पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

कास्की:  पोखरा महानगरपालिकाको एउटा कार्यक्रम ‘उज्यालो पोखरा’, यही योजना अन्तरगत ६ करोड ३७ लाख बजेट विनियोजन गरिएको छ । पोखरा महानगरपालिकाको यो योजनामा नेपाल विद्युत प्राधिकरणको पनि साथ छ । र कुल १२ करोड ७५ लाखको उक्त योजनाको बाँकी लागत प्राधिकरणले व्यहोर्ने छ ।   पोखरा र शहरका मूख्य चोकलाई झिलिमिली बनाउन महानगर ‘उज्यालो पोखरा’ कार्यक्रम ल्याइएको हो ।   पोखराको जिरो किमी, तमु ह्युला चोक विरौटा, बसुन्धारा पार्क, शहिदचोक र हल्लनचोकमा हाइमास्ट लाइट सञ्चालनमा आइसकेको छ भने लखनचोक, विपीचोक, नदीपुर, बाटुलेचौर तथा लामाचौर लगायतका २३ स्थानमा हाइमास्ट लाइट जडानको काम धमाधम भइरहेको छ ।    पहिलो चरण अन्तरगत सभागृहचोकदेखि बिपीचोकसम्मको न्यूरोड सडकखण्डमा स्ट्रिट लाइट जडानको काम अन्तिम चरणमा पुगेको छ । ‘न्यूरोडमा स्ट्रिट लाइट जडानको काम सकिन लागेको छ । यसले न्यूरोडलाई न्यू लुक्स दिनेछ’, पोखरा महानगरपालिकाका इन्जिनियर धु्रब भट्टराईले सुनगाभा न्यूजसँग भने, ‘हामीले सभागृहदेखि बिपीचोकसम्म ६० वटा सडकबत्ती जडान गरेका छौं । अब अप्रेशनमा मात्रै आउन बाँकी छ ।    उनका अनुसार सो लाइनमा हरेक २५ मिटरमा एक विद्युत लाइट राखिएको छ । पोखरा महागनगरको ‘उज्यालो पोखरा’ कार्यक्रमको सो बजेटबाट पोखरा महानगरभित्र कुल १ हजार ५ सय ४ वटा सडक बत्ती जडान हुनेछ ।    इन्जिनियर भट्टराईले पहिलो चरण अन्तरगतका सबै काम करिब डेढ महिनामा सक्ने लक्ष्य रहेको बताए । ‘पहिलो चरणको काम धमाधम भइरहेको छ, उनले भने, करिब डेढ महिनामा काम सक्ने लक्ष्यसहित तिब्रता दिन भनेका छौ ।’   उनले दोस्रो चरण अन्तरगत जिरो किमीदेखि पोखरा–२५ फेदीसम्मको हाइवेमा सडक बत्ती (स्ट्रिट लाइट) जडान गरिने बताए । ‘अहिले पहिलो चरणको काम भइरहेको छ । त्यो बजेटबाट २३ वटा हाइमास्ट र १ हजार ५ सय  ४ वटा सडक बत्ती जडान हुन्छ’, इन्जिनियर भट्टराईले भने, ‘दोस्रो चरणमा जिरोदेखि फेदीसम्मको हाइवेमा सडक बत्ती जडान गर्ने काम हुन्छ ।’   भट्टराईका अनुसार उज्यालो पोखरा अन्तरगतको सो योजनाको ठेक्का टक्सन इनर्जी प्रालिले पाएको हो ।    यसअघि पोखरा महानगरपाललिकाले चीनको सहयोगमा वि. स. २०७० सालमा पर्यटकीय क्षेत्र लेकसाइड र न्यूरोडमा सौर्यबत्ती जडान गरेको थियो । ‘धेरै पहिले जडित त्यो सोलार लाइटले अहिले केहीले मात्रै काम गरेको छ भने अधिकांश बिग्रिएको छ । ‘अहिले काम लाग्ने अवस्थामा छैन, भट्टारईले भने, ‘ब्याट्री पुरै ड्यामेज छ । बनाउन धेरै खर्च लाग्ने देखिन्छ । त्यसैले पोलहरु चाँही काम लाग्छन् । तिनीहरुलाई रियुज गर्छौ ।’    २५ प्रतिशत सकियो डिभाइडरको काम   गत मंसिर २१ गते महानगरबाट कार्यदेश पाएको निर्माण कम्पनीले डिभाइडर निर्माणको काम करिब २५ प्रतिशत सक्काएको छ ।    सभागृहदेखि विपीचोकसम्म (१ हजार ५ सय मिटर दुरी) निर्माणाधिन डिभाइडरका लागि व्यवस्थित कटिङ गर्नुेपर्ने भएकाले निर्माणकार्यमा ढिलाई भएको पोखरा महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले बताए । ‘यो डिभाइडरको चौडाई २५ सेन्टिमिटर र गहिराई ३० सिएम हो’, इन्जिनियर पौडेलले भने, ‘अप्रेशन गरेर बच्चा झिके जस्तै मिलाई मिलाई मेसिनले कटिङ गर्नुपर्ने भएकाले केही ढिलो भएको जस्तो देखिएको हो तर समयमै सक्ने योजनासहित काम भइरहेको छ ।’   उनले सो डिभाइडर आकर्षक बन्ने बताउदै पोखरेली ढुङ्गाको प्रयोग गरिने बताए । ‘यो डिभाइडर फरक र आकर्षक हुन्छ । डिभाइडरको दुवैतर्फ पोखरेली ढुङ्गा लगाइन्छ । र बिचको भागमा विभिन्न रङका फूलहरु लगाइन्छ’, उनले भने, ‘त्यसैले सडकबत्ती र आकर्षक डिभाइडरले न्यूरोडको मुहार नै फेर्ने विश्वास लिएका छौं ।’   उनका अनुसार सो डिभाइडर निर्माणको जिम्मा एबी कन्सट्रक्सन पोखरा प्रालिले पाएको छ । पोखरा महानगरपालिकासँगको सम्झौता अनुसार आगामी बैशाख ३१ गते सम्पन्न गर्नुपर्नेछ भने निर्माण लागत भ्याटसहित १ करोड १३ लाख ९० हजार रुपैयाँ रहेको छ ।    दुर्घटना न्यूनीकरणमा भूमिका खेल्छ: ट्राफिक इन्सपेक्टर शाह   न्यूरोडमा निर्माणाधिन डिभाइडरले सवारी दुर्घटनालाई न्यूकिरण गर्न सघाउ पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले बताए । ‘अहिले बनेको डिभाइडरले सडक दुर्घटना रोक्न सघाउ पुग्छ किनभने सडकबत्ती यथेष्ट छ’, उनले भने ‘त्यसमा इन्टरनेशनल प्राक्टिस अनुसारनै यूटर्न कहाँ गर्ने, राइट टर्न कहाँबाट गर्ने र यात्रुले सडक कहाँबाट क्रस गर्ने भन्नेबारे निश्चित र व्यवस्थित हुन्छ । त्यसैले दुर्घटना केही कम हुन्छ ।’   जथाभावी स्थानबाट (जेब्रा क्रसबाहेकका स्थान) सडक क्रस गरेकै कारण पोखरामा प्राय दुर्घटना हुने गरेको इन्सपेक्टर शाहले बताए । ‘पोखरामा दैनिक करिब आधा दर्जन सवारी दुर्घटना (साना तथा ठुला) हुने तथ्याङ्क छ’, उनले भने, ‘शहरी क्षेत्रमा तोकिएको स्थानबाट बाटो नकाट्दा दुर्घटना भएको पाइन्छ । त्यसैले डिभाइडर भयो भने त्यसपमा ट्राफिक नियम र अनुशासन लागु हुन्छ । यसको आवश्यकता अपरिहार्य छ ।’   स्ट्रिट लाइटको जडानसँगै डिभाइडर निर्माण भएको बताउदै उनले सवारी चालकलाई अनुशासित बनाउन मद्दद पुग्ने धारणा राखे । ‘पोखरामा तुलनात्मक रुपमा ट्राफिक अनुशासन कम छ । किनभने मूख्य चोकहरुमा ट्राफिक लाइट छैन’, अहिले महेन्द्रपुलमा जडान भएपनि अप्रेशनमा छैन । यस्तो कुराहरु शहरहरुमा जरुरी रहन्छ ।’ इन्सपेक्टर शाहले भने । 

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका ६ लुम्लेमा सुनगाभा कप तथा प्रविण गुरुङ सांस्कृतिक साँझ हुने भएको छ ।  सुनगाभा युवा क्लबको आयोजनामा माघ २६ गतेदेखि फागुन ३ गतेसम्म सुनगाभा कप तथा स्व. प्रविण गुरुङ स्मृति श्रस्टा सम्मान कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।  लुम्ले गाउँलाई पर्यटकीय गाउँ सगसगै खेलकुदबाट पर्यटन भित्राउन युवाहरुले विभिन्न कार्यक्रम गर्ने र सुनगाभा क्लब लुम्लेको चौथो संस्करण आयोजना गर्न लागेको वडाध्यक्ष एकदेव देवकोटाले बताए । लुम्ले गाउँमा जन्मिएका राष्ट्रिय गायक प्रबिन गुरुङको सम्झनामा आयोजना हुन लागेको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने पुर्व वडाध्यक्ष चित्रवहादुर गुरुङले जानकारी दिए ।  क्लबको वार्षिकोत्सवको अवसरमा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा समेत आयोजना गरेको छ । १ टिममा राष्ट्रिय टिमका दुईजना जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिताका संयोजक अन्तिम गुरुङले जानकारी दिए । प्रतियोगितामा ३० टिमको सहभागिता रहने अपेक्षा गरिएको गुरुङले बताए । भलिबलको प्रथमलाई ६५ हजार, दोस्रोलाई ४० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र साथै उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर र सेटरलाई  पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । ।  

पोखरा:  पोखरामा सञ्चालन भएको १२औँ संस्करणको ‘बगर भाइ खेलक एट ए साइड’ अन्तरराष्ट्रिय भेट्रान्स फुटबलको उपाधि काठमाडौँको ठमेल–११ ले जितेको छ । पोखराको ऐतिहासिक पुरानो टुँडिखेल खेलमैदानमा यही माघ ३ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पोखराको दीप युनाइटेडलाई पेनाल्टी सुटआउटमा २–१ गोलले पराजित गर्दै ठमेल च्याम्पियन बन्यो । उपाधि विजेता ठमेलले रु दुई लाख नगद र ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको घरेलु टोली दीपले रु एक लाखमा चित्त बुझायो । खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरमा गरिएको हो । ठमेलका लागि नितिन गुरुङ र टासी छिरिङले गोल गर्नुभयो भने दीपका  अन्तिम गुरुङले मात्र गोल गर्नुभयो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि दीप युनाइटेडका प्रविन कुमार घोषित हुँदै ट्रफीका साथमा नगद रु १५ हजार पुरस्कार पाउनुभयो । प्रतियोगिताको उत्कृष्ट गोल किपरमा ठमेलका सञ्जिव खड्गी, उत्कृष्ट डिफेन्डरमा ठमेलका टासी छिरिङ, उत्कृष्ट मिडफिल्डरमा दीपका अन्तिम गुरुङ, उत्कृष्ट स्ट्राइकरमा ठमेलका सागर थापा र उत्कृष्ट प्रशिक्षकमा ठमेलकै प्रदीप श्रेष्ठ घोषित हुँदै जनही रु पाँच हजारका दरले नगद पुरस्कार र ट्रफी प्राप्त गर्नुभयो । विजेता टिम तथा खेलाडीलाई प्रदेश खेलकुद परिषद्का सदस्य सचिव घनश्याम पौडेल, तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले ट्रफी, मेडल प्रमाण पत्र वितरण गर्नुभएको थियो । प्रतियोगिताका लागि तमु धिं युकेका अध्यक्ष हरि गुरुङले संस्थाको तर्फबाट नगद रु ६० हजार सहयोग गर्नुभयो । संस्थाका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, बगर भाई खलकका सचिव मानकाजी गुरुङलगायतले आफ्ना भनाइ राखेका थिए । प्रतियोगितामा भारत देहरादुनको एक टिमसहित कूल २४ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकका लागि नौलो आयाम’ को नारासहित बगर भाइ खलकले विभिन्न खेलकुद कार्यक्रम गर्दै आएको छ ।

पोखराः   गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबीच एमओयु सम्झौता भएको छ ।  खानी इन्जिनियरिङ सञ्चालनका लागि काठमाडौंले गण्डकी विश्वविद्यालयलाई सघाउने गरी आइतबार एमओयु सम्झौता भएको हो । खानी इन्जिनियरिङको उच्चस्तरीय पठनपाठन सञ्चालन गर्नलाई एकापसमा सहयोग आदानप्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।  गण्डकी विश्वविद्यालयमा आयोजित कार्यक्रममा गण्डकीका कुलपति प्राडा गणेशमान गुरुङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ५ वर्षसम्म कायम हुने शर्तसहित गरिएको सम्झौता पत्रमा उच्च शिक्षाका हर पक्षमा आवश्यक विकास, प्रोत्साहन र समृद्धिमा सहकार्य गर्ने उल्लेख छ । ‘दुवै विश्वविद्यालयले आ– आफ्ना स्नातक, स्नातकोत्तर र विद्यावारीधी अध्ययनरत विद्यार्थीको आवश्यकता अनुसार पठनपाठनमा पूर्ण सहयोग गरिनेछ’, सम्झौता पत्रमा भनिएको छ । खानी इन्जिनियरिङसम्बन्धी उच्चस्तरीय पठनपाठन सञ्चालन गर्न एकापसमा सहकार्य गर्ने २ विश्वविद्यालयबीच सम्झौता छ । जसका लागि कमिटी नै गठन गरिनेछ । दुवै विश्वविद्यालयले आवश्यकताका आधारमा आफ्ना शिक्षक तथा कर्मचारीलाई अर्का विश्वविद्यालयमा काजमा खटाउन सक्ने व्यवस्था मिलाइने बताइएको छ । विश्व बजारमा माइनिङ इन्जिनियरिङको माग भएकाले काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेरअगाडि बढ्न लागेको गण्डकीका कुलपति प्राध्यापक डाक्टर गुरुङले बताए । ‘गण्डकी प्रदेशको विश्वविद्यालय किन चाहियो भनेर प्रश्न उठिरहेको बेला छ । गण्डकी प्रदेश खानीहरुले भरिपूर्ण छ । त्यसका लागि जनशक्ति उत्पादन गर्न सक्यौ ं भने हामी सफल हुन्छौ ं’, उनले भने ।  गण्डकी विश्वविद्यालयले फरक विषय पठनपाठनलाई जोड दिएको उनको भनाइ छ । काठमाडौ ं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले तामा, फलामसँगै ढुंगा, गिट्टी, बालुवालाई सदुपयोग गर्न खानी इन्जिनियरिङ पढाइ आवश्यक रहेको बताए । ‘सरकारले गर्न नभ्याएको क्षेत्रमा युवाले पढ्न चाहेको पाठ्यक्रम बनाएर रोजगारमूलक शिक्षा दिएका छौ ं’, उनले भने ।  सम्झौता पत्र आदानप्रदान कार्यक्रममा पुगेकी गण्डकी प्रदेशकी प्रवक्ता सीता सुन्दासले गण्डकी प्रदेश खानीले भरिपूर्ण भएकाले यो विषयको पढाइले उत्खननमा सघाउ पुग्ने अपेक्षा गरिन् । फलाम, तामा खानी भएर पनि उत्खनन् हुन सकिएको छैन । खानीको उत्खनन् गर्न सके विकास सम्भव छ’, उनले भनिन् । उनले राज्यको ध्यान पुग्न नसकेको क्षेत्रमा प्राज्ञिक क्षेत्रले सुझाव दिन आवश्यक रहेको बताइन ।   

 पोखराः   हिसान गण्डकीको आयोजनामा पोखरामा भएको प्रथम हिसान फुटसल प्रतियोगिताको उपाधि पोखरा २६ लेखनाथको जुनियर सिटिजन एकेडेमी (जेसिए)ले जितेको छ ।  कास्की छनौट प्रतियोगिताको फाइलनमा जेसिएले कास्की मोडनाइज एकेडेमीलाई २–१ गोलले पराजित गर्दै उपाधि चुमेको हो । फाइनलमा जेसिएका लागि विकास परियार र विमल चन्द्रले एक एक गोलको योगदान दिए । त्यसै गरी कास्की मोडनाइजका लागि विजय गिरीले एक गोल गरे ।  आइतबार नै भएको सेमिफाइनल खेलमा कास्की मोडनाइजले करुणनिधि एजुकेसन फाउण्डेसनलाई ५–० गोलले हराउदै फाइनल प्रबेश गरेको थियो । त्यसै गरी जेसिएले सगरमाथालाई ३–२ गोलले हराउदै फाइनल प्रबेश गरेको थियो ।  विजयी खेलाडीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, उपाध्यक्ष डा रामजी प्रसाद शर्मा, कास्की अध्यक्ष यमबहादुर रोका, प्रतियोगिताका संयोजक सन्तोष पराजुली, सबिन मेमोरियल फुटबल क्लबका अध्यक्ष सन्जय लिगल, प्रदेश खेलकुद परिषद्की सदस्य निर्मला बराल लगाएतले अबिर, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए ।  प्रतियोगितामा हिसान गण्डकीको सदस्य विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए । कास्की जिल्लाबाट ८ टिम छनौट भै प्रदेशस्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन् । छनौट भएका टिममा सगरमाथाका दुई टिम, लिटिलस्टेप, केफ, जेसिए, माउण्ट अन्नपुर्ण, कास्की मोडनाइज, सृजना सेकेण्डरी स्कुल छनोट भएका छन् ।  कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने उनले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् । 

पोखरा:   तामाङ समुदायले आइतबार पोखरामा २८५९ औँ सोनाम ल्होछार मनाएका छन् । बैदाम तामाङ सेवा समाज पोखराको अयोजनामा आइतबार पोखराको लेकसाईडस्थित खहरेमा रहेको पेमा देछेन लिङ गुम्बामा एक आपसमा शुभकामना आदान प्रदान गरी ल्होछार पर्ब मनाइएको समाजका अध्यक्ष ज्याक तामाङले बताए । कार्यक्रममा ताम्बा टोलीद्धारा विभिन्न प्रस्तुति राखिएको थियो । धनबहादुर तामाङ, मनोज तामाङ, जीवन तामाङ, राजन तामाङ, बमबहादुर तामाङ र फरक योञ्जनले प्रस्तुति दिइएका थिए । त्यस्तै मिस तामाङको नृत्य, तामाङ सास्कृतिक नृत्य लगायतका कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङले बताए । नेपालको राष्ट्रिय संस्कृतिको कडी ल्होछार परम्परा र तामाङ संस्कृति भएको र ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको समाजका अध्यक्ष तामाङले बताए  । कार्यक्रममा उपस्थित तामांङ समुदायले गुम्बामा पुजा गरेका थिए । गुम्बाका लामा गुरु प्रेम लामाले दर्शनार्थीलाई वांग अभिषेक गराएका थिए । यस्तै कार्यक्रममा मिस तामांङ पोखराका सहयोगी तथा उपसमिति संयोजकलाई मायाको चिनो प्रदान गरिएको थियो । समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्ंचालन राम लामा र डोल्मा लामाले गरेका थिए । 

कास्की:   गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृत आत्मा शान्तिको कामनासहित दिप प्रज्वलन तथा पूजा पाठ गरेको छ ।    गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा गुरुङको नेतृत्वमा आज (आइतबार) उक्त पूजा आरधनासहित दिप प्रज्वलन गरिएको हो ।   समाजका अध्यक्ष तथा धर्मगुरु लामाले  दुर्घटना भएकै समय पारेर पूजा पाठ गर्दा दिवंगत आत्मालाई शान्ति मिल्ने धारणा राखे । ‘आज विमान दुर्घटना भएको एक हप्ता भएको छ’, धर्मगुरु लामाले भने, ‘माघ १ गते १० देखि ११ बजेको समयमा भएको थियो । आज हामी सोही समय पारेर मोन्लम (प्रणिधान) पाठ बाचन गरेका छौं ।’   उनले एकपटक दुर्घटना भएको स्थानमा दोहोरिन सक्ने बताउदै भने, ‘धेरै विधी, ज्योतिष विज्ञान र तन्त्रले के भन्छ भने, अकल्पनीय दुर्घटना भएको ठाउँमा स्वस्तीशान्ती पूजा गरिएन भने फेरिपनि दुर्घटना दोहोरिन सक्छ भन्ने विश्वास छ, त्यसैले एकपटक दुर्घटना भएको ठाउँमा फेरि पनि हुन सक्छ भन्ने उद्देश्यसहित यो पूजा गरेका हौ ।’   धर्मगुरु लामाले उक्त दुर्घटनापछि आसपासका बासिन्दामा डर र त्रास सिर्जन भएको बताउदै स्वस्तीशान्ति पूजा आवश्यक रहेको धारणा राखे । ‘दुर्घटना पछि यहाँ आसपासमा रहनुहुने बासिन्दामा एक खालको डर र त्रास सिर्जना भएको छ, यस पूजापछि मनमा शान्ति मिल्ने हामीले विश्वास लिएका छौं ।’   उनले अनुकुल तिथी पारेर गरेको पूजा प्रभावकारी हुने बताउदै आजकै दिनमा पूजा तथा दिप प्रज्वलन गरेको जानकारी दिए । ‘आज पहिलो पुण्य तिथी हो, त्यसैले ग्रन्थमा उल्लेख भएअनुसार अकल्पनीय घटनामा ज्यान गुमाउनेहरुको आत्मा भड्किन सक्ने भएकाले हामीले मृतआत्माको नाममा दिप प्रज्वलन र पूजा गरेका हौं ।’ उनले भने ।   उक्त दिप प्रज्वलन तथा पूजामा दर्जनौं बौद्ध लामागुरुहरु, मृतकका आफन्तजनहरु र सयौंको सँख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।  बौद्ध धर्म अनुसार अकल्पनीय दुर्घटना हुने ठाउँमा मृतआत्माको शान्तीको कामनासहित (सियुँ मास्ने) पूजाआजा तथा दिप प्रज्वलन गर्ने प्रचलन रहेको छ ।    गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलान्इसको विमान पोखराको सेती खोँचमा दुर्घटना हुँदा चालकदलका ४ जना र ६८ यात्रुको ज्यान गएको थियो ।    

पोखराः   पोखरा महानगर पालिका वडा नं ६ लेकसाइड बैदामस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले शनिबार १४औं बार्षिक उत्सबको अबसर पारेर रक्तदान तथा रक्त परिक्षण कार्यक्रमको आयोजना गरेको छ । संस्थाले बार्षिक कार्यक्रम अन्तरगत रक्तदान गर्दै आएको र सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको संस्थाको कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ ।  पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले रक्तदाता तुलसी दाहाललाई ब्लड ब्याग हस्तारन्तरण गरि, कार्यक्रमको शुभारभ्भ गर्दै “रक्तदान जत्तिको पवित्र कार्य अन्य नहुने” बताए । उनले सहकारीले गरेको कामको प्रशंसा गरे । अध्यक्ष भट्टराईले “रक्त दान जिवन दान” भन्ने नारालाई सार्थक बनाउनका लागि ‘रक्तदान’को बारेमा स्थानिय स्तरमा प्रचारप्रसार  गरि महत्व बुझाउनु पर्नेमा जोड दिए ।   थाइराड, मधुमेह तथा हर्मोन रोग विषेशज्ञ डा. रमेश राज आर्चायले थाइराड तथा मधुमेह रोग मानिसको खानपिन र बानीब्यहोरा सुधार गरेमा बच्न सकिने जानकारी दिदै, सचेत रहन आग्रह गरे ।   संस्थाका अध्यक्ष सुर्यनाथ पहारीले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आएको बताए । अध्यक्ष पहारीले सामाजिक कार्यलाई संस्थाले आगमी दिनमा पनि निरन्तरता दिने सुनाए । कार्यक्रममा विशेष अतिथि नेपाल रेडक्रस का्रस्कीका अध्यक्ष डण्डराज पौडेल, यु आर यल पोखराका अध्यक्ष ठाकुर पन्त, माता तालबाराही आरतिका अध्यक्ष मंगल नेपाली, संस्थाका कोषाध्यक्ष बैकुण्ठ ढुगाना, शिशु स्याहार बैदामका अध्यक्ष संगिता बराल र कार्यक्रम संयोजक मादब थापा लगाएतले रक्तदान जत्तिको महत्वपूर्ण र पवित्र कार्य अन्य नहुने भन्दै रगतको महत्व र आवश्यकता सबैलाई बुझाउनुपर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष सुर्यनाथ पहारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा पहारीले स्वागत र सचिव सुन्दरराज पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।  पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा यु. आर. यल पोखराको प्राविधिक सहयोगमा करिब १ सय जनाको थाइराइड तथा मधुमेह रोगको निशुल्क रक्त परिक्षण गरिएको थियो ।  

पोखराः  पोखरा इन्जिनियरिङ कलेजमा स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचनमा नेपाली कांग्रेस समर्थित नेपाली विद्यार्थी संघ २४ वर्षपछि प्यानलै विजयी भएको छ ।  शुक्रबार भएको स्वतन्त्र विद्यार्थी परिषद्को निर्वाचनमा नेकपा एमाले अनेरास्ववियु र माओवादी समर्थित अनेरास्ववियु (क्रान्तिकारी)को प्यानललाई पराजित गर्दै नेविसंघ २४ वर्षपछि प्यानललै विजयी भएको हो ।  स्वतन्त्र विद्यार्थी परिषद्को सभापतिमा विजयी भएका नेपाल विद्यार्थी संघका सभापति पदका उम्मेदवार विराट सिग्देलले मत २ सय ८५ मत प्राप्त गर्दै विजयी भए । यस्तै अनेरास्ववियुका उम्मेदवार विरेन्द्र जिसीले १ सय ६५ र अनेरास्ववियु (क्रान्तिकारी) का उम्मेदवार पवन लम्सालले १सय ३१ मत प्राप्त गरे ।  यस्तै पोखरा इन्जिनियरिङ कलेज स्वतन्त्र विद्यार्थी परिषद्को सचिवमा नेपाल विद्यार्थी संघका उम्मेदवार मिलन डुम्रेले ३ सय ५३ मत प्राप्त गर्दै विजयी भएका छन । सचिव पदका उम्मेदवार अनेरास्ववियुका स्वतिका पौडेलले १ सय ५४ र अनेरास्ववियु (क्रान्तिकारी) का कविन पाठकले ७२ मत प्राप्त गरे ।   कोषाध्यक्ष पदमा विजयी भएका नेविसंघका उम्मेदवार कृति वाग्लेले २ सय ८१ मत प्राप्त गरे ।  नेकपा एमाले समर्थित अनेरास्ववियुका उम्मेदवार राज अमृत सुवेदीले २ सय ११ मत प्राप्त गरे भने अनेरास्ववियु (क्रान्तिकारी)का उम्मेदवार जानकारी वडुले ८० प्राप्त गरे ।    सदस्यमा नेपाली विद्यार्थी संघका उम्मेदवार सुवासचन्द्र पण्डित ३ सय १८, अनिष गिरी २सय ४९, सोवित कार्की २ सय ८४ र  भुमिका छुमीले २ सय ९० मत प्राप्त गर्दै विजयी भए ।   शुक्रबार सम्पन्न भएको निर्वाचनमा ६सय १४ मतदातामा ५ सय ८४ जनाले मतदान गरेका थिए ।  कसले कति मत पाए ?