पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

बलिउडमा ‘कम्पनी’बाट डेब्यु अवार्ड जितेर स्टार बनेका अभिनेता विवेक ओबराय परिवारका ११ सदस्यसहित अहिले पोखरामा मस्ती गरिरहेका छन् ।    पोखराको लेकसाइड र डाडाँकाडाँमा फेरो मारिरहेका उनै ओबराय सोमबार दिउँसो प्याराग्लाइडिङ्मा मस्त थिए । स्काइलाइन प्याराग्लाइडिङका सञ्चालक तथा पाइलट भुवन गाहामगरकाे टाेलीलेभरेकाे उडानमा  उनका परिवारका ४ जना बच्चा पनि थिए ।    फेवा किनारमा अन्तिममा टेकअफ गरेका ओबराय ग्लाइडरको हार्नेससहितै सुनगाभा न्यूजसँग गफिए । ‘नेपाल अझ पोखरा त घरजस्तै लाग्यो, हामी सबै रोमाञ्चित छौं’ ओबरायले भने ‘यहाँको उडान म र मेरो परिवारले जिन्दगीभर बिर्सने छैन ।’ भारत र नेपालबीच सयौं वर्षदेखि सांस्कृतिक सम्बन्ध रहेको भन्दै उनले यहाँको आतीथ्यता संसारकै उत्कृष्ट रहेको उनको भनाई छ । ‘यहाँ सबथोक रहेछ, अझ नेपाली मनको जति तारिफ गरेपनि कमै होला’ ओबरायले सुनाए ।    नेपालबाट फर्किएपछि पोखराको चर्चा गर्ने र पोखरा जीवनमा एकपटक घुम्नैपर्ने ठाउँ रहेको सन्देश दिने उनका उद्देश्य छ । त्यस्तै, ४ वर्षे छोरीसमेत सुरक्षिततवरले प्याराग्लाइडिङ्मा उडेको भन्दै पोखरेली प्यारापाइलटको खुलेरै प्रशंसा गरे ।   सोहीक्रममा ‘अब विवेकलाई सिनेमाको पर्दामा कहिले देख्न पाइन्छ ?’ भन्ने प्रश्नमा उनले ‘धारावी बैंक’ ओटीटीमा प्रशारण भइरहेको र हाल रोहित सेट्ठीको निर्देशनमा रहेको ‘इन्डियन पुलिस फोर्स’ अर्काे वर्ष रिलिज हुने जानकारी दिए ।    कुराकानीकैबीच परिवारका सदस्यले भोकाएको संकेत गरेपछि ओबरायले भने ‘अब लञ्चमा मुस्ताङ् दालसँग दबाएर भात खाने बेला भयो, सबैलाई नमस्ते !’   ओबरायका ‘कम्पनी’, ‘दम’, ‘साथियाँ’, ‘मस्ती’, ‘युवा’, ‘शुटआउट एट लोखण्डवाला’, ‘ओमकारा’लगायत फिल्म हिट छन् । त्यस्तै, उनका बुवा सुरेश ओबरायसमेत सुपरहिट अभिनेता हुन् ।    तस्बिर: सुशान्त गाहा मगर                

पोखराः   निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटले आयोजना गरेको जापनिज भाषा वाक कलामा प्रीति सुनार प्रथम बनेकी छिन् । निगाता इन्टरनेशनल तथा तिजोरी बचत तथा ऋण सहकारी संस्थाले सयुक्त रुपमा आयोजना गरेको पारिवारिक वनभोज कार्यक्रमको अवसरमा  भएको वाककला प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रिती प्रथम बनेकी हुन् । यसैगरि कृष्णा विश्वकर्मा द्वितिय र बसन्त सुवेदी तृतिय भएको निगाता इन्तरनेशनलका अकाउन्टेन्ट ज्याती ढकालले जानकारी दिईन् । उनका अनुसार प्रथम, द्वित्तिय र तृतीय हुनेहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै चम्चा दौड प्रतियोगितामा पुरुषतर्फ युवराज पौडेल प्रथम, प्रताप लामिछाने द्वितिय भए भने महिलातर्फ रजनी परियार प्रथम, नीतु सुनार द्वितिय भइन् । यस्तै महिला सिनियरतर्फ भोजकुमारी राना प्रथम र प्यारी सुनार द्धितिय भइन् ।  तातो आलु प्रतियोगितामा हुुमलाल राम्जाली प्रथम र माया पुर्जामगर द्वितिय भइन् । नृत्य प्रतियोगितामा पुरुष तर्फ दिप गुरुङ र महिला तर्फ विजेता विश्वकर्मा पुरस्कृत भएका थिए ।  वनभोजले ग्रामिण क्षेत्रको प्रवद्र्धन गर्छः वडाध्यक्ष सुवेदी  पोखरा महानगरपालिका २१ वडाध्यक्ष दिपक प्रसाद सुवेदीले पारिवारिक वनभोज कार्यक्रमले ग्रामिण क्षेत्रको प्रचारप्रसारसँगै मित्रताको सम्बन्ध कायम हुने बताए ।  निगाता इन्टरनेशलन जापनिज भाषा प्रशिक्षण केन्द्र, तिजोरी बचत तथा ऋण सहकारी संस्थाले सयुक्त रुपमा आयोजना गरेको पारिवारिक वनभोज कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।    ‘विभिन्न कारणले शहरमा बसाई हुनेको संख्या अधिक छ, विभिन्न पेशा व्यवासाय, अध्ययन गर्ने विद्यार्थीहरुको लागि शनिबार फुर्सदको समय हो । छुट्टीको समयमा पारिवारिक वनभोज कार्यक्रम सबैको लागि मित्रता बढाउने बलियो माध्यम हो ।’ वडाध्यक्ष सुवदीले भने ।  उनले पोखरा २१ को धेरै स्थानमा वनभोजका लागि उपयुक्त स्थान रहेको बताउदै वनभोज कार्यक्रमले ठाउँको प्रवद्र्धन गर्ने बताए । ‘हाम्रो वडामा धेरै पिकनिक स्पटहरु छन्, जहाँबाट पोखरासँगै मनोरम हिमश्रृङ्खलाहरु देख्न सकिन्छ, उनले भने, ‘तपाइहरुको यो कार्यक्रमले यस ठाउँको प्रवद्र्धन गर्ने विश्वास लिएकोे छु ।’ यसैगरि तेजरन्त ज्वेलर्स, निगाता इन्टरनेशनल ल्याङ्गोइजका फाउण्डर, तिजोरी बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ सल्लाहकार तथा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष आदरणीय युवा व्यवसायी  किसान सुनारले आफसी भाइचाराको सम्बन्धलाई सो कार्यक्रमले कायम गर्ने धारणा राखेका थिए । तिजोरी बचत तथा ऋण सहकारीका अध्यक्ष माया विश्वकर्मा सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारी  संस्थाका प्रवन्धक तथा युवा व्यवसायी गोकर्ण क्षेत्री लगायतले बोलेका थिए । पारिवारिक वनभोज कार्यक्रममा निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युट, तिजोरी बचत तथा ऋण सहकारी संस्था, तेजरत्न ज्वोलर्सका कर्मचारी तथा जापाजिन भाषा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।                       

पोखरा:  पोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ निर्माण गरिएको छ । करिब डेढ करोड रुपैयाँ लागतमा रानीमहल स्वरुपमा निर्मित दुईतले भवन निर्माण पूरा भएको हो । १० वर्षको लागि जग्गा लिजमा लिएर निर्मित पाल्पा हाउसको आन्तरिक सजावटमा अझै कम्तीमा एक करोड लाग्ने अनुमान छ । पाल्पाली चिनारीहरु ढाका, करुवा लगायत कृषिजन्य उत्पादनहरु एकैथलोमा उपलब्ध गराउने उद्देश्यले पाल्पा हाउस प्रालिले यो संचालनमा ल्याउन लागेको हो । कम्पनी अध्यक्ष कुलप्रसाद घिमिरेले पाल्पाली उत्पादनहरु अब यहाँबाट एकैथलोमा उचित मूल्यमा उपलब्ध गराइने बताए । यसले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा ठूलो महत्व राख्ने उनको विश्वास छ । नयाँ र नौलोस्वरुपमा पाल्पा हाउस निर्माणका निम्ति पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.ले पहल थालनी गरेका हुन् । पाल्पा हाउस सम्भवत आगामी माघ पहिलो सातादेखि औपचारिक संचालन गर्ने लक्ष्य रहेको समाजका पूर्व अध्यक्षसमेत रहेका कम्पनी अध्यक्ष घिमिरेले बताए । समाजका अध्यक्ष रेशम थापाले आर्थिक गतिविधिसँगै पर्यटन पर्यटनमा यसले विशेष महत्व राख्ने बताउँछन् । पाल्पाली समाज पोखराले बिस्तारै बृहत् रुप लिंदै गएको उनको भनाइ छ । समाजले नै सहकारी जन्मायो, साथै पाल्पा हाउससँगसँगै पाल्पाली कोलोनी पनि छिट्टै संचालनमा ल्याउने थापाले बताए । न्यूरोडस्थित भाटभटेनी सुपरस्टोर आडैमा रहेको पाल्पा हाउसमा ७० जना शेयर सदस्य छन् । यहाँ १७ ओटा सटरमध्ये ९ ओटा बुकिङ भइसकेको संचालकमध्येका एक जगदीश गौतमले बताए । पाल्पाली ढाका, करुवा, तरकारी, फलफूलका अलावा पाल्पाली स्वाद हाँसको छोइला, मिसमास, चुकाउनी, बटुक समेत यहाँ संचालन हुने रेष्टुरेन्टका परिकार हुने छन् ।

पोखराः   पोखरा ६ लेकसाइडको सेन्टर प्वाइटमा फ्याट् मङकी रेष्टुरेण्ट सञ्चालन आएको छ । पोखराका युवा व्वसायी जीवन भट्टराईले फ्याट् मङकी रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । चार तले भवनमा उनले तीनवटा तलामा रेष्टुरेण्ट सञ्चालन गरेका छन् भने पहिलो तलामा व्यवसायीक प्रयोजनका लागि प्रयोग गरेको भट्टराईले बताए । इट, डिङक र भाइब भन्ने नाराका साथ नेपाली, इन्डिएन र अन्य देशका खानाहरुलाई विषेश प्रथामिकता दिएको बताए । फ्याट् मङकी रेष्टुरेण्टमा करिब १ सय ५० जनाको सिट क्षमता रहेको छ । मङकीका विभिन्न अवस्था र आकारका पेन्टिङले रेष्टुरेण्टमा आउने व्यक्तिलाई आक्रर्षण गर्ने गरेको उनले भनाई छ । ‘जसरी खाने कुरामा मङकी स्वतन्त्र हुन्छ,’ उनले भने ‘त्यसै गरी फ्याट् मङकी रेष्टुरेण्टमा पनि ग्राहकहरु स्वतन्त्रता पुर्वक खान अडर गरेर खान सक्छन् ।’ उनले मङकीले जसरी भेराइटीहरु खान्छ त्यसै गरी खानाका भेराइटीहरु खान सकिन्छ भने सन्देश दिन फ्याट् मङकी नाम राखेको बताए । अहिले विश्व कप फुटबललाई लक्ष्त गरेर फुटबल हेर्ने सुविधा रहेको उनले बताए । त्यसै गरी पत्येक शुक्रबार र शनिबार लाइभ म्युजिकको समेत रम्न सकिने उनले बताए । करिब ३ करोडको लागतमा निर्माण भएको रेष्टुरण्ट कोभिडका कारण ढिलो र लागत समेत बढेको बताए । पोखराको लेकसाइड र काठमाडौंमा नेपाली ब्राण्ड अर्वनयती र स्मोकिङ याक स्टेक हाउस सञ्चालन गर्दै आएका छन् । त्यसै गरी पोखरामा फ्लाइ मङकी प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका छन् ।   

कास्की:   पोखरा महानगरपालिका २५ हेमजास्थित हनुमानचोकमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।   पर्वतबाट पोखरा आउँदै गरेको ग २ च २६८४ नम्बरको बोलेरो जीप आज (शुक्रबार) बिहान १: २० बजे हेम्जामा दुर्घटनामा हुँदा तनहुँको व्यास नगरपालिका ५ बाह्रबिसे घर भई पोखरा १० शिवचोक बस्ने ३७ वर्षिया बसन्ती मगरको मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार जीपले अनियन्त्रित भई दायाँतर्फको विद्युतको पोलमा ठक्कर दिएको थियो । ठक्करपछि घाइते मगरको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याउदा डाक्टरले मृत घोषणा गरेको इन्सपेक्टर खड्काले बताए ।    उनले सो दुर्घटनामा परि म्याग्दीको मंगला गाउँपालिका १ घर भई पोखरा महानगरपालिका १९ लामाचाैर बस्ने ४७ वर्षिय गजेन्द्र पुन घाइते भएको जानकारी दिए । ‘दुर्घटनबाट एक जनाको मृत्यु भएको छ भने अर्काे एक जना घाइते हुनुहुन्छ । उहाँको अवस्था मध्ययम छ, इन्सपेक्टर खड्काले भने, ‘अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।’   दुर्घटनापछि चालक फरार रहेको बताउदै खोजी कार्य तिब्र पारेको उनले बताए । ‘तीन जना रहेको सो गाडाीको चालक फरार छन्, उनको खोजीकार्य तिब्र पारेका छौ ।’ खड्काले भने ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो जीप पर्वतबाट सुन्तला खरिद गरेर आज बिहान पोखरा फर्किएको थियो । 

पोखरा:   शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लबले एघारौं पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने भएको छ ।  महोत्सवकै आयोजना गरी प्रति टिकटबाट एक रुपैया छुट्याउदै आएको युनाईटेड क्लबले अगामी पुष २७ देखी माघ ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं पोखरा महोत्सवबाट बचत भएको रकम मध्ये केही रकम सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणका लागि छुट्याइने भएको हो । बिहीबार सम्पन्न एघारौं पोखरा महोत्सवको सल्लाहकार तथा महोत्सव उपसमिति संयोजकहरुको बैठकले एघारौं पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणका लागी युनाईटेड क्लबले पहलकदमी थाल्ने निर्णय गरेको हो । स्थापना कालदेखीनै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको क्लबले दशौ पोखरा महोत्सव सम्म आइपुग्दा ५८ लाख ८५ हजार २ सय तीस रुपैया हस्तान्तरण गरिसकेको र चिडियाखाना निर्माणको सम्पूर्ण जिम्मेवारी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ ।   हाल आएर चिडियाखाना राष्ट्रिय गौरवको योजना अन्तर्गत रही यसको निर्माणको जिम्मा गण्डकी प्रदेश सरकार मातहतमा रही जिल्ला डिभिजन बन कार्यालय कास्कीले लिइसकेकाले क्लबले चिडियाखाना निर्माण पहलकदमीको एजेण्डालाई आगामी दिनमा सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्न लागेको क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । त्यसैगरी क्लबले एघारौ पोखरा महोत्सवबाट क्लवको जग्गा भएको स्थान पोखरा महानगरपालिका वडा नम्बर २६ अर्चलेमा रहेको जग्गामा भौतिक निर्माणका लागि समेत रकम छुट्याइने अध्यक्ष श्रेष्ठले बताए । यसवाहेक क्लबले गर्दै आइरहेको सामाजिक क्षेत्रका कामहरु शिक्षा, स्वास्थ्य, खेलकुदमा समेत रकम छुट्याइ काम गरिने भएको छ ।  एघारौ पोखरा महोत्सवमा ४०  देखी ५० वटा स्टल निशुल्क रुपमा प्रदान गरिने भएको छ । जुन गैर नाफामुलक संस्थाहरु, पर्यटन सम्बन्धी स्टल, होम स्टेको प्रचार प्रसारका स्टल, सचेतनामुलक स्टलहरु निशुल्क  उपलब्ध गराइने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा २ सय ५८ स्टल रहने छन । त्यसैगरी महोत्सवमा साधारणका लागि ८० रुपैया र विद्यार्थीका लागी ६० रुपैया टिकट दर कायम गर्ने निर्णय संगै जेष्ठ नागरिक, एकल महिला, अपांग, सुरक्षाकर्मी, पत्रकार र विदेशी पर्यटकलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईएको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । महोत्सवमा ख्याति प्राप्त लोकदोहोरी गायक गायिका संगै ख्यातिप्राप्त ब्याण्डहरु, नेपाली संसकृति झल्कने झांकी तथा नृत्यहरुको समेत प्रस्तुती रहने छन ।  सो कार्यक्रममा क्लवका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ,  सल्लाहकारहरु तीर्थलाल श्रेष्ठ, भरत केसि, तेज बहादुर गुरुङ, मेजर हितमान गुरुङ, दीपक थापा, लिलाधर अधिकारी, रमेश बहादुर काकी, पवित्रा देवी गुरुङ, महोत्सव हस्तकला उपसमिति संयोजक सविता श्रेष्ठ रञ्जित लगायतले महोत्सवलाई भब्य सभ्य रुपमा सम्पन्न गर्नका लागि सवैले आ आफ्नो ठाउबाट लाग्नुपर्ने बताए । 

पोखरा:  सराङ्गकोट बहुउद्देशयीय सहकारी संस्थाले १६ औँ वार्षिक उत्सवको अवसरमा राम मन्दिर जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सहयोग गरेको छ । सस्ंथाले यस वर्ष वार्षिक उत्सवको अवसरमा त्रिदीवसीय कार्यक्रम अन्र्तगत स्वास्थ्य सेवा, विधार्थीहरुलाई न्यानो कपडा र जेष्ठ नागरिक केन्द्र गगनगौँडालाई भौतिक सामाग्री वितरण गरीएको संस्थाको उपाध्यक्ष वसन्त बहादुर बाँनियाले बताए । संस्थाले स्थापनादेखि समुदाय केन्द्रित रेडियो सराङ्गकोटको प्रसारण, आर्थिक कारोबार मार्फत ७० करोडको कुल कारोबार मार्फत बचत तथा ऋण सङ्गै सदस्यहरु केन्द्रित सामाजिक उत्तरदायित्वका रचनात्मक क्रियाकलापहरु गर्दै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए । राममन्दिर जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष ,सस्ंथाका सल्लाहाकार अर्जुन बहादुर बस्नेतको सभापत्तित्वमा भएको कार्यक्रममा, संस्थाको सचिव कुल प्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, सह सचिव माया कुमारी शर्मा, सल्लाहाकार इन्द्रकमल मानन्धर, संचालक सदस्य आरती श्रेष्ठ, महिला समिति सदस्य राधिका थापा, व्यवस्थापक सुरेन्द्र थापा, रेडियोका व्यवस्थापक योगेन्द्र श्रेष्ठ लगाएतले संस्थागत भनाई राखेका थिए ।  

कास्की:  पोखरा महानगरपालिका भित्रका विभिन्न स्थानमा उठाइदै आएको कार तथा मोटरसाइकल पार्किङ शुल्कको ठेक्का सकिएको छ ।   पोखरा महानगरपालिका र फेवा सावित्री सँयुक्त कम्पनीबीच भएको सम्झौता हिजो (मंसिर २७ मंगलबार ) समाप्त भएसँगै आजदेखि कार तथा मोटरसाइकलको पार्किङ शुल्क उठाउन नपाइने महानगरले बताएको छ ।    अब महानगरले अर्काे ठेक्का सम्झौता नगरेसम्म आम नागरिकले पोखरा महानगरभित्र निशुल्क पार्किङ गर्न सक्नेछन् ।   महानगरले फेवा सावित्री सँयुक्त कम्पनीसँग ३ करोड १६ लाख ६० हजार रुपैयाँमा २०७७ सालको मंसिर १४ गते २ वर्षका लागि सम्झौता गरेको थियो ।  

पोखरा महानगरपालिकाबाट जम्मा हुने फोहोर व्यवस्थापन गर्न अहिले ल्याण्डफिल साइटको खोजी भइरहेको छ । नयाँ साइटको खोजीमा अहोरात्र मिहिनेत गरिरहेको महानगरसँग प्रश्न गर्दा ‘अब छिट्टै टुंगो लाग्ने’ रेडिमेड जवाफ पाइन्छ ।    तर रेडिमेड जवाफ हैन काम नै भइरहेको पोखरा महानगर फोहोर व्यवस्थापन समितिका संयोजक रामचन्द्र अधिकारी बताउँछन् । अधिकारीका अनुसार ल्याण्डफिललाई डम्पिङ् साइट भनेर बुझ्दा स्थान चयन हुन नसकेको बताउँछन् ।    प्रशोधन केन्द्र स्थापना गर्न ८० देखि सय रोपनीसम्म जमिन आवश्यक पर्ने महानगरको अनुमान छ ।    हाल भइरहेको जस्तो फोहोर डम्पिङ् गर्ने नभई प्रशोधन केन्द्रकारुपमा ल्याण्डफिल व्यवस्थापन हुने अधिकारीले जनाए । वडा नम्बर ३३ का अध्यक्षसमेत रहेका अधिकारीले धरान र दिल्लीमा अवलोकन गरेर फर्किएपछि सोही अनुसारको व्यवस्थापन गर्ने तयारी भइरहेको दाबी गरेका छन् ।    महानगरले हाल वडा नम्बर २१, २२ र ३३ मा साइट राख्ने प्रारम्भिक निष्कर्ष निकालेर योजना बनाइरहेको छ । ‘फोहोर फाल्ने डम्पिङ् साइट राख्न दिनुहुन्न भन्ने बुझाई छ’ अधिकारी भन्छन् ‘ तर त्यसो होइन, हामी पूर्ण आधुनिक शैलीमा प्रशोधन केन्द्र बनाउँने छौं ।    अधिकारीका अनुसार जहाँ फोहोर प्रशोधन केन्द्र स्थापना हुन्छ त्यस वडामा अवसरहरु पनि उपलब्ध हुनेछ । ‘मुख्य कुरा त त्यस वडामा रोजगार सृजना  हुनेछ, त्यहाँ वडाबासीलाई प्राथमिकता दिइनेछ’ अधिकारी भन्छन्, ‘सडक, बाटोघाटोसँगै विकास र पूर्वाधार निर्माणमा बढी बजेट विनियोजन हुनेछ ।’   त्यस्तै, अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको विषय भएकाले प्रदेश र संघबाट पनि उक्त वडामा रकम विनियोजन हुने सम्भावना उत्तिकै रहेको उनको धारणा छ ।    विमानस्थल पोखरा र देशकै गौरवमय योजना भएकाले अब कसैले पनि अनावश्यक खिचलो थाप्न नहुने भन्दै उनले सबै पक्षलाई सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।