पोखरा: कालिका माध्यमिक विद्यालय गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ । पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै च्याम्पियन भएको हो । कालिकाको जितमा कप्तान टिका गुरुङ र सज्जन बराइलीले १–१ गोल गरे । टिकाले खेलको ३५औं मिनेटमा गोल गर्दै कालिकालाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफमा दुवै टिमबाट राम्रो अवसर पाएपनि थप गोल हुन सकेन । दोस्रो हाफको ८७औं मिनेटमा कालिकाका सज्जनले गोल गर्दै टिमलाई दोेब्बर अग्रता दिलाए । त्यसपछि भने दुवैतर्फबाट गोल हुन सकेन र कालिकाले प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भयो । विजेता भएको कालिकाले ट्रफिसहित १ लाख पुरस्कार प्राप्त ग¥यो । विजेतालाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले हस्तान्तरण गरे । उपविजेता बनेको भद्रकाली ५० हजार रुपैयाँ प्राप्त ग¥यो । प्लेयर अफ द टुर्नामेन्ट कालिकाका मन्दीप घले गुरुङ घोषित भए । उनले नगद १५ हजारसहित ट्रफि प्राप्त गरे । यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।
पोखराः प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालय र भद्रकाली माध्यमिक विद्यालय भिड्ने भएका छन् । यी दुई विचको खेल पोखरा रंगशालामा शुक्रबार दिउँसो साढे १ बजे सुरु हुनेछ । गण्डकी विश्वविद्यालयले आयोजना गरेको उक्त प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमीफाइलनमा भद्रकालीले इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयलाई ६–२ ले पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको हो । भद्रकालीका अमित गुरुङले ह्याट्रिक गरे । उनले खेलको ३८औं, ५५औं र ५९औं मिनेटमा गोल गरेका थिए । युक्त गुरुङ, अमिर गुरुङ र दिपेश गुरुङले १–१ गोल गरेका थिए । राज्यलक्ष्मीबाट दिनेश घर्तिमगरले २ गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । उनले ५औं मिनेट र १८औं मिनेटमा गोल गरेका थिए । कालिकाले दोस्रो सेमीफाइलनमा सहिद स्मृति आवशीय माध्यमिक विद्यालयलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । कालिकाको जितमा तेजबहादुर गुरुङले गोेल गरे । खेलको ३१औं मिनेटमा तेजले गरेको गोलनै खेलको निर्णायक भयो । सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ । फाइलन खेलमा नवनियुक्त सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङको उपस्थिति रहने आयोजकले जनाएको छ । यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।
पोखराः कास्कीको मादी गाउँपालिकामा निर्माणाधिन सुपर मादी हाईड्रोपावर लिमिटेड ताङतिङ शाखाको कार्यालयमा त्यहाँका प्रभावित स्थानीयले ताला लगाएका छन् । सुपर मादी हाइड्रोपावर लिमिटेडले स्थानीयसँग गरेको सम्झौतालाई कार्यान्वयन नगरेसम्म शाखा कार्यालयमा ताला नखुल्ने ताङतिङ युवा क्लबका अध्यक्ष भोज बहादुर गुरुङले जानकारी दिए । ‘सुपर मादी हाईड्रोपावरसँग भएको ११ बुँदे त्रिपक्षीय सम्झौता कार्यान्वयन भएको छैन, गुरुङले भने, डाईड्रोपावरले यहाँ नोक्सान पु¥याएको छ नै ३५ जना स्थानीयले मुआब्जा पाउन सकेका छैन् , सम्झौता कार्यान्वयन नभएसम्म ताला खोल्न असमर्थ छौं ।’ हाईड्रोका कारण हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन बाध्य भएको गुरुङले बताए । ‘स्थानीयको कृषि योग्य जमिनमा हाइड्रोका पूर्वाधार निर्माण गर्दा निस्किएका ढुङ्गा र माटो र जमिनमा यत्रतत्र छरिएको छ, मकै लगायतका बाली लगाउने समय हुन लाग्योे, उनले भने, ‘सम्झौता अनुसार पूर्वाधार निर्माण गर्दा निस्किएको ढुङ्गा माटो सफा गर्नुपर्ने हो, तर परियोजनाले यसतर्m ध्यान दिन नसक्दा किसान दोहोरो मर्कामा परेका छन् ।’ हाईड्रोपावर परियोजनाले सम्झौता अनुसारको सिक्लेस ताङतिङको बीचमा मोटरेबल पुल खेलमैदान लगायतका पूर्वाधारका कामहरु नगरेको सुपर मादी हाईड्रोपावर ताङतिङ शाखाको कार्यालयमा जारी गरिएको नोटिसमा उल्लेख गरिएको छ । मादी गाउँपालिका २ का वडाध्यक्ष भोजबहादुर गुरुङले प्रभावित क्षेत्रका स्थानीयले स्थानीय सरकार मार्फत न्याय खोजेकाले परियोजनासँग छलफल गर्न खोजेपनि त्यो सफल नभएको बताए । ‘नजिकका सरकार भनेको स्थानीय सरकार हो, हामी मार्फत न्याय खोज्न प्रभावित स्थानीय वडा कार्यालय आउन थालेका छन्, उनले भने, ‘परियोजनाका प्रतिनिधिहरुसँग छलफल गर्न खोज्दा पोखरा बोलाउनु हुन्छ तर हामी स्थानीयको बीचमा नै सम्झौता कार्यान्वयनमा जोड दिएका छौं ।’ कास्कीको मादी गाउँपालिका २ स्थित ताङतिङ युवा क्लब, मादी नदी सरोकार समिति र स्थानीयले सुपर मादी हाइड्रो पावरको ताङतिङस्थित शाखा कार्यालयमा ताला लगाएर सम्झौता कार्यान्वयन गर्न सर्वपक्षिय भेलाको निर्णयसहितको नोटिस जारी गरेका छन् ।
पोखराको सिद्धार्थ राजमार्ग अन्तरगत वडा नम्बर १७ को बिरौटा खण्डमा निर्माणाधीन सडक अस्तव्यस्त भएपछि विप्लव नेतृत्वको नेकपा समर्थित घटक युवा संगठन नेपाल एक्सनमा उत्रिएको छ । संगठनले मंगलबार वडा कार्यालय र पोखरा महानगरपालिकालाई यस विषयमा ध्यानाकर्षण गराउँदै मेयर धनराज आचार्य र वडाध्यक्ष राधिका शाहीलाई ज्ञापनपत्र बुझाएको छ । संगठनका कास्की अध्यक्ष युवराज सी को नेतृत्वमा पत्र बुझाउँदै थपिएको एक वर्षमा पनि सडक पुरा नभएकोमा सम्बन्धित पक्षलाई सचेत गराइएको छ । उक्त सडक खण्ड पुरा गर्न आगामी साउनसम्म थप समय दिइएको छ । तर हालसम्म ५० प्रतिशत काम पनि नभएको भन्दै संगठन विरोधमा उत्रन बाध्य भएको पार्टीका कास्की सचिव काजी सी ले जानकारी दिए । बिरौटा–छोरेपाटन सडक खण्डको ठेक्का सिंह एण्ड ब्रदर्श विश्वास राम सागर जेवि काठमाडौं कन्स्ट्रक्सन कम्पनीले पाएको छ । निर्धारित समयभित्र काम पुरा नभए कम्पनीविरुद्ध जस्तोसुकै आन्दोलन गर्न संगठन तयार रहेको अध्यक्ष युवराजले जनाएका छन् । सडक निर्माणमा ढिलासुस्ती भएपछि अघिल्लो हप्ता स्थानीयवासीले वडा कार्यालयअघि प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा ३ जना पक्राउ परेका थिए ।
पोखराः पोखरा महानगरपालिका ३३ चौगादीमा ट्याक्टर दुर्घटना हुँदा नलप्रसाद लामिछानेको मृत्यु भएको छ । पोखरा महानगर ३३ चुवादी हुँदै सुरौदी तर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार ६३ वर्षीय लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञान बहादुर खड्काले जानकारी दिए । ट्याक्टर दुर्घटना हुँदा घाइते भएका लामिछानेको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्री अपस्पतालमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।
पोखराः नेपाली कांग्रेस समर्थक राष्ट्रिय मगर संघ गण्डकी प्रदेशका दोस्रो अधिवेशन माघ १४ गते पोखरामा हुने भएको छ । पटक पटक मिति घोषणा भएर पनि स्थगित हुँदै आएको राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको दोस्रो अधिवेशन माघ १४ गते हुने प्रदेश सभापति पदमबहादुर पुनले जानकारी दिए । ‘पटक पटक मिति घोषणा भए पनि स्थगित हुँदै आएको प्रदेश अधिवेशन माघ १४ गते मिति तय गरेका छौं, पुनले भने, ‘अधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति शेरबहादुर देउवासँगै केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।’ उनका अनुसार अधिवेशनमा नेपाली कांग्रेसका शंकर भण्डारी, नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र पाण्डे लगायत कास्की जिल्लाका नेताहरुले सम्बोधन गर्नेछन् । अधिवेशन अगाडी संघले लखन चोकमा नेपालका प्रथम शहिद लखन थापामगरको शालिकमा माल्यार्पण गर्दै झाँकी ¥यालीसहित नयाँबजारको प्रदर्शनी हलमा कार्यक्रम गर्ने संघका सभापति पुनले जानकारी दिए । अधिवेशनमा गण्डकी प्रदेशका १० जिल्लाका प्रत्येक गाउँपालिकाबाट १ जना महिला, २ जना पुरुष र नगरपालिकाबाट २ जना महिला र ३ जना पुरुष प्रतिनिधिका रुपमा सहभागी हुनेछन् ।
पोखरा: एघारौं पोखरा महोत्सवमा आयोजित टिकटक प्रतियोगिताको उपाधि लक्ष्मण गोलेले हात पारेका छन । प्रतियोगिताको उपाधि संगै गोलेले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गरे । गोलेले महोत्सव स्थलमा राखिएको टिकटक निर्माण स्थलमा टिकटक बनाएर सर्वाधिक भ्युज ल्याउन सफल भएका थिए । गोलेको भिडियोले १.९ मिलियन भ्युज ल्याएका थिए । त्यसैगरी प्रतियोगितामा जमुना थापा मगरले १.६ मिलियन भ्युज बटुल्दै दोश्रो स्थान हासिल गर्न सफल रहिन । दोश्रो स्थान संगै थापा मगरले नगद २० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल बनिन । त्यसैगरी प्रतियोगितामा भाग लिइ महोत्सवमा धेरै भिडियो निर्माण गरी टिकटक प्रतियोगिताको सन्देश प्रबाह गरी सहयोग गरेका मिङ मिङ पुनलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । प्रतियोगिताका बिजेताहरुलाई टिकटक प्रतियोगिता प्रयोजन गर्ने अल्ट्राबाइट प्रा.लि., एजुकेशन डाइट प्रा.लि.का गण्डकी प्रदेशका निर्देशक पूर्ण कुमार श्रेष्ठ, आशिष इन्स्टीट्युट प्रा.लि.का सञ्चालक आशिष पाण्डे, क्लवका अध्यक्ष राजु श्रेष्ठ, टिकटक प्रतियोगिताका संयोजक शिब थापा लगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा ४ सय ५० बढीले भाग लिएका थिएभने समग्रमा #2079pm मा करिब १ करोड १७ लाख भ्युज पुगेको थियो । महोत्सव आयोजक युनाइटेड क्लबले टिकटकलाई रमाईलो मात्र नभइ संस्कृतिको संरक्षण र सभ्य समाज निर्माण संगै टिकटक चलाएर पनि प्रतियोगितामा सहभागीता हुन सकिने र नगद जित्न सकिने सन्देश प्रदान गर्ने उद्देश्यले टिकटक प्रतियोगिताको आयोजना गरिएको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको तेह्रो दिन सम्म आइपुग्दा करिव दुई लाख ४० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन । महोत्सवमा दर्शकको भीड संगै कारोबार समेत बढेको छ । महोत्सवको तेह्रो दिन सम्म आइपुग्दा ८ करोड ६० लाख बरावरको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । महोत्सवको तेह्रो दिन सोमबार महोत्सवमा उपस्थित दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरी ढुंगाना, मधु थापा मगर, किसन नेपाली, सानु बिकास, कमला सुनार लगायतको प्रस्तुतीमार्पत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । त्यसैगरी सांझको लाईभ ब्याण्ड तर्फ अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्याण्ड मन्त्रको प्रस्तुती मार्फत युवाहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको अन्तिम दिन मंगलवार लोकदोहोरी तर्फ प्रजापति पराजुली, जीवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनार लगायतको प्रस्तुती रहनेछभने सांझको कन्सर्ट तर्फ चर्चित र्यापर एएनटीएफ बाट चर्चित भएका र्यापर माइलाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखराः गण्डकी विश्वविद्यालयको आयोजनामा सोमबारदेखि कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार प्रतियोगिताको उद्घाटन गरेका हुन् । सोमबार भएको उद्घाटन खेलमा इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय विजयी भएको छ । पोखरा रंगशालामा भएको पहिलो खेलमा इन्द्र राज्यलक्ष्मीले ग्लोबल कलेजियट माध्यमिक विद्यालयलाई ३–१ ले पराजित गरेको हो । राज्यलक्ष्मीको जितमा दीपक गोलेले २ र सुजल नेपालीले १ गोल गरे । ग्लोबलका लागि मन्दीप गुरुङले १ गोल फर्काए । खेलको सुरुआत चौथो मिनेटमै राज्यलक्ष्मीका गोलेले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि १२ औं मिनेटमा ग्लोबलका मन्दीपले बराबरी गोल फर्काएका थिए । त्यसपछि पहिलो हाफमा गोल हुन सकेन । दोस्रो हाफमा ४२ औं मिनेटमा राज्यलक्ष्मीका सुजलले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा राज्यलक्ष्मीका दीपक गोलेले गोल गर्दै ३–१ को जित दिलाए । विजयी इन्द्र राज्यलक्ष्मीले क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब क्वाटरफाइनलमा राज्यलक्ष्मीले छोरेपाटन माध्यमिक विद्यालयसँग मंगलबार खेल्नेछ । पराजित ग्लोबल कलेजियट प्रतियोगिताबाट बाहिरिएको छ । खेल ३०–३० मिनेटको खेलाइएको थियो । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी र प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे । ‘खेलकुदका माध्यममार्फत शारीरिक सुगठन, निरोगी, स्वास्थ्य रहने यस प्रतियोगिताले र यस विश्वविद्यालयले सहयोग गर्नेछ भन्ने विश्वास मैले लिएको छ,’ उनले भने । विश्वविद्यालयका कुलपति प्राडा. गणेशमान गुरुङले पहिलोपटक आयोजना गरेको प्रतियोगिता सहभागी भएको खेलाडी धन्यवाद प्रकट गरे । उनले विश्वविद्यालयले आजको आवश्यकता र परिस्थितिलाई हेरेर विषयहरु अध्यापन गराउँदै आएको बताए । योे प्रतियोगिताले खेलकुदको विकासमा थप टेवा पुग्ने गुरुङले दाबी गरे । खेलकुदको विकास सम्वद्धन र संरक्षणका खातिर योजनावद्ध र प्रतिवद्धयुक्त दक्ष जनशक्ति उत्पादन गर्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने प्रतियोगिताका संयोजक डा. मधुुसूदन सुवेदीले बताए । ‘स्पोर्टस् हबका रुपमा परिचित गण्डकी प्रदेशभित्रका उदयीमान खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्न एकाग्रता, स्वच्छ प्रतिस्प्र्धाको भावना विकास गरी खेलकुदप्रति आकर्षण पैदा गर्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौं,’ उनले भने । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ । यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको संयोजक मधुसूदन सुवेदीले बताए ।