पोखरा: गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि पोखरामा तामाङ मातृभाषा प्रशिक्षण तथा तामाङ मौलिक बाजा टुङ्ना तालिम सुरु भएको छ । कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा पोखरा १३ मा आयोजित यो प्रशिक्षण कार्यक्रम एक महिनासम्म चल्ने छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेश कला, साहित्य, संगीत र संस्कृतिको उर्वर भुमि भएको बताए । पछिल्लो समयमा भाषा, संस्कार र संस्कृतिलाई जोगाउदै पुस्ताहस्तान्तरण गर्ने अभियानमा गण्डकी प्रज्ञा प्रतिष्ठानले देखाएको क्रियाशिलताको मुख्यसचिव पन्थले प्रशंसा गरें । ‘यस भुमिको भाषा, संस्कार र संस्कृति जोगाउने मात्र नभएर पुस्ताहस्तान्तरण गर्न प्रदेश सरकारको प्रतिबिम्बको रुपमा गण्डकी प्रज्ञा प्रतिष्ठानले जसरी गति पैदा गरेको छ यो निकै सह्रानिय छ’ उनले भने । भाषा, संस्कार र संस्कृति हराए देश नरहने भएको सबै मिलेर यसको संरक्षण गर्नुपर्ने उनको भनाई थियो । ‘हाम्रा भाषाहरु, संस्कार, संस्कृति हराए देश रहदैन तसर्थ देश जोगाउने अभियानमा तपाईको अग्रसरताप्रति आभार व्यक्त गर्दछु’ उनले थपे । तामाङ समुदायसँग भाषा र बाजा प्रशिक्षण मार्फत जोडिन पाएकोमा उनले खुशी व्यक्त समेत गरें । कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले आफुहरु गण्डकी प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जातीहरुको भाषा, संस्कृति जोगाउने अभियानमा लागेको बताए । उनले रिजल्ट बेसमा काम गरिदिन प्रशिक्षार्थीसँग आग्रह गरें । ‘हामी गण्डकी प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जातीहरुको भाषा, संस्कृति जोगाउने अभियानमा छौं । तपाईहरुसँगको सहकार्य सिङ्गो प्रज्ञा प्रतिष्ठानको लागि हौसला हो । हामी काम मार्फत रिजल्ट दिन चाहन्छौ । तपाईहरु रिजल्ट वेसमा काम गरिदिनुहोला’उनले भने । कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजक दीपक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य पवित्रा तामाङ र सञ्चालन सचिव मिनमाया तामाङले गरेका थिए । प्रशिक्षण कार्यक्रममा भाषातर्फ २८ जना र बाजा तर्फ ३३ जनाको सहभागीता रहेको छ । आयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान प्रतिष्ठान आफ्नो दोस्रो स्थापना दिवस समेत भव्य रुपमा मनाउने तयारीमा समेत लागेको छ । स्थापना दिवसमा गण्डकी प्रदेशका कला साहित्य संगीत तर्फका श्रष्टाहरुलाई नगद सहित सम्मान गरिने सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिकाले बजार अनुगमन गर्न सुरू गरेको छ । गाउँपालिका उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुख नारायण क्षेत्री संयोजकत्वको टोलीले मंगलबारदेखि गाउँपालिकाका रेष्टुरेण्ट र किराना पसलमा अनुगन सुरू गरेको हो । बजार अनुगमनसम्बन्धी कार्यविधि २०७४ सालमै बने पनि गाउँपालिकाले बजार अनुगमन गरेको यो पहिलोपटक हो । २ महिनाअघि क्षेत्री संयोजक भएपछि पहिलोपटक अनुगमन थालिएको हो । मंगलबार अन्नपूर्ण–१ को फेदी, लेवाडे, नौडाँडा ३५ वटा रेष्टुरेण्ट र किराना पसलको अनुगमन गरिएको संयोजक क्षेत्रीले जानकारी दिए । ३५ मध्ये प्रायः किराना पसल र रेष्टुरेण्टमा म्याद गुज्रेका सामान भेटिएको उनले बताए । ‘आफैं त्यसलाई नष्ट गर्नुस् भन्यौं । अर्कोपटक भेटिए हामी नष्ट गर्छौं भन्ने चेतावनी दिएर एकपटकलाई छोडेका छौं,’ संयोजक क्षेत्रीले भने । उनकाअनुसार अनुगमन गरिएकामध्ये एकाधबाहेक पसलको नवीकरण मिति सकिएको पाइयो । नवीकरण नगरेकालाई एक हप्ताभित्र गाउँपालिकामा आएर कर चुक्ता गर्न लिखित चेतावनी दिइएको संयोजक क्षेत्रीले जानकारी दिए । ‘कतिपयले व्यवसाय दर्ता नगरेको पनि भेटियो । २०७५÷०७६ देखि नवीकरण मिति गुज्रेको पाइयो,’ संयोजक क्षेत्रीले थपे, ‘एक हप्ताको समय दिएर गाउँपालिकामा दर्ता गर्न, कर चुक्ता गर्न लिखित चेतावनी दिएका छौं । पछि फेरि फलोअप गर्छौं ।’ अन्नपूर्णमा ५ सदस्यीय बजार अनुगनम समिति छ । उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन शाखा प्रमुखको संयोजकत्वको टोलीमा गाउँपालिकाकै राजस्व शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, स्थानीय प्रहरी चौकीका प्रतिनिधि र एक जना पत्रकार सदस्य रहने व्यवस्था गाउँपालिकाको अनुगमन कार्यविधिले व्यवस्था गरेको छ ।
पोखरा: युनाइटेड क्लबले सेरेब्रल पाल्सी एवं बिकासक्रम ढिलाइ भएका बालबालिकालाई लक्षित गरी खाद्यान्न वितरण गरेको छ । मस्तिष्क पक्षघात भइ बिकास क्रम ढिलाइ भएका बालवालिकाहरुको क्षेत्रमा काम गर्दै आइरहेको साथी संसार नेपालमा आवद्ध रहेका २० जना अभिभावकलाई युनाइटेड क्लबले खाद्यान्न वितरण गरेको हो । क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरा ३३ मा रहेको साथी संसार नेपालको कार्यलयमा पुगी उक्त संस्थामा आवद्ध रहेका २० जना मस्तिष्क पक्षघात भइ बिकास क्रम ढिलाइ भएका बालवालिकाका अभिभावकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको हो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बहादुर बानियाँले अपांगता भएका व्यक्तिहरुमा पनि सबैभन्दा पछाडि परेका सेरेब्रल पाल्सी एवं बिकासक्रम ढिलाइ भएका बालबालिकालाई लक्षित गरी उनीहरुका अभिभावकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेकोमा क्लब परिवारलाई धन्यवाद ब्यक्त गरे । युनाइटेड क्लबले स्थापना कालदेखीनै सामाजिक काममा लागि रहदा १३ औं वार्षिकोत्सव सम्म आइपुग्दा सामाजिक काम संगै पर्यटकीय गन्तब्य निर्माण गर्न गरेको पहलकदमीको प्रशंसा गर्दै आगामी दिनमा पनि क्लव संग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत ब्यक्त गरे । बानियाँले सेरेब्रल पाल्सी एवं बिकासक्रम ढिलाइ भएका बालवालिकाहरुलाई लक्षित गर्दै आफ्नो वडामा समेत उनीहरुका अभिभावकहरुलाई परामर्श दिदै आइरहेको र विभिन्न संघ संस्थाको सहयोगमा सहायता सामाग्रीहरु वितरण गर्दै आइरहेको र आगामी दिनमा बालहितकारी परियोजना अन्तर्गत उनीहरुलाई लक्षित गरी डे केयर सेन्टर स्थापना गर्ने समेत बताए । त्यसैगरी साथि संसारमा आवद्ध रहेका बालवालिकाहरुलाई समेत कार्यपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । त्यस्तै साथि संसार नेपालका कार्यक्रम ब्यवस्थापक नारायण अधिकारीले १७ वर्षदेखि मस्तिष्क पक्षघात भएका बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सन्दर्भमा हाल सम्म सरकारी पक्षबाट कुनैपनि सहयोग नभइरहेको र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको युनाइटेड क्लबले साथि संसार नेपालमा आवद्ध रहेका बालबालिकाहरुलाई लक्षित गरी उनीहरुका अभिभावकहरुलाई खाद्यान्न सामाग्री वितरण गरेकोमा धन्यवाद ब्यक्त गरे । मस्तिष्क पक्षघात भएकाहरु अपांगता भएका ब्यक्तिहरुमा पनि पछि परेको व्यक्तिहरु भएको बताउदै उनीहरुको क्षेत्रमा राज्यले केहीपनी गर्न नसक्नु दुखद पक्ष रहेको बताउदै आफुहरुले संस्था स्थापना गरी विभिन्न दाताहरुको सहयोगमा मस्तिस्कमा परेका असरका कारण बालवालिकाहरुलाई विशेष शिक्षा एवं पुनस्र्थापना केन्द्र स्थापना गरी काम गर्दै आइरहेको बताए । साथी संसार नेपालमा आएपछि बालबालिकाहरु कतिपय नियमित विद्यालय जान सक्ने भएको, हिडडुल गर्न सक्ने भएको वताउदै त्यस्ता बालबालिकाको घरघरमा गएर उनीहरुलाई दैनिक जीवन सहज बनाउन सीप समेत सिकाउदै आएको अधिकारीले बताए । साथी संसार नेपालमा आवद्ध ३० जना विद्यार्थीहरु विभिन्न विद्यालयमा अध्ययनरत रहेको र हालमात्रै २ जना विद्यार्थीले एसइइमा समेत सहभागीता जनाएको समेत अधिकारीले बताए । सो अवसरमा बोल्दै युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको र १३ औं वार्षिकोत्सवको अवसर पारी साथी संसार नेपाल संग जोडिने मौका पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि साथी संसार नेपालमा आवद्ध रहेका बालवालिकाहरुलाई सहयोग गर्ने बताए । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए ।
पोखरा: राज्यले बिर्सिएको सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङलाई गुरुङ समुदायले सम्झिएको छ । सुब्बा नाथ प्रल्हाद प्रतिष्ठान कास्कीले नेपाल र अंग्रजबीचको राजगढको युद्धमा दुईसय वर्ष अगाडि वीरगति प्राप्त गरेका कास्कीका सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै स्मृति दिवस मनाउने भएको हो । प्रतिष्ठानले पोखरामा पत्रकार सम्मेलन गर्दै नेपाल र अंग्रेजबीचको युद्धमा विरगति प्राप्त गरेका भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेकाले सँगै लडेका सुब्बा नाथु प्रल्हादलाईसमेत राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको प्रतिष्ठानका अध्यक्ष धर्मध्वज गुरुङले बताए । ‘तत्कालिन समयमा नेपाल एकीकरणमा सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङले नेपाली सेनामा भर्ती भएर एकीकरणमा योगदान पु¥याएपनि राज्यले उचित सम्मान दिन सकेन, गुरुङले भने, ‘सँगै युद्धमा लडेका भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने तर नाथु प्रल्हादलाई किन नगर्ने रु’ उनले प्रश्न गरे । उनका अनुसार सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङको १२ औं पुस्ता कास्कीको माछापुच्छ«े गाउँपालिका ५ रिभानमा स्थायी बसोवास गर्दै आएका छन् । अंग्रेजसँगको लडाइमा वि।स १८८७ सालमा सुब्बा प्रल्हाद गुरुङले युद्धमा नै वीरगति प्राप्त गरे, भने युद्ध अन्त भएपछि गाउँ फर्केका सुब्बा नाथु गुरुङको वि।स १८७९ पुस २९ गते मृत्यु भएको बताइएको छ । सुब्बा नाथु प्रल्हाद प्रतिष्ठान कास्कीले आगामी बैशाख ६ गते प्रा।डा जगमान गुरुङको प्रमुख आतिथ्यतामा माछापुच्छ«े गाउँपालिका २ मै स्मृति दिवस मनाउने प्रतिष्ठानले जनाएको छ ।
पोखरा: युनाइटेड क्लबले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । क्लबले १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार आयोजित खुल्ला रक्तदानमा ५२ युनिट रगत संकलन भएको हो । पहिलो रक्तदाता कृष्ण प्रसाद गौतमलाई प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले ब्लड ब्याग हस्तान्तरण गरी शुरु भएको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका हुन । सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले युनाइटेड क्लबले गरेको सामाजिक कामको अन्य संघ संस्थाहरुले सिको गरेको खण्डमा समृद्ध समाज निर्माण हुने बताए । वार्षिकोत्सवको अवसर पारी सामाजिक काम अन्तर्गत रक्तदान कार्यक्रम गरी रगत अभावमा परेकाहरुलाई सहयोग पुग्ने उनको भनाइ रहेको थियो । क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गरिरहेको आफुले नजिकबाट नियाल्दै आएको बताउदै वडाअध्यक्ष गुरुङङे युनाइटेड क्लबको हरेक गतिविधीमा वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत गरे । त्यस्तै वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक माधव के सीले पछिल्लो समय दुर्घटनाका घटनाहरु बढिरहँदा अस्पतालमा रगतको अभाव हुने गरेको आफुहरुले नजिकबाट नियाल्दै आइरहेको सन्दर्भमा सामाजिक काममा अगाडी वढेको युनाइटेड क्लबले रक्तदानको कार्यक्रमको आयोजना गरी त्यस्ता रगतको अभावमा परेकाहरुलाई सहयोग पुग्ने बताए । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य गरेका थिएभने संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, सल्लाहकार गोविन्द घिमिरे लगायतले बोलेका थिएभने कार्यक्रमको सञ्चालन सचिव पूर्णकला पोख्रेलले गरेकी थिइनभने कार्यक्रम संयोजक जयराम आचार्यले धन्यवाद मन्तब्य राखेका थिए ।
पोखरा: सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको सातौ अधिवेशनले विश्वनाथ लामिछानेको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । चार बर्षे कार्यकालको सो समितिको उपाध्यक्षमा चुडामणी अधिकारी, सचिवमा पार्वती सुवेदी, कोषाध्यक्षमा अम्विका बुढाथोकी, उपसचिवमा रमेश विश्वकर्मा निर्वाचित हुनु भएको हो । समितिको सदस्यहरुमा अनन्तराज अधिकारी, बुद्धिबहादुर घिमिरे, जिता पौडेल, शोभा आचार्य, शान्ति सापकोटा, इन्द्रबहादुर खत्री, मेधनाथ पराजुली, विमला खनाल, तिर्थ पौडेल, कविता विश्वकर्मा र रमादेवी गौतम रहनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सचिव ठाकुर भण्डारीले अधिवेशनको उद्घाटन गर्दै दिगो वन व्यवस्थापनका आधारमा वन पैदावारको उपयोग गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । वनको संरक्षण सम्वद्र्धन र विकासमा जोड दिंदंै आएका उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्दै प्राकृतिक श्रोतलाई राज्यको समृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिंदै उहाँले प्राकृतिक श्रोतको उपयोगमा तीनै तहका सरकार जिम्मेवार हुनु पर्ने बताउनुभयो । वन ऐन, विनियम र समूहको विधान एवम् कार्ययोजनाका आधारमा वन पैदावार उपयोग गर्न समुह सचेत हुनु पर्ने जोड दिंदै भण्डारीले भन्नुभयो, समुहको अधिकार कुण्ठित हुने गरि हुने भएका कुनै पनि निर्णय महासंँघलाई मान्य हुने छैन । महासंघका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले महासंघले नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । अर्का केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले सामुदायिक वन समूहले प्राकृतिक श्रोतको भरपुर उपयोग गर्दै वन पैदावारमा आधारित उद्योग सञ्चालनमा जोडदिनु पर्ने आवश्यकता औल्याउनुभयो । महासंघ केन्द्रीय सदस्य सुनमाया नेपाली, गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले वन उद्यम सञ्चालन गर्न सजह नितीको खाँचो औल्याउनुभयो । कार्यक्रममा पोखरा २५ हेमजास्थित पानी उद्योग सञ्चालन गर्ने फुर्केटारी र लप्सीको अचार उत्पादन गर्ने वनपाले सामुदायिक वन समुहलाई सम्मानपत्रले सम्मान गरिएको थियो । महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ मादी गाउँपालिकाका अध्यक्ष सिर्जना पौडेल जिल्ला उपाध्यक्ष चुडामणी अधिकारी लगायतले वन्यजन्तु नियन्त्रणमा सरकार जिम्मेवार हुनु पर्ने आवश्यकता औल्याउनुभयो । अधिवेशनमा सचिव पार्वती सुवेदीले सांगठनिक र कोषाध्यक्ष अम्विका आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
पोखरा: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको भन्ने समाचारका विषयमा तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयका सचिव डा. दामोदर रेग्मी तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सोतीलाई मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गर्ने गरेका विषयमा आएका समाचारका बारेमा तत्काल छानबिन गर्न निर्देशन दिनुभएको मन्त्री श्रेष्ठका स्वकीय सचिव रमेश विकले जानकारी दिनुभयो । केही दिनअघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको समाचार बाहिरिएको थियो । सोही घटनाको विषयमा थप सत्यतथ्य छानबिन गरी दोषी देखिएकालाई विभागीय कारबाही गर्नसमेत मन्त्री श्रेष्ठले निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । रासस
पोखराः पृथ्वीनारायण क्याम्पसका प्रमुख डा. सरोज कोइरालाको कार्यकक्षमा एक सातादेखि गरिएको तालाबन्दी निरन्तर छ । वैशाख ३ गते घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव टरेपनि प्रमुखको कार्यकक्षमा गरिएको तालबन्दी तत्काले नखुल्ने विद्यार्थी संगठनहरुले जनाएका छन् । यसअघि त्रिभुवन विश्वविद्यालयले चैत १० गते देशभर स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको थियो । सोही अनुरुप काम भइरहेकाबेला क्याम्पसमा निर्वाचन समिति संयोजक डा. विकासकुमार केसीलगायतले विद्यार्थीको डाटा लिक गरेको भन्दै ३ विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । त्यसपछि दोस्रो तालिकाअनुसार वैशाख ३ गते निर्वाचनाको तालिका पुनः घोषणा गरिएपछि सोही माग राख्दै तालबन्दी दोहो¥याइएको हो । सुरुमा प्रशासन भवनको मुलगेटमै तालाबन्दी गरेका संगठनले विद्यार्थीलाई प्रवेशपत्र वितरण गर्न असहज भएपछि खोलिदिएका थिए । मुलगेट र प्रशासनको तालाबन्दी खोलिएपनि क्याम्पस प्रमुखको कार्यकक्षमा गरिएको तालबन्दी यथावत छ । विप्लव समर्थित अखिल (क्रान्तिकारी)का क्याम्पस जिल्ला समिति संयोजक सचिन सी ले क्याम्पस प्रमुखबाट विद्यार्थी विवरणको सूचना लिक भएकाबारे स्पष्ट जानकारी नदिएसम्म तालाबन्दी जारी रहने बताएका छन् । ‘निर्वाचन तालिकाको विषय स्वतः सकियो’ अध्यक्ष सीले भने ‘मतदाता विद्यार्थीको डाटा लिक गर्ने कर्मचारीलाई कारवाही नगरेसम्म तालबन्दी रहिरहन्छ ।’ क्याम्पस प्रमुख कोइरालाको अनुसार विद्यार्थी संगठनसँग कुरा भइरहेको र छिट्टै तालबन्दी खुल्नेछ । चुनावको विषयमा भने पुनः मिति घोषणा हुने वा नहुने भन्ने निर्णय विश्वविद्यालयले गर्ने कोइरालाले जनाए । विद्यार्थीले डाटा लिक गरेको आरोपमा भने उच्चस्तरीय छानबीन समिति गठन गरिने कोइरालाले उल्लेख गरे । क्याम्पसमा अखिल (क्रान्तिकारी), अखिल छैठौं, अनेरास्ववियू र अखिल क्रान्तिकारी (संयुक्त)ले तालाबन्दी गरेका हुन् ।
पोखरा: पोखरा महानगरपालिका १३ कुँडहरस्थित दुइमुहाने नहरमा पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सेती नदीबाट ल्याइएको नहरमा करिब अन्दाजी ५० वर्षीय पुरुषको शव आज बिहान फेला परेको हो । उक्त शवको सनाखत हुन नसकेको जानकारी दिदैंकास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकले फेला परेको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी दिए । सो घटनाबार थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

