३६ वर्षपछि आफ्नै भवनमा पिएमसीको ‘सेलेब्रेशन’

पाेखरा | मंसिर १४, २०७९

३६ वर्षपछि आफ्नै भवनमा पिएमसीको ‘सेलेब्रेशन’

पोखराः पोखराकै पुरानो सामुदायिक क्याम्पसमा नाम दरिएको पोखरा बहुमुखी क्याम्पस आज आफ्नै नवनिर्मित भवनमा सरेको छ । र, सोही भवनमा क्याम्पसले धुमधामसँग ३६ औं वार्षिकोत्सव मनायो । 

 

नयाँबजारमा लामो सयमसम्म सञ्चालनरत क्याम्पस पञ्जेबाजा र झाँकीसहित शान्तिवनमा सरेको छ । साताव्यापी कार्यक्रमको आयोजना गरेको क्याम्पसले आज विशेष कार्यक्रमको आयोजना गरी मनाएको हो । 

 

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले क्याम्पस परिवारसँगै आफु पनि हर्षविभोर भएको बताए । 

 

‘पोखराकै इतिहास बोकेको क्याम्पसले धेरै दुख खेप्यो’ मन्त्री थापाले भने आज दुलही भित्रिए झैं क्याम्पस नयाँ भवनमा भित्रिएको देख्दा म साँच्चै खुशी छु ।’ उनले आजको दिनलाई गौरवको दिन भन्दै आगामी दिनमा क्याम्पसलाई आवश्यक सहयोग गर्न सदैव तयार रहेको उल्लेख गरे । 

 

‘तपाइहरु कुनै पनि काम सुरु गर्नुहोस्, पुरा गर्ने जिम्मा हामी लिन्छौं’ भन्दै थापाले अब क्याम्पसको पाठ्यक्रममा प्रयोगात्मक र समायानुकुल विषय थप गर्न आग्रहसमेत गरे । 

 

क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पस आफ्नै भवन सर्नुमा सम्पूृर्ण पोखरेलीको साथ र सहयोग रहेको टिप्पणी गरे । ‘म यतिबेला समितिका पूर्वअध्यक्षहरुलाई सम्झन चाहन्छु, सम्बन्धित निकायलाई धन्यवाद दिन्छु’ लालचनले भने ‘र, सम्पूर्ण मनकारी संस्था र सहयोगी हातहरुलाई धन्यवाद दिन चाहन्छु ।’
 

 

सोहीक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुलीले छत्तीसौं वार्षिकोत्सव ‘विशेष’ भएको धारणा राखिन् । भौतिक संरचनाको अभावमा नवीन विषय थप गर्न समस्या भइरहेको उल्लेख गर्दै पराजुलीले आगामी शैक्षिकसत्रदेखि क्याम्पसले थप संकाय सुरु गर्ने जनाइन् । 

 

‘सबैको साथ, सहयोग रह्यो’ पराजुलीले भनिन् ‘विभिन्न संस्था, चन्दादाताप्रति आभार व्यक्त गर्दछु, क्याम्पस प्रशासन, सञ्चालक समिति, विद्यार्थी, प्राध्यापकको योगदान अनुकरणीय छ । 

 

उक्त अवसरमा क्याम्पसले चन्दादाताहरुलाई सम्मान गरेको छ भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । 

 

कार्यक्रममा शिक्षासेवी, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, अभिभावक एवं शुभचिन्तकहरुको भव्य उपस्थिति रहेको थियो । 

 

क्याम्पसमा हाल बिहानी सत्रमा मानविकी एवं व्यवस्थापन संकायमा पठनपाठन भइरहेको छ । 

काठमाडौं:     फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।&nb...

थप पढ्नुहोस्

काठमाडौं:     नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति सारेको छ । बुधबार बसेको सचिवालय बैठकले यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँमा ग...

थप पढ्नुहोस्

दाङ:     सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ ।  मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विक...

थप पढ्नुहोस्