पिएन क्याम्पस भर्सेस पराजुली परिवार: विवादमा २२२ रोपनीको ‘कित्ता नम्बर ८३३’

पाेखरा | पुस २१, २०७९

पिएन क्याम्पस भर्सेस पराजुली परिवार: विवादमा २२२ रोपनीको ‘कित्ता नम्बर ८३३’

पोखराः   पृथ्वीनारायण क्याम्पस र पोखराको एक पराजुली परिवारले दावी गरिरहेको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गा पुनः चर्चामा आएको छ । ​संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पुलसेक्टर पोखरा कास्कीको चलानी नम्बर १५४ को पत्रानुसार पोखरा १ र ११ जोड्ने जग्गा विवादित जग्गामा बन्ने भएपछि पुनः चर्चामा आएको हो । 


पृथ्वीनारायण क्याम्पसमा माथिल्लो तहरा ४२८–१३–१ रोपनी जग्गा क्याम्पसमा नाम दर्ता  छ भने तल्लो तहराको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गामा रत्नाखर पराजुली परिवारले दावी गर्दै आएको छ । 


क्याम्पस प्रशासनले विवादित जग्गामा पुल बनाएर भुमाफियाहरुले जग्गा कब्जा गर्न खोजेको भन्दै पुल निर्माण तत्काल रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा र जिल्ला प्रशासन कार्यालय कास्कीमा निवदेन समेत दिएको छ । 

 


क्याम्पसको तल्लो तहराको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गा भने २०३२ सालको नापी फिल्ड बुकमा ‘त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पसको दाबी’ उल्लेख भई कित्ताकाट भएको र उक्त जग्गा क्याम्पसको नाममा दर्ता हुने क्रममा रहेको क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले बताए । 


‘क्याम्पसको विकासको विरोधी होइन, पुल आवश्यक भए क्याम्पसको जग्गाबाट बनाउन आग्रह गरिएको हो, क्याम्पस प्रमुख कोइरालाले भने, विवादित जग्गाबाट पुल निर्माण गरेर केही व्यक्तिहरुलाई लाभ पुग्ने उद्धेश्यले निर्माण कार्य अगाडी बढाएकोमा आपत्ति हो ।’


क्याम्पस प्रशासनले विवादित जग्गाबाट नभई क्याम्पसको केही भुभागबाट पुल निर्माण गर्न अनुरोध गरेको क्याम्पस प्रमुख कोइरालाको भनाई छ । क्याम्पसले त्यस जग्गामा वृक्षारोपण, तारबार तथा टेण्डर गरी घाँस विक्री गर्दै आएको छ । 


 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्