्यले १५ः७ सेकेण्डमा दुरी पार गर्दै जितेकी छन् । त्यस्तै स्नो भ्यूकी अपेक्षा कार्कीले १५ः८८ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदा बाल कल्याणकी सुदिक्षा घलेले १५ः१९ सेकेण्डमा दुरी पार गरी तेश्रो हुन सफल भइन् । मावि तह छात्र शटपुटतर्फ अल्फाका अमित चन्द्र पहिलो हुँदा फेवा पब्लिकका अनिश बिक दोश्रो र न्यू मिलेनियमका रामोन गुरुङ तेश्रो भएका छन् । त्यसै गरी लङ जम्पतर्फ न्यू मोडलका कुमार मल्ल पहिलो भए भने लिटिल स्टेपका मिलन नेपाली दोश्रो र डायमण्डका बन्दन थापा तेश्रो भए ।  प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।  प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको छ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् ।  कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको अध्यक्ष मथुरा प्रसाद पौडेलले बताए ।   

पोखराः    पोखरा महानगरपालिकाको नवौं कार्यपालिका बैठक आइतबार बस्यो । बैठकले भवन तथा घर अभिलेखिकरणको म्याद थप गर्ने निर्णय गर्याे । महानगरले भवन तथा र अभिलेखिकरण गर्ने म्याद पुष २ गते सकिने भन्दै ३५ दिनको म्याद गरेको स्रोतले जानकारी गरायो ।  नवौं बैठकको बारेमा सुनगाभा न्यूजसँग कुरा गर्दै स्रोतले पोखरा महानगरभित्र अनुमति नलिई निर्माण भएका घर तथा भवनहरुलाई दर्ता गर्न ३५ दिन म्याद थप गर्ने निर्णय गरेका स्पष्ट पार्याे ।  ‘पोखरा महानगरभित्र महानगरबाट नक्सापास नलिई ६० प्रतिशत भन्दा बढी घर भवन निर्माण भएका छन्, विना स्विकृति निर्माण भएका घर भवनहरुलाई राजस्व तथा करकोे दायरा ल्याउन म्याद थप गरिएको हो ।’ स्रोतले भन्यो ।  महानगरले भवन घरहरुलाई अभिलेखिकरण गर्न ३५ दिने म्याद थप गर्दै प्रत्येक वडामा आफ्नो घर भवन अभिलेखिकरण गर्न अनुरोधसमेत गरेको छ । यस्तै बैठकले केही महिनादेखि रोकिएको जग्गा कारोवार तथा भूमि वर्गीकरणसमेत खुल्ला गरेको छ ।  बैठकमा ल्याण्डफिल साइटले पाएन स्थान पोखरा महानगरपालिकाको नवौं कार्यपालिका बैठकमा पोखरा अन्तरराष्ट्रिय विमानस्थतल सञ्चालनको पूर्वसर्त रहेको ‘ल्याण्डफिल साइट’ व्यवस्थापन बारे  स्थान पाएन । यद्यपी महानगरपालिकाले पोखरा १४ मा फोहोर नफाल्ने जानकारी दिइसकेको छ । तर अहिले तर आफैले गरेको निर्णय पालना नगरी महानगरले सोही ल्याण्डफिलमा फोहोर फाल्दै आएको छ । पोखरा महानगरपालिकाका सूचना अधिकारी जीतेन्द्रजंग केसीले पोखरामा दैनिक उठ्ने फोहोर अहिले पोखरा १४ स्थितको ल्याण्डफिल साइटमा नै फाल्दै आएको बताए । महानगरको बैठकमा अनौपचारिक कुराकानीमा ल्याण्डफिल साइट कहाँ बनाउने भन्ने विषयमा कुराकानी भएपनि स्थान किटान गर्न नसकेको स्रोतको दाबी छ । यता महानगरका मेयर धनराज आचार्यले ल्याण्डफिल साइट टिकट काटेर हेर्ने बनाउने अभिव्यक्ति दिदैं आएका छन् । उनको उक्त अभिव्यक्तिमाथि कटाक्ष पनि हुदै आएको छ ।  कार्यपालिका बैठकमै सो विषयमले स्थान नपाएपनि उपयुक्त स्थानको खोजीमा रहेको महानगर स्रोतको दाबी छ । ‘अहिले प्राविधिक परिक्षणकै चरणमा छौं, स्रोतले भन्यो, ‘फाइनल नभएकै कारण स्थानको नाम बाहिर ल्याएका छैनौं ।’ पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले पोखरा महानगरले प्रयोग गरिरहेको १४ स्थित ल्याण्डफिल साइट बन्द गर्न सुझाव दिएपछि महानगरपालिकाले विमानस्थल प्रशासनलाई कात्तिक १७ गते पत्रमार्फत मंसिर १७ देखि हाल प्रयोगमा रहेको ल्याण्डफिल साइटमा फोहोर नफाल्ने जानकारी दिएको थियो ।   

पोखराः    मित्रता बहुउद्धेश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ ।  पोखरामै पहिलो पटक युवाहरुद्धारा सञ्चालित सहकारीको उद्घाटन गर्दै पोखरा महानगरपालिका  सहकारी संघका अध्यक्ष बलराम गौतमले युवाहरुले आफ्नो ब्यवशाय संगै सहकारीलाई अगाडि बढाउनु आफैमा गर्वको कुरा भएको बताउदै सहकारीको मान्यतालाई आत्मसाथ गरी अगाडि बढ्न आग्रह गरे । पछिल्लो समय सहकारीहरुमा बिकृति मौलाउदै गइरहेको सन्दर्भमा त्यसप्रति मित्रता सहकारीले ध्यान पुर्याउन आवश्यक रहेको बताउदै गौतमले युवा ब्यवसायीहरुलाई सहकारीमा आवद्ध गर्न सके सहकारी अगाडि बढ्न सक्ने धारणा ब्यक्त गरे ।  संस्थाका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठले पोखरामा पहिलोपटक युवाहरुद्धारा सञ्चालित सहकारी रहेको बताउदै पोखराका सवै युवा सदस्यहरुको साथ सहयोग पाएको खण्डमा पोखरामा नमुना सहकारीको रुपमा स्थापित हुने बताए । संस्थाका अध्यक्ष जयन्ती मोक्तानले सहकारी स्थापनाको उद्धेश्य सहकारी दर्ता गर्दाबखतको संघर्ष र अगामी कार्यक्रम योजना बजारमा देखिएको आर्थिक समस्यामा मित्रतामा त्यस्तो समस्या नरहेको र अगामी दिनमा पनि समस्या नरहने जानकारी गराउदै सहकारीको सांगठनिक व्यवस्था प्रविधि मैत्री सेवामा बिस्तार, व्यवसायीक प्रतिष्ठानहरु संगको सहकार्य रिक्त पद पूर्तिको लागि सभामा पेश तथा अनुमोदनको लागि विभिन्न बुदाहरु पेश गरेकी थिइन ।  कार्यक्रममा सहकारीका सचिव नबिन श्रेष्ठले सचिवको प्रतिवेदन कोषाध्यक्ष बुद्धि राज भट्टराईले कोषाध्यक्षको प्रतिवेदन पेस गरेमन थिएभने लेखा सुपरिवेक्षण समितिको संयोजक रुद्र गिरीले लेखाको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमा बाल बचत र कोपिला बचत बाल बाललिकाहरुको लागि शिक्षामा अग्रसरहोस भन्ने हेतुले १ सय ५०जना बाल बालिकालाई स्टेशनरी सामाग्री बितरण गरीएको थियो । विभिन्न बिधामा बर्षको बार्षिक उत्कृष्टलाई नगद तथा प्रमान पत्रबाट सम्मान गरिएकोे थियो ।  सहकारीको बर्ष उत्कष्ट कर्मचारी किरण पुनलाई नगद तीन हजार र प्रमाण पत्र, बर्ष उत्कृष्ट बाल बचत सज्जु त्रिपाठी लाई नगद ६ हजार र प्रमाणपत्र, वर्ष उत्कृष्ट कोपिला बचत सनिश श्रेष्ठलाई नगद ६ हजार र प्रमाणपत्र, वर्ष उत्कृष्ट बचतकर्ता रोजेन्द्र प्रसाद पोख्रल, विष्णुकुमारी श्रेष्ठ, लक्ष्मी प्रसाद श्रेष्ठ, दुर्गा श्याम, विष्णु कुमार श्रेष्ठ, बसन्त कुमार श्रेष्ठ र उत्र श्रेष्ठलाई  प्रमाण प्रत्र खादा सहित सम्मान  गरिएको थियो ।  त्यसैगरी बर्ष उत्कृष्ट शेयर सदस्य ईन प्रसाद घर्ती, जुन कुमार श्रेष्ठ, श्रावण कुमार जैसवाललाई  प्रमाण प्रत्र खादा सहित सम्मान गरिएको थियोभने बर्ष उत्कृष्ट नारी बचत कमला श्रेष्ठ प्रमाण प्रत्र खादा सहित सम्मान, बर्ष उत्कृष्ट ऋणी सदस्य श्रीराम अधिकारी, भिम कुमारी गुरुङ, ओम बहादुर कामी, जय प्रकाश लामा प्रमाण प्रत्र खादा सहित सम्मान र बर्ष उत्कृष्ट उपसमिति चन्द्रवती श्रेष्ठलाई  प्रमाण प्रत्र र खादा सहित सम्मान गरीएको थियो ।  सल्लाहकारको तर्फबाट सल्लाहकार राजु श्रेष्ठ र बिनोद दुङ्गानाले शुभकामना मन्तव्य राखेका थिएभने सभाबाट संचालक समितिमा रहेको रिक्त पदमा बबिता के सि कार्की र कृष्ण के सि लाई सर्वसम्मत चयन गरीएको थियो । बन्द सत्रबाट अध्यक्ष सचिव र कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गरी पास गरीएको थियो । 

पोखराः   मिस तामाङ पोखराको तालिम शुरु भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे प्रतियोगिताको शनिबारबाट सहभागीहरुलाई तालिम दिन शुरु गरिएको हो । २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको यो सातौं संस्करण हो । तालिममा २० जना तामाङ समुदायको युवतीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक राम लामाले बताउनुभयो ।  युवाहरुलाई आफ्नो मौलिक भाषा, भेषभुषा, संस्कार र संस्कृतिको बारेमा जानकारी गराई आफ्नो समुदाय प्रति प्रेम जगाउनका लागि कार्यक्रमलाई निरन्तरता दिन लागेको तालिमको शुभारम्भको अवसरमा बोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताउनुभयो  ।  शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी तामाङ्ग घेदुङ्ग का पूर्व अध्यक्ष धनप्रसाद तामाङ्गले युवापुस्ता मात्रै होइन अभिभावक पनि भाषा र संस्कार जोगाउन सचेत बन्नु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले जन्म देखि मृत्यु सम्म तामाङ्ग समुदायको आफ्नै मौलिक संस्कार रहेको भन्दै यसबारे मा नयाँ पुस्ता जानकार हुनपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग सिम्पानीका अध्यक्ष गंगा तामाङ्ग, नेपाल तामाङ्ग घेदुङ्ग पोखरा महानगरका अध्यक्ष रामबहादुर तामाङ्ग (शिवु ब्लोन), मिस तामाङ्ग पोखरा २०२२ का विजेता मान्सी तामाङ्ग, रनरअप पेमा तामाङ्ग,  आरजे होल्डिङ्ग रियल स्टेटका प्रबन्ध निर्देशक राजु केसी, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेशन म्यानेजर सन्जय मल्ल लगायतले बोल्नुभएको थियो ।  पहिलो दिनको प्रशिक्षण नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रदान गर्नुभएको थियो । ३५ दिन सम्म चल्ने प्रशिक्षणमा तामाङ्ग जातीको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक राम लामाले जानकारी दिनुभयो ।  प्रतियोगितामा पोखरा पुम्दीभुम्दीका मनिषा तामाङ्ग, योगितामाया तामाङ्ग, नारेश्वरकी निशा तामाङ्ग, नदिपुरका खुसी बम्जन, कृतिका तामाङ्ग, फुलबारीका सुप्रिया तामाङ्ग, सेदीका रोश्मा तामाङ्ग, जुना तामाङ्ग, प्रिती तामाङ्ग , लेकसाइडका आकृति ब्लोन, मियापाटनका रसिला तामाङ्ग , रिठेपानीका रेनुका तामाङ्ग , न्युरोडका विकिता तामाङ्ग, लामागाउँका सुमित्रा तामाङ्ग, बगालेटोलका लक्ष्मी तामाङ्ग , अर्विना तामाङ्ग, विजयपुरका विपना तामाङ्ग र जिरोकिलोमिटरका जिना थिङ्ग सहभागी छन् । 

पोखराः  पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीले १५औं वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनको पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले उद्घाटन गर्नुभएको थियो ।  कार्यक्रममा वडा अध्यक्ष भट्टराईले पर्यटकीय सुन्दर नगरी लेकसाईडमा रहेको सहकारीले उत्पादनमा जोड दिदैँ संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष टिकाराम सापकोटाले संस्थाका गतिविधिसँगै पर्यटनका सम्भावना, समस्या र राज्यको भुमिका लगायतमा प्रकाश पार्नुभएको थियो । संस्थाका अध्यक्ष सापकोटाको सभापतित्व एवम् सचिव सोमबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष भोजकुमार श्रेष्ठ, सल्लाहकारहरु डम्बरबहादुर के.सी., गणेशबहादुर भट्टराई, बच्चुराम तिवारी, बिष्णुबहादुर गुरुङ्, पुर्व बैंकर एवम् सस्थाका सदस्य महेश्वर पहारी, उमादेबी अधिकारी लगायतले बोल्नुभएको थियो । अधिवेशनले पुनः टिकाराम सापकोटाको नेतृत्वमा तीन वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिका उपाध्यक्षमा भोजकुमार श्रेष्ठ, सचिवमा सोमबहादुर थापा मगर, कोषाध्यक्षमा लिला भट्टराई रहनुभएको छ भने सदस्यहरूमा गायत्री फुयाल, मधुमाया सापकोटा, जिवनराज सापकोटा, उमा देबी अधिकारी, रामचन्द्र शर्मा हुनुहुन्छ । त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा ईश्वरीप्रसाद पौडेल  र सदस्यमा जगन्नाथ तिमिल्सिना र ताराप्रसाद गौतम हुनुहुन्छ । कार्यक्रममा वर्ष उत्कृष्ठ कर्मचारीको रुपमा बजार प्रतिनिधि सुमित्रा जि.सी, उत्कृष्ठ सदस्यहरूमा विष्णुप्रसाद गुरुङ्, दिपेन्द्र देबी घिमिरे थापा , पार्बता पाण्डे र धिरज अर्याललाई  सम्मान गरियो भने सुनौलो शैक्षिक पुरस्कार अन्र्तगत आधारभुत तहमा एरिका बराल र माध्यामिक तहमा कृष्ण पाण्डेलाई नगद तथा सम्मानपत्रबाट सम्मान गरियो । साधारण सभाले सचिवको प्रतिबेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, लेखा परिक्षकको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्ताव समेत पारित गरेको छ । संस्थामा २४८७ जना शेयर सदस्य र शेयर पुजीँ रु.६ करोड १३ लाख रहेको सचिव सोमबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको कुल वासलत रु.२८ करोड ७४ लाख छ भने १९ करोड ७७ लाख निक्षेप संकलन गरी २१ करोड ४९लाख ऋण परिचालन गरेको छ ।

पोखराः   गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री माननीय विन्दुकुमार थापाले आफ्नै वडाको क्याम्पसमा सभासद् र सल्लाकार भएकाले   विश्वविद्यालय भएको हेर्न आतुर रहेको बताए ।   जनप्रिय बहुमुखी क्याम्पसको ३१ औं वार्षिकोत्सवका अवसरमा प्रमुख आमन्त्रित थापाले विश्वविद्यालयका लागि आवश्यक जग्गा, भौतिक पूर्वाधार, भवन निर्माणका लागि आफू र प्रदेशसभा प्रतिवद्ध रहेको जनाए । थापाले दुईपटकसम्म मुलकभरिकै उत्कृष्ट सामुदायिक क्याम्पस र गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको जनप्रिय क्याम्पसको क्वालिटीमा शङ्का गर्ने ठाउँ नै छैन् । शैक्षिक गतिविधि अब्बल र उत्कृष्ट रहेकाले विद्यार्थीको बढ्दो आकषर्णलाई ध्यान दिई दक्ष जनशक्ति उत्पादनमा प्राविधिक र सिपमुलक शिक्षा  दिन आग्र्रह गरे ।   क्याम्पसका पूर्व अध्यक्ष तथा सल्लाहकार परशुराम बरालले क्याम्पसले देखेका सपना साकार बनाउन  र रूपान्तरणका लागि पुराना चिज छोडेर नयाँ कार्यक्रम लागु गर्न नेतृत्व सक्षम हुनुपर्ने धारणा राखे ।  जनप्रिय बहुमुखी क्याम्पसलाई मानित विश्वविद्यालय बनाउन सरोकारवालाहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा उपप्राध्यापक देविलाल शर्मा तिमिल्सिनाले प्रस्तुति राखेका थिए भने प्रा.डा.इन्द्रप्रसाद तिवारीले टिप्पणी गरेका थिए ।  क्याम्पस प्रमुख लोकराज भण्डारीले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जेएमीले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिवद्धता सहित ५ वर्षे रणनीतिक योजना अनुरुप मानित विश्वविद्यालय बनाउन लागेको बताए ।    पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ५० हजारभन्दा बढी विषयगत पुस्तक राखिएको क्याम्पसबाट उत्पादित ८ सय ८८ दक्ष जनशक्तिको ट्यासर स्टडी गरिएको छ । त्रिविबाट सम्बन्धन लिएर विएस्सी सिएसआइटीका कार्यक्रम चलाउन दरखास्त बुझाएको भण्डारीले उल्लेख गरे । विश्वविद्यालय अनुदान आयोगबाट गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र प्राप्त क्याम्पसले स्वयत्त कार्यक्रम अन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट चलाइरहेको छ ।  क्याम्पस प्रमुख भण्डारीले गरिब तथा जेहन्दार, पिछडिएका क्षेत्रबाट आउने विद्यार्थीलाई १० प्रतिशत छात्रावृत्ति सुविधा छुट्याएको क्याम्पसले चालु आर्थिक वर्षका लागि २४ करोड ९६ लाख ४० हजार ५ सय ५५ रुपैयाँ ७५ पैसाको अनुमानित बजेट तर्जुमा गरेको जानकारी दिए ।   वार्षिकोत्सव कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार दामोदर चालिसे, सिनेटर मात्रिकाराज घिमिरे, पूर्व क्यामम्स प्रमुख विरञ्जी गौतम, सन्तोष अधिकारी, वेदहरि तिमिल्सिना,   विद्यार्थी संघसंगठनका प्रतिनिधि कमला परियार, सागर पौडेल, सागरप्रसाद शर्मा, निर्भिकविक्रम पौडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्दै क्याम्पसलाई केन्द्रमा राखेर यसको मर्मअनुसार अगडि बढ्न जोड दिएका थिए ।   अध्यक्ष तारा गिरीले आफू र धर्मपत्नी ज्ञानु गिरीको नामबाट स्थापना गरेको ‘ज्ञानतारा अक्षय कोष’ बाट उत्कृष्ट कार्यसम्पादन गरेका उपप्राध्यापक नारायणप्रसाद अधिकारी र कर्मचारी देवी पनेरुलाई नगद, कदरपत्र र दोसल्ला आढाएर सम्पान गरेका थिए । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको स्मृतिमा स्थापित पुरस्कारबाट मङ्गलबहादुर गुरुङ सम्मानित भएका छन् । सृजना विकास केन्द्रले स्थापना गरेको ‘सृजना विकास केन्द्र उत्कृष्ट पुरस्कार’ केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याएकी छात्रा दावा साङ्मो शेर्पालाई हस्तान्तरण गरेका थिए ।  क्याम्पसमा विभिन्न संस्था तथा व्यक्तिद्वारा स्थापित अक्षयकोषबाट उत्कृष्ट शैक्षिक नजिता ल्याउने विद्यार्थीलाई छात्रावृत्तिको नगद रकम र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै अतिरिक्त क्रियाकलाप अन्तर्गत भलिवल, ब्याडमिन्टन, रस्साकसी, बास्केटबल, टेवुलटेनिस, नृत्य, हाजिरीजवाफ, कविता, निबन्ध, वक्तृत्वकला, बुद्धिचाल प्रतियोगिताका बितेजालाई प्रमाणपत्र, शिल्ड, मेडल, नगद पुरस्कार प्रदान गरिएको थियो ।  प्रात र दिवा सत्रमा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठहरिएको छ ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा गिरीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष बीरबहादुर अधिकारीले स्वागत मन्तव्य राखेका थिए । धन्यवाद ज्ञापन सञ्चालक समितिका सदस्य नम्रता बरालले गरेकी थिइन । सहायक क्याम्पस प्रमुख रमेशबहादुर खड्का र शिलु चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए । 

पोखराः   निजी विद्यालयहरुको छाता संगठन प्याब्सन कास्कीद्वारा आयोजित १७ औं प्याब्सन स्पोर्टस मिटको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।  पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य समारोहका विच संघिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पौडेलले समाजमा अनुशासनका लागि खेलकुद अपरिहार्य रहने कुरामा जोड दिए । उनले भने–‘जसरी शिक्षा बिना समाज विकासको परिकल्पना गर्न सकिंदैन त्यसरी नै समाजमा अनुशासन कायम गर्ने संगै स्वास्थ्यका लागि समेत खेलकुदको विकास आवश्यक छ ।’ मुलुकको अग्रगामी बिकासका लागि शिक्षाको सुधार आवश्यक रहेको बताउँदै, विशेष गरी उच्च तहका शिक्षण संस्थाहरु थप जिम्मेवारी बहन गर्न आवश्यक रहेको उनले औंल्याए । शिक्षा संगै शिपको विकास र अध्ययन लाई रोजगार संग जोड्नु पर्ने बताउँदै मन्त्री पौडेलले भोलीका कर्णधारहरुको भविष्य सुनिष्चित गर्न तिनै तह गर्न शिक्षण पद्धतीलाई सुधार गर्नु पर्ने बताए । उनले भने–‘शिक्षाको विकासका लागि सबैको सहकार्य, सहयोग र हातेमालोको आवश्य छ ।’  शिक्षण संस्थाहरुमा तालावन्दी गर्ने र बन्द गर्ने जस्ता कुराहरुलाई रोक्न आग्रह गर्दै कानुनमा कुनै अवरोध भए त्यसको समाधान गर्न सरकार गम्भिर भएर अघि बढ्ने मन्त्री पौडेलले बताए । सबै नगरिकहरु जिम्मेवार भए नेपाली शिक्षण संस्थाहरु सुधार गर्ने अभियानमा साथ र सहयोग गर्न पनि उनले जोड दिंदै उनले नेपाली शिक्षण संस्था विरुद्ध भइरहेका अनर्गल प्रचार बन्द गन समेत आग्रह गरे । ‘सबै मिलेर नै नेपालको शिक्षामा सुधार ल्याउन सकिन्छ त्यसका लागि सबै निजी शिक्षण संस्थाहरु समेत एक जुट भएर अघि बढ्न म आह्वान गर्दछु’, उनले भने ।  प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा, गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसद बेद बहादुर गुरुङ, पोखरा विश्वविद्यालयका उपकुलपति प्रो.डा प्रेम नारायण अर्याल, प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी लगायतले अुनशासन र कृयाशिलताका लागि खेलकुद अपरिहार्य रहने बताएका थिए ।  उद्घाटन अवसरमा कास्की प्याब्सन संग आवद्ध ५२ विद्यालयहरुले मार्च पास गरेका थिए । उक्त मार्च पासमा रेन्वो एकेडेमी होम्स पहिलो भएको छ । त्यसै गरी मेरी गोल्ड दोश्रो, पोखरा लनर्स तेश्रो स्थान हात पार्दा हाभर्ड मावि, हिल पोइन्ट मावि, ढुङ्गेसाँघु मावि तथा विन्द्येश्वरी माविले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।  आइतबार नै सम्पन्न एथलेटिक्स प्लस टु छात्र १५०० मिटर दौडमा करुणानिधीका बिबेक परियार प्रथम, प्रतिभा सेकेण्डरी होम बहादुर अधिकारी द्वितिय र सृजना सेकेण्डरीका सन्दिप श्रेष्ठ तृतिय भएका छन् । प्लस टु ८०० मिटर छात्रातर्फको दौडमा स्नो भ्यू माविकी पार्वती श्रेष्ठ प्रथम, बेथानीकी रोमिना गुरुङ द्वितिय र प्रतिभा सेकेण्डरीकी ऐरिना पुर्जा तृतिय हुन सफल भए ।  एथलेटिक्सतर्फका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सांसद बेद बहादुर गुरुङ, प्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण केसी, केन्द्रिय सदस्य प्रेम प्रसाद शर्मालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।  प्याब्सन स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र भलिबलतर्फ आइतबार ८ खेल सम्पन्न भएको भलिबल संयोजक नविन बरालले जानकारी दिएका छन् । सम्पन्न प्रतियोगिता गुरुकुलले प्रतभालाई २–० को सोझो सेटमा पराजित गर्दा पोखरा पव्लिकले एक्स आर्मीलाई २–० ले, पश्चिमाञ्चलले ताराकुञ्जलाई २–० ले, सृजनाले कुमुदिनीलाई, माउन्ट अन्नपूर्णले बेथानीलाई, टप्सले सबलाइमलाई, केफले गोल्डन नेचरलाई २–० को सोझो सेटमा पराजित गरेका छन् भने हाभर्डले भास्करलाई २–१ को सेटमा पराजित गर्न सफल भएको छ ।  प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।  प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् ।  कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।   

पोखराः  पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन करिब तीन साता बाँकी भएपनि ल्याण्डफिट साइटका कारण अझै ढुक्क हुन सकिएको छैैन । कारण हो, पोखराको ल्याण्डफिल साइट ।    हाल प्रयोग भइरहेको साइटमा अझैपनि फोहोर फाँलिदैछ । सोही कारण विमानस्थलको प्रमुख समस्या नै पोखरा महानगरले प्रयोग गरिरहेको ल्याण्डफिल साइट भएको छ ।    पोखरा महानगरपालिकाले विमानस्थल प्रशासनलाई कात्तिक १७ गते एक पत्र पठाई मंसिर १७ देखि हाल प्रयोगमा रहेको ल्याण्डफिल साइटमा फोहोर नफाल्ने जानकारी दिएको थियो । तर आफैले गरेको निर्णय पालना नगरी महानगरले सोही ल्याण्डफिलमा फोहोर फाल्दै आएको छ ।    पोखरा महानगरपालिकाका सूचना अधिकारी जीतेन्द्रजंग केसीले पोखरामा दैनिक उठ्ने फोहोर अहिले पोखरा १४ स्थितको ल्याण्डफिल साइटमा नै फाल्दै आएको बताएका छन् ।    ‘नयाँ ल्याण्डफिल साइट हेर्ने काम भइरहेको छ, पोखरा महानगरले उठाउँदै आएको फोहोर पोखरा १४ को ल्याण्डफिल साइटमा फाल्दै आएका छौं, केसीले भने, ‘पोखरा १४ मा ल्याण्डफिलमा फोहोर फाल्ने र रिठेपानी डाँडा कटानबाट आएको माटोले दैनिक फोहोर पुर्ने काम भइरहेको छ । फोहोर पुरिएपछि त्यहाँ फोहोर फाल्दैनौं । नयाँ वैकल्पिक व्यवस्थामा खोज्छौं ।’   अहिले पोखरामा दैनिक १ सय ८८ टन फोहोर संकलन हुन्छ । स्रोतका अनुसार ल्याण्डफिल साइट माटोले पुरेपछि नयाँ ल्याण्डफिल साइट कहाँ बनाउने भनेर अन्तिम चरणको छलफल भइरहेको छ । यसको निर्णय केहि दिनभित्रै हुने जानकारी प्राप्त भएको छ ।    महानगरका सूचना अधिकारी केसीका अनुसार पोखराको फोहोर उठाउने सम्झौता पुष मसान्तसम्म रहेको छ ।      विमानस्थल सञ्चालनको प्रमुख समस्या ल्याल्डफिल साइट पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट जनवरी १ तारिख (पुस १७) बाट सञ्चालनमा ल्याउने  विमान स्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए ।    विमानस्थल सञ्चालनको तयारी के छ ? भन्ने प्रश्नमा प्रमुख गौतमले सबै तयारी पुरा भएको र महानगरले प्रयोग गरिरहेको ल्याण्डफिल साइट प्रमुख समस्या भएको बताए ।    ‘एक साता यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भएको छ, त्यसको प्रतिवेदन आइसकेको छैन’ गौतमले भने, ‘आवश्यक पर्ने डाँडा कटानसँगै बाँकी काम भइरहेको छ ।’   पोखरा महानगरले प्रयोग गरिरहेको ल्याण्डफिल साइट अझै नसार्दा समस्या भएको र महानगरले चाँडै अर्काे व्यवस्था गर्नेमा गौतम आशावादी छन् । स्थानीय सरकारले प्रतिबद्धता जनाएकाले अब केही दिनमै ल्याण्डफिल साइट व्यवस्था होला भन्दै अन्यथा नयाँ वर्षमा उडान भर्न गाह्रो हुने उनले उल्लेख गरे ।    ‘विमास्थल सञ्चालन गर्न हालको ल्याण्डफिल साइट बन्द गर्ने प्रतिवद्धता स्थानीय सरकारले गरेको छ’ गौतमले भने ।     विमानस्थलमा देखिएको ढल व्यवस्थापनको समस्या समाधान भएको प्रमुख गौतमको भनाई छ । ‘विमानस्थल भित्र भएको ढल व्यवस्थापनको समस्या समाधान भइसकेको छ, उनले भने, सडक र सिचाई आयोजनासँग छलफल भइरहेको छ । गौतम भन्छन्, ‘बाहिर उहाँहरुले काम गर्नुभयो भने हामीलाई भित्र समस्या हुँदैन ।’    लागत कति ? चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैयाँको लागतमा चिनियाँ निर्माण कम्पनी सिएएमसीले निर्माणको जिम्मा लिएर काम गरिरहेको छ ।   नागरिक उड्डयन प्राधिकरणका अनुसार सरकारले वि.सं. २०३२ सालमा ३ हजार १ सय रोपनी र निर्माणाधीन अवस्थामा बाँकी गरी हालसम्म कूल ३ हजार ८ सय ९९ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।  

पोखरा:  पोखरा महानगरपालिकाले नदीजन्य समाग्री उत्खनन्, तथा विक्रि वितरणका लागि बोलपत्र आह्वान गरेको छ ।   नदीजन्य समाग्री (घाट गद्धि) ढुंगा, गिट्टी, बालुवा, दहत्तर, बहत्तरको ठेक्काका लागि विभिन्न घाटको बोलपत्र खुला गरिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए ।    उनका अनुसार पोखरा महानगरपालिका भित्रका ६ वटा घाटको आगामी पुष २४ गते  बोलपत्र दाखिला तथा विक्रि गर्ने गरि आह्वान खुला गरिएको हो ।      उनले पुरुन्चौर ढोडेनी घाट, ढावघाट, मर्दीलस्ती दोभानघाट, विजयपुर खोला (दाया किनार), भेडीफारम घाट, मुसेटुंडा सैनिकघाट (बायाँ किनार)को बोलपत्र खुला गरिएको बताए ।    भारतीका अनुसार अहिले खुला गरिएको घाटहरुबाट न्यूनतम २ हजार ५ सय घनमिटर देखि अधिकतम ७ हजार ८ सय ९७ घनमिटर सम्म नदीजन्य समाग्री उत्खनन गर्न सकिनेछ ।   पोखरा महानगरपालिकाले बोलपत्र फारम दस्तुर नगद रु ३ हजार निर्धारण गरेको छ ।