पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:    पाँचौं सृजना कपको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन् । पोखरा रंगशालामा शुक्रबार फाइनलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै शान्तले उपाधि रक्षा गरेको हो । पोखरा १८, भकुण्डेस्थित शान्त गत वर्षको पनि विजेता हो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा कन्यालाई २५–२०, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै शान्तले उपाधिसहित १ लाख रुपैयाँ जितेको छ । छात्रतर्फ राष्ट्रिय माविलाई ३–२ सेटमा पराजित गर्दै पोखराको राजाकोचौतारास्थित ब्रम्हरुपाले उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा २५–१८, १९–२५, २५–२०, १५–२५ र १५–१३ सेटमा हरायो । पहिलो सहभागितामै उपाधिसहित ब्रम्हरुपाले १ लाख पुरस्कार प्राप्त गरेको छ । छात्रातर्फ जनप्रिय मावि तेस्रो भयो । शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा इन्द्रराज्यलक्ष्मीलाई २५–१६, २५–१४ र २५–१९ को सोझो सेटमा हराएको हो । छात्रतर्फ साविक विजेता शान्त मावि यसपालि तेस्रो स्थानमा सीमित भयो । उसले जनप्रियलाई ३–१ सेटमा पराजित गरेको हो । २५–२२, २५–२१ गरी पहिलो दुई सेट आफ्नो पक्षमा पारेकोमा तेस्रो सेट गुमाउन पुगेको थियो । जनप्रियले १८–२५ ले पराजित गरेकोमा अन्तिम सेट भने शान्तले २५–१३ मा जित्न सफल भयो । छात्रछात्रा दुवैतर्फ विजेतालाई १/१ लाख, उपविजेतालाई ६०/६० हजार र तृतीयलाई  ३५/३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट खेलाडी छात्रातर्फ शान्त माविकी जमुना गुरुङ घोषित हुँदा छात्रतर्फ ब्रम्हरुपाका सुदीप परियार बने । छात्रातर्फ उत्कृष्ट सर्भर शान्तकी त्रिशला बराम, सेटर कन्याकी हिरा रोका, डिफेन्डर कन्याकै तुलकुमारी थापा, ब्लकर शान्तकी शोभा पाइजा, स्पाइकर जनप्रियकी स्माइल पुल, प्रशिक्षक शान्तका दिनेश चौधरी घोषित भए । छात्रतर्फ उत्कृष्ट सर्भर शान्तका ज्ञानु परियार, ब्लकर राष्ट्रियका राजकुमार सुनार, डिफेन्डर ब्रम्हरुपाका मनिष ठकुरी, सेटर ब्रम्हरुपाकै अञ्जन सुनार, स्पाइकर राष्ट्रियका अनिल परियार, प्रशिक्षक ब्रम्हरुपाका सुन्दर श्रेष्ठ घोषित भए । विजेतालाई प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङ, भलिबल संघका केन्द्रीय सल्लाहकार नारायण शर्मा, सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापा, कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णु गुरुङ, सृजना विकासका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, पूर्व अध्यक्ष गणेशबहादुर अधिकारी, हरिप्रसाद बराल, निवर्तमान अध्यक्ष एवं प्रचार संयोजक इन्द्रप्रसाद पौडेल लगायतले पुरस्कार वितरण गरेका हुन् । सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरियो । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाए ।   सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पाँचौं सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलमा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले भाग लिएका थिए ।   समापन समारोहमा कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णुबहादुर गुरुङको अध्यक्षतामा भएको हो । प्रमुख अतिथि राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङले भलिबल खेलको विकासका लागि आफू सधैं दत्तचित्त रहेको बताए ।   कार्यक्रमको उद्देश्यमाथि सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले प्रकाश पारेका थिए । स्वागत भलिबल संयोजक मीनप्रसाद भट्टराई र संचालन कास्की भलिबल संघ महासचिव टंकराज पौडेलले गरेका थिए । सो अवसरमा भलिबल संघका केन्द्रीय सल्लाहकार एवं टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल संघ कास्की निवर्तमान अध्यक्ष भीम पराजुली, सृजना विकास केन्द्रका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, हरिप्रसाद बराल, तत्कालीन सृजना रनिङ सिल्डका संयोजक एवं सृजना विकास केन्द्रका पूर्व उपाध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेलाई भलिबल खेल एवं संस्थागत योगदानमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरियो । इन्द्रराज्यलक्ष्मी माविलाई अनुशासित टिमको उपाधि दिइयो । समापनमा सृजना बहिरा विद्यालयका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । स्कुल स्कुलमा भलिबल लक्ष्यका साथ आयोजित प्रतियोगिता ४ दिन चलेको थियो ।

पोखरा:   कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङ घलेलमा गएराति ट्याक्टर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।  घलेलबाट कालिमाटी जाँदै गरेको प्रदेश नम्बर १ (०२००३ त ९८३) नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय मनिराज राई र सहचालक २३ वर्षी सोनम राई घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार वि.कले जानकारी दिए ।  ट्याक्टर दुर्घटनाको जानकारी पाएपछि दुर्घटना स्थलबाट उद्धार गरी घाइतेलाई उपचार लागि गएराति नै पोखरा पठाइएको माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम बहादुर गुरुङले जानकारी दिए ।  घाइते दुवै जनाको अहिले पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ ।   

पोखरा:   पोखरा १३ माछापोखरीमा आयोजित गन्नी एफसी फुटबल क्लबद्धारा आयोजित ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आजबाट तेश्रो चरणको खेल सुरु भएको छ । प्रतियोगिताको तेश्रो दिन आज (बिहिबार) ६ खेल सम्पन्न भएको क्लबको अध्यक्ष गणेश क्षेत्रीले बताए ।  तेश्रो दिनको पहिलो खेलमा बि र्थटिनले सितलज्योती क्लवलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलको पहिलो हापमा बि र्थटिनलका दिपेश गुरुङले एक गोल गर्दै टिमलाई अग्रता बनाए पनि खेलको दोस्रो हापमा शितलज्योती क्लवबाट मन्दीप गुरुङले गोल गदै खेलमा फर्काउन सफल भएका थिए । त्यसैगरी दोश्रो खेलमा कमल पोखरीले कृष्ति एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । प्रतियोगितामा कमल पोखरीका प्रदीप गुरुङले २ गोल गर्न सफल भए ।  त्यसैगरी तेश्रो खेलमा एलजी एकतालाई प्रो फिट्सले ट्राइबेकरमा ३–२ गोल  अन्तरले पराजित गर्न सफल रहयो । खेलको अन्तिम समय सम्म पनि दुवै टिमबाट गोल हुन नसकेपछि निर्णयको लागि ट्राइबेकरमा पुगेको हो ।    त्यस्तै चौथो खेलमा रत्नचोकले सैनिक एफसीलाई १–० गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा रत्नचोकको तर्फबाट अभिषेक गुरुङले निर्णायक गोल गर्दै टिमलाई अघिल्लो चरणमा प्रवेश गराए ।   त्यस्तै पाँचौ खेलमा सन्देश मेमोरिएलले गन्नी एफसी (रातो) लाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित  ग¥यो  । खेलको अन्तिम समय सम्म दुई-दुई गोलमा बराबरी भएपछि ट्राइबेकरबाट सन्देश मेमोरिएल अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ । त्यस्तै आजकै छैंटौै खेलमा रत्न समाजले बि र्थटिनलाई ट्राइबेकरमा २–० गोल अन्तरले पराजित ग¥यो । खेलमा बि र्थटिनको तर्फबाट सन्देश देबकोटाले  एक गोल गर्दै अग्रता बनाएपनि त्यस लगतै रत्न समाजको तर्फबाट बिनय तामाङले गोल गर्दै ट्राइबेकरमा पु¥याउन सफल भएका थिए। ट्राइबेकरमा रत्न समाजको गोल रक्षकले उत्कृष्ट बचाउ गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ ।अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए ।  

पोखरा:    बालअधिकारको लागि नागरिक समाज (बालअधिकार मञ्च)ले कास्कीले पछिल्लो समयमा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुँदै गएको भन्दै चासो व्यक्त गरेको छ । मञ्चले प्रमुख जिल्ला अधिकारी टेकबहादुर के.सी., पोखरा महानगरपालिकाका प्रमुुख धनराज आचार्य, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार वि.क., र श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख सुरेश ढकाललाई भेटी ध्यानाकर्षण पत्र बुझाएको छ । शान्तिका लागि नागरिक समाजको संजाल पोखराका संयोजक विना सिलवाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिव खकुरेल, बालहितकारी परियोजना नेपाल पोखराका संयोजक केशव पौडेल, असल छिमेकी सहयोग संघ (गोनेसा) का संयोजक शिवराज शर्मा, पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम संयोजक पीति पाण्डे, एड्भोकेसी फोरम पोखराका संयोजक कुञ्जनी परियार प्यासी, सिवीन नेपाल पोखराका संयोजक शंकर नेपाली लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । पछिल्लो समय पोखराका विभिन्न स्थानमा सञ्चालित खाजाघरहरूमा १८ बर्षमुनिका बालिकाहरू राखी उनीहरूलाई जोखिमपूर्ण कार्यमा लगाउने गरेको तथा कतिपयले बालिकाहरूलाई घर भाडामा नै लिएर राख्ने र ग्राहकको माग अनुसार उनीहरूलाई ओसारपसार गर्ने पाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । यसैगरी १४ बर्ष मुनिका बालबालिकाहरूलाई बालश्रममा लगाउने गरेको पाइएको, पोखरा ५ खुँडेपोखरीमा डुबेर ४ बर्षीय बालकको मृत्यु भएको, फागुन ९ गते पोखरा सेती दोभानस्थ्ति सेनाको प्रशिक्षणमा फेला परेको बिस्फोटक पदार्थ खेलाउँदा २ जना बालक घाइते भएको र घटनाको बारेमा सेनाबाट नै फरक फरक धारणा आएको भन्दै यसलाई गम्भीर रुपमा लिनुपर्ने मञ्चको माग छ । पोखराका विभिन्न स्थानमा सञ्चालिकत स्केट पार्कहरूमा बालबालिकाको आकर्षण बढ्दै गएको र उनीहरू त्यसबाट जोखिमपूर्ण गतिविधिमा संलग्न हुने गरेको पाइएको भन्दै सम्बन्धित पक्षले निगरानी तथा अनुगमन गर्न मञ्चले माग गरेको छ  ।    

पोखरा:  राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालले पोखरामा वृहत ज्ञान महायज्ञ, भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगिता आयोजना गरेको छ ।  पोखरा ९ नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा चैत २५ देखि फागुन २ गतेसम्म महायज्ञ तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगिता आयोजना गरेको प्रतिष्ठानले आज (बिहीबार) पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष प्रजापति पराजुलीले पोखरामा वृहत ज्ञान महायज्ञ भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगिता आयोजना गरिएको बताए ।  ‘विकासको गतिसँगसँगै आफ्ना परम्परागत मूल्य मान्यताहरुबाट समाज टाढा हुँदै गएको छ, हाम्रा भावी सन्ततीहरुलाई आफ्ना मूल्य र मान्यता बारेमा सचेत बनाउन जरुरी छ, पराजुलीले भने, ‘संस्कार र संस्कृति संरक्षण गर्न पोखरामा महायज्ञसँगै राष्ट्रब्यापी खुल्ला भजन चुड्का प्रतियोगिता आयोजना गरेका छौं ।’ वृहत भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगितामा समावेश भएका ३२ समूहलाई नेपाल टेलिभिजनबाट सञ्चालन हुन लागेको भजन च्याम्पियनमा सिफारिस गर्ने समेत अध्यक्ष पराजुलीले जानकारी दिए ।  ‘राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगितामा समावेश भएका ३२ समूहलाई भजन च्याम्पियनमा सिफारिस गर्दै छौं, चैत २५ देखि सुरु हुने प्रतियोगितामा देशभरका ४४ जिल्लासहित १ सय बढी समूहको सहभागिता रहन्छ ।’ उनले भने ।  प्रतियोगिताको विजेताले ५१ हजार, दोस्रो हुने समूहले ३१ हजार, तेस्रो हुने समूहले २१ हजार र सान्त्वना हुने समूहले ११ हजार र विद्यागततर्फ उत्कृष्ट नृत्य, उत्कृष्ट झाँकी, अनुशासिन समूह र भेषभूषातर्फ क्रमशः ७ हजार ५ सयका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । भजन प्रतियोगितामा १० देखि ३५ जनाको समूह हुनुपर्ने छ भने, १ हजार ५ सय रुपैयाँ प्रतियोगिता शुल्क कायम गरेको छ ।   वृहत ज्ञान महायज्ञ, भजन महोत्सव तथा राष्ट्रव्यापी खुल्ला लोक भजन चुड्का प्रतियोगितामा १ करोड आम्दानी, ३५ लाख ४४ हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सवबाट संकलन भएको रकमले पोखरामा राष्ट्रिय लोकभजन संरक्षण प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माण गर्ने जनाएको छ । महायज्ञमा चैतन्यकृष्ण प्रमुख वाचक रहेका छन् ।   

पोखरा:   पोखरा १३ माछापोखरीमा जारी प्रथम फ्लो फ्लो कपमा बुधवार देखी दोश्रो चरणको खेल शुुरु भएको छ ।  गन्नी एफ सी फुटबल क्लबको आयोजनामा जारी फ्लो फ्लो कपमा बुधवार सम्पन्न पहिलो खेलमा प्रो फिट फुटबल क्लबले नमुना फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल रहयो ।  खेलमा प्रोफिटका आशिस कुंवर र प्रवेश गुरुङले १–१ गोल गर्न सफल भए । त्यसैगरी दोश्रो खेलमा बी १३ ले बीवाइएस एफ सीलाई ६–० कोे फराकिलो गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा बी १३ को तर्फबाट दीपेश गुरुङले ५ र सन्देश देवकोटाले १ गोल गरे ।  तेश्रो खेलमा केआइइसी बोन एफसीले दीनेश एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग¥यो । खेलमा केआइइसीका तर्फबाट अविनाश तामाङले निर्णायक गोल गरे ।  चौथो खेलमा एलजी एकताले दीप १६ लाई १–० गोल अन्तरले पराजित ग¥यो । खेलमा एलजीको तर्फबाट प्रशान्त गुरुङले निर्णायक गोल गरे । पांचौ खेलमा रामघाट एफसीले ढुंगेसांघु एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल रहयो । उक्त खेलमा रामघाटका गंगा गुरुङ र प्रविन  गुरुङले समान १–१ गोल गरे ।  त्यसैगरी पांचौ खेलमा रत्न समाजलाई सैनिक एफसीले २–० गोल अन्तरले पराजित ग¥यो । खेलमा सैनिकको तर्फबाट सुजल गुरुङ र बिकास परियारले समान १–१ गोल गरे । त्यसैगरी बुधबार सम्पन्न अन्तिम खेलमा रत्नचोकले संगम एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग¥यो । खेलमा रत्नचोकका अभिषेक गुरुङले निर्णायक गोल गरेका थिए ।  प्रतियोगितामा बिजेतालाई नगद २ लाख ११ हजार  १ सय ११ रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन  । त्यसैगरी उपबिजेताले नगद १ लाख ५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ । त्यसैगरी उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५÷५ हजार नगद  र ट्रफि प्रदान गरिने छ ।

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा लागूऔषध ब्राउन सुगरसहित २ दुई युवालाई प्रकाउ गरेको छ ।   लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र कास्की प्रहरीले पोखराका ९ घर भई पोखरा १३ स्थित चिसापानी बस्ने २६ वर्षीय आशिष थकाली र स्याङ्जा घर भई पोखरा १३ बस्ने २७ वर्षीय सुमन गुरुङलाई लागूऔषध ब्राउन सुगरसहित प्रकाउ गरेको हो ।  पोखरा १३ चिसापानीमा बस्दै आएका उनीहरुको कोठाबाट लागूऔषध खैरो हिरोईन (ब्राउन सुगर) ३० ग्राम, नाईट्रोभ्यान २५ चक्की, डिजिटल तराजु १ थान र २ थान मोवाईल सहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।    लागूऔषधसहित प्रकाउ परेका दुई युवालाई लागूऔषध सम्बन्धी मुद्धामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । 

पोखरा:    पोखरामा प्रहरीको भ्यानबाट खसेर एक प्रहरी जवान घाइते भएका छन् । गण्डकी प्रदेश सभामा प्रहरीको भ्यानबाट खसेर प्रहरी जवान पटक बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार वि.कले जानकारी दिए ।  आज गण्डकी प्रदेश सभामा आज प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सम्बोधन गर्ने कार्यक्रमको व्यवस्थापन गर्न थप प्रहरी जाँदै थिए । प्रदेश प्रमुखको सलामीका लागि झन्डा राख्न भ्यानमा लगिएको फलामको पोल बिजुलीको तारमा अल्झिँदा पोलले हुत्याएर बुढा भुइँमा बजारिन पुगेका प्रत्यक्षदर्शीले बताएका छन् । प्रदेश प्रहरी गणका सलामी टोली सदस्य बुढाको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको कास्की प्रहरीले जनाएको छ ।  प्रदेश सभा प्राङ्गण प्रवेशका क्रममा भ्यानले ल्याइरहेको फलामको पाइप बिजुलीको तारमा अल्झिँदा प्रहरी जवान पटक बुढा भुइँमा बजारिन पुगेका हुन् ।

पोखराः     पोखरा १३ माछापोखरीमा आयोजित गन्नी एफसी फुटबल क्लबद्धारा आयोजित ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता जारी रहेको छ ।    प्रतियोगितामा दोश्रो दिन चार खेल सम्पन्न भएको आयोजकले जनाएको छ । दोश्रो दिनको पहिलो खेलमा ढुंगेसांघु फुटबल क्लबले सिङदी लाई १-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलमा ढुंगेसांघुका जय गुरुङले निर्णायक गोल गरेका थिए । त्यसैगरी दोश्रो खेलमा कमलपोखरीले पोखरा पसगाँउलाई ३-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । प्रतियोगितामा कमलपोखरीका सन्दीप गुरुङले २ र प्रदीप गुरुङले १ गोल गर्न सफल भए ।    त्यसैगरी तेश्रो खेलमा हाम्रो एफसीलाई कृष्ती एफसीले २-१ गोल  अन्तरले पराजित गर्न सफल रहयो । खेलमा कृष्ती एफसीका योगेश क्षेत्री र मनोज गुरुङले समान १-१ गोल गर्दै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न सफल रहे भने हाम्रो एफसीका अनिस श्रेष्ठले सान्त्वना गोल गरे । अन्तिम खेलमा गन्नी ब्लूूले निकु एफसीलाई ७-२ गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा गन्नी ब्लूको तर्फबाट गनेश क्षेत्री (गन्नी) ले ६ गोल र हेमन्त तामाङले १ गोल गर्न सफल रहे भने निकुको तर्फबाट प्रयास गुरुङले २ गोल गर्न सफल रहे ।  प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ ।अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए ।