पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखराः   हार्मोनी पोखराले पुस २९ गते पोखरा सभागृहमा रारा टेस्ट अफ हार्मोनीको चौथो संस्करणमा आयोजना गरेको छ । हार्मोनीको चौथो संस्करणमा पोखरामा दीपानारायण झाका गीतहरु गुञ्जदैछन ।  हार्मोनी पोखराकी अध्यक्ष इतु जोजिजुले दीपानारायण झाको सभागृतमा दीपानारायण झाको स्वर प्रत्यक्षसमेत गुञ्जिनेछ । कार्यक्रममा दीपालाई विशेष सम्मानसमेत गरिनेछ । ‘दीपानारयण झाको विगतको अनुभव हामीले सुन्न पाउनेछौं । उहाँले केही चर्चित गीतहरुमा प्रस्तुती दिनुहुनेछ’, उनले भनिन् ।  दीपाले नेपाली सुगम संगीतसहित सम्झना, कुसुमे रुमाल, मसाल, अन्याय, पिरती, सन्तान, कन्यादान, फेरि भेटौंला, कर्जा, पछ्यौरी, देउकी, ट्रक ड्राइभर, कसम लगायत नेपाली चलचित्रका गीतहरुमा दिएको स्वर यादगार छन् ।  सोही अवसरमा झासँगै पोखरेली गायिकाहरु इतु जोजिजु, शीतल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतीक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति गुरुङले झासँगै स्टेज शेयर गर्नेछन् । उनीहरुको सहयोगी गायका रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमु पनि सहभागी हुनेछन् । उक्त कार्यक्रमको अवसरमा क्यान्सर पीडित लक्ष्मी भट्टराई र भायोलिन तथा पियानो वादक उपासना पाख्रिनलाई पनि प्रोत्साहन सम्मान गरिने आयोजकले जनाएको छ । २०७३ मा स्थापना भएको हार्माेनी पोखराले टेस्ट अफ हार्माेनीको पहिलो संस्करण लेजेन्डरी हार्माेनियस इभिनिङ गरेको थियो । 

पोखराः   रेडियो अन्नपूर्ण पोखराद्धारा आयोजित गोल्डकप महापण्डितका विजेता पोखरा ११ फूलबारीका बिजय लामिछाने र पोखरा ३२ का बादल बस्नेत बन्न सफल भएका छन् ।   पोखरामा पुस १४ गते देखि २३ गतेसम्म सञ्चालन भएको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ अन्तर्गत यस पटकको उपाधि कस्ले जित्ला ? भन्ने प्रश्नमा अनुमानित सहि उत्तर दिने स्रोताहरुमा गोलाप्रथाबाट लामिछाने र बस्नेत विजेता बन्न सफल भएका हुन् ।   आइतबार रेडियोमा आयोजित एक विशेष कार्यक्रममा उनिहरुलाई रेडियोका अध्यक्ष विश्वशंखर पालिखे, प्रवन्ध निर्देशक विजेश पालिखे, स्टेशन म्यानेजर सञ्जयकुमार मल्ल, सहारा क्लब पोखराका पुर्व अध्यक्षय बिक्रम थकाली, महासचिव रामजीप्रसाद अधिकारी, हिमश्री फुड्स प्रालिका सेल्स म्यानेजर बमबहादुर बराल, कर्मचारी माधव लम्साल, वान स्टप इलेक्ट्रोनिक्सका सञ्चालक रविराज भुर्तेल, बिजि  इलेक्ट्रोनिक्सका भरत केसी, नबिल बैंक गण्डकी प्रदेश प्रमुख सूर्य रोक्का, रेडियोका मार्केटिङ म्यानेजरद्धय नारायण पौडेल र निराजन पौडेलले संयुक्त रुपमा दुबै जनालाई  ३२ इन्चको  वेगा र टिसिएल   कम्पनीको टेलिभिजन र एक, एक काटुर्न रारा चाउचाउ हस्तान्तरण गरेका हुन् ।   प्रतियोगिता अवधिभर रेडियोले हरेक दिन साँझ ७ः४५ देखि ८ः४५ सम्म नबिल बैंक आहा ! रारा  पोखरा गोल्डकप विशेष कार्यक्रम सञ्चालन गरेको  थियो ।   यस्तै हरेक दिनको प्रश्नको सही उत्तर दिने मध्येबाट अनुमानित सहि उत्तर दिने स्रोताहरु मध्येबाट सेभेन बी फोनजोन बुद्ध विशाल बजारको तर्फबाट १ थान मोबाइल सेट र हिमश्री फुड्स प्रालिद्धारा उत्पादित १ कार्टुन रारा चाउचाउ प्रदान गरएिको थियो ।   कार्यक्रममा बोल्दै नबलि बैंक गण्डकी प्रदेशका प्रमुख सूर्य रोकाले काठमाडौं बाहिरको सबैभन्दा उत्कृष्ट प्रतियोगिता आहा ! रारा पोखरा गोल्डकपमा सहकार्य गर्न पाउँदा निकै खुसि लागेको बताए ।   रोकाले यस प्रकारका प्रतियोगिताले बजारलाई चलायमान बनाउन सहयोग गर्ने बताए । उनले आगामी दिनमा पनि रेडियोले गर्ने सामाजिक कार्यमा सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।   वान स्टप इलोक्ट्रोनिक्स पोखराका सञ्चालक भुर्तेलले लोकप्रिय रेडियोमार्फत जोडिन पाएकोमा खुशी व्यक्त गरे । उनले भविष्यमा पनि सहकार्य हुने बताए ।   हिमश्री फुड्सका सेल्स म्यानेजर बमबहादुर बरालले आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए ।   बिजि इलेक्ट्रोनिक्सका केसीले रेडियोको कार्यक्रम गोल्डकप महापण्डितसगँ जोडिन पाउँदा खुसि लागेको बताए । उनले सहकार्यलाई निरन्तरता दिने जनाए ।   सहारा क्लब पोखराका पुर्ब अध्यक्ष थकालीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र रेडियोको कार्यक्रमले प्रतियोगिताको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे ।   रेडियोका अध्यक्ष बिश्वशंखर पालिखेले कार्यक्रममा सहकार्य गर्ने सम्पूर्ण आयोजक तथा प्रयोजकहरुलाई धन्यवाद दिए ।   सहारा क्लब पोखराको आयोजनमा पुस १४ गते देखि २३ गतेसम्म सञ्चालन भएको आरा ! रारा पोखरा गोल्डकपमा १० टिमको सहभागिता रहेको थियो ।   संकटा क्लव र भुटनिज युथ क्लवबिचको खेलमा संकटाले ३–२ ले हराउदै उपधि जित्न सफल भएको थियो ।   उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाख प्राप्त ग¥यो ।  

पोखराः   गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लब चितवनबिच खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता भएको छ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालय र क्लबले खेल प्रशिक्षक तालिमको लागि सम्झौता गरेको हो ।  सम्झौताअनुसार माघ १८ देखि २१ सम्म तालिम चितवनका स्कुलका खेलकुद शिक्षक, क्लबका सदस्यलाई तालिम प्रदान गरिनेछ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट कार्यक्रमका कोडिनेटर डा मधु सुदन सुवेदी र पटिहानी फुटबल क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले स्नातक तहको स्पोर्टस म्यानेजमेन्ट (बिएसएम) नेपालमा पहिलोपटक अध्ययन अध्यापन शुरु गरेको हो । कुनै पनि विषयमा कक्षा १२ वा नेपालमा सञ्चालन भएका सिटिइभिटी कोर्षबाट डिम्लोमा उर्तिण गरेकाहरुले बिएसमको अध्ययन गर्न पाउछन् । ४ वर्षे कोर्षको ८ सेमेष्टर अन्तर्गत अध्ययन अध्यापन हुने स्पोर्टस म्यानेजमेन्ट (बिएसम)ले नेपाली खेलकुदको जगलाई अझ बलियो बनाउन सहयोग पुग्ने भन्दै उद्देश्यका साथ विश्वविद्यालयले यो विषयको शुरुआत गरेको हो ।  ‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ पटिहानी फुटबल क्लबले मंसिरमा जिल्लाको ३२ सामुदायिक विद्यालयको सहभागितामा ‘पिएफसी इमर्जिङ कप’को आयोजना गरेको थियो । स्थापनादेखि नै यस क्लबले फुटबलमा नयाँ खेलाडी उत्पादनको लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ। अध्यक्ष तिमिल्सिनाका अनुसार सबै गरेर ३० जना यो प्रशिक्षणबाट लाम्वाभित हुनेछन् ।  

पोखराः   मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा आँउदो आइतबार हुने भएको समाजका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिनुभयो । २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको फाइनलमा १६ सहभागीले प्रतिस्पर्धा गर्नेछन् । सातौं संस्करण प्रतियोगिता अन्र्तगत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ ।  प्रतिभा प्रस्फुटन राउण्डमा सहभागिहरुले बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरका थिए । जस अन्र्तगत लक्ष्मी तामाङ्ग, रेनुका तामाङ्ग, अर्विना तामाङ्गले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । जुना तामाङ्ग र निशा तामाङ्गले भाषण कला, विकिता तामाङ्गले हस्तकला प्रस्तुत गरेका थिए । सुप्रिया तामाङ्ग, योगिता तामाङ्ग र आकृति तामाङ्गले गजल तथा कविता प्रस्तुत गरेका थिए ।  विपना तामाङ्ग, मनिषा तामाङ्ग, जिना तामाङ्ग, सुमित्रा तामाङ्ग, कृतिका तामाङ्ग, रोश्मा तामाङ्गले साँस्कृतिक नृत्य तथा प्रिती तामाङ्गले तामाङ्ग गाउँका बारेमा प्रस्तुती दिएका थिए  । ट्यालेण्ट राउण्डको निर्णायकहरुमा गीतकार तीर्थ तामाङ्ग, मिस तामाङ्ग पोखराका पूर्व विजेता दिप्ती तामाङ्ग, निमा तामाङ्ग रहेका थिए । सहभागिहरुलाई विभिन्न विधामा तालिम प्रदान गरिएको कार्यक्रम संयोजक राम लामाले जानकारी दिनुभएको छ । तामाङ्ग भाषा तथा संस्कृति देखि व्यक्तित्व विकास सम्मका तालिम सहभागिहरुलाई प्रदान गरिएको छ । समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ्ग घेदुङ्ग कास्कीका अध्यक्ष भक्त तामाङ्ग, गीतकार तथा ट्यालेण्ट राउण्डका प्रमुख निर्णायक तीर्थ तामाङ्ग, कार्यक्रम संयोजक राम लामा, मिस तामाङ्ग पोखराका पूर्व विजेता निमा तामाङ्ग लगायतले बोलेका थिए ।  

पोखराः   ११ औंं पोखरा महोत्सवको सुरक्षा ब्यवस्था चुस्त दुस्त पारिने भएको छ । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको सुरक्षामा कुनै किसिमको कसुर बांकी नराख्ने कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बताए । महोत्सव आयोजक युनाईटेड क्लबका पदाधिकारीहरुसंगको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसीले पोखरा महोत्सवको सुरक्षाका लागि कास्कीका चार वटै सुरक्षा निकायहरुलाई महोत्सव स्थलमा खटाउने बताए । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीद्धारा महोत्सव अवधिभर महोत्सवको सुरक्षामा लाग्ने बताउदै प्रमुख जिल्ला अधिकारी केसीले महोत्सव आयोजकसंग सहकार्य गरेर सुरक्षा निकायले महोत्सवको सुरक्षा गर्ने बताए । युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम संगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी गर्दै सेती नदी संरक्षणमा समेत काम गर्दै आइरहेको आफुले थाहा पाउदा खुसी लागेको बताउदै कुनैपनी संघ संस्थाले आयोजना गर्ने मेला महोत्सवहरुलाई सुरक्षा प्रदान गर्नु आफुहरुको कर्तब्य रहेको बताउदै पोखरा महोत्सवको सुरक्षामा पनि आफुहरुले कुनैपनि कसुर बांकी नराख्ने बताउदै महोत्सवको सफलताको कामना समेत गरे । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले महोत्सवको सुरक्षाका लागी नेपाल प्रहरीले शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, आयोजकले उपलब्ध गराएको निजी सुरक्षा कम्पनीहरु संग सहकार्य गरेर महोत्सवमा कुनैपनि अप्रिय घटनाहरु हुन नदिने बताए । सो अवसरमा बोल्दै युनाईटेड क्लबका कार्यसमिति सदस्य तथा सुरक्षा ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले पोखरा महोत्सवको सुरक्षाका लागी सुरक्षा निकाय संगै आफुहरुले निजी सुरक्षा कम्पनीहरु संग सहकार्य गरेर महोत्सवलाई सुरक्षित गर्ने बताए । त्यस्तै महोत्सवमा सुरक्षाकर्मी संगै महोत्सवमा एकदर्जन बढी सिसि क्यामेरा द्धारा समेत २४ सै घण्टा निगरानी गरिने समेत गुरुङले जानकारी दिए । त्यस्तै क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि वढिरहदा एघारौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै गरी प्रशासनबाट सहयोगको अपेक्षा राखे । क्लवका अध्यक्ष राजु श्रेष्ठले एघारौं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै महोत्सवले रमाइलो गर्नेमात्र नभइ सामाजिक कामकै लागि महोत्सवको आयोजना गरिदै आएको बताए । 

कास्की:  २३ वर्ष अघि पोखरा महानगरपालिका -३ तेर्सापट्टीस्थित ताज पुलमा राजेश थकालीलाई सामुहिक हत्या गरि फरार रहेका उमेश बहादुर गिरी चितवनबाट पक्राउ परेका छन् ।   पोखरा महानगरपालिका ३ नदिपुर घर भई हाल भरतपुर महानगरपालिका -१२ चितवनमा बस्ने ४६ वर्षिय गिरी हिजो (शनिबार) करिब साढे ४ बजे भरतपुर -१२ धनगडा मन्दिर नजिक नौरङ्गीटोलबाट पक्राउ परेका हुन् ।   गिरीलाई कास्की जिल्ला अदालतले गतेको २०६६ फागुन २७ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।   कास्की प्रहरीका अनुसार गिरी लगायतको टोलीले २०५६ साल साउन २२ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।३ तेर्सापट्टी स्थित ताज पुलमा राजेश थकालीलाई धारिलो हतियार छुरा, खुकुरी र छड (फलामको रड) प्रयोग गरेर हत्या गरेका थिए । त्यसपश्चात अन्य व्यक्तहरु पक्राउ परेपनि गिरी अहिलेसम्म फरार थिए ।    थकालीको हत्या गर्ने को को थिए ?   राजेश थकालीको हत्या गर्नेमा पेले भन्ने प्रेम कुमार पुन, खेलेन भन्ने दिपक पुन, श्याम भन्ने कुमार पुन, आनन्द प्रधान, लक्ष्मी प्रसाद पराजुली, डिके भन्ने डिक प्रसाद पुन, योगेश पुन, पाण्डुवा भन्ने मोहन गाइने, पुरथ गौचन र उमेश गिरी रहेको कास्की प्रहरीले बताएको छ ।    कास्की प्रहरीका अनुसार सो समुहले धारिलो हतियार छुरा, खुकुरी र छड ९फलामको रड० प्रयोग गरि थकालीको टाउको लगायत शरीरको विभिन्न भागमा प्रहार गरि हत्या गरेका थिए ।   त्यसपछि घटना अनुसन्धानको क्रममा तत्काल उमेश गिरी बाहेक अन्य प्रतिवादीहरू पक्राउ परी अनुसन्धान गरिएको थियो ।    कास्की जिल्ला अदालतले मिति २०५८ साल चैत १ गते पेले भन्ने प्रेम कुमार पुन, आनन्द प्रधान, खेलेन भन्ने दिपक पुनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । यस्तै पान्डुवा भन्ने मोहन गोइने, योगेश पुन, डिके भन्ने डिक प्रसाद पुन, लक्ष्मी प्रसाद पराजुलीलाई ३ वर्ष कैद फैसला गरेको थियो । र हिजो मात्रै पक्राउ परेका उमेश गिरीलाईसमेत सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।   २३ वर्षसम्म कहाँ लुकेका थिए गिरी ?   सो घटनापछि आफुलाई प्रहरीले खोजी गरेको थाहापाएपछि गिरी काठमाडौं पुगे ।  त्यहीबाट उनी कतार पुगेर १० वर्ष बिताए ।  त्यसपछि इराक गए र ३ बर्ष बिताए । त्यसपछि इराकबाट २ वर्षका लागि अफगानिस्थान भागे । अफगानिस्थानपछि गिरी नेपाल फर्किएका थिए ।    फरार सूचीमा रहेका गिरीको खोजिकार्य जारी थियो । सोही क्रममा गिरीले विगत करिब ७÷८ वर्षअघिदेखि चितवनमा आएर कहिले वर्कसप त कहिले वाइन सप पसल खोलेको खुल्न आएको प्रहरीले बताएको छ ।    त्यसपछि उनी भारत जाने आउने गर्दथे हाल डेढ महिना अघिमात्रै नेपाल आएको थाहापाएपछि उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो ९शनिबार० करिब दिनको साढे ४ बजे चितवन भरतपुर महानगरपालिका वडा नं। १२ धनगडा मन्दिर नजिक नौरङ्गीटोलस्थित सिमा अधिकारीको घरबाट पक्राउ गरेको थियो ।   पक्राउ परेको गिरीलाई  आज ९आइतबार० कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतको आदेश बमोजिमको ठेकिएको सर्वस्वसहित जन्म कैद ९२५ वर्ष० भुक्तानको लागि कास्की कारागार  पठाएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:  अंग्रेजी नयाँ वर्ष २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका कारण पोखरा १८ सराङ्कोट र तोरीपानीबाट हुदै आएको प्याराग्लाइडिङ उडान अब मान्द्रेढुंगाबाट हुने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलका लागि कन्ट्रोल एयर स्पेसमध्ये बढी ट्राफिक गतिविधि हुने १० नटिकल माइलभित्र पर्ने भएकाले मान्द्रेढुंगाबाहेक सराङ्कोट र तोरीपानी क्षेत्रलाई बन्द गरिएको हो ।   नागरिक उड्ययन प्राधिकरणले नेपाल हवाई खेलकुद सघं (ना) लाई पत्र पठाउँदै सराङ्कोट र तोरीपानीको रुट बन्द गर्न निर्देशन दिएको प्याराग्लाइडिङ व्यवसायी तथा नाका पूर्व महासचिव बलराम आचार्यले बताए ।    उनका अनुसार अब पोखरा महानगरपालिका २४ मान्द्रेढुंगाबाट प्याराग्लाईडिङ उडान हुनेछ भने शंखपुर पामे क्षेत्रमा अवतरण हुनेछ । यद्यपी यसअघि पनि मान्द्रेढुंगा क्षेत्रबाट उडान हुदै आएको थियो । तर सराङकोट, पहिलो प्राथमिकतामा र तोरीपानी दोस्रो प्राथमिकतामा रहदै उडान हुदै आएको थियो । ‘सराङ्कोट १ नम्बरमा, २ नम्बरमा तोरीपानी र तेस्रोमा बल्ल मान्द्रेढुंगा थियो, व्यवसायी आचार्यले सुनगाभा न्यूजसँग भने, ‘अब १ र २ नम्बरकै प्याराग्लाइडिङ जोन बन्द गर्ने पत्रपछि मान्द्रेढुंगाबाटै गर्ने भएका छौं ।’   उनले पहिलेको उडान क्षेत्रबाट करिब ४ किलोमिटरको दुरीमा स्थानान्तरण भएको सुनाए । ‘पहिलेको ठाउँबाट करिब ४ किलोमिटर पर हो मान्द्रेढुंगा । त्यहाँबाट उडेपनि ल्याण्डिङ पामेक्षेत्रमा हुन्छ ।’ आचार्यले भने ।   उनका अनुसार यतिबेला मान्द्रेढुंगामा पूर्वाधार निर्माणाधिन भएकै कारण केही दिनका लागि प्याराग्लाइडिङ बन्द छ । ‘अहिले मान्द्रेढुंगामा पूर्वाधार बन्दै छ, उनले भने, ‘त्यही भएर केही दिनका लागि बन्द छ । एक÷दुई दिनमै अब सञ्चालनमा आउँछ ।’    सन् १९९६ देखि पोखरामा प्याराग्लाइडिङ उडान सुरु गरिएको थियो । तर सन् २००० देखिमात्र कम्पनी स्थापना गरेर व्यवसायिक उडान भएको थियो ।   हालसम्म आइपुग्दा नेपाल हवाई खेलकुद सघं (ना) मा ६० प्याराग्लाइडिङ कम्पनी आवद्ध छन् भने ३ सय ५० प्यारापाइलटले उडान अनुमतिपत्र लिएका छन् ।

पोखराः   पोखरा महानगरपालिका १६ माथिल्लो दीपमा करेन्ट लागेर श्रम गुरुङको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका वडा नं. १६ दीपमा  आज बिहान ९ः३० बजेको समयमा दुई तलाको घरको छतमा करेन्ट लागेर १९ वर्षीय गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।  घरको छतमा नजिकैको हाईटेन्सन लाइनको करेन्ट लागेर घाइते भएका गुरुङलाई उपचार लागि मणिपाल शिक्षण अस्पताल पु¥याइए पनि १० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।   घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखराः   पृथ्वीनारायण क्याम्पस र पोखराको एक पराजुली परिवारले दावी गरिरहेको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गा पुनः चर्चामा आएको छ । ​संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पुलसेक्टर पोखरा कास्कीको चलानी नम्बर १५४ को पत्रानुसार पोखरा १ र ११ जोड्ने जग्गा विवादित जग्गामा बन्ने भएपछि पुनः चर्चामा आएको हो ।  पृथ्वीनारायण क्याम्पसमा माथिल्लो तहरा ४२८–१३–१ रोपनी जग्गा क्याम्पसमा नाम दर्ता  छ भने तल्लो तहराको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गामा रत्नाखर पराजुली परिवारले दावी गर्दै आएको छ ।  क्याम्पस प्रशासनले विवादित जग्गामा पुल बनाएर भुमाफियाहरुले जग्गा कब्जा गर्न खोजेको भन्दै पुल निर्माण तत्काल रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा र जिल्ला प्रशासन कार्यालय कास्कीमा निवदेन समेत दिएको छ ।    क्याम्पसको तल्लो तहराको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गा भने २०३२ सालको नापी फिल्ड बुकमा ‘त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पसको दाबी’ उल्लेख भई कित्ताकाट भएको र उक्त जग्गा क्याम्पसको नाममा दर्ता हुने क्रममा रहेको क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले बताए ।  ‘क्याम्पसको विकासको विरोधी होइन, पुल आवश्यक भए क्याम्पसको जग्गाबाट बनाउन आग्रह गरिएको हो, क्याम्पस प्रमुख कोइरालाले भने, विवादित जग्गाबाट पुल निर्माण गरेर केही व्यक्तिहरुलाई लाभ पुग्ने उद्धेश्यले निर्माण कार्य अगाडी बढाएकोमा आपत्ति हो ।’ क्याम्पस प्रशासनले विवादित जग्गाबाट नभई क्याम्पसको केही भुभागबाट पुल निर्माण गर्न अनुरोध गरेको क्याम्पस प्रमुख कोइरालाको भनाई छ । क्याम्पसले त्यस जग्गामा वृक्षारोपण, तारबार तथा टेण्डर गरी घाँस विक्री गर्दै आएको छ ।