कास्की: पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा गत ५ गतेदेखि यान्त्रिक परिक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्दै आएको एरो थाईको जहाजले आज अन्तिम उडान गर्नेछ । एक हप्ताभर उडान गरेको उक्त जहाजले विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणबारे चेकजाँच गरिरहेको विमानस्थलका आयोजना प्रमुख इन्जिनियर विनेश मनुकर्मी जानकारी दिए । ‘अहिले काठमाडौं र नेपालगञ्ज लगायतबाट आउने रुटमा यहाँ जडित इक्विपमेन्ट र सिग्नलले काम गरेछ कि छैन । सिग्नल फालेछ कि छैन भनेर एरो थाईको जहाजले जाँच गरिरहेको छ, उनले भने, ‘अब त्यो जहाज आजसम्म मात्रै उड्नेछ र प्रतिवेदन तयार पार्नेछ ।’ उनले भने । उनले उक्त परिक्षण उडानपछि उडान भर्न योग्य भए/नभएको बारे प्रतिवेदन तयार पार्ने बताउदै छिट्टै नेपाल नागरिक उड्ययन प्राधिकणलाई बुझाउने बताए । ‘एरो थाईको जहाजले एक आजसम्म क्यालिब्रेसन फ्लाइट गरिरहेको छ । 'आज अन्तिम फ्लाइट गर्छ, उनले भने, ‘त्यसपछि उडान भर्न योग्य भए नभएकोबारे रिपोर्ट तयार पारेर करिब हप्ता दश दिनमा नेपाल नागरिक उड्डयन प्राधिकणलाई बुझाउला ।’ एरो थाईको जहाजले गत वर्षको फागुनमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो । एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो । भने पोखरा विमानस्थलमा ७ दिन मात्रै परिक्षण उडान गरेको छ । आयोजना प्रमुख इन्जिनियर मुनकर्मीका अनुसार करिब ३ हजार ९ सय रोपनी क्षेत्रफलमा फैलिएको सो विमानस्थल निर्माणको लागि झण्डै २२ अर्ब लगानी रहेको छ । सम्बन्धित समाचारहरु: - ‘ल्याण्डफिल्ड साइट’ सरेन भने विमानस्थलमा नाँच्छन् गिद्ध र चरा https://sungabhanews.com/story/165/2022/4/23/tourism/pokhara/ -पोखरा ३३ मा ‘ल्याण्डफिल्ड साइट’ सार्ने विषय अन्यौल http://https://sungabhanews.com/story/837/2022/6/12/scoop/Samaj/ -ल्याण्डफिल्डका विषयमा अध्ययन गरिएको हो, निर्णय भइसकेको छैन: मेयर आचार्य https://sungabhanews.com/story/4523/2022/11/16/gandaki/desh/ -पोखराले रच्यो इतिहासः अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो ‘थाइ एअर’ https://sungabhanews.com/story/4729/2022/11/21/bisesh/desh/
पोखराः प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस कास्की १ का उम्मेदवार किशोरदत्त बराल दिनभरको चुनावी प्रचारको धपेडीमा हुन्थे । व्यस्तताकाकारण दिनभर उनले मोबाइलमा आएका फोन रिसिभसमेत गर्न भ्याएका हुन्थेनन् । कांग्रेस कास्कीको अध्यक्षलगत्तै संघीय सदस्य उम्मेदवारको टिकट पाएका उत्साही बराललाई मतदानको एक साताअघि साँझपख एक पत्रकारको फोन आयो । सामान्य कुराकानीपछि बरालले पत्रकारलाई सोधे, ‘कस्तो छ मेरो माहोल ?’ प्रश्न टुंगिन नपाउँदै पत्रकारले सुनाए ‘तपाइ हार्दै हुनुहुन्छ ।’ जवाफ पाएपछि केही मलिन स्वरमा बरालले पुनः प्रश्न गरे ‘हार्ने त्यस्तो के कारण छ र ?’ दोस्रो प्रश्नको उत्तरमा प्रत्रकारले भने ‘तपाइको निर्वाचन परिचालन र टिम हाँक्ने लगाम गलत मान्छेको हातमा छ ।’ बराललाई स्वीकार गर्न गाह्रो भयो । सतहमा सबै ठिकठाक देखेका र दिनभर प्रचारकाक्रममा जनताको घरदैंलो पुग्दा पाएको आश्वासनबाट आत्मविश्वासी बराललाई पत्रकारको रिपोर्टले झस्कायो । यद्यपि, कांग्रेस र अन्य दलसँगको गठजोडले बराल ढुक्क थिए । उनी अहोरात्र चुनावी क्षेत्रमा खटिरहे । तर जसै मतगणना सुरु भयो । बराललाई पत्रकारले सुनाएको रिपोर्ट सही लाग्दै गयो । र, अन्ततः बराल हारे । बराललाई नेकपा एमालेका मनबहादुर गुरुङले २५ हजार ७९८ मतकासाथ हराए । गठबन्धनका साझा उम्मेदवार बरालले २३ हजार १८९ मत पाए। दुइबीच २ हजार ६०९ मतको अन्तर रहेको छ । यसैबीच, बिहीबार साँझ उनै बराल र प्रदेशसभा सदस्य उम्मेदवार दिपक गुरुङका समर्थकहरुले कांग्रेसका पूर्वसभापति कृष्ण केसीको घरमा नाराबाजी र तोडफोड गरेर रोष प्रकट गरेका छन् । बराललाई ‘गलत मान्छेले चुनाव हाँकेको’ भनेर रिपोर्ट सुनाएका उक्त गलत पात्र कतै केसीका ‘खास’ त होइनन् ?
पोखराः कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ मा धितालमा प्रथम वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको छ । ‘खेलकुद एकताको लागि, एकता समृद्धिको लागि’ भन्ने नारासहित माछापुच्छ्रे गाउँपालिका ६स्थित भिंडावारी खेलमैदानमा प्रथम वडाध्यक्ष रनिङ शिल्ड आयोजना गरिएको हो । मंसिर २३ र २४ गते सञ्चालन हुने प्रथम वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगितामा सेभेन ए साईड फुटबल प्रतियोतिता, भलिबल, रिले दौड, घैटो फोड, रक्साकस्सी र ठोलो प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक सन्देश अधिकारीले जानकारी दिए । संयोजक अधिकारीका अनुसार वडा स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगितामा प्रथम र द्धितिय हुने समूहले क्रमशः २० र १२ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम र द्धितिय स्थान हासिल गर्ने समूहले क्रमशः २० र १२ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । २ हजार र १ सय मिटर दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहले क्रमशः ३ हजार, २५सय र २ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । घैटोफोड प्रतियोगितामा प्रथम हुने समूहले २ हजार प्राप्त गर्नेछन् । महिला रस्साकस्सी प्रतियोगितामा प्रथम र द्धितिय हुने समूहले ६हजार ५ सय र ४ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ठेलो फाल्ने प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहले क्रमशः ३ हजार, २ हजार ५ सय र २ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ वडा भित्रको बसोबास गर्ने परिचयपत्रको आधारमा प्रतियोगितामा सहभागिता जनाउन सकिने र प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क नलाग्ने कार्यक्रम संयोजक अधिकारीले जानकारी दिए । युवाहरुलाई संगठित बनाउन प्रतियोगिता आयोजनाः वडाध्यक्ष गौतम माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकनाथ गौतमले वडाभित्र रहेका युवाहरुलाई संगठित गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । ‘वडाभित्र रहेका युवाहरुमा आ–आफ्नो प्रतिभा छन्’, उनले भने, ‘युवाहरुको चाहना अनुसार र वडाभित्र छरिएर रहेका युवाहरुलाई संगठित गर्न प्रतियोगिता आयोजना गरिएको हो । युवाहरुलाई गलत कार्यमा लाग्नबाट रोक्न खेलकुद र मनोरञ्जनको भुमिका महत्वपूर्ण छ ।’ वडाध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालक समितिका संयोजक सन्देश अधिकारीले जनप्रतिनिधि र युवाहरुलाई एकतामा बाध्न प्रतियोगिता महत्वपूर्ण हुने बताए । ‘प्र्रतियोगिताको पहिलो उद्धेश्य युवाहरुमा एकताको सन्देश प्रवाह हो । जनप्रनिधि र युवाहरुबीच एकताको सन्देश दिन वडामा प्रतियोगिता आयोजना गरिएको हो ।’ उनले भने । वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको संयोजक अधिकारीले बताए । प्रतियोगितामा सहभागिता हुन वडा नम्बर भित्र बसोबास गरेको प्रमाण पेश गर्नुपर्नेछ ।
पोखराः ११ औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट तीन करदातालाई सम्मान गरेको छ । कार्यालयले गत आर्थिक वर्ष ०७८/०७९ मा सबैभन्दा बढी कर दाखिला गर्ने सफ्टवयरको कारोबार सेवा प्रदान गर्ने यार्सा ल्याब्स प्रालिका प्रतिनिधि किरण सापकोटा, मोटरगाडीको कारोवार गर्ने अटोवेज प्रालिका प्रतिनिधि नारायण पौडेल, कर्माचार्य वेक्स एण्ड फुड्स प्रालिका सञ्चालक विक्रम कर्माचार्य र उत्कृष्ट कर्मचारीका रुपमा नायब सुब्बा छाँया भट्टराईलाई ११ औं कर सप्ताहको अवसरमा सम्मान गरेको हो । गत आर्थिक वर्ष आन्तरिक राजश्व कार्यालय यार्सा ल्याब्स प्रालिले १ करोड ५३ लाख ७७ हजार २ सय ६९ रुपैयाँ आयकर दाखिला बुझाएको थियो । यस्तै कार्यालयका अनुसार अटोवेज प्रालिले १ करोड १३ लाख ४० हजार ४ सय ९७ रुपैयाँ र कर्माचार्य वेक्स एण्ड फुड्स प्रालिले २६ लाख ४६हजार ५ सय ९६ रुपैयाँ आयकर दाखिला गरेको थियो । कर तिर्नु नागरिकको दायित्व होः करदाता अटोवेज प्रालिका सञ्चालक नारायण पौडलले कर तिर्नु नागरिकको दायित्व भएको बताएका छन् । आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको राष्ट्रिय कर दिवसको अवसरमा बोल्दै कर तिर्नु नागरिकको दायित्व भएको बताएका हुन् । ‘कसैले कुनै व्यापार व्यवसाय गर्दा राज्य मेरो सेयर होल्डर हो भनेर सम्झन आवश्यक छ, उनले भने, ‘कसैले व्यापार व्यवसाय गर्दा राज्यलाई कर तिर्नु नागरिकको कर्तव्यको हो । व्यवसायी र नागरिकले कर नतिरेसम्म देश समृद्ध बन्न सक्दैन । त्यसैले देश समृद्ध बनाउन कर तिर्न आवश्यक छ ।’ व्यवसायीले पारदर्शी ढङ्गले राजश्व बुझाए समृद्ध देशको परिकल्पना पुरा हुने धारणा राखे । ‘नागरिक र व्यवसायीले पारदर्शी ढङ्गले राजश्व बुझाउन सके समृद्ध देशको परिकल्पना पुरा हुन्छ, उनले भने, ‘राज्यले बजेट ल्याउँदा व्यवसायी र नागरिकको करबाट ल्याउने हो । जति हामीले कर तिर्न सक्यो त्यति नै देश समृद्ध बनाउने सबैको सपना साकार हुन्छ ।’ यस्तै कर्माचार्य बेक्स एण्ड फुड्स प्रालिका सञ्चालक विक्रम कर्माचार्यले राज्यले विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्दा छुट दिएको करको विषयमा जानकार नभएको बताए । ‘राज्यले नेपालमा नै उद्योग व्यवसाय गर्दा विभिन्न क्षेत्रमा छुट दिएको छ, उनले भने, ‘ राज्यले देशमा नै कसैले उद्योग, पेशा व्यवसाय सञ्चालन गर्दा विभिन्न क्षेत्रमा करमा छुट गरेको छ तर नागरिकले बुझ्न सकेका छैनन् । व्यापार, व्यवसाय उद्योगसम्बन्धी सरकारले ल्याएको नीति नियम आम नागरिकले अध्ययन गर्न आवश्यक छ ।’ उक्त कार्यक्रममा चेम्बर अफ कमर्श गण्डकीका अध्यक्ष किसान सुनार, कोष नियन्त्रक कार्यालयका प्रमुख रामजी प्रसाद शर्मा, मालपोत अधिकृत प्रमुख राजेन्द्र पौडेल लगायत बोलेका थिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै (बेलुकी ४ः५० बजे) क्यालिब्रेसन फ्लाइट भएको छ । यान्त्रिक परीक्षण भनिने उडानमा साँझ ४ बजेर ५० मिनेट जाँदा थाइ एअर अवतरण भएको हो । विमानस्थलको एयर ट्राफिक कन्ट्रोलसम्बन्धी परीक्षण र भौगोलिक अवस्थाबारे जानकारी लिन आज उटान गरिएको हो । थाइ एअरका चालक दलले दिएको रिपोर्ट अनुसार विमानस्थल सुचारु हुनेछ । नेपाल सरकारको तयारी अनुसार आगामी अंग्रेजी नयाँ वर्षसँगै व्यावसायिक उडान हुनेछ । हाल हाम्रो सहकर्मी विमानस्थलमा रहेको छन् भने विस्तृत आउन बाँकी छ ।
पोखराः निर्वाचनको दिन कास्कीमा सवारी पास बिना चलाइएका १सय २० बढी सवारीसाधनलाई प्रहरीले होल्डमा राखेको छ । निर्वाचनको दिन विना पास चलाइएका १ सय २० बढी दुईपाङ्ग्रे र केही चार पाङ्ग्रे सवारीसाधनलाई होल्डमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए । होल्डमा राखिएको सवारीसाधनलाई साँझ ५ बजेपछि छोड्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन् । आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो । अत्यावश्यक तथा पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधन आज दिनभर नचलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।
कास्की: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका रामजी बरालले लज सञ्चालनमा ल्याएका छन् । गतवर्षदेखि पोखरा महानगरपालिका २२ पुम्दीकोटमा ‘जय शम्भो पुम्दीकोट लज एण्ड रेष्टुरेन्ट’ सञ्चालनमा रहेको बरालका छोरा कुलप्रसादले जानकारी दिए । उनका अनुसार हाल प्राविधिक कारणले एक महिना सेवा बन्द गरिएको छ । सो लज आफुले हेर्दै आएको बताउदै पारिवारिक लगानी रहेको कुलप्रसादले बताए । ‘हामी कोही पनि छुट्टिएका छैनौं, उनले भने, ‘त्यसैले पारिवारिक लगानी नै भन्न मिल्छ र म माननीय कै छोरा हो नि ।’ लज स्थापनाको मूख्य उद्देश्य धार्मिक र आन्तरिक पर्यटनलाई बढावा दिने रहेको उनले जनाए । यससँगै पर्यटनमार्फत आत्मनिर्भर र उद्यमी हुनपनि व्यवसायले सघाउ पुग्ने उनको धारणा छ । करिब डेढ करोड रुपैयाँ लगानी रहेको लजमा एक डिलक्ससहित पाँच कोठा, रेष्टुरेन्ट र ६० जना अट्ने सेमिनार हल रहेको छ । शिव मन्दिरबाट सो लज पाँच मिनेटको पैदल दूरीमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता एवम् मन्त्री बराल आसन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् ।
पोखरा: गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) द्वारा आगामी मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गरिने भएको छ । बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै जिफानका अध्यक्ष गुन्ज बहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेको बताए । पोखरा सभागृहमा हुन लागेको उक्त कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसंग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरु, गुरुङ चलचित्रका कलाकारहरुको आकर्षक नृत्यहरु प्रस्तुत गरिने कुरा अध्यक्ष गुरुङले बताए । उनले झण्डै ५ करोड संकलन गर्ने योजना सहित कार्यक्रम आयोजना गरिएको र यसमा गुरुङ चलचित्रलाई माया गर्ने सम्पूर्णको साथ दिने कुरा बताए । ‘हाम्रो आफ्नै भवन निर्माण भएपछि यसबाट निकै लाभान्वित हुने विश्वास लिएको छु। यसले सम्पूर्ण चलचित्रकर्मी, भाषा, कला र सस्कृतिको प्रवर्द्दन एवम् संरक्षणमा टेवा पुग्ने छ ।’ उनले भने । संस्थाका महासचिव लब्सन गुरुङले जिफानले विभिन्न चलचित्र तथा गीतसंगीत मार्फत गुरुङ समुदायको भाषा, कला र सस्कृतिलाई जोगाउन उलेखनीय भूमिका खेलेको बताए । ‘२७ वर्ष देखि हामीले यस क्षेत्रबाट आफ्नो कला र सस्कृति जोगाउन लागिपरेका छौं। त्यसकारण हाम्रो योगदानको मुल्यांकन तमु धिं जस्ता गुरुङको अग्रणी संस्था, तमु पें ल्हु संघ तथा विभिन्न संघ संस्थाले गर्ने विश्वास लिएको छु। ’ उनले भने, ‘उहाँहरुले हाम्रो यस कदममा साथ अपिल गर्न चाहान्छु ।’ महासविचले स्थापनाकालदेखि विभिन्न समस्या र चुनौतीका बाबजुद चलचित्र मार्फत गुरुङ समुदायको गरिमा र प्रतिष्ठालाई उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको जिफानको यस अभियानलाई सफल बनाउन देश तथा विदेशमा अरु कार्यक्रमपनि गर्ने योजना भएको सुनाए । त्यसै गरि संस्थाका उपाध्यक्ष सन्तोस कोन्मेले कार्यक्रममा २०५२ साल देखि हालसम्म निर्माण भएर जिफानमा दर्ता भई प्रदर्शन भएका चलचित्रहरुको पोष्टर प्रोजेक्टर तथा बोर्ड मार्फत प्रदर्शन अनि लोकप्रिय गायक गायिकाद्वारा गीत प्रस्तुत गर्ने कुरा जनाए । यस्ता कार्यक्रम आयोजना हुँदा कोभिड पछि सुस्त भएको गुरुङ चलचित्र तथा गीतसंगीतको गतिविधि पनि बढ्ने कोन्मेको भनाई छ । विधिवत् रुपमा २०६५ सालमा स्थापना भएको जिफानमा हाल सम्म १६० वटा चलचित्र दर्ता भएको छ । २०५२ सालमा पाते निर्माण गरेपछि सुरु भएको गुरुङ चलचित्र देशको दोस्रो ठुलो बजारको रुपमा लिइन्छ ।
पोखरा: राजनीतिमा निष्ठापूर्वक निरन्तर लाग्यो भन्ने एक दिन अवश्य मुल्यांकन हुन्छ भन्ने उदाहरण हुन् दुर्गादत्त भण्डारी । स्वयम भण्डारीलाई पनि लागेको थिएन कि यसपटक पार्टीले निर्वाचनमा उम्मेदवार बनाउला भन्ने । तर भण्डारीलाई उनको पार्टीले प्रदेशसभाको उम्मेदवार बनायो र उनको राजनीतिक योगदानको कदर गरेको छ । आफ्नो चार दशकको राजनीतिक आवद्धतापछि भण्डारीको पार्टी नेकपा(माओवादी केन्द्र)ले उनलाई विश्वास गरेर आसन्न निर्वाचनमा कास्की क्षेत्र नं.३(१)मा प्रदेशसभाको उम्मेदवार बनाएको छ । भण्डारी अहिले माओवादीको मात्र उम्मेदवार बनेका छैनन् उनलाई नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा लगायका दलहरुको पनि दरो साथ छ । शिक्षण र निजामति सेवामा गरी ३० वर्ष बिताएका भण्डारी वि.सं २०४२ देखी आफ्नो पेशागत कामसँगै राजनीतिमा समेत आवद्ध भएर पार्टीका काममा जोडिएका थिए । निष्ठा र इमानका धनी भण्डारीले २८ वर्ष स्वयंसेवामा पनि आफ्नो समय खर्चिए । मानवीय हितमा क्रियाशील नेपाल रेडक्रस सोसाइटी जस्ता संस्थामा उनले स्वंयमसेवा गरे । कास्की ३ (१) का जनताले उनलाई ‘पार्टी आन्दोलनका तपस्वी, जनताका हितैषी’ को रुपमा पनि चिन्ने गरेका छन् । निरन्तर राजनीति र स्वयंसेवामा क्रियाशील भण्डारी अहिले जनताको अवस्था बदल्ने अठोट सहित चुनावी मैदानमा होमिएका छन् । राजनीतिक व्यवस्था बदलिएपनि जनताको अवस्था ज्यूँकात्युँ रहेको भन्दै भण्डारी जनताबाट चुनिएर अवस्था बदल्ने मिसनमा छन् । उनलाई अहिले जनताको अवस्था बदल्ने हुटहुटीले मात्र उनलाई सताउँछ । त्यसैले त उनी यसपटक उम्मेदवार बनेर जनताको अवस्था बदल्ने योजना सुनाउँदै मत मागिरहेका छन् । जनताका विकास निर्माण लगायतका समस्याहरु टिपोट गर्दै उनले आफू विजयी भएको खण्डमा जनतासँगै जोडिएर ती समस्या समाधानका लागि काम गर्ने भण्डारीको चुनावी प्रतिवद्धता छ । पूर्वाधार, पर्यटन, कृषि क्षेत्रको विकासँगै जनतालाई राहत दिने उनको एजेण्डा छ । सरकार र राज्यका तर्फबाट महंगीका मारमा परेका जनतालाई उनले सरकारबाट राहत दिलाउन लागि पर्ने प्रतिवद्धता जनाएका छन् । शिक्षण पेशामा लामो समय बिताएकाले मसेत आफ्नो निर्वाचन क्षेत्रमा धेरैसँग परिचित छन्, उनी । सबै जातजाति, भाषा, धर्म, संस्कृतिको समानताबाटनै राष्ट्रिय एकता बलियो हुन्छ भन्नेमा उनी दृढ छन् । सोझा र ईमान्दारिताका प्रतिमूर्ति भण्डारी पार्टीभित्र (निर्भिक) उपनामले समेत चिनिन्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन् । २०१२ साल कात्तिक १२ गते जन्मिएका भण्डारीले शिक्षा शास्त्रमा स्नातक उत्तिर्ण गरेका छन् । ०४२ सालमा ने.क.पा. (मशाल)बाट राजनीतिक यात्रा शुरु गरेका उनी पार्टीको संस्थापन पक्षमा सदैव सतिसाल झैं उभिदै आएका छन् । उनी मशाल पुनः नामाकरण हुँदै ने.क.पा.(माओवादी केन्द्र) सम्म आईपुग्दा पनि यहि पार्टीका ईमान्दार सिपाही बनेर देश र जनताको सेवामा लागिरहेका छन् । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रहेका भण्डारी अन्नपूर्ण गाउँपालिकाका ईञ्चार्जसमेत हुन् । उनी माओवादी निकट बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजकपनि छन् । जनताको अवस्था बदल्ने भिजन र मिसन लिएर चुनावी मैदानमा होमिएका भण्डारीले त्यसका लागि केहि योजना बनाएका छन् । उनी जनताको अवस्था बदल्ने हो भने उद्यमशिलताको विकास गर्दै स्वरोजगार सिर्जना गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, “हुँदा खाने र हुनेखाने बीचको खाडल तोड्नुपर्ने माओवादीको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्नका लागि म चुनावी मैदानमा छु । जनताको अवस्था बदल्नेनै मेरो मुख्य एजेण्डा हो ।” भण्डारीले शिक्षा, स्वास्थ्य, तालिम, अनुसन्धान लगायतलाई निःशुल्क बनाउने अभियानको थालनी गर्ने दृढ संकल्प लिएर चुनावी घरदैलोमा रहेका भण्डारीले दैनिक उपभोग्य वस्तु तथा साधनको व्यवस्थापनमा जोड दिएका छन् । देशको समृद्धि उर्जा र पर्यटनबाट सम्भव देखेका उनी यसको विकास, बिस्तार र प्रवद्र्धन गर्नुपर्ने बताउँछन् । त्यसका लागि राज्यले नै स्पष्ट नीति, योजना र कार्यक्रम बनाउनुपर्ने भन्दै यसमा आफूले भूमिका खेल्ने उनको भनाई छ । उनले जनताको सुविधाका लागि सुइखेत खोलामा तटबन्ध निर्माण गर्ने, सुईखेतहुँदै पोखरा–२४ जोड्ने बाटो कालोपत्रे गर्ने, अन्नपूर्ण–१, घट्टेखोला र लखनेजादे–धम्पुस देउराली मोटरबाटो कालोपत्रे गर्ने, सेदीदेखी ग्यारजाती सडकको स्तरोन्नती गर्ने । पोखरा–१८ मा पर्ने कृषि सडकलाई कालोपत्रे गर्नेलगायतका योजनापनि अघि सारेका छन् । त्यस्तै, लामाचौर–बाटुलेचौरहुँदै छहरेपानी पुग्ने बाटो कालोपत्रे गर्ने, लामाचौर–भुनपहरे–चितेपानी–चुरुङ सडकको स्तरोन्नती गर्ने, तल्लाकोट–भुजुङ सडक काल्पत्रे गर्ने, मिलनचोक–लाहाचोक– घाचोक–माछापुछ्रे सडक खण्ड कालोपत्रे गर्ने, मिलनचोक–खोराकोमुख–संदीघट्ट–ल्वाङघलेल खण्ड कालोपत्रे गर्ने, खोराकोमुख–रिभान मोटरबाटो स्तरोन्नती गर्ने लगायतका योजनापनि ल्याएका छन् । उम्मेदवार भण्डारीले विध्यवासिनी–सराङ्कोट–कास्कीकोट सडकखण्ड चक्ल्याउने, विन्ध्यवासिनी–पोखरा बेसी सडक कालोपत्रे गर्नेलगायतका महत्वकांक्षी योजना यसअघि नै सार्वजनिक गरिसकेका छन् । कास्की क्षेत्र नं ३(१)को विकासमा मुख्य गरी पर्यटन र कृषिमा जोड दिनुपर्ने उनी बताउँछन् । यसका साथै सेती, मर्दी, इदी लगायतका नदीनालाहरुबाट प्रशस्त विद्युत उत्पादनको सम्भावना रहेकाले जलविद्युत उत्पादनलाई समेत उनले समृद्धिको आधारका रुपमा लिएका छन् ।

