पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखराः   पोखरा महानगरपालिका १७ वडाकार्यालय अगाडी सडक निर्माणमा ढिलाई भएको विषयमा प्रद्धर्शन गर्नेक्रममा प्रकाउ परेका तीन जना छुटेका छन् ।  विरौटा– छोरेपाटन सडकखण्डको निर्माणकार्यमा ढिलाई गरेको भन्दै स्थानीयले हिजो (बिहिबार) वडा कार्यालय अगाडी विरोध प्रद्धर्शन गरेका थिए ।  स्थानीयले वडा कार्यालय अगाडी प्रद्धर्शन गर्ने क्रममा विरौटा– छोरेपाटन सडकखण्डसँगै सिद्धार्थ राजमार्ग केही समय अवरुद्ध हुन पुगेको थियो ।  अवरुद्ध सडक सञ्चालनमा गर्न गएको नेपाल प्रहरीले उछृृङ्खल गतिविधि गरेको भन्दै ३ जनालाई नियन्त्रणमा लिएर छोडेको वडा कार्यालय बैदामका डीएसपी युवराज भण्डारीले जानकारी दिए ।  ‘निर्माण कार्य समयमा नै नहुँदा स्थानीयमा आक्रोश पैदा हुनु स्वभाविक हो, वडा कार्यालय अगाडी प्रद्धर्शन भइरहेको थियो, भण्डारीले भने, ‘प्रद्धर्शनमा केही व्यक्तिले उशृङ्खल गतिविधि गरेपछि नियन्त्रणमा लिएर छोडिसकिएको छ ।’  पूर्वाधार ढिलाईसुस्तीमा दवाव दिन आवश्यक छः स्थानीय पोखरा १७ स्थित अन्तरगत पर्ने विरौटा–छोरेपाटन सडकखण्ड निर्माण कार्यमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै स्थानीयले वडा कार्यालय अगाडी प्रद्धर्शन गरेपछि वडा कार्यालयले ध्यानाकर्षण गरेको छ ।   वडा कार्यालय अगाडी स्थानीयले प्रद्धर्शन गरेपछि वडा कार्यालयमा आज (शुक्रबार) स्थानीय र जनप्रतिनिधिहरुबीच ठेकेदारले गर्ने ढिलासुस्तीमा स्थानीय र जनप्रतिनिधिहरुले दवाव दिन आवश्यक रहेको वडाध्यक्ष राधिका कुमारी शाहीले बताएको स्थानीय पवन भण्डारीले जानकारी दिए ।  ‘वडा कार्यालय अगाडी हुँदै गएको सडक खण्डमा अलपत्र जस्तै बन्दा स्थानीय सरकारले दवाव दिनुपर्ने हो, भण्डारीले भने, ‘स्थानीय सरकारको त्यो कदम नचाल्दा हामीले वडा कार्यालय अगाडी प्रद्र्धशन ग¥यौ, फलस्वरुप आज वडा कार्यालयमा जनप्रतिनिधि र स्थानीयबीच पूर्वाधार क्षेत्रमा ठेकेदारले गर्ने ढिलासुस्तीमा सदैव खवरदारी गर्ने सहमति भएको छ ।’   

पोखराः ४ वर्षअघि जनयुद्ध दिवसको भोलिपल्ट अर्थात् फागुन २ गते पोखराको पृथ्वीचोक भनि परिचित स्थानमा रातारात लखन थापाको शालिक ठडियो । त्यसयता लखनचोक भनेर चिनिँदै आएको छ पृथ्वीचोक ।    सोही वर्षको दशैंताका पोखरा महानगरले यातायात व्यवस्थापन गर्ने भन्दै मध्यरातमा थापाको शालिक हटाएको थियो । प्रथम सहिद थापाको शालिक हटाइएपछि मगर संघले आन्दोलनको बलमा पुनः शालिक ठड्याउन सफल भएको थियो ।    उक्त शालिक महानगरको खर्चमा मगर संघले निर्माण ग¥यो । थापालाई प्रथम सहिद भनेर सरकारले मान्यता दिइसकेको छ ।    गोरखा काउलेस्थित भंगाराका थापा राणा शासन विरुद्ध लाग्दा सहिद भएका हुन् । ०६४ वैशाखमा नेकपा माओवादीको भातृ संगठन वाइसियलले राजा पृथ्वीनारायण शाहको शालिक फोडेको थियो ।    त्यसको लामो समयपछि गत निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको मत र राजनीतिक घनचक्करबीच नेकपा माओवादी केन्द्र र नेकपा एमालेसँग उसको घाँटी जोडिएपछि राजनीतिक डिस्कोर्स बदलिएको छ ।    फलतः पुस २७ गते सरकारले राष्ट्रिय एकता दिवस मनाउँन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दियो । सोही दिन पोखरामा राप्रपा र राजा पक्षधरहरुले लखनचोकमा औपचारिक कार्यक्रम गरी थापाको शालिक मुनि फ्लेक्समा पूर्वराजालाई सजाएका छन् ।    अहिले उक्त स्थानमा तत्कालीन राजा र प्रजा मिलेर बसेका छन् । पुर्णकदमा माथि प्रजा र तल राजा छन् । 

पोखरा: पोखरा महानगरपालिका १७ को कार्यालय घेराउ गर्ने क्रममा ३ जनालाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।   पोखरा १७ का स्थानीयबासिन्दाले विरौटा–छोरेपाटन सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै नाराबाजीसहित वडा कार्यालय घेराउ गरेको थियो । सो विरोध प्रर्दशनकै क्रममा सिद्धार्थ राजमार्ग अवरुद्ध गरिएको थियो ।    सोही क्रममा उछृङ्खल गतिविधि गरेको भन्दै वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले ३ जनालाई नियन्त्रणमा लिएको डिएसपी युवराज भण्डारीले जानकारी दिए । ‘विरोधको क्रममा उछृङ्खल गतिविधि गरेकाले नियन्त्रणमा लिएका हौं, डिएसपी भण्डारीले भने, ‘त्यस्तो मुद्धा चलाउने खालको विषय छैन ।’   डिएसपी भण्डकारीका अनुसार हाल अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग अन्तरगतको विरौटा– छोरेपाटन सडकखण्ड खुला गरिएको छ ।   सम्बन्धित समाचार https://sungabhanews.com/story/6242/2023/1/19/scoop/Samaj/

पोखराः   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको को ५८औँ वार्षिकोत्सवका अवसरमा बुधबार पोखरामा रक्तदान कार्यक्रम गरिएको छ । बैंकको प्रादेशिक कार्यालयद्वारा आयोजित कार्यक्रममा ७० जनाले रक्तदान गरेको प्रादेशिक प्रबन्धक प्रमोद अधिकारीले जानकारी दिनुभयो ।   उहाँका अनुसार बैंकले निक्षेपकर्ताहरुसँग अन्तरक्रिया तथा सम्मान, सरसफाइ सचेतना, अन्तरशाखा हाजिरीजवाफ, प्रभातफेरिलगायत कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ । आउँदो १० गते वार्षिकोत्सवको मूल समारोह आयोजना हुनेछ ।   राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वमा रहेको पुरानो र ठूलो वाणिज्य बैंक हो । यसले देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको छ । विसं २०२२ माघ १० गते बैंक स्थापना भएको थियो ।

पोखराः   पोखराको लेकसाइडमा ८ करोड भन्दा माथिको लगानीमा त्रिपुरा लाउञ्ज एण्ड बार संचालनमा आएको छ । लामो समय देखि पोखरामा एसियना म्यारक्यु क्लब संचालन गर्दै आएका व्यवसायी सुमन कुमार श्रेष्ठले उक्त लाउञ्ज संचालनमा ल्याएका हुन् ।  लाउञ्जको डिजाइन रोयल स्टाइलमा गरिएको छ । दुई सय वर्ष अगाडि नेपालका राजाहरु बस्ने दरबारको झल्को दिने गरी आफुले त्रिपुराको भवन निर्माण गरेको दाबी उनको छ । ‘पोखरामा पछिल्लो समय थुप्रै रेष्टुरेण्टहरु संचालनमा आएका छन् । हामीले केही फरक गर्ने कोसिस गरेका छौं । राजाहरु बस्ने दरबार शैलीमा भवनको स्टक्चर निर्माण गरिएको छ । आशा छ, पोखरेलीहरुलाई मन पर्नेछ ।’, उनले भने । लाउञ्जको टप फ्लोरमा पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको छ । रेष्टुरेण्टमा इतिहास झल्काउने गरी राजाहरुको तस्बिर समेत राखिने श्रेष्ठले बताए । कोरोना अघिदेखि सुरु भएता पनि निर्माणको काम अहिले आएर सम्पन्न भएको भनाई उनको छ । नेपालमा दक्ष कालिगढको अभावका कारण भारतबाट कालिगढहरु बोलाएर काम गरेता पनि बीचमा नै उनीहरुले काम छाडेका कारण निर्माण कार्यमा ढिलाई भएको अभिव्यक्ति उनको थियो । पछि नेपालकै कालिगढबाट उनले सो काम सम्पन्न गरे । लेकसाइड १५ नम्बर स्ट्रिट भित्र एक रोपनी जग्गामा फैलिएको त्रिपुरामा पारिवारिक वातावरणमा ग्राहकले सेवा लिन पाउने उनले बताए । सबै वर्गका ग्राहकलाई लक्षित गर्दै आफुले लाउञ्ज संचालनमा ल्याएको भनाई उनको छ । ‘लगानी बढी लाग्यो भन्दैमा धेरैले महङ्गो छ भन्नुहुन्छ होला । तर त्यस्तो छैन । सुलभ दरमा सेवा पाउनुहुनेछ ।’, उनले भने । त्रिपुरामा चाँदीको थालमा चाँदीकै चम्चाले खाना खाने सुविधा रहेको जानकारी समेत उनले गराएका छन् । राजा महाराजाले खाने खाना अब आम नागरिकले त्रिपुरामा खानेछन् । म्यानेजर विकास गुरुङले त्रिपुराको विशेषता भनेकै क्लासिक वातावरण रहेको उल्लेख गरे । उनले क्याफे, लबिहल, लाइभ म्युजिक सहितको सेवा त्रिपुरामा उपलब्ध रहेको जानकारी गराए । उनले केही निर्माणको काम बाँकी रहेकाले अबको एक महिनामा त्रिपुराको ग्राण्ड ओपनिङ गर्ने तयारीका साथ आफुहरु लागिरहेको समेत बताए । त्रिपुराका संचालक श्रेष्ठ बक्सिङका राष्ट्रिय खेलाडी हुन् । खेलजीवन सँगै उनी व्यवसायमा लागे । १५ वर्षदेखि लेकसाइडमा नै क्लब संचालन गरेका श्रेष्ठले नै त्रिपुराको इन्टरियर डिजाइन गरेका हुन् । 

पोखराः   पोखराको पुरानो टुँडीखेल मैदानमा मंगलबारबाट“प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता”सुरु भएको छ । उद्घाटन खेलमा बगर भाई खलकले गण्डकी स्पोर्टस क्लवलाई ५-१ को भारी गोल अन्तरले पराजित गरेको हो । उक्त खेलमा भाई खलकका लागि सुजन शाक्यले ह्याट्रिक गर्दै खेलको म्यान अफ दि म्याच घोषित भए । त्यसै गरी अर्को खेलमा दिप युनाइटेडले एक्स वारियर पोखरालाई ३-१ ले पराजित गर्यो। खेलमा अर्जुन गुरुङ, अन्तिम गुरुङ र अशिम बजिमयले समान १–१ गोल गरे भने एक्स वारियरका तर्फबाट किशोर देव थापाले गोल फर्काए । प्रतियोगिताको उद्घाटन पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले गरेका यिए ।प्रमुख आचार्यले अग्रज फुटबल खेलाडी खेम बहादुर गुरुङलाई सम्मान गरेका थिए । सो अवसरमा विभिन्न महानुभावहरुले ग्रासरुट फुटबल प्रशिक्षणका लागि स्थापना गरिएको अक्षयकोषका लागि नगद सहयोग गरेका थिए । स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयाम भन्ने नाराका साथ सुरु भएको “प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” माघ ८ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १ लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ट्रफी सहित नगद ५ हजार प्रत्येक उत्कृष्ट खेलाडीले प्राप्त गर्ने छ । सेमिफाइनलमा पुग्ने दुइ टिमलाई २०र२० हजार आयोजकले उपलब्ध गराउने बताएको छ । हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिने छ 

पोखराः पोखराको गैह्रापाटन निवासी बलराम गौतम सोमबार दिउँसोदेखि परिवार र आफन्तसँग सम्पर्कविहीन छन् ।    पुरानो ठेगाना पुरुञ्चौर भएपनि पछिल्लो समय गौतम परिवार गैह्रापाटन बस्दै आएका छन् । ५६ वर्षीय गौतम सोमबार दिउँसो साढे १ बजे छोरीसँग बाहिर निस्कन्छु भनि हिँडेको र त्यसपछि सम्पर्क हुन नसकेको उनका भतिज विकास आचार्यले जानकारी दिएका छन् ।    ‘सामान्य दिन झैं काका दिउँसो घरबाट निस्कनु भएछ’ भतिज आचार्यले भने ‘बेलुकासम्म पनि नआउँदा काकाले मोबाइल र गाडीको चाबी घरमै छाडेको पाइयो ।’ त्यसबेला मोबाइल स्वीचअफ भइसकेको पाइएको आचार्यले बताए ।    गौतम मंगलबार दिउँसोसम्म सम्पर्कविहीन भएपछि परिवार र आफन्तको सल्लाहमा जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गरिदिन निवेदन दिइएको छ ।    निवेदन पाएपपिछ कास्की प्रहरी खोजीकार्यमा जुटेको छ । त्यस्तै, आफन्तहरु पनि पोखराको नारायणस्थान, सराङकोटलगायतको स्थानमा खोजी गरिरहेको आचार्यले जनाए ।    गौतम विभिन्न उद्यम र व्यवसायमा संलग्न छन् । 

पोखराः  मिस तामाङ पोखराको उपाधि रोश्मा तामाङले जितेकी छन् ।  बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा आइतबार भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधि जित्न सफल भइन् । उपाधि सँगै उनले १ लाख रुपैयाँ नगदसहित ताज र ट्रफि प्राप्त गरिन् । उनले मिस कन्फिडेन्टको उपाधि समेत जितिन् ।  त्यस्तै जुना तामाङ फस्ट रनरअफ भइन् । उनले ५० हजार रुपैयाँसहित ताज र ट्रफि प्राप्त गरिन् । प्रीति तामाङ दोस्रो हुँदै नगद ३० हजार प्राप्त गरिन् । भ्युअर्स च्वाइसको उपाधि रेनुका तामाङले हात पारिन् । उनले २० हजार प्राप्त गरिन् ।  मिस टयालेन्ट विकिता तामाङ, जुना तामाङ मिस पपुलर, विपना तामाङ मिस पंचुअल, वेस्ट स्माइल लक्ष्मी तामाङ, वेस्ट हेयर जिना तामाङ, वेस्ट स्किन योगिता तामाङ, व्युटि विथ प्रपोज सुमित्रा तामाङ, मिस डिसपिलिन रेनुका तामाङ, वेस्ट वाक कृतिका तामाङ, फोटो जेनिक निशा तामाङ, ग्रेसफूल आकृति तामाङ, मिस कल्चर सुप्रिया तामाङ, मिस फेण्डली मनिषा तामाङ र वेस्ट परफर्मरको टाइटल अर्विना तामाङले जिते ।  निणार्यकमा जोन्टा क्लब अफ पोखरामा अध्यक्ष मोनिका थापा, गीतकार तीर्थ तामाङ, पूूर्व मिस तामाङ पोखराका रनरअप सजना वाइवा, जेसीज पोखराका अध्यक्ष गणेश गिरी रहेका थिए ।  पोखरामा जहाज दुर्घटना भएपछि मनोरञ्जनात्मक कार्यक्रम विना नै प्रतियोगिता आयोजना भएको थियो । कार्यक्रमको सम्पूर्ण तयारी भइसकेपछि प्रतियोगिता स्थगित गर्न नमिल्ने भएकाले सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम विना नै प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष ज्याक तामाङले बताए । कार्यक्रमको प्रायोजकमा बिजीबी क्याफे रहेको थियो । 

पोखराः  पोखरामा आइतबार यती एयरको विमान दुर्घटना हुँदा निधन भएका पोखरा १३ का सदाकत अलिमियाँको शव परिवारले बुझेका छन् ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी मेडिकल कलेजमा पोस्टमार्टम गरेपछि उनको शव परिवारलाई बुझाइएको हो । पोखरामा व्यापार व्यवसाय गर्दै आएका सदाकत सानिमालाई काठमाडौंमा पुर्‍याएर फर्कने क्रममा दुर्घटनामा परेका थिए । २६ वर्षीय अलिमियाँको मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । परिवारको एक्लो छोरा रहेका सदाकतको घरमा २ वर्षकी छोरी छन् ।