गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबीच एमओयु सम्झौता

पाेखरा | माघ ९, २०७९

गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबीच एमओयु सम्झौता

पोखराः   गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबीच एमओयु सम्झौता भएको छ । 


खानी इन्जिनियरिङ सञ्चालनका लागि काठमाडौंले गण्डकी विश्वविद्यालयलाई सघाउने गरी आइतबार एमओयु सम्झौता भएको हो । खानी इन्जिनियरिङको उच्चस्तरीय पठनपाठन सञ्चालन गर्नलाई एकापसमा सहयोग आदानप्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । 


गण्डकी विश्वविद्यालयमा आयोजित कार्यक्रममा गण्डकीका कुलपति प्राडा गणेशमान गुरुङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।


५ वर्षसम्म कायम हुने शर्तसहित गरिएको सम्झौता पत्रमा उच्च शिक्षाका हर पक्षमा आवश्यक विकास, प्रोत्साहन र समृद्धिमा सहकार्य गर्ने उल्लेख छ । ‘दुवै विश्वविद्यालयले आ– आफ्ना स्नातक, स्नातकोत्तर र विद्यावारीधी अध्ययनरत विद्यार्थीको आवश्यकता अनुसार पठनपाठनमा पूर्ण सहयोग गरिनेछ’, सम्झौता पत्रमा भनिएको छ ।


खानी इन्जिनियरिङसम्बन्धी उच्चस्तरीय पठनपाठन सञ्चालन गर्न एकापसमा सहकार्य गर्ने २ विश्वविद्यालयबीच सम्झौता छ । जसका लागि कमिटी नै गठन गरिनेछ । दुवै विश्वविद्यालयले आवश्यकताका आधारमा आफ्ना शिक्षक तथा कर्मचारीलाई अर्का विश्वविद्यालयमा काजमा खटाउन सक्ने व्यवस्था मिलाइने बताइएको छ ।


विश्व बजारमा माइनिङ इन्जिनियरिङको माग भएकाले काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेरअगाडि बढ्न लागेको गण्डकीका कुलपति प्राध्यापक डाक्टर गुरुङले बताए । ‘गण्डकी प्रदेशको विश्वविद्यालय किन चाहियो भनेर प्रश्न उठिरहेको बेला छ । गण्डकी प्रदेश खानीहरुले भरिपूर्ण छ । त्यसका लागि जनशक्ति उत्पादन गर्न सक्यौ ं भने हामी सफल हुन्छौ ं’, उनले भने । 


गण्डकी विश्वविद्यालयले फरक विषय पठनपाठनलाई जोड दिएको उनको भनाइ छ । काठमाडौ ं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले तामा, फलामसँगै ढुंगा, गिट्टी, बालुवालाई सदुपयोग गर्न खानी इन्जिनियरिङ पढाइ आवश्यक रहेको बताए । ‘सरकारले गर्न नभ्याएको क्षेत्रमा युवाले पढ्न चाहेको पाठ्यक्रम बनाएर रोजगारमूलक शिक्षा दिएका छौ ं’, उनले भने । 


सम्झौता पत्र आदानप्रदान कार्यक्रममा पुगेकी गण्डकी प्रदेशकी प्रवक्ता सीता सुन्दासले गण्डकी प्रदेश खानीले भरिपूर्ण भएकाले यो विषयको पढाइले उत्खननमा सघाउ पुग्ने अपेक्षा गरिन् । फलाम, तामा खानी भएर पनि उत्खनन् हुन सकिएको छैन । खानीको उत्खनन् गर्न सके विकास सम्भव छ’, उनले भनिन् । उनले राज्यको ध्यान पुग्न नसकेको क्षेत्रमा प्राज्ञिक क्षेत्रले सुझाव दिन आवश्यक रहेको बताइन । 
 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्