पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखराः   पोखरा महानगरपालिकाले २४ वटा फर्महरूलाई उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन कार्यक्रम स्टार्ट अप अनुदान प्रदान गरेको छ ।  युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिका अन्तरगतको व्यवसाय प्रवद्र्धन केन्द्र बिपिसी अन्तरगत उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवद्र्धन केन्द्र (इबीक) परियोजनाको सहजीकरणमा उद्यमशीलता तथा नवप्रवर्तन कोष मार्फत उनीहरूलाई महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवसाय स्टार्ट अप अनुदान प्रदान गरिएको हो । महानगरपालिकाका प्रमुख आचार्यले व्यवसाय सञ्चालनका लागि प्रोत्साहन तथा नयाँ रोजगारी सृजनामा यसले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘व्यवसाय सञ्चालन तथा रोजगारी सृजनामा पहिलो पाइला महत्वपूर्ण हुन्छ, त्यस कारण नवीनतम सोच भएका व्यक्ति तथा फर्महरूलाई प्रोत्साहन होस्, प्रमुख आचार्यले भन्नुभयो, व्यवसायमा लगनशीलता बढोस्, एमाउण्टका हिसाबले रकम सानो होला तर पहिलो पाइलामा यो पुरस्कार प्राप्त गर्नु महत्वपूर्ण कुरा हो ।’ रोजगारी सृजनाका लागि महानगरपालिकाले निरन्तर पहल गर्ने प्रमुख आचार्यले बताउनुभयो । सुन्ती पुर्जा (हस्तकला), सरस्वती अधिकारी थापा (गँड्यौला पालन, कौसी खेती र फोहोर मैला व्यवस्थापन), चुत्रल कृषि समूह (कृषि उत्पादन), ग्रिन रोड वेस्ट म्यानेजमेन्ट (प्लास्टिक व्यवस्थापन), एक कल होम सोलुसन (विभिन्न सेवाका लागि प्राविधिक सेवा), सुवास परियार (वातावरणमैत्री झोला प्रवद्र्धन), रेखा कुमारी थापा (गँड्यौला मल प्याकेजिङ), बाबुराम बस्ताकोटी (आर्ट एन्ड ह्याण्डी क्राफ्ट), प्रेम बहादुर वि.क (मेटल उद्योग), महिला सीप विकास संस्था (हस्तकला उत्पादन), पोखरा तारा मण्डल एन्ड विज्ञान केन्द्र (सिकाई प्रवद्र्धन) र जमुना सुनार (हस्तकला) लाई नगद रु ५०/५० हजारका दरले अनुदान उपलब्ध गराइएको हो ।                                          यस्तै, झलक प्रसाद बराल (पोल्टी), तारानाथ पहारी (कृषि पर्यटन), पोखरा वर्डस एन्ड एग्रो फार्म (कृषि), ज्योति प्रोभिजन स्टोर (लोकल ध्यु तथा पनिर उत्पादन), पिन शोभा गुरुङ (विषादी मुक्त अग्र्यानिक उत्पादन), रनदेवी गुरुङ (कृषि तथा पशुपालन), विश्वबन्धु पोखरेल (कृषि तथा पश), विष्णु माया आचार्य (हस्तकला), पद्मावति खाद्य उद्योग (आयुर्वेदिक औषधी तथा जडीबुटी), बिजुला परिवार (टेलर्स), देविथान कृषि फर्म (कृषि) र ग्रिनवायोट्रिक एन्ड रिसर्च सेन्टरलाई पनि नगद रु५०/५० हजारका अनुदान सहयोग उपलब्ध गराइएको हो । पोखरा महानगरपालिका क्षेत्र भित्र नयाँ व्यवसाय तथा नवितम सोचका साथ व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका युवा÷महिला÷वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा फर्महरूलाई व्यवसाय सञ्चालनका लागि हौसला स्वरूप अनुदान प्रदान गरिएको इबीक परियोजनाका संयोजक नवराज अधिकारीले बताउनुभयो । पोखरा महानगरपालिका अन्तरगत व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) द्वारा प्रकाशित सूचनाको आधारमा सूचीकृत भई छनौटमा परेका २४ वटा व्यक्ति तथा फर्महरूलाई अनुदान उपलब्ध गराइएको हो ।  

पोखराः   पोखरा महानगरपालिका ४ चिप्लेढुङ्गास्थित रुपाहिल दोहोरी साँझमा आज देखि ‘टुबोर्ग विशेष सांगीतिक साँझ’ आजदेखि सुरु हुने भएको छ । आज देखि सुरु हुने  ‘टुबोर्ग विशेष सांगीतिक साँझ’ मंसिर २२ गतेसम्म सञ्चालन हुने रुपाहिल दोहोरी साँझका सञ्चालक अमृत गुरुङले जानकारी दिए ।  सञ्चालक गुरुङका अनुसारमा ‘टुबोर्ग विशेष सांगीतिक साँझ’मा राष्ट्रिय कलाकार रामजी खाँड, प्रिती आले, दोहोरी गायक श्याम राना, जालुमाया गुरुङ, भिमु गुरुङसँगै दोहोरी साँझका नियमित कलाकारहरुको विशेष सांगीतिक कार्यक्रम हुनेछ ।  ‘लोकसंगीतलाई जगेर्ना गर्ने उद्धेश्य सहित व्यवसायलाई निरन्तरता दिन दोहोरी साँझमा  राष्ट्रिय कलाकारहरुलाई भित्राइरहेका छौै ।, उनले भने, ‘देशमा नै रोजगारी सिर्जना गर्दै ३५ देखि ४० जना दोहोरीमा नै रोजगार दिन सफल भएका छौं ’     

पोखराः  कास्कीको मादी गाउँपालिको हिउँदे अधिवेशन पुष ६ र ७ गते  हुने भएको छ ।    आज (शनिबार) मादी गाउँपालिकाको आठौं कार्यपालिका बैठकले हिउँदे अधिवेशन पुष ६ र ७ गते गर्ने निर्णय गरेको हो । शनिबार मादी २ को पर्यटकिय ठाउँ क्रपु डाडामा कार्यपालिका बैठक बसेको थियो ।   मादी गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र एवम् धार्मिक स्थलहरूमा घुम्ती बैठक बस्ने कार्यक्रम अन्तर्गत मादी २ को क्रपु डाडामा कार्यपालिकाको आठौं बैठक बसेको मादी १ वडाध्यक्ष देवीजंग  गुरुङले जानकारी दिए ।    कार्यपालिकाको बैठक गाउँपालिका भित्रको विभिन्न पर्यटकीय क्षेत्र र धार्मिक स्थलहरुमा बस्दै आएका छौं, वडाध्यक्ष गुरुङले भने, बैठकले हिउँदे अधिवेशन पुष ६र ७ गर्ने,  गाउँपालिका मातहतका उद्यम विकास समिति, योजना तथा कार्यक्रम अनुगमन समिति गठन, ताङतिङ क्रपु डाडाको ग्रामीण सडक स्तरोन्नति गर्ने, सिक्लेस, क्हफुचे हिमताल, त्हि हुदै तारा हिलटप पदमार्गको विकास गर्ने लगायतका निर्णयहरू गरेका छौं ।    गाउँपालिकाको घुम्ति कार्यपालिका बैठक मादी गाउँपालिकाको धार्मिक स्थल लम्तरी, विश्वकै होचो स्थानमा रहेको हिमताल क्हफुचे, थाकहिल, कोरी, गुरुङहरूको पैतृक थलो क्होलासोथर लगायतका ठाउँहरूमा बैठक बस्ने कार्यतालिका रहेको गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए  । 

मंसिर ४ मा भएको मतदानपछि अब २ स्थानको मात्र मत परिणाम आउन बाँकी छ । हालसम्मको परिदृश्यले सरकार पुनः समीकरणको ढाँचामा बन्ने निश्चित भइसक्यो । फेरिपनि राजनीतिक गञ्जागोल त हुनेहैन भन्ने आशंका पनि उत्तिकै छ ।    यसैबीच, पोखराका पर्यटन व्यवसायीसँग अब बन्ने सरकारसँग कस्तो अपेक्षा छ ? भन्ने विषयमा धारणा बुझ्दा सबैले एकै स्वरमा अब आर्थिक अध्याय सुरु गर्न ढिलो भइसकेको प्रतिक्रिया दिएका छन् ।    ‘राजनीतिक अध्याय धेरै लामो भयो’ होटल बाराहीका कार्यकारी निर्देशक विप्लव पौडेलले भने ‘अब यतापट्टी हैन, आर्थिक अध्यायको सुरुवात गर्नुपर्छ ।’ पर्यटनमा निरन्तर लगानी विस्तार गरिरहेको बाराही ग्रुपका सञ्चालकसमेत रहेका पौडेलले कोरोना महामारीपछि अब देशमा राजनीतिक स्थिरतासँगै आर्थिक विकासमा सरकारले नीति बनाउनु पर्ने धारणा राखे ।    त्यस्तै, होटल संघ नेपालका पोखरा अध्यक्ष लक्ष्मण सुवेदीलेसमेत पौडेलकै भनाइमा समर्थन गर्दै देशमा विद्यमान बेरोजगारी र आर्थिक अभावलाई कम गर्न पर्यटन नै मूल आधार भएको टिप्पणी गरे ।    यससँगै सुवेदीले देशको अर्थतन्त्रलाई टेवा दिन रिन खोज्दै पर्यटनमा लगानी गरेपनि विषम परिस्थितिमा बैंकले ब्याज बढाएर निर्मम प्रहार गरेको बताए । पर्यटन व्यवसायलाई उकास्न सरकारले प्याकेजको व्यवस्था गर्न सुवेदीले माग गरे ।    होटल पोखरा भिलेज प्रालिका प्रबन्ध निर्देशक हरि शर्माका अनुसार कुनैपनि सरकारले हालसम्म पर्यटनलाई बुझ्न नसकेको दुखेसो पोख्छन् । शर्मा भन्छन्, ‘पर्यटन व्यवसायीलाई आफुमात्रै कमाउन व्यापारमा लागेको सरकारको बुझाई छ, कठिन मोडमा पनि व्यवसायलाई निरन्तरता दिएको सम्बन्धित निकायले बुझ्न सकेन ।    राजनीति अस्थिरताले पर्यटन क्षेत्र सबैभन्दा बढी मारमा परेको बताउँदै शर्मा अब आर्थिक क्रान्तिका लागि पर्यटनको विकल्प नभएको बताउँछन् ।    पर्यटनमा लामो समय खर्चिएका भरत पराजुलीका अनुसार पर्यटन आकर्षित गर्न सक्ने पूर्वाधारको अभाव मुख्य समस्या हो । होटल पीस प्लाजाका प्रबन्ध निर्देशक पराजुलीले व्यवसायीहरुको पूर्वाधार र परिश्रममा राज्यले करमात्रै असुल्न खोजेको जनाए ।   ‘राज्यले यथोचित भौतिक पूर्वाधार निर्माणमा जोड नदिँदा धर्तीको स्वर्गमा अझैपनि पर्यटक आउन सकेका छैनन्’ पराजुली भन्छन् ‘हाम्रो सम्पूर्ण भूगोल पर्यटककालागि आकर्षक गन्तव्य हुन्, तर त्यहाँ पूर्वाधार अभावले आकर्षण छ्रैन ।      चारै व्यवसायीले सरकारलाई पटकपटक दरिलो आर्थिक नीति निर्माण ध्यान दिन सुझाएपनि कुनै कार्यक्रम नआएको जनाए । अबको सरकारले आर्थिक र पर्यटनमा विशेष नीति र योजना ल्याउनेछ भन्ने अपेक्षा भएकोसमेत उनीहरुको भनाई छ ।      व्यवसायीहरुले भने ‘आगामी सरकारले आर्थिक अध्यायको थालनी गरोस्, सरकार बनेपछि हामी राजधानी पुगेर पुनः ध्यानाकर्षण पनि गराउँछौं ।  

पोखराः   नेपाली कांग्रेस कास्कीले पार्टी भित्र अन्तरघात गर्नेलाइ कारबाहीको लागि सिफारिस गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीको आज (बिहिबार)बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पढाधिकारी एबम सदस्यहरुले पार्टी भित्र अन्तरघात बढेको प्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए । बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रिय कार्य समिति समक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत  निर्णय गरेको हो । अन्तरघात गर्नेको खोजी गरि कारवाहि गर्न चर्को दबाब बीच केही प्रमाणहरु प्राप्त भएका छन् । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भन्नुभयो प्राप्त  प्रमाणका आधारमा मात्र कारबाहीका लागि सिफारिस गरिने छ । बैंककले निर्वाचनमा मतदान गर्ने मतदाता , निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मि, सन्चारकर्मिलाइ धन्यवाद व्यक्त गरेको छ । यस्तै पाँच दलिय गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यमा निर्बाचित बिन्दुकुमार थापा र प्रकाश बराल सहित निर्बाचित सम्पूर्णमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बैठकले पार्टीका निबर्तमान सभापति कृष्ण केसी बिरुद्ध गरिएको नाराबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न सचेत गराएको छ । बैठकले पाँच दलिय गठबन्धनका तर्फबाट उम्मेदवार हुनु भएका सबै उम्मेदवारहरु र पालिकाका प्रत्येक वडा कार्यसमितिसग निर्वाचन अवधि भर भए गरेका गतिविधि र घटनाक्रमहरुलाई समेटेर जिल्ला कार्यसमिति कास्कीमा प्रतिवेदन पेश गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ । बैठक नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

 पोखरा:  पोखरामा हुने २० औं संस्करणको ‘समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।  पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी १६ देखि २५ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको तयारी ९० प्रतिशत पुरा भएको आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । संघका महासचिव बलराम आचार्यले उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगको बताए ।  ‘हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ । आजसम्म ९० प्रतिशत काम सकिएको अवस्था छ, उनले भने, ‘बाँकी काम अबको दुई दिनमा सकिनेछ ।’ उनका अनुसार अधिकांश स्टलहरु बुकिङ भइसकोका छन् । उनले करिब २ सय ५० वटा स्टलहरु रहको जानकारी दिदै  ४० बढी अटोका स्टलहरु रहेको जानकारी दिए ।  यसैगरि संघका अध्यक्ष पवन प्रजापतिले स्थानीयस्तरमा उत्पादन भएका समाग्रीको विक्री तथा वितरण कृषिजन्य, हस्तकलाको प्रदर्शनी, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यसहित मेला आयोजना गरिएको बताए । ‘यस व्यापार मेला नाफामूलक मेला नभइ यस क्षेत्रको समग्र पर्यटन प्रर्वद्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव हो ।’ उनले भने ।   उनले कोरोना भाइरसको महामारीका कारण २ वर्ष मेला आयोजना गर्न नपाएको बताए ।  ‘औधोगिक मेला २०४२ सालबाट निरन्तररुपमा आयोजना हुदै आएको छ । तर कोभिड १९ ले गर्दा २ संस्करणहरु आयोजना गर्न सकिएन, प्रजापतिले भने, ‘कोभिड १९  ले हाम्रो अभियान रोकियो  र संघको वार्षिक कार्यक्रमको रुपमा रहेको व्यापार मेलालाई यस वर्षदेखि फेरि निरन्तरता दिन लागेका छौं ।’  उक्त कार्यक्रमको समुद्घाटन गण्डकी प्रदेशका निवर्तमान कानून, सञ्चार तथा प्रदेशसभा मामिालामन्त्री विन्दु थापाले गर्नेछन् । उनका अनुसार सो मेलामा सर्वसाधारणका लागि १ सय र विधार्थीका लागि ६० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।

पोखराः   कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका १ सिक्लेस जाने सडकखण्ड अवरुद्ध भएको छ । हिजो (मंगलबार) अपह्रान्ह करिब ४ बजे खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।  पोखरा–सिक्लेस ग्रामीण सडकखण्ड अन्र्तगत खिलाङ र चिप्लीगाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । उनले वडा कार्यालय र स्थानीयको पहलमा सडक खुलाउन पहल भइरहेको बताए ।  ‘सिक्लेस जाने सडकखण्डको खिलाङ, चिप्ली गाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा झरेकाले अहिले बाटो बन्द छ, उनले भने, ‘हिजो बेलुकीपख सुख्खा पहिरो झरेको रहेछ । अहिले एक्सभेटरले ढुङ्गा फुटाइरहेको छ । मादी गाउँपालिका, मादी ६ र १ को समन्वयमा साँझसम्म सडक सञ्चालनमा ल्याउने गरि काम भइरहेको छ ।’ मंगलबार अपह्रान्ह करिब ४ बजे  झरेको सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि सिक्लेसबाट पोखरा आउने र पोखराबाट सिक्लेस जाने यात्रु तथा पर्यटकहरुले सवारी परिवर्तन गरेर गन्तव्यमा पुगेको स्थानीय डम्मर गुरुङले जानकारी दिए ।   स्थानीय मादी गाउँपालिका ६ को सडक निर्माणको ठेकेदारको सहयोगमा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । 

पोखराः पोखराकै पुरानो सामुदायिक क्याम्पसमा नाम दरिएको पोखरा बहुमुखी क्याम्पस आज आफ्नै नवनिर्मित भवनमा सरेको छ । र, सोही भवनमा क्याम्पसले धुमधामसँग ३६ औं वार्षिकोत्सव मनायो ।    नयाँबजारमा लामो सयमसम्म सञ्चालनरत क्याम्पस पञ्जेबाजा र झाँकीसहित शान्तिवनमा सरेको छ । साताव्यापी कार्यक्रमको आयोजना गरेको क्याम्पसले आज विशेष कार्यक्रमको आयोजना गरी मनाएको हो ।    कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले क्याम्पस परिवारसँगै आफु पनि हर्षविभोर भएको बताए ।    ‘पोखराकै इतिहास बोकेको क्याम्पसले धेरै दुख खेप्यो’ मन्त्री थापाले भने आज दुलही भित्रिए झैं क्याम्पस नयाँ भवनमा भित्रिएको देख्दा म साँच्चै खुशी छु ।’ उनले आजको दिनलाई गौरवको दिन भन्दै आगामी दिनमा क्याम्पसलाई आवश्यक सहयोग गर्न सदैव तयार रहेको उल्लेख गरे ।    ‘तपाइहरु कुनै पनि काम सुरु गर्नुहोस्, पुरा गर्ने जिम्मा हामी लिन्छौं’ भन्दै थापाले अब क्याम्पसको पाठ्यक्रममा प्रयोगात्मक र समायानुकुल विषय थप गर्न आग्रहसमेत गरे ।    क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पस आफ्नै भवन सर्नुमा सम्पूृर्ण पोखरेलीको साथ र सहयोग रहेको टिप्पणी गरे । ‘म यतिबेला समितिका पूर्वअध्यक्षहरुलाई सम्झन चाहन्छु, सम्बन्धित निकायलाई धन्यवाद दिन्छु’ लालचनले भने ‘र, सम्पूर्ण मनकारी संस्था र सहयोगी हातहरुलाई धन्यवाद दिन चाहन्छु ।’     सोहीक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुलीले छत्तीसौं वार्षिकोत्सव ‘विशेष’ भएको धारणा राखिन् । भौतिक संरचनाको अभावमा नवीन विषय थप गर्न समस्या भइरहेको उल्लेख गर्दै पराजुलीले आगामी शैक्षिकसत्रदेखि क्याम्पसले थप संकाय सुरु गर्ने जनाइन् ।    ‘सबैको साथ, सहयोग रह्यो’ पराजुलीले भनिन् ‘विभिन्न संस्था, चन्दादाताप्रति आभार व्यक्त गर्दछु, क्याम्पस प्रशासन, सञ्चालक समिति, विद्यार्थी, प्राध्यापकको योगदान अनुकरणीय छ ।    उक्त अवसरमा क्याम्पसले चन्दादाताहरुलाई सम्मान गरेको छ भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।    कार्यक्रममा शिक्षासेवी, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, अभिभावक एवं शुभचिन्तकहरुको भव्य उपस्थिति रहेको थियो ।    क्याम्पसमा हाल बिहानी सत्रमा मानविकी एवं व्यवस्थापन संकायमा पठनपाठन भइरहेको छ । 

पोखराको शान्तिवनस्थित  पोखरा बहुमुखी क्याम्पसले ३६ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।    मानवीय कार्य हेतु ‘रक्तदानः जीवनदान’ नारासहित आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दीपकप्रसाद घिमिरेले जानकारी दिए । रक्तदान कार्यक्रमपूर्व रक्तसञ्चार केन्द्र, कास्की प्रमुख अर्जुन ज्ञवालीले विषयवस्तुउपर प्रकाश पारेका थिए ।    सप्ताहव्यापी कार्यक्रमकासाथ मनाइने वार्षिकोत्सवमा विविध विधा रहेका छन् । सोही अनुरुप मंगलबार सरसफाई कार्यक्रम रहेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिइन् ।    क्याम्पसको वार्षिकोत्सव बुधबार रहेको छ । पोखराकै पुरानो यस क्याम्पसले हाल शान्तिवनस्थित नयाँ भवनबाट शैक्षिक कार्यक्रम सुचारु गरेको छ ।    बिहानी सत्रमा मानविकी र व्यवस्थापन संकायमा पढाई भइरहेको क्याम्पसमा आगामी शैक्षिकसत्रदेखि अन्य संकाय थपिने प्रमुख पराजुलीले जनाएकी छिन् ।