पर्यटन व्यवसायीको एकै स्वरः राजनीतिक अध्याय सकियो, आर्थिक अध्याय सुरु होस्

पाेखरा | मंसिर १७, २०७९

पर्यटन व्यवसायीको एकै स्वरः राजनीतिक अध्याय सकियो, आर्थिक अध्याय सुरु होस्

मंसिर ४ मा भएको मतदानपछि अब २ स्थानको मात्र मत परिणाम आउन बाँकी छ । हालसम्मको परिदृश्यले सरकार पुनः समीकरणको ढाँचामा बन्ने निश्चित भइसक्यो । फेरिपनि राजनीतिक गञ्जागोल त हुनेहैन भन्ने आशंका पनि उत्तिकै छ । 

 

यसैबीच, पोखराका पर्यटन व्यवसायीसँग अब बन्ने सरकारसँग कस्तो अपेक्षा छ ? भन्ने विषयमा धारणा बुझ्दा सबैले एकै स्वरमा अब आर्थिक अध्याय सुरु गर्न ढिलो भइसकेको प्रतिक्रिया दिएका छन् । 

 

‘राजनीतिक अध्याय धेरै लामो भयो’ होटल बाराहीका कार्यकारी निर्देशक विप्लव पौडेलले भने ‘अब यतापट्टी हैन, आर्थिक अध्यायको सुरुवात गर्नुपर्छ ।’ पर्यटनमा निरन्तर लगानी विस्तार गरिरहेको बाराही ग्रुपका सञ्चालकसमेत रहेका पौडेलले कोरोना महामारीपछि अब देशमा राजनीतिक स्थिरतासँगै आर्थिक विकासमा सरकारले नीति बनाउनु पर्ने धारणा राखे । 

 

त्यस्तै, होटल संघ नेपालका पोखरा अध्यक्ष लक्ष्मण सुवेदीलेसमेत पौडेलकै भनाइमा समर्थन गर्दै देशमा विद्यमान बेरोजगारी र आर्थिक अभावलाई कम गर्न पर्यटन नै मूल आधार भएको टिप्पणी गरे । 

 

यससँगै सुवेदीले देशको अर्थतन्त्रलाई टेवा दिन रिन खोज्दै पर्यटनमा लगानी गरेपनि विषम परिस्थितिमा बैंकले ब्याज बढाएर निर्मम प्रहार गरेको बताए । पर्यटन व्यवसायलाई उकास्न सरकारले प्याकेजको व्यवस्था गर्न सुवेदीले माग गरे । 

 

होटल पोखरा भिलेज प्रालिका प्रबन्ध निर्देशक हरि शर्माका अनुसार कुनैपनि सरकारले हालसम्म पर्यटनलाई बुझ्न नसकेको दुखेसो पोख्छन् । शर्मा भन्छन्, ‘पर्यटन व्यवसायीलाई आफुमात्रै कमाउन व्यापारमा लागेको सरकारको बुझाई छ, कठिन मोडमा पनि व्यवसायलाई निरन्तरता दिएको सम्बन्धित निकायले बुझ्न सकेन । 

 

राजनीति अस्थिरताले पर्यटन क्षेत्र सबैभन्दा बढी मारमा परेको बताउँदै शर्मा अब आर्थिक क्रान्तिका लागि पर्यटनको विकल्प नभएको बताउँछन् । 

 

पर्यटनमा लामो समय खर्चिएका भरत पराजुलीका अनुसार पर्यटन आकर्षित गर्न सक्ने पूर्वाधारको अभाव मुख्य समस्या हो । होटल पीस प्लाजाका प्रबन्ध निर्देशक पराजुलीले व्यवसायीहरुको पूर्वाधार र परिश्रममा राज्यले करमात्रै असुल्न खोजेको जनाए ।

 

‘राज्यले यथोचित भौतिक पूर्वाधार निर्माणमा जोड नदिँदा धर्तीको स्वर्गमा अझैपनि पर्यटक आउन सकेका छैनन्’ पराजुली भन्छन् ‘हाम्रो सम्पूर्ण भूगोल पर्यटककालागि आकर्षक गन्तव्य हुन्, तर त्यहाँ पूर्वाधार अभावले आकर्षण छ्रैन । 
 

 

चारै व्यवसायीले सरकारलाई पटकपटक दरिलो आर्थिक नीति निर्माण ध्यान दिन सुझाएपनि कुनै कार्यक्रम नआएको जनाए । अबको सरकारले आर्थिक र पर्यटनमा विशेष नीति र योजना ल्याउनेछ भन्ने अपेक्षा भएकोसमेत उनीहरुको भनाई छ । 
 

 

व्यवसायीहरुले भने ‘आगामी सरकारले आर्थिक अध्यायको थालनी गरोस्, सरकार बनेपछि हामी राजधानी पुगेर पुनः ध्यानाकर्षण पनि गराउँछौं ।
 

काठमाडौं:  जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारलाई जनता, राजनीतिक दल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको समेत समर्थन रहेको छ ।  यस सरकारलाई आगामी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने...

थप पढ्नुहोस्

नवलपरासी:   गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन स...

थप पढ्नुहोस्

काठमाडौं:  भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ...

थप पढ्नुहोस्