जापानिज भाषाको वाक कलामा प्रिती प्रथम
वनभोजले ग्रामिण क्षेत्रको प्रवद्र्धन गर्छः वडाध्यक्ष सुवेदी
पाेखरा | पुस ३, २०७९
पोखराः निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटले आयोजना गरेको जापनिज भाषा वाक कलामा प्रीति सुनार प्रथम बनेकी छिन् ।
निगाता इन्टरनेशनल तथा तिजोरी बचत तथा ऋण सहकारी संस्थाले सयुक्त रुपमा आयोजना गरेको पारिवारिक वनभोज कार्यक्रमको अवसरमा भएको वाककला प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रिती प्रथम बनेकी हुन् । यसैगरि कृष्णा विश्वकर्मा द्वितिय र बसन्त सुवेदी तृतिय भएको निगाता इन्तरनेशनलका अकाउन्टेन्ट ज्याती ढकालले जानकारी दिईन् । उनका अनुसार प्रथम, द्वित्तिय र तृतीय हुनेहरुले क्रमश ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यस्तै चम्चा दौड प्रतियोगितामा पुरुषतर्फ युवराज पौडेल प्रथम, प्रताप लामिछाने द्वितिय भए भने महिलातर्फ रजनी परियार प्रथम, नीतु सुनार द्वितिय भइन् । यस्तै महिला सिनियरतर्फ भोजकुमारी राना प्रथम र प्यारी सुनार द्धितिय भइन् ।
तातो आलु प्रतियोगितामा हुुमलाल राम्जाली प्रथम र माया पुर्जामगर द्वितिय भइन् । नृत्य प्रतियोगितामा पुरुष तर्फ दिप गुरुङ र महिला तर्फ विजेता विश्वकर्मा पुरस्कृत भएका थिए ।
वनभोजले ग्रामिण क्षेत्रको प्रवद्र्धन गर्छः वडाध्यक्ष सुवेदी
पोखरा महानगरपालिका २१ वडाध्यक्ष दिपक प्रसाद सुवेदीले पारिवारिक वनभोज कार्यक्रमले ग्रामिण क्षेत्रको प्रचारप्रसारसँगै मित्रताको सम्बन्ध कायम हुने बताए ।
निगाता इन्टरनेशलन जापनिज भाषा प्रशिक्षण केन्द्र, तिजोरी बचत तथा ऋण सहकारी संस्थाले सयुक्त रुपमा आयोजना गरेको पारिवारिक वनभोज कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
‘विभिन्न कारणले शहरमा बसाई हुनेको संख्या अधिक छ, विभिन्न पेशा व्यवासाय, अध्ययन गर्ने विद्यार्थीहरुको लागि शनिबार फुर्सदको समय हो । छुट्टीको समयमा पारिवारिक वनभोज कार्यक्रम सबैको लागि मित्रता बढाउने बलियो माध्यम हो ।’ वडाध्यक्ष सुवदीले भने ।
उनले पोखरा २१ को धेरै स्थानमा वनभोजका लागि उपयुक्त स्थान रहेको बताउदै वनभोज कार्यक्रमले ठाउँको प्रवद्र्धन गर्ने बताए । ‘हाम्रो वडामा धेरै पिकनिक स्पटहरु छन्, जहाँबाट पोखरासँगै मनोरम हिमश्रृङ्खलाहरु देख्न सकिन्छ, उनले भने, ‘तपाइहरुको यो कार्यक्रमले यस ठाउँको प्रवद्र्धन गर्ने विश्वास लिएकोे छु ।’
यसैगरि तेजरन्त ज्वेलर्स, निगाता इन्टरनेशनल ल्याङ्गोइजका फाउण्डर, तिजोरी बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ सल्लाहकार तथा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष आदरणीय युवा व्यवसायी किसान सुनारले आफसी भाइचाराको सम्बन्धलाई सो कार्यक्रमले कायम गर्ने धारणा राखेका थिए ।
तिजोरी बचत तथा ऋण सहकारीका अध्यक्ष माया विश्वकर्मा सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका प्रवन्धक तथा युवा व्यवसायी गोकर्ण क्षेत्री लगायतले बोलेका थिए । पारिवारिक वनभोज कार्यक्रममा निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युट, तिजोरी बचत तथा ऋण सहकारी संस्था, तेजरत्न ज्वोलर्सका कर्मचारी तथा जापाजिन भाषा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ । १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा चोकमा पालो कुर्नुपर्ने अवस्था ह...
रौतहट: जङ्गली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्द...
पाेखरा: नेपाल पञ्चाङ्ग निर्णायक विकास निर्णायक समितिले भाईटीकाको साइत सार्वजनिक गरेको छ । समितिले सार्वजनिक साइत अनुसार भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा उत्तम रहेको जना...