फलोअप: ३ जना प्रहरी नियन्त्रणमा
पाेखरा | माघ ५, २०७९
पोखरा: पोखरा महानगरपालिका १७ को कार्यालय घेराउ गर्ने क्रममा ३ जनालाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरा १७ का स्थानीयबासिन्दाले विरौटा–छोरेपाटन सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै नाराबाजीसहित वडा कार्यालय घेराउ गरेको थियो । सो विरोध प्रर्दशनकै क्रममा सिद्धार्थ राजमार्ग अवरुद्ध गरिएको थियो ।
सोही क्रममा उछृङ्खल गतिविधि गरेको भन्दै वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले ३ जनालाई नियन्त्रणमा लिएको डिएसपी युवराज भण्डारीले जानकारी दिए । ‘विरोधको क्रममा उछृङ्खल गतिविधि गरेकाले नियन्त्रणमा लिएका हौं, डिएसपी भण्डारीले भने, ‘त्यस्तो मुद्धा चलाउने खालको विषय छैन ।’
डिएसपी भण्डकारीका अनुसार हाल अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग अन्तरगतको विरौटा– छोरेपाटन सडकखण्ड खुला गरिएको छ ।
सम्बन्धित समाचार
पोखरा: आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएका छन् । पो...
कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेख...
पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताम...

