पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा खोरामुखमा भएको माछापुच्छ्रे गाउँपालिका अन्तर क्लबस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा आयोजक खोरामुख फुटबल स्पोर्टस् ब्रदर्श क्लब च्याम्पियन भएको छ । भिडाबारीस्थित बराह माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा ह्याप्पी ब्रदर्श लाहाचोकलाई ३-० गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो । आयोजकको जीतमा अनुप लामिछाने, सुजन मगर र मनिष ठकुरीले समान १\१ गोलको योगदान दिए । च्याम्पियन बनेको खोरामुख फुटबल स्पोर्टस् ब्रदर्श क्लब (पहेलो) ले ३० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको ह्याप्पी ब्रदर्शले १५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे भने सान्त्वना स्थान हाँसिल गरेको ग्रीनहिल क्लब ल्वाङलाई ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेको खेलकुद संयोजक पारसमान गुरुङले जानकारी दिए ।  उनका अनुसार प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडीका रुपमा आयोजककै सुनिल विक पुरस्कृत भए । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा सोही क्लबकै मनिष ठकुरी, उत्कृष्ट स्ट्राइकरका रुपमा सोही टिमकै अनुप लामिछाने, उत्कृष्ट डिफेन्डरका रुपमा आयोजककै सुजन मगर घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै पारसमान गुरुङ र उत्कृष्ट मिल्डफिल्डरका रुपमा ह्याप्पी ब्रदर्शका मनोज नेपाली आकर्षक पुरस्कृत भएका थिए । सो प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिकाका कुल ३४ टिमको सहभागिता रहेको थियो ।  

पोखरा:  हङकङ बजारका व्यवसायीहरुले माग सम्बोधन नभए महानगरमा ताला लगाउने चेतावनी दिएको छ । विभिन्न मागसहित चरणबद्ध आन्दोलनमा रहेका हङकङ बजारका व्यवसायीले आज पनि महानगरलाई घेराउ गर्दै आफुहरुको माग सम्बोधन नभए तालाबन्दी गर्ने चेतावनी दिएका हुन् । उनीहरुले विरोधका क्रममा महानगरले आफ्ना मागहरु बेवास्ता गरेको भन्दै सिठ्ठी बजाएर नाराबाजी गरेका थिए । हङकङ बजारका व्यवसायीमाथि अस्भाविक भाडा वृद्धि गरेको र कृषि सामाग्री कम्पन्नीले आह्वान गरेको टेण्डर खारेज गरि उचित भाडादर कायम गर्नुपर्ने ३ बुँदे उनीहरुको माग छ । ‘हिजो सडकमा फुटपाटमा व्यवसाय गर्दै गर्दा कृषि सामाग्री कम्पनीको जग्गामा हामीलाई व्यवस्थापन गरियो, व्यवसायी जीवन अलिले सुनगाभा न्यूजसँग भने, ‘अहिले ४ सय प्रतिशत भाडा बढाएर टेण्डर आह्वान भयो, टेण्डर प्रक्रियामा जाँदा त्यो बढेर जान्छ, बढेर आएको भाडा तिर्न सक्दैनौ, व्यापार त्यही अनुसार हुँदैन ।’ उनले हङकङ बजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुको अभिाभावक महानगरपालिका भएकाले महानगरपालिकाले नै समस्याको समाधान गर्नुपर्ने बताए । अर्का व्यवसायीले भने, ‘हिजो हामी सडकका फुटपाथ व्यवसायी हौं, पोखरालाई सुन्दर र फुटपाथ व्यवसायी मैत्री बनाउने योजनामा साथ दिन हामीलाई कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समितिको जग्गामा व्यवस्थापन गरियो तर अहिले बोलपत्र  आह्वान गर्दा हामी व्यवसायी मर्कामा प¥यौं महङ्गो सटरमा व्यवसाय गर्न सक्दैनौं ।’ व्यवसायीहरुले महानगरपालिकाले सर्वदलीय बैठकबाट नै समस्याको समाधान निकाल्नुपर्नेसमेत आग्रह गरे ।  पोखराको विभिन्न स्थानका फुटपाट व्यवसायीहरुलाई महानगरपालिकाले तत्कालिन समयमा २०६९÷११÷१०÷१५ गते पोखरा महानगरपालिका ९ स्थित कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको ३ रोपनीमा व्यवस्थापन गरेको थियो ।  व्यवसायीको आन्दोलनमा राजनीतिक दलको ऐक्यबद्धता हङकङ बजारका व्यवसायीहरुको आन्दोलनलाई कास्कीमा क्रियाशिल राजनीतिक दलहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले व्यवसायीहरुलाई धरायसी बनाउन नहुने बताउदै ऐक्यबद्धता जनाएका हुन् । हङकङ बजार व्यवस्थापन समितिले ४ सय प्रतिशत भाडावृद्धि गरेर कृषि सामाग्री कम्पनीले विचौलियाहरुलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान गरेपछि त्यसको विरोध गर्दै राजनीतिक दलहरुलाई पत्र पठाएका थिए ।  आन्दोलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले फुटपाटमा व्यवसाय गर्दै व्यवसायीहरुलाई हतोत्साहित गराउने गरी टेण्डरमा जानु गलत भएको बताए ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री अशोक खड्काले विचौलियाहरुलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान भएको बताए ।  ‘कृषि सामाग्री कम्पनीले कुनै विचौलियालाई पोस्ने गरी टेण्डर आह्वान गरेको छ, ३ देखि ४, ५ सय प्रतिशत भाडादर वृद्धि हुने गरी टेण्डर आह्वान भएको छ, खड्काले भने, ‘हङकङ बजारका व्यवसायीहरुको समस्या समाधान नभएरसम्म संसददेखि सडकसम्मसँगै रहन्छौं ।’ २०६९ सालमा पोखरा महानगर ९ स्थित कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको नन्द प्रसाद तिवारीले भाडा लिएको ७ रोपनी जग्गा र उक्त जग्गासँगै जोडिएको नगर विकास समिति पोखराको ३ रोपनीमा व्यवस्थापन गरिएपनि अहिले कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजार भाडा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि व्यवसायी आन्दोलित भएका हुन् ।

पोखरा :   कास्कीको अन्नपूर्ण गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत अनलाइनबाटै राजस्व भुक्तानीको सुरूवात गरेको छ ।    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पंगेनी र गाउँपालिका अध्यक्ष बिष्णुबहादुर के.सीले संयुक्त रुपमा अनलाइन सेवाको आइतबार शुभारम्भ गरे ।  अब गाउँपालिकाको करदाता पोर्टल खोलेर सेवाग्राहीले आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन् । हाल कनेक्ट आइपीएस र इसेवासँग सम्झौता गरेर राजस्व भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत ई. सूर्य तिमिल्सिनाले जानकारी दिए ।    गाउँपालिका अध्यक्ष बिष्णुबहादुर के.सीले अब प्रविधिको युग भएकाले त्यसैअनुसार आफूहरू अगाडि बढिरहेको बताए । प्रविधिको प्रयोगले समग्र कार्यसम्पादन र सेवा प्रवाहमा सुधार ल्याउने भएकाले प्रविधिलाई आत्मसात् गरेको उनको भनाइ थियो । जनतालाई सुशासन प्रत्याभूत गराउन र पालिकालाई सकारात्मक काम गरेर नमुना बनाउने दृढता सुनाए । प्रविधिमैत्री पालिका निर्माणमा विद्युतीय सेवाले इँट्टा थप्ने काम गरेको गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले बताइन् ।    यसअघि नै गाउँपालिकाले क्यू–आर कोडमार्फत भुक्तानी लिएर बिल काट्न सुरु गरेको थियो । त्यसका लागि पालिकाको कार्यालय जानैपथ्र्यो । अब भने त्यो बाध्यता हटेको छ । हालसम्म यसअघि कार्यालयमै पुगेर कर तिरेका ३५ सयभन्दा बढी करदाता प्रणालीमा आबद्ध भइसकेका छन् ।  प्रणालीमा आबद्ध हुन बाँकी अन्य सेवाग्राहीले सुरुमा एकपटक गाउँपालिका अथवा वडामार्फत आफ्नो सम्पत्ति विवरण प्रविष्ट गराएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ । 

पोखरा :   पोखरा ʿसंस्कृत उच्च शिक्षामा सामयिक चुनौती विषयकʾ गोष्ठी आजदेखि पोखरामा सुरु भएको छ ।   अनुसन्धान व्यवस्थापन एकाई, विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजना एवम् विश्वविद्यालय अनुसन्धान आयोग, सानोठिमी भक्तपुरको सहयोगमा आयोजित दुई दिने गोष्ठीमा विभिन्न उच्च शैक्षिक संस्थाका प्रतिनिधि, संस्कृत बाङ्मयप्रेमी सहित १२५ भन्दी बढी जनाको सहभागिता रहेको छ ।   गोष्ठीको पहिलो दिन ʿसंस्कृत उच्च शिक्षामा समसामयिक चुनौतिʾ विषयक कार्यपत्र सहप्रा डा.​गुरुप्रसाद सुवेदीले प्रस्तुत गर्नुभएको र त्यसको सहप्रा.डा.शान्तिकृष्ण अधिकारीले टिप्पणी गर्नुभएको विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले जानकारी दिनुभयो र  दोस्रो दिन भोलि संस्कृत उच्च शिक्षामा आकर्षण बृद्धिका आधारहरू विषयक कार्यपत्र सहप्रा.डा. नारायण चालिसेले प्रस्तुत गर्नुहुने र त्यसको टिप्पणी प्रा.डा.शालिग्राम सुवेदीले गर्नुहुने उहाँले जानकारी दिनुभयो ।    संस्कृत वाङ्मयका अभियन्ताले आँफूलाई सामुहिक रुपमा परिवर्तन गर्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले संस्कृतको महत्वलाई उजागर गर्नु आवश्यक भएको बताउनुभयो । संस्कृत उच्च शिक्षामा समसामयिक चुनौतीहरू विषयक कार्यपत्र प्रस्तुत गर्दै सहप्रा.गुरुप्रसाद सुवेदीले संस्कृत शिक्षाका लागि सरकारका तर्फबाट पर्याप्त लगानी नहुनुका कारण यसलाई व्यवस्थित गर्न नसक्दा सर्वसाधारणको आकर्षण कम भएको बताउनुभयो ।   संस्कृत वाङ्मयको विश्वव्यापी महत्वलाई समुदायमा र विश्व सन्दर्भमा समेत प्रकाशित गर्न सके यसको औचित्य पुष्टि हुने उहाँले बताउनुभयो । कार्यपत्र माथि टिप्पणी गर्दै सहप्रा.शान्तिकृष्ण अधिकारीले संस्कृतका शास्त्रीय विधालाई बचाउन संस्कृत विश्वविद्यालयका १७ वटा विभाग प्रत्येकले वार्षिक न्युनतम दुई÷दुई जना दक्ष जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । विश्वविद्यालयले अनुसन्धानलाई जोड दिनुपर्ने उहाँले बताउनुभयो ।   उद्घाटन समारेहका सभापति एवम् विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले संस्कृत शिक्षा प्रतिको आकर्षण बढाउन राज्यको ध्यान पुग्नु जरुरी रहेको बताउनुभयो । अनुसन्धान व्यवस्थापन एकाईका संयोजक सहप्रा चुडामणि कंडेलको अध्यक्षता एवम् सहप्रा आनन्दमणि रिजालले सहजीकरण गर्नुभएको कार्यपत्रमा आधारित अन्तरक्रियाका सहभागिले संस्कृत शिक्षाको मौलिक अध्ययन विधि तयार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।    कार्यक्रममा विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष परशुराम बराल, पूर्व अध्यक्षहरू ऋषिराम सापकोटा, विष्णुप्रसाद बराल, पूर्व प्राचार्य अम्बिकाप्रसाद भट्टराई, महर्षि गुरुकुलका अध्यक्ष रामचन्द्र पौडेल, अनुसन्धान व्यवस्थापन एकाईका सदस्य सचिव उपप्रा प्रकाश पौडेल, विद्यापीठका पूर्व स्ववियु उपसभापति एवम् रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले संस्कृत शिक्षाको महत्वलाई उजागर गर्न नसक्दा यसतर्फको आकर्षण नबढेकोमा जोड दिएका थिए ।   उक्त अवसरमा विद्यापीठको पुस्तकालय एवम् अनुसन्धान व्यवस्थापन एकाईलाई सहयोग पु¥याएको भन्दै समाजसेवी भीमराज रेग्मीलाई सम्मान गरिएको थियो ।   

पोखरा:   पोखराको शिवशक्ति मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।   १६० औं विश्व रेडक्रस दिवसको अवसरमा सोमबार पोखरा–११ फुलबारीस्थित शिवशक्ति मा.वि.मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो ।    नेपाल रेडक्रस सोसाइटी जुनियर यूवा समिति संयोजक रमेशराज भण्डारीले उद्घाटन गर्दै शुरु भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसँगको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको विद्यालयका शिक्षक नायक शर्मिला बराल सापकोटाले जानकारी दिइन् ।  युवा  रेडक्रस सोसाइटी सर्कलका अध्यक्ष मोनिका बम्जनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक नायक बरालले गरेकी थिइन् ।    यसका साथै दिवसको अवसरमा ब्याच वितरण, विद्यालय हातासहित समुदाय वरीपरि सरसफाई कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा ११ उपशाखाका कोषाध्यक्ष पुरुषोत्तम आचार्य प्राथमिक उपचार प्रशिक्षक गणेश भण्डारी, विद्यालयका सहायक प्रध्यानाध्यापक बालकृष्ण बास्तोला, शिक्षक प्रतिनिधि गोविन्द अधिकारी, आधारभुत तह इञ्चार्ज प्रकाश पौडेल सहित कक्षा ९ र १० का ६० बढी विद्यार्थीहरुको सहभागिता थियो । 

पोखरा:    पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जबाफदेही रूपमा परिचालन गरी विद्यालयको सुधार, विकास र उन्नयन  गर्ने उद्देश्यले प्रध्यानाध्यापकहरुसँग  कार्यसम्पादन करार सम्झौता गरिएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार संघीय शिक्षा नीति र विद्यालय क्षेत्र विकास योजना समेतको मर्मलाई आत्मसात गरी कार्यसम्पादनमा आधारित कार्यसूचीका २८ बुँदा सहित स्थानीय शिक्षा नियमावलीको अनुसूची १६ अनुरूप प्रध्यानाध्यापकहरुको दायित्व हुनेछ । प्रमुख आचार्यले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारको विकल्प नभएको बताउनुभयो । अरबौँ रुपैयाँ खर्च भइरहेको शैक्षिक क्षेत्र सबैभन्दा धेरै आलोचनाको सिकार बन्नु गम्भीर चिन्ताको विषयमा भएको भन्दै उहाँले प्रअहरुसँग गरिएको कार्यसम्पादन सम्झौताले यसमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । फुल ड्युटी समस्याको समाधान नहुने भन्दै प्रमुख आचार्यले शिक्षकहरू ड्युटी फुल हुनुपर्नेमा जोड दिनुभयो । कार्यसम्पादन करार सम्झौतामा महानगरपालिकाका प्रमुख आचार्य र सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको रोहबरमा महानगरपालिकाको तर्फबाट शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्य र सम्बन्धित विद्यालयका प्रध्यानाध्यापकहरुले हस्ताक्षर गरेका छन् । महाशाखा प्रमुख आचार्यले विद्यालयहरूमा विद्यार्थीहरूको पहुँच सुनिश्चितता सहित टिकाउदर बढाउनका लागि पनि यसो गर्नु आवश्यक रहेको बताउनुभयो । विद्यालय शिक्षाको सुधारका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको बताउँदै उहाँले मुलुक मै पहिलो पटक प्रध्यानाध्यापकहरुको सेवा सुविधा वृद्धि गरी हौसला प्रदान गरेको समेत उल्लेख गर्नुभयो । सम्झौता अनुसार आधारभूत तहमा विद्यार्थीहरूको भर्ना र टिकाउ दरमा वृद्धि, शैक्षिकशत्र भरि २२० दिन विद्यालय सञ्चालन सहित कम्तीमा १९२ दिन पठनपाठनको सुनिश्चितता, विद्यालयमा शिक्षक पदपूर्ति रिक्त भएको कम्तीमा ३० दिन भित्र गरिसक्नु पर्नेछ । साथै सबै प्रध्यानाध्यापकहरुले ५ वर्षे विद्यालय सुधार योजना, १ वर्षे शिक्षक शिक्षण सुधार योजना र १ वर्षे विद्यार्थी सिकाइ सुधार योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेछ । यस्तै विद्यार्थीहरूलाई किताब केन्द्रित सिकाई भन्दा पनि परियोजनात्मक कार्यमा आधारित शिक्षण सिकाइका क्रियाकलापहरू नियमित सञ्चालन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सामाजिक परीक्षण समितिहरू समयमा नै गठन गर्ने, महानगरले तयार गरेको स्थानीय पाठ्यक्रम केन्द्रीय शिक्षण सिकाइ क्रियाकलापहरू सञ्चालन गर्ने, समयमा नै पाठ्यपुस्तकहरू विद्यार्थीलाई उपलब्ध गराउने, आधारभूत शैक्षिक सामाग्रीहरू उपलब्ध गराउने लगायत सम्झौतामा उल्लेख गरिएको छ । वार्षिक शैक्षिक योजना निर्माण गरी कार्यान्वयन गर्ने, विद्यालय तहका परीक्षाहरू निर्धारित समयमा सम्पन्न गर्ने, अभिभावक भेटघाट र सचेतनामूलक कर्यक्रमहरु नियमित गर्ने, आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरूको विषयगत फाइल तयार गर्ने, कक्षा ५ सम्म निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागु गर्ने, विद्यालयमा कार्यरत अस्थायी ९करार० शिक्षकहरूको ६–६ महिनामा म्याद थप्ने, २–२ महिनामा नियमित विद्यालय अनुगमन निरीक्षण गराउने र सुझावहरू कार्यान्वयन गर्ने, महानगरको स्वीकृति बेगर प्रधानाध्यापक र शिक्षकहरू अध्ययन, अध्यापन र व्यापार व्यवसाय लगायतका कार्यहरूमा संलग्न नहुने करार सम्झौतामा उल्लेख छ । विद्यालयमा विषय समितिहरू गठन गर्ने, शिक्षक विद्यार्थीहरूले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गरी कार्यान्वयन गर्ने, विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूले अनिवार्य रूपमा विद्यालय पोसाकको अनुशासन पालना गर्ने, विद्यालयलाई बलमैत्री, छात्रामैत्री, अपाङ्गमैत्री, हिंसा तथा दण्डरहित र विपद् उत्थानशील बनाउने, विद्यालयमा किशोरी कक्ष सञ्चालन गर्ने, गुनासो सुनुवाइ कक्ष र सूचना अधिकारी अनिवार्य रूपमा व्यवस्था गर्ने, विद्यालय शैक्षिक वातावरणमा राजनीतिक गतिविधि, हिंसात्मक तथा विभेदजन्य व्यवहार र क्रियाकलाप गर्न नदिने लगायतका जिम्मेवारीहरू विद्यालयका प्रध्यानाध्यापकहरुलाई तोकिएको छ । विद्यालयमा पुस्तकालय तयार, विज्ञान विषय अध्यापन हुने विद्यालयहरूमा प्रयोगशालाको व्यवस्था गर्ने, स्थानीय शिक्षा नियमावली २०७४ अनुसार तोकिएको संख्यामा कक्षा घण्टी लिने गरी विद्यालयका शिक्षकहरूसँग समेत कार्यसम्पादन करार सम्झौता गर्ने सम्झौतामा उल्लेख गरिएको छ । साथै सम्झौताको सफल कार्यान्वयनका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यार्थीहरू बिच अभिमुखीकरण गरी सवैपक्षको प्रतिबद्धता तथा अपनत्व आर्जन गर्दै करार अवधिभरमा प्रधानाध्यापक सक्रियतापूर्वक लाग्नु पर्नेछ । करारनामा गर्ने प्रधानाध्यापकले चालु शैक्षिक सत्रको वैशाख महिना भित्र स्पष्ट कार्य योजना तयार गर्नु पर्नेछ भने, सम्झौतामा उल्लेखित कार्यहरूको चौमासिक समीक्षा सहित प्राप्त हुन नसकेका लक्ष्यहरूको हकमा महानगरपालिकाको तर्फबाट कर्यायोजना बनाई सम्झौता कार्यान्वयन, सहजीकरण र अनुगमन संयन्त्रको विकास गरिनेछ । सम्झौता अनुसार शतप्रतिशत नतिजा हासिल गर्ने प्रध्यानाध्यापकहरुलाई पुरस्कार, प्रशंसा, सम्मान तथा तालिम र थप क्षमता विकासका अवसरहरू प्रदान गरिने महानगरपालिकाले जनाएको  छ । तोकिएका लक्ष्यहरू पुरा गर्न नसक्नेलाई भने सचेत गराउने, नसिहत दिने, तलब वृद्धि रोक्का गर्ने लगायतका प्रक्रियाहरू अगाडी बढाइनेछ ।

पोखरा:  पोखरास्थित बेगनासतालमा परराष्ट्र मन्त्रालयका एक कर्मचारी मृत फेला परेका छन् ।  परराष्ट्र मन्त्रालयमा कार्यरकत ३१ वर्षीय नायव सुब्बा अनुप भण्डारी बेगनास तालमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  बिहान करिव ८ बजेको समयमा बेगनासतालमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।  प्रहरीले घटनास्थलबाट शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रको आधारमा भण्डारीको पहिचान खुलेको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।   

पोखरा:   नेपाल नाट्यप्रतिष्ठान पोखराको आयोजनामा  पोखरामा वैशाख २८ देखि ३० गतेसम्म नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार गर्ने भएको छ ।  पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली नाटकबारे पहिलोपटक पोखरामा अन्तरराष्ट्रिय सेमिनार आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।  नेपाली नाट्यप्रतिष्ठानका अध्यक्ष प्रा।डा रामचन्द्र पोखरेलले  आगामी वैशाख २८ देखि ३० गतेसम्म सञ्चालन हुने जानकारी दिए ।  उनले नेपाली नाटकबारे पोखरामा हुने सेमिनारमा नेपाल र भारतका १ सय ५० बढी प्रतिनिधि आउने बताए ।  पोखरेलका अनुसार गण्डकी प्रज्ञा प्रतिष्ठानमा हुने अन्तरराष्ट्रिय सेमिनारमा भारतबाट सीपी शर्मा, सिक्किमका मुख्यमन्त्रीबा स्वकीय सचिव लगायतको उपस्थिति हुने छ ।  तीन दिन चल्ने सेमिनारमा नेपाली नाटक र भारतीय नेपाली नाटकका सम्बन्धमा छलफल गरी त्यसबाट निस्केको निष्कर्षलाई प्रकाशित गर्ने, विगतको नेपाली नाटक र रङ्गमञ्चको सम्यक विश्लेषण गरी समसामयिक नेपाली नाटक र रङ्गमञ्चका सम्बन्धमा स्पष्ट दृष्टिकोण बनाउने, भारत र नेपालका नाट्यकर्मीहरुबीच भावनात्मक सम्बन्ध विस्तार स्थापित गर्ने लक्ष्य प्रतिष्ठानले राखेको छ ।  प्रतिष्ठानले २०८० सम्मका सम्पूर्ण नाटक र अशेष मल्लका नाटक नाट्यग्रन्थ प्रकाशित गर्ने र प्रकाशित नाट्यग्रन्थलाई अङ्ग्रेजी भाषमा अनुपाद गरी प्रकाशन गर्ने अन्तरराष्ट्रिय सेमिनारमा उद्धेश्य राखेको छ ।  सेमिनार गण्डकी प्रज्ञा प्रतिष्ठानको भवनमा हुने आयोजनकले जनाएको छ ।

पोखरा:  नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवम् पोखराबाट प्रकाशित समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।   काठमाडौंमा आज (आइतबार) आयोजित एक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञवालीलाई उक्त पुरस्कार हस्तारण गरेका हुन् । सुचना तथा सञ्चार प्रविधि मन्त्रलायले उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । त्यसगरी अनिता बिन्दु, अम्बिका दाहाल, गणेश लम्साल, गम्भीरा सहनी, लक्ष्मी आचार्य र वरिष्ठ पत्रकार सम्मान राजेन्द्र दहाल र बलराम थापा पनि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।