पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

कास्की:  पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रतिकुल मौसमका कारण आज सुचारु हुन सकेको छैन । पोखराको मौसम नखुलेका कारण विमानस्थलमा उडान तत्कालका लागि बन्द गरिएको हो ।    विमानस्थलका सुचना अधिकारी विष्णु प्रसाद अधिकारीले मौसम खुलेसँगै सेवा तथा उडान सुचारु हुने बताए । ‘अहिलेसम्म एयरपोर्ट बन्द छ’, अन्य कारणले हैन । मौसम नखुलेको कारण हो, घाम बिस्तारै लागिराछ, अझै समय लाग्ला त्यसपछि सेवा सुरु हुन्छ ।’ अधिकारीले भने ।   उडान सुरु भएपछि यति एयरलेबाहेक अन्य जहाज कम्पनीले निरन्तर सेवा प्रदान गर्नेछ । ‘यतिको एटीआर जहाज हिजो दुर्घटना भएको कारण आज उहाँहरुको फ्लाइट रद्द छ, सुचना अधिकारी अधिकारीले भने, ‘बाँकी अन्य जहाजहरुले मौसम खुल्ने बित्तिकै उडान भर्नुहुन्छ ।’   (आइतबार) हिजो मात्रै यति एयरको एटीआर ७० जहाज पोखरा महानगरपालिका ७ र १५ जोड्ने सेती खोँचमा दुर्घटना ग्रस्त भएको थियो । उक्त दुर्घटनामा परि चालकदलका ४ जना, ५३ जना नेपाली, भारतीय नागरिक ५ जना, रसियन ४, आयरल्यान्डका १, अस्ट्रेलियन नागरिक १, अर्जेन्टिनी नागरिक १, कोरियन २, फ्रान्सेली १ गरी जम्मा ७२ जनाकै ज्यान गएको थियो ।   सो मध्ये यो समाचार तयारपार्दासम्म ६८ जनाको शव फेला परिसकेकेको छ भने बेपक्ता ४ जनाको शवको खोजी कार्य तिव्र पारेको सहायक सिडिओ तथा सुचना अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । ‘अहिलेसम्म ६८ जनाको शव भेटिसकेका छौं, सुनगामा न्यूजँग उनले भने, ‘बेपत्ता ४ जनाको भने बिहानैदेखि खोजीकार्य तिब्र पारेका छौं ।’   काठमाडौंबाट २ डाक्टर नआउँदा पोष्टमार्टममा ढिलाई   फेला परेकामध्ये सनाखत भइसकेका शवको पोष्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार छन् । पोर्टमार्टमका लागि ७ सदस्यीय राष्ट्रिय टोली गठन गरिएको छ डाक्टर भरत खत्रीका अनुसार सो टोलीमा पोखराका ५ जना र काठमाडौंका २  जना डाक्टर रहेका छन् ।    काठमाडौंका २ जना डाक्टर आउन नसक्दा पोष्टमार्टममा ढिलाई भएको हो ।   बाँकी सबै आवश्यक प्रक्रिया पुरा भइसकेको डाक्टर भरत खत्रीले बताए । उनले काठमाडौंका २ जना डाक्टर पोखरा आउनका लागि एयरपोर्टमा रहेको बताउदै प्रतिकुल मौसमका कारण आउन कठिनाई भएको बताए । ‘काठमाडौंबाट आउनुहुने २ जना डाक्टर एयरपोर्टमा रेडी हुनुहुन्छ । सबै प्रक्रिया पुरा भइसकेका छन्’, डाक्टर खत्रीले भने, ‘उहाँहरु आइसकेपछि पोष्टमार्टम गर्न मिल्ने जति गरेर आफ्ना आफन्तलाई बुझाउन तयार छौं ।’    उनले हालसम्म फेला परेका शवलाइ नम्बर किटान गरेर राखिएको बताए ।  ‘हामीले सुरुदेखि ल्याएका शवलाई नम्बरिङ गरेका छौं, त्यो मध्ये पहिचान गर्न  सक्ने जतिलाई यहि गर्छाै र आफन्तलाई जिम्मा लगाउँछौ’, उनले भने, ‘बाँकी सबैलाई हेलीमार्फत काठमाडौं पठाउने व्यवस्था गरेका छौं ।’   उनका अनुसार सनाखत हुन नसकेका शव, चालकदलका सदस्यहरु र विदेशी नागरिकका शवलाई पोष्टमार्टम र डिएनए परिक्षणका लागि काठमाडौं पठाइने छ ।     

पोखराः   पोखरामा आइतबार भएको बिहान दुर्घटनामा परी मृत्यु हुने ६८ जनाको पोस्टमार्टमको तयारी गरिएको छ । खोजीपछि शव भेटिएकाहरूको पोस्टमार्टमको प्रक्रिया सुरु गरिएको नेपाली सेना पश्चिम पृतनाका पृतनापति उपरथी दीपक कुमार बानियाँले जानकारी दिए ।  जहाजमा सवार चार जनाको शव अझै नभेटिएको र सेती नदिमा बगेको हुनसक्ने भन्दै पानीमा खोजी सुरु गरिएको बानियाँले जानकारी दिए । हाल शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम अञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाउने जनाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड अनुसार मात्र पोस्टमार्टम गर्नु पर्ने भएकाले सरकारी अनुमतिबाट मात्र गर्नु पर्ने भएकाले केही समय ढिलाइ भएको जनाएको छ । जीवन बीमा दाबीका लागि सतर्कता अपनाउनु पर्ने यस अघि एयर बङ्गलाको घटनाले पाठ सिकाएको थियो । सबै प्रक्रिया पुरा गर्ने गरी काम अघि बढाउने गरी सम्बन्धित निकायहरूको बैठक अहिले पोखरामा बसी रहेको छ ।   आइकाओको नियमानुसार कानुनी प्रक्रिया पुग्ने गरी कागजात तयारी गर्ने भएको छ । अहिले अस्पताल परिसरमा ठुलो सङ्ख्यामा मृतकका आफन्तहरूको भीड रहेको छ । 

पोखराः यति एयरलाइन्सको विमान काठमाण्डौंबाट पोखरा आउने क्रममा दुर्घटना हुँदा पोखराले होनहार पत्रकार त्रिभुवन पौडेललाई गुमाएको छ ।    अवतरणकाक्रममा सेती खोंचमा विमान दुर्घटनापछि रिपोर्टिङ गर्ने क्रममा जब यात्रुहरुको सूची प्राप्त भयो तब पत्रकारबीच खैलाबैला भयो । सूचीमा उल्लेख भएको नाम देखेपछि अत्तालिएका पत्रकारहरुले अन्ततः पौडेललाई गुमाएका छन् ।    पत्रकार महासंघ कास्की सभापति विमला भण्डारीले पत्रकार पौडेलको शव पहिचान भएको बताएकी छिन् । भण्डारीले भनिन्, ‘उहाँको शव भेटिएको छ, र परिचयपत्रसमेत भेटिएको छ ।   पौडेलका अनन्य मित्र एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले पनि दुखित मुद्रामा खबर सत्य भएको बताए ।    ‘सेती खोंचमा यतिको धुँवासँगै विलिन भए त्रिभुवन’ ज्ञवालीले भने ‘हामी अपत्यारिलो खबर स्वीकार्न बाध्य भयौं ।   जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीका अनुसार हालसम्म ६९ जनाको शव फेला परिसकेको छ । जसमध्ये ३४ शव गण्डकी अस्पताल र ३२ शव दुर्घटनास्थलमै छ ।    बाँकी रहेका ३ शव क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको छ ।    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत हुन् ।      जुझारु, सहयोगी र प्रेस स्वतन्त्रका हिमायती पौडेलको मृत्युपछि पोखरेली पत्रकारहरु शोकमा रहेका छन् । सेन्टरको राजधानीमा आयोजित बैठकबाट पौडेल पोखरा फर्कदै थिए ।    विवाहित पौडेलका एक छोरा छन् ।   

पोखराः आज बिहान काठमाण्डौबाट पोखरा उडेको यति एयरलाइन्सको जहाजमा पोखरा–२५ हेमजाका ४ जना सवार भएको जानकारी प्राप्त भएको छ ।    हेमजाका स्थानीयवासीले दिएको जानकारी अनुसार पोखरा आउन लागेका यात्रुमा भगवती कुँवर, जितेन्द्रबहादुर कुँवर, अनिशा बाँनिया र राजन सापकोटा सवार थिए ।    जसमध्ये, भगवति–जितेन्द्र र अनिशा–राजन दम्पत्ति रहेको जनाइएको छ । दुबै जोडी यतिको कलसाइन नाइन एन–एएनसीमा सवार थिए ।    उक्त कलसाइनको विमान बिहान पोखराको सेती खोंचमा दुर्घटनामा परेको छ ।    विमानमा चालकदलका ४ सहित ६८ जना सवार थिए । 

पोखराः    पोखरा महानगरपालिका वडा नं १५ ले आयोजना गरेको वृहत वडा स्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । पोखरा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा पौष २७ गतेदेखि सञ्चालन भएको खेलकुद महोत्सव शनिबार सम्पन्न भएको हो ।   करिव एक हजार प्रतियोगी सहभागी भएको खेलकुद महोत्सवमा विभिन्न ८ चरणका खेलहरू खेलाइएको थियो । पुरुष फुटबलमा प्रतिभा टोल विकास संस्था विजयी बन्दै नगद २५ हजार हात पारेको छ ।  प्रतिभाले फाइनलमा तल्लो नयाँ गाउँ लाई ४–० ले पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो ।  उप विजेता बनेको नयाँ गाउँले २० हजार हात पारेको छ ।  यस्तै, पुरुष भलिबलमा गलेश्वर युवा क्लबलाई पराजित गर्दै तल्लो नयाँ गाउँ विजयी बनेको छ । गलेश्वर विरुद्ध लगातार तिनै सेट जित्दै नयाँ गाउँ पुरुष भलिबलमा पहिलो बन्न सफल भएको हो ।  महिला भलिबलमा जन जागृति आमा समूह विजयी भएको छ।  जन जागृतिले एकता आमा समूहलाई पराजित गर्दै प्रथम बन्न सफल भएको हो । यता विद्यालय स्तरीय फुटबलमा वेलननलाई पराजित गर्दै शुभ तारा थ्री एन्जल प्रथम बन्न सफल भयो ।  ४० वर्ष माथिका महिला दौडमा जन जागृति युवा क्लब र ५० वर्ष माथिका पुरुष दौडमा तल्लो नयाँ गाउँ विजयी बन्यो ।  यस्तै, आमा समूह रस्साकस्सी अन्तर्गत लक्ष्मी टोल आमा समूह विजयी बनेको छ । भने, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू बिच भएको बास्केटबल प्रतिस्पर्धामा  पोखरा १५ हरियोले ४७ –२७ अन्तरले निलो लाई पराजित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र नं २ क गण्डकी प्रदेश सभासद् भीम बहादुर कार्कीले खेलकुदले राष्ट्रलाई विश्वभर चिनाउन मद्दत गर्ने र खेलकुदमा लाग्ने व्यक्तिहरू निरोगी र तन्दुरुस्त बन्ने हुँदा उनीहरूले राष्ट्रका लागि योगदान दिन सक्ने बताए ।    उनले वडा नं १५ ले खेलकुदलाई महत्व दिँदै व्यापक सहभागिताका बिच खेलकुद प्रतियोगिता सम्पन्न गरेकोमा वडाका जनप्रतिनिधिलाई धन्यवाद दिए । कार्कीले अस्पतालको सङ्ख्या बढाउनु भन्दा रंगशालाको सङ्ख्या बढाउनु पर्छ भन्ने मान्यता विश्वभर बढिरहेको भन्दै ठाउँ–ठाउँ रङ्गशालाको सङ्ख्या बढाउन सकेमा नागरिकहरू स्वस्थ हुन सक्ने र यो अभियानमा वडा नं १५ एक फड्को अगाडी बढेको प्रतिक्रिया दिए ।    यस्तै, वडा अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुद महोत्सवले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि महत्त्व राख्ने हुँदा यस प्रतियोगिताको आयोजना गरिएको बताए । खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यसँगै व्यक्तिलाई अनुशासनमा पनि हिँड्न सिकाउने भन्दै खेलाडीहरू समाजका आदर्श व्यक्ति बन्नुपर्नेमा जोड दिए । स्वस्थ नागरिकले नै समाज र देशका लागि योगदान दिन सक्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष बानियाँको भनाई थियो ।    वडा सदस्य तथा खेलकुद महोत्सवका संयोजक आशिष भण्डारीले खेलकुद कार्यक्रममा करिब ९०० खेलाडीहरूले सहभागिता जनाएको बताए । स्वस्थ्य समाज निर्माण र आपसमा भाइचारा सम्बन्ध प्रगाढ पार्न प्रतियोगिताको आयोजना गरिएको बताउँदै भण्डारीले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न अहोरात्र खटिने सबैलाई धन्यवाद दिए  ।    खेलकुद समापन कार्यक्रममा वन विज्ञान अध्ययन संस्थान क्याम्पसका सहायक क्याम्पस प्रमुख विष्णु प्रसाद देवकोटा, आईएनएफ नेपालका मेडिकल सर्भिसेस तथा निर्देशक डा. अरुण कुमार बुढा, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वज गुरुङ लगायत पूर्व जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो भने उनीहरूले विजयी खेलाडी तथा समूहहरूलाई मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए । 

पोखराः रेडक्रम सोसाइटी कास्की शाखाको शनिबार आयोजित १० औं निर्वाचन अधिवेशनबाट सभापतिमा डण्डराज शर्मा निर्विरोध निर्वाचित भएका एका छन् । शर्मा यसअघि सभापति रहेका थिए ।    त्यस्तै, उपसभापति खुलामा धर्मराज अधिकारी, उपसभापति महिलामा उर्मिला खड्का, मन्त्री सुरेन्द्र गुरुङ र उपमन्त्री रमा कोइराला निर्विरोध भएको रेडक्रस सोसाइटीले जनाएको छ ।      रेडक्रस सोसाइटी कास्की शाखाको कोषाध्यक्ष, उपकोषाध्यक्ष, कार्यसमितितर्फ महिला सदस्य र खुला सदस्यका लागि भने सर्वसम्मत हुन नसकेपछि मतदान भएको छ । कोषाध्यक्ष र उपकोषाध्यक्षमा २÷२ जनाको उम्मेद्वारी परेको छ ।     महिला सदस्य ३ जनाका लागि ६ जना र खुला सदस्य ६ जनाका लागि २३ जनाको उम्मेद्वारी परेको छ ।   ४८ उपशाखा रहेको कास्कीमा कूल मतदाता २ सय ६६ जना छन् । 

पोखराः   एघारौं पोखरा महोत्सव स्थलमा महिला दिदीबहिनीहरुलाई लक्षित गरी स्वरोजगार तालिम शुरु भएको छ । सीप सिकि उद्यमशील बनौ, आय आर्जनका क्रियाकलापमा संलग्न भई आत्मनिर्भर बनौ भन्ने मुल नाराका साथ महोत्सव स्थलमा प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला तथा स्वरोजगार तालिमको आयोजना गरिएको हो । विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको स्वरोजगार तालिमको पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष राजेश गुरुङले तालिममा सहभागी महिला दिदीबहिनीहरुले तालिममा सहभागी भएका दिदी बहिनीहरुले तालिममा सिकेका कुरालाई आफ्नो टोल छिमेक, समाजमा गई त्यहां आवद्ध दिदीबहिनीहरुलाई समेत सिकाएर स्वरोजगार बनाउनतर्फ लाग्नुुपर्नेमा जोड दिए । त्यसैगरी युनाइटेड क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन संगै सेती नदीमा साहसिक पर्यटकीय गन्तब्य निर्माण तर्फ लागि रहदा सेती नदीको खोंचमा निर्माण हुने साहसिक पर्यटकीय गन्तब्य निर्माण गर्ने काममा वडाको तर्फबाट समेत सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यस्तै प्राविधीक शिक्षा तथा ब्यवशायीक तालिम परिषद गण्डकी प्रदेशका निमित्त निर्देशक तिल बहादुर रानाभाटले आफुहरुले विभिन्न संघ संस्था तथा वडाहरु संग सहकार्य गरी महिला दिदीबहिनीहरुलाई स्वरोजगार तालिमहरु प्रदान गर्दै आइरहेको र पोखरा महोत्सवमा जारी स्वरोजगार तालिममा पर्याप्त समय नभएपनि स्वरोजगार बन्न चाहनेहरुलाई लक्षित गरी तालिमलाई निरन्तरता दिने बताए । युनाईटेड क्लबका अध्यक्ष तथा एघारौं पोखरा महोत्सव मुलआयोजक समारोहका संयोजक राजु श्रेष्ठले महोत्सवको माध्यमबाट महिला दिदीबहिनीहरुलाई हस्तकला तालिम प्रदान गरी स्वरोजगार बनाउन तर्फ आफुहरु लागिपरेको बताए । महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा हस्तकला ब्यवस्थापन उपसमिति संयोजक सबिता श्रेष्ठ रन्जितले स्वागत मन्तब्य राखेकी थिइन । आजबाट शुरु भएको तालिममा २० जना दिदीबहिनीहरु सहभागी रहेका छन । तालिममा जाडो यामलाई लक्षित गरी स्वीटर, मोजा, टोपी, गलबन्दी, पञ्जा लगायतका हस्तकलाका सामाग्रीहरु निर्माण सम्बन्धी तालिम प्रदान गरिनेछ ।  

पोखराको चिप्लेढुंगामा व्यस्त सडकबीच २ स्कुटर एकापसमा ठोक्किएका छन् । स्कुटर ठोक्किँदा एउटामा बढी नै क्षति भएको छ भने अर्काे स्कुटर सामान्य अवस्थामा छ ।    दुर्घटनामा दुबै स्कुटरका चालकको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   ‘दुर्घटना भएपनि चालक सकुशल छन्, उनीहरु आफै मिलेर सवारीसाधन मर्मत गर्ने सहमति भएको छ’ प्रहरी वरिष्ठ नायब निरीक्षक शिव पाठकले भने ।    व्यस्त बजारमा भएको दुर्घटनापछि चालकबीच सहमति भएकाले थप प्रक्रियामा जानु नपरेको कार्यालयले जानकारी दिएको छ । 

पोखराः    पोखरा महानगरपालिका सामाजिक महाशाखाको सहयोगमा पोखरा १ मा महिला पुरुष समचेतना कार्यक्रम सम्पन्न भएको छ ।  पोखरा महानगरपालिका वडा १ को आयोजनामा कार्यक्रममा लैंगिक हिंसा विरुद्ध पुरुषहरुको एक्यबद्धता जनाउनका लागि उक्त कार्यक्रमको आयोजना पोखरा १ का वडा सदस्य शोभा गुरुङले जानकारी दिए ।  ‘समाजमा महिला र पुरुष समान रहेको भन्दै एकले अर्काको भावना बुझेर अघि बढेमा हिंसा रोक्न सकिन्छ ,गुरुङले भनिन्, ‘लैंगिक हिंसाको अन्त्यका लागि महिला र पुरुषको एक्यवद्धता हुन अत्यावश्यक छ ।’ जुक माया परियारको संयोजनमा भएको कार्यक्रममा वडा अध्यक्ष साहारा प्रधान, निवर्तमान वडा अध्यक्ष शारदा पराजुलीले आफ्नो धारणा राखेका थिए ।कार्यक्रममा अधिवक्ता जुना गुरूङ र प्रहरी वरिष्ठ नायव निरीक्षक होत बहादुर रोकाले प्रशिक्षण दिएका थिए ।    हरिचोक आमा समुहकी निर्मला सुवेदी, मोहोेरिया सिंहनाथ टोल विकास संस्थाका गणेश श्रेष्ठ , नेपाल रेडक्रस उपशाखा बगर सभापति जीवन अधिकारी,निवर्तमान वडासदस्य रुद्रप्रसाद सुवेदी लगायतले आफ्नो भनाइ राखेको थिए ।