पोखराः पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन भव्य बनाउने तयारी भएको छ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् भोलिदेखि अन्तरराष्ट्रिय विमानस्थल विधिवत् रुपमा सञ्चालन गर्न लागिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ । शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताउनुभयो । उहाँका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो, ‘विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा छौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुनेछ ।’ पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घानका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने दिउँसो २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाइने निर्देशक गौतमले बताउनुभयो । अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रमलाई थप व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले पनि काम सुरु गरेको छ । महानगर समरोह भव्य बनाउने गरी जुटेको छ । उद्घाटन समारोहपछि उत्सवको जिम्मा महानगरको छ । महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिका झाँकी अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति र सेलिब्रेसन गरिने जनाएको छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ । महानगरले उद्घाटनलाई लक्ष्य गरी यही पुस १३ गते लेक साइडदेखि कोत्रेसम्म राजमार्गमा बृहत् सरसफाइ कार्यक्रम गरेको थियो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भन्दै यसको उद्घाटन कार्यक्रमलाई व्यवस्थितरूपमा भव्य र सभ्य बनाउनुपर्ने आचार्यले बताउनुभयो । यो दशकौँ लामो पोखरेलीको सपना मात्र नभए पश्चिम क्षेत्रकै ‘लाइफलाइन’का रूपमा रहेको विमानस्थल भन्दै यसको कुशल र व्यवस्थित सञ्चालन महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘उद्घाटन समारोहलाई भव्य बनाउने गरी महानगरले काम गरिरहेको छ । यसका लागि विभिन्न उपसमिति गठन गरी काम गरेका छौँ । यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत विमानस्थल कोसेढुङ्गा साबित हुने भएकाले भव्य उद्घाटनको सन्देश विश्वभर पुर्याउनु आवश्यक छ । अन्तर्राष्ट्रिय सहरसँग हुने पोखराको सीधा सम्पर्कले पोखरा प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिएका छौँ ।’ विमानस्थलको उद्घाटनका दिनदेखिनै सबै आन्तरिक उडान सोही विमानस्थलबाट हुनेछन् । निजी विमान कम्पनीले नयाँ विमानस्थलबाट उडान सुरु गर्नका लागि कार्यालय व्यवस्थापन लगायत तयारी सकेका छन् । बुद्ध, यति र सौर्य एअरले परीक्षण उडानसमेत सम्पन्न गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पोखरेलीले झण्डै पाँच दशकअघि सपना देखेका थिए । लामो प्रतीक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनको अवस्थामा आउँदा पोखेरेली हर्षित छन् । यसबाट पोखराको समृद्धिको ढोका खुल्ने अपेक्षा यहाँका नागरिकको छ । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्साहित भएको उहाँले बताउनुभयो । कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास रहेको बताउँदै श्रेष्ठले भन्नुभयो, ुविमानस्थल सञ्चालनमा आउने भएपछि हामी व्यवसायी, लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तरराष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवर्द्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना बनाउने छौँ ।’ पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीईले निर्माण गरेको हो । यसअघि गएको वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । २०३२ सालमा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल २०७३ सालमा विमानस्थलको शिलान्यास गरिएकामा २०७४ सालदेखि निर्माण सुरु भएको हो ।
पोखरा: अंग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी छ । अब सञ्चालनका लागि तीन दिन मात्र बाँकी छ । तर विमानस्थल सञ्चालनको पूर्व सर्त मानिएको रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइड मानिएको थियो । जहाज उडानका लागि आवश्यक डाँडा कटान भइसकेको छ भने पोखरा महानगरपालिकाको ल्याण्डफिल साइटको भने टुंगो छैन । त्यसोत महानगरले १० औं कार्यपालिका बैठकबाट तीन महिनाका लागि पोखरा ३२ स्थित लामेआहालमा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यद्यपी स्थानीयबासिन्दा भने त्यो निर्णयप्रति असन्टुष्टी जनाउँदै विरोधमा छन् । त्यसैले यतिबेला पोखरा महानगरपालिकाको सडक किनार नै डम्पिङ साइट बनेको छ । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड लगायतको सडक किनारमा फोहोरका डंगुरहरुले आतंक मच्चाएको छ । ‘फोहोरको अल्पकालिन व्यवस्थापनका लागि विभिन्न वडामै पनि खोजिरहेका छौं । र निर्णय भएअनुसार लामेआहालमा मै तीन महिनाका लागि लाने भनिएको छ । विरोध आएपनि अहिले धेरथोर कुरा मिलिसकेको छ, पोखरा महानगरपालिकाका प्रवक्ता एवम् पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले सुनगाभा न्यूजसँग भने, ‘ त्यसैलेपनि अहिले फोहोर उठ्न सकिरहेको छैन । त्यसैले सडकमा भएका फोहोरहरुको व्यवस्थापनलाई केही दिन लाग्न सक्छ ।’ उनले दिर्घकालिन व्यवस्थापनका लागि पनि महानगर लागिरहेको बताए । ‘अहिले हामी अल्पकालिन लक्ष्यमा छौ । विमानस्थल सञ्चालनका लागि पनि सरसफाई गरेका थियौं, तिमिल्सिनाले भने, ‘त्यसकै केही फोहोरहरुपनि सडक किनारमा देखिएका छन् । यसको व्यवस्थापन एक/दुई दिनमै हुन्छ ।’ पोखरा महानगरपालिकाको तथ्याङ्क अनुसार दैनिक करिब १ सय ८८ टन फोहोर उठ्छ तर केही दिन उक्त फोहोर व्यवस्थापन हुन नसक्दा सडक किनार नै डम्पिङ साइट बन्ने देखिन्छ । हेरौँ सुनगाभाकर्मी अर्जुन गाहामगर (सशान्त) को लेन्सबाट महानगरको ‘डम्पिङ साइट’
पोखराः अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न ‘सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरामा बुधवारदेखि २४ औं सडक महोत्सव सुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न २४ औं संस्करणको महोत्सव आयोजना गरेको छ । महोत्सवमा लेकसाइडको हल्लनचोकबाट सुरु भएको विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली कोमागाने पार्क पुगेपछि सडक महोत्सव औपचारिकरूपमा सुरु भएको हो । महोत्सवको उद्घाटन पोखरा महानगरपालिका मेयर धनराज आचार्यले गरे । पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको झन्डै तीन किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी मेला आयोजना गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए । खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सांस्कृतिक तथा विभिन्न कार्यक्रम सञ्चालन हुने छ । महोत्सवलाई लक्षित गरी लेकसाइड क्षेत्रलाई दुलही झैँ सिँगारिएको छ । महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुने छ । महोत्सव सञ्चालन हुने सडकका दायाँ–बायाँ रङ्गरोगन गर्नुका साथै ध्वजा पताका टाँगिएको छ । महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खानेकुरा, लत्ताकपडा, बाल उद्यान मुख्य आकर्षण रहेका छन् । पाँच दिने सडक महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत सांस्कृतिक कार्यक्रमका प्रस्तुत हुने छ । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुने छ ।
पोखराः पोखरामा “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” बुधबार तेश्रो दिन पनि जारी रहेको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा जारी रहेको हो । पौष १५ गते सम्म हुने उक्त प्रतियोगिताको चौथो दिन ओपन मेन्स÷उमेन्स सिंगल्सतर्फ, ३५ र ४५ वर्ष माथीको क्वाटरफाइनल र सेमीफाइनलका खेलहरु बिहिबार सञ्चालन हुने संगै भेट्रान्सतर्फ ५५ र ६५ वर्ष भन्दा माथीको सेमीफाइनल र फाइनलका खेलहरु हुने भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् । मेन्स ओपन सिंगल्स मेन्स १९ औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्सतर्फ नेपालका नं १ खेलाडी प्रदिप खडकाले आयूष्मान हजुर घले विरुद्ध सोझो सेटमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । प्रदिपले ६–२, ६–१ ले उनलाई पराजित गरेका थिए । त्यस्तै प्रनभ मानन्धरले राजविर प्रधानलाई ६–२, ६–२ ले, सौगात विकले अभिनव आचार्यलाई ६–४, ६–२ ले, रितिक रानाले आशिष खड्कालाई ६–२, ६–२ ले, निशान श्रेष्ठले प्रेम नोर्वुलाई ६–२, ६–० ले, अकि जुवेन रावतले निर्मल मगरलाई ६–१ र ६–२ ले, प्रनभ खनालले यूगेन शेर्पालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् । त्यस्तै मेन्स ओपन डबल्सतर्फ रितिक राना र निशान श्रेष्ठको जोडीले सौगात विक र आशिष कुमारको जोडीलाई ६–४, ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् । विजेता जोडी रितिक र निशानले अशी जुवेन रावत र राजविर प्रधान संग सेमीफाइनलमा प्रतिष्पर्धा गर्ने छन् भने त्यस्तै अर्को सेमीफाइनलमा अभिनव आचार्य र प्रनभ खनालको जोडीले नेपालका नं १ खेलाडी सम्मिलित प्रदिप खड्का र नेहाल जङ्ग थापाको सामना गर्नेछ । ४५ वर्ष माथी सिंगल्स मेन्स ४५ वर्ष माथी सिंगल्समा भारतका टि तुलेश्वर सिंहले नेपालका सिजर गुरुङलाई ६–०, ७–६ ले, महेश श्रेष्ठले माधव भण्डारीलाई ६–२, ६–३ ले पराजित गरेका छन् । त्यस्तै गोपी भट्टराईले मिन पुनलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दा विमल गुरुङले प्रदिप शाहलाई ६–३ र ७–५ ले, आशिष सिग्देलले अमृत रोक्कालाई ६–४, ६–१ ले, शरण गुरुङले उत्तम बोगोटीलाई ७–५, ६–१ ले, रोहित सुनुवारले ठाकुर खनाललाई वाक ओभर दिंदा शिव सेढाईले सुनिल श्रेष्ठलाई ६–३, ६–२ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । ३५ वर्ष माथी सिंगल्स मेन्स त्यस्तै ३५ वर्ष माथीको खेलमा चेवाङ लामाले चोम बी शाहलाई ६–२, ६–२ ले, कमल भण्डारीले दिवाकर पिया ६–१, ६–० ले, देव क्षेत्रीले सञ्जय श्रेष्ठलाई ४–६, ६–१ र १०–७ को सेटमा पराजित गर्न सफल भए । त्यसै गरी सिमान्त गुरुङले सन्दुप लामालाई ६–०, ६–१ ले अनिल शाहीले सोम रानालाई ६–१, ६–० ले विकास गुरुङले निरज थापालाई वाक ओभर दिएका छन् । त्यस्तै एक अर्को खेलमा सन्तोष खत्रीले माधव भण्डारीलाई वाक ओभर दिएका छन् । बुधबार सोही उमेर समुहका डबल्सतर्फका प्रि क्वाटरका समिकरण समेत पुरा भएका छन् । सम्पन्न खेलमा राजन पौडेल र लक्ष्मण थापाको जोडी, सन्तोष कुमार र सिमान्त गुरुङको जोडी, कमल र यज्ञ बहादुरको जोडी, जितेन्द्र र छेवाङ लामाको जोडीले आ–आफ्नो खेल जितेका छन् । त्यस्तै ५५ वर्ष माथी पोखराका अनिल तुलाचनले ध्रुर्व गुरुङलाई ६–२, ६–१ ले, भारतिय खेलाडी एन दिलिप सिंहले कर्ण तामाङलाई ६–७, ६–४ र १० ले पराजित गर्दा प्रदिप शाहले समिर शेरचनलाई ६–०, ४–२ को दोश्रो सेट जारी रहँदा रिटायर्ड हर्ट हुँदै कोर्टबाट बाहिरिएका थिए । त्यस्तै कृष्णराज घलेले उत्तम शेर्पालाई ६–४, ६–४ को सोझो सेटमा पाखा लगाएका छन् । विजेता खेलाडी सबै अन्तिम चारमा स्थान पक्का गरेका छन् । ५५ वर्ष माथीको डबल्सतर्फको फाइनल खेल कमल थापा र झम्पा घलेको जोडीले अनिल तुलाचन र विनोद कायस्थ संग फाइनलमा भिड्ने पक्का भएको छ । बुधबार नै सम्पन्न ६५ वर्ष माथीको सिंगल्समा बिदुर विष्टले हर्क गुरुङलाई ६–४, ६–१ ले पराजित गरेका छन् भने विष्णु गुरुङले तिसतेन नोरयललाई ४–१, ४–२ ले जित निकाल्दा अर्को एक खेलमा डियोनम लामा बिजयी भएका छन् । ६५ वर्ष माथी सिंगल्सको सेमीफाइनल खेल बिहिबार हुनेछ । प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरबाट आएका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्ष माथी मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्ष माथी सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथी सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्ष माथी सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी दिएका छन् । प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ ।
पोखराः नेपाली कांग्रेसका महासमिति सदस्य टेकनशोभा गुरुङको निधन भएको छ । लामो समय देखि क्यान्सर रोगबाट ग्रसित गुरुङको आज (बुधबार) निधन भएको माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिए । ‘ग्रामीण भेगमा समाजसेवा र कृषि पेशामा क्रियाशिल महिला नेतृ हुन् गुरुङ, उपाध्यक्ष अधिकारीले भनिन्, ‘ग्रामिण भेगमा राजनीतिक जागरण देखि ग्रामिणको विकासका लागि अग्रसर नेतृको निधनले दुःखी छौं, उहाँ हामीमाझ नरहेपनि सधै सम्झिरहनेछौं।’ २०७४ को स्थानीय निर्वाचनमा माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्षमा उनी प्रत्यासी हुन् । लामो समय देखि क्यान्सर रोगबाट ग्रसित उनलाई पोखराको एक अस्पतालमा उपचारपछि घरमा लगिएको थियो ।
पोखराः पोखरामा “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” दोश्रो दिन पनि जारी रहेको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा जारी रहेको हो । पौष १५ गते सम्म सञ्चालन भएको उक्त प्रतियोगिताको दोश्रो दिन मेन्स सिंगल्स र भेट्रान्सतर्फका प्रतिस्पर्धाहरु जारी रहे संगै ५५ वर्ष भन्दा माथीको क्वाटर फाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् । मेन्स सिंगल्स ओपन जारी प्रतियोगिता अन्तर्गत दोश्रो दिन मेन्स सिंगल्स ओपनतर्फका खेलहरु सुरु भएका छन् । प्रतियोगितामा पेमा नोर्वुले देवाशिस रेयूललाई ६–१, ६–० ले, निर्मल मगरले मनोज महर्जनलाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दा अकि जुवेन रावतले प्रितम परियारलाई ६–०, ६–१ ले पाखा लगाए । त्यस्तै नेहाल जेवी थापाले नवराज शर्मालाई ६–१, ६–१ ले, निजेज महर्जनले प्रशिद्ध मोक्तानलाई २–६, ६–३, ६–३ ले पराजित गरे । त्यसै गरी उग्यान शेर्पाले कुमार जिशीलाई ६–१, ६–० ले, आयुष्मान घलेले बिबेक मगरलाई ६–४, ६–१ ले, अभिनव आचार्यले विष्णु नेपालीलाई ६–२, ७–५ ले, सौगात विकले गोविन्द नेपालीलाई ६–४, ६–२ ले पराजित गरे । त्यस्तै राजविर प्रधान र आशिष खड्का वाक ओभर पाउँदै दोश्रो चरणमा प्रवेश गरेका छन् । मेन्स डबल्स ओपन प्रतियोगिता अन्तर्गत मंगलबार मेन्स डबल्स ओपन तर्फका खेलहरु सुरु भएका छन् । प्रतियोगिताको पहिलो दिन सौगात बिक र आशिष खड्कका जोडी, प्रनभ र गोविन्दको जोडी, शक्षम शाह र प्रितमको जोडी, आयूष घले र पेमा नोर्वुको जोडीले आ–आफ्नो खेल जितेका छन् । मेन्स ४५ वर्ष माथी सिंंगल्स/डबव्स मेन्स ४५ वर्ष माथी सिंंगल्सतर्फको खेलमा सिजर गुरुङले हुम आलेलाई ६–२, ६–१ ले पराजित गर्दा र प्रदिप शाह वाक ओभर पाउँदै दोश्रो चरणमा प्रवेश गरेका छन् । त्यसै गरी ४५ वर्ष माथी मंगलबार ७ खेलहरु सम्पन्न भएको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत निमा र टिटि सिंहको जोडी, राजु श्रेष्ठ र यज्ञ भण्डारीको जोडी, पदम र हुम आलेको जोडी, आशिष र सिजर गुरुङको जोडी, गोपी भट्टराई र सूर्य भूजेलको जोडी, शरण र विकासको जोडी बिजयी भएको आयोजकले जनाएको छ । मेन्स ५५ वर्ष माथी सिंगल्स/डबल्स ५५ वर्ष माथीको सिंगल्सतर्फ स्पर्धामा ध्रुर्व गुरुङले काजी गुरुङलाई २–६, ६–१ र १२–१० को सेटमा संघर्षपूर्ण खेलमा परजित गरे भने अनिल तुलाचनले राजकुमार गुरुङलाई पहिलो सेटमा ६–३ ले जिते पनि तुलाचन रिटयार्ड हर्ट हुँदै खेलबाट बाहिरिएका छन् । त्यस्तै भारतिय खेलाडी एन दिलिपले युकेका खेलाडी वाल्टर स्मिथलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दा बाबु कार्कीले वाक ओभर दिंदा कर्ण तामाङ खेलमा विजयी हुँदै अघि बढेका छन् । त्यस्तै समिर शेरचनले राजेन्द्र घिमिरेलाई ६–२, ६–१ ले, कृष्ण राज घलेले सुरेन्द्र माकाजुलाई ६–०, ६–१ ले, उत्तम शेर्पाले डियोनमलाई ५–७, ६–१, १०–४ को सघर्षपूर्ण खेलमा पाखा लगाउँदा प्रदिप शाहले बिनोद कायस्थलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्न सफल रहे । प्रतियोगिता अन्तर्गत ५५ वर्ष माथी मेन्स डबल्समा कमल र चाम्वा ढुन्ढुपको जोडीले राजु श्रेष्ठ र उत्तमलामालाई ६–३, ६–५ ले, अनिल तुलाचन र बिनोद कायस्थको जोडीले विदुर विष्ट र काजी गुरुङको जोडीलाई ६–३, ६–२ ले, हिमाल शाह र बिमल गुरुङको जोडीले मनोज र ध्रुर्ब घलेको जोडीलाई ६–०, ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । ३५ वर्ष माथी डबल्स जारी प्रतियोगितामा ३५ वर्ष माथी ८ खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत कमल र यज्ञ, अनुज बास्तोला र नविन श्रेष्ठको जोडी, मिन पुन र मलिन गर्वुजाको जोडी, राजन पौडेल र लक्ष्मणको जोडी, समिर र अनिलको जोडी, जितेन्द्र र चेवाङ लामाको जोडी, सञ्जय र अनिलको जोडी, सन्तोष र सिमन्तको जोडीले आ–आफ्नो खेल जित्दै दोश्रो चरणमा प्रवेश गरेका छन् । जारी प्रतियोगितामा ६५ वर्ष माथी सिंगल्समा विष्णु गुरुङले इन्द्र कार्कीलाई तेसतेन नोर्गायलले विकाश रानालाई पराजित गरेको जिल्ला टेनिस संघ कास्कीले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरबाट आएका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्ष माथी मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्ष माथी सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथी सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्ष माथी सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी दिएका छन् । प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ ।
पोखराः पोखरामा “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको हो । पौष १५ गते सम्म सञ्चालन भएको उक्त प्रतियोगिताको पहिलो दिन भेट्रान्सतर्फका ५१ स्पर्धाहरु सम्पन्न भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् । सोमबार सुरु भएको प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथी सिंगल्स र डबल्स स्पर्धाहरु सम्पन्न भएका छन् । प्रतियोगितामा ४५ वर्ष माथी सिंगल्समा प्रदिप शाहले विरेन्द्र लामा ६–०, ६–२ ले, सिजर गुरुङले राम बहादुर विकलाई ६–१, ६–४, मिन पुनले पदम गुरुङलाई १–६, ६–१ र १०–३ ले, शरण गुरुङले मनिष श्रेष्ठलाई ६–१, ६–४ ले, आशिष सिग्दलले अनुजा बास्तोलालाई ७–६, ६–४ ले, अमृत रोक्काले देव थापालाई ६–०, ६–१ ले पराजित गरे । त्यस्तै उत्तम वोगोटीले राजेन्द्र चापागाई लाई ६–४,६–१, रोहित सुनुवारले केबी लामालाई ६–१, ६–० ले, ठाकुर खनालले भिष्मराज पौडेललाई ७–६, ५–७, १०–७ ले, सुनिल श्रेष्ठले नारायण पाहारीलाई ६–१, ६–४ ले पराजित गर्दा शिव सुवेदीले एमडी यूनसलाई वाक ओभर दिएका छन् । त्यसै भारतका टि तुलेश्वर सिंहले नेपालका मनोज श्रेष्ठलाई ६–०, ६–१ ले, माधव भण्डारीले अर्जुन गुरुङलाई ६–३, ६–३ ले, महेश श्रेष्ठले युेका वाल्टर स्मिथलाई ६–०, ६–० ले, गोपी भट्टराईले विकाश गुरुङलाई ६–४, ६–२ ले पाखा लगाउँदा बिमल गुरुङले मनोज ढुङ्गानलाई वाक ओभर दिएका छन् । प्रतियोगिता अन्तर्गत नै सोमबार भएको ३५ वर्ष माथीको खेलमा सन्तोष खत्रीले दिपराना लाई ६–३, ६–१ ले, माधव भण्डारीले मनोज श्रेष्ठलाई ६–१, ६–१ ले, निरज थापाले प्रकाश राज वाग्लेलाई ७–५, ६–३ ले, जितेन्द्र परियारले नविन श्रेष्ठलाई ६–१, ६–१ ले, कमल भण्डारीले सरिन देउजालाई ६–०, ६–१ ले, देव क्षेत्रीले मिलन गर्वुजालाई ६–२, ६–३ ले, चेवाङ लामाले सविर मियाँलाई ६–०, ६–१ ले, चोम बहादुर शाहीले नवराज शर्मालाई ७–६, ६–१ ले, सम्दुप लामाले अनिल सेञ्चुरीलाई ६–३, ६–४ ले र सिमन्त गुरुङ लक्ष्मण तामाङलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् । ५५ वर्ष माथीको सिंगल्सतर्फ पहिलो चरणको स्पर्धामा काजी गुरुङ, अनिल तुलाचन, एन दिलिप सिंह, कर्ण तामाङ, बिनोद कायस्थ, समिर शेरचन, सुरेन्द्र माकाजु र डियोनम लामाले आ–आफ्नो खेल जितेको टुर्नामेण्ट डाइरेक्टर पौडेलले जानकारी दिए । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटन प्रवद्र्धनमा खेलकुदको महत्व अहम हुने बताए । उनले भने–“खेलकुदले स्वास्थ्य संगै शारिरीक सुगठनका लागि मात्रै नभई पर्यटनका लागि समेत यसको महत्व उत्तिकै छ ।” मेयर आचार्यले कास्की टेनिसले पोखराको खेलकुद संगै पर्यटन प्रवद्र्धनमा समेत उत्तिकै महत्वका साथ अघि बढेको बताउँदै प्रशंसा समेत गरे । कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल टेनिस संघका उपाध्यक्ष तथा कास्की टेनिसका संस्थापक बिनोद कायस्थ, कास्की टेनिसका उपाध्यक्ष नविन चालिसे, सचिव नविन श्रेष्ठ, सदस्य मोनिका थापाले समेत कास्की टेनिसलगायत प्रतियोगिताको महत्व माथी प्रकाश पारेका थिए । प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरबाट आएका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्ष माथी मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्ष माथी सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथी सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्ष माथी सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी दिएका छन् । प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ ।
पोखराः जिन्दगीको लामो समयसम्म प्रेमका कुरा गरिन । म गाउँले बन्दी जीवन बिताएको मान्छे । गाउँको बन्द समाजमा धेरै कुराहरु बर्जित हुन्छन् । संस्कृति भनेको कृत्रिम चीज हो । संस्कृतिले बन्देजहरु निर्माण गर्छ, बन्चनाहरु निर्माण गर्छ । जीवनमा धरै कर्महरु गरिन्छन्, तर भनिदैनन् । जीवनमा प्रेम गर्न बडो गाह्रो छ । गरिएको प्रेमबारे भन्न त्यो भन्दा गाह्रो छ । तपाईंको प्रेमको प्रारम्भ कसरी भयो भनेर प्रश्न गर्दा सबैको जवाफ यस्तो आउला, ‘मेरो प्रेमको प्रारम्भ पत्नीबाट भयो । मेरो प्रेमको उत्कर्ष पनि मेरो पत्नीमै भयो । मेरो प्रेमको अवशान पनि पत्नीमै हुने छ । जीवनमा कुनै महिलालाई स्पर्श गरिन, आँखा पनि जुधाएको छैन ।’ मलाई लामोसम्म डर लागिरह्यो । मैले आफ्नो प्रेम पत्रको कुरा गरेँ भने, प्रेमको पोल खोलेँ भने, भण्डाफोर गरेँ भने मेरो पत्नीको मनमा त्यसको के प्रभाव पर्ला रु मलाई पिरलो लागि रह्यो । जीवनमा बन्देजमा राखिएका कुराहरु, निषेध गरिएका कुरालाई साहित्यको माध्यमबाट व्यक्ति गरिन्छ । साहित्य यस्तो शसक्त माध्यम हो, जहाँ संस्कृतिले बन्देज लगाएका कुराहरु र तानाशाहीले बन्देज गरेका कुराहरु प्रतीकको माध्यमले र रुपकको माध्यमले व्यक्त गरिन्छ । मेरो प्रेम पनि साहित्यबाट प्रारम्भ भयो । मेरो जन्म पाँचथरमा भयो । पाँचथर र तेह्रथुमलाई छुट्याउँने बीचमा तमोर नदी छ । मेरो गाउँमा हाइस्कुल थिएन । तेह्रथुम गएर हाइस्कुल पढ्नु पथ्र्यो । ९–१० कक्षा पढ्दा मलाई कसैप्रति भावुक अनुराग उत्पन्न भएछ । तर मलाई थाहा थिएन । त्यसबेला साहित्यिक गोष्ठीहरु हुन्थ्यो ।मैले साहित्य गोष्ठीहरु प्रेमबारे कथा लेख्थेँ । अव्यक्त प्रेम, भिजेको रुमाल, एउटा दूरदेशकी परीलाई प्रेमपत्र जस्ता लेख्थेँ । त्यस्ता प्रेमका कथा लेख्दा आम जीवनको भावना व्यक्त गरिरहेको छु जस्तो लाग्थ्यो । अहिले फर्केर हेर्दा के लाग्छ भने, कसैप्रति मेरो अनुराग थियो । भावुक अनुराग थियो । अहिले साहित्यको माध्यमबाट भनेको रहेछु भन्ने लाग्छ । स्कुलमा पढ्ने केटीहरुको संख्या धेरै थिएनन् । केटीहरुको संख्या थोरै थिए । त्यो थोरै केटीहरुतिर धेरै केटाहरु आँखा पथ्र्यो । तीनमाथि देख–अदेख, व्यक्त–अव्यक्त अत्यन्त तृष्ण र कठोर प्रतिस्प्रर्धा हुन्थ्यो । त्यो प्रतिस्पर्धामा स्वाभवत् म पनि थिएँ । म अझै पनि कपितय कुरामा अत्यन्त संकोच छु । यद्यपी कतिपय कुरा बहेरमुखी , कता वाकपटु जस्तो पनि देखिन्छु । यो समाजको लागि म अभद्र किन देखिने रु अरुको दृष्टिमा किन गिरौं भन्ने मनाशयले आफूलाई नै ढाँटिरहन्छु । कतिपय यस्ता कुराहरु म भन्न सक्दिन । संस्कृतिले धेरै बर्जिद गरेको छ । मैले प्रेमका कथा लेख्न थालेपछि साथीहरुले खिज्याउँथे । तर मनमा ठूलो उत्साह जग्थ्यो । मेरो रुम पार्टनरले प्रेम पत्र लेखिदिए ‘म पुर्याईदिन्छु भन्यो । मलाई डर लाग्यो । म कक्षा सधैं प्रथम हुने हुनाले मसँग एउटा शक्ति पनि थियो । सानोतीनो कसुरमा मुक्त हुन्थेँ, म कुटिन्न थिएँ । प्रेमपत्रको भण्डाफोर नै भएछ भनेपनि मेरो शक्ति र सामाथ्र्यले जोगिन्छु कि भनेर मैले प्रेमपत्र लेखेँ । तर प्रेम पत्र लेख्ने प्रारम्भदेखि नै मलाई डर लागि रह्यो । मेरो नोट उसको कापी सरिदिने सर्तमा मेरो प्रेम पत्र मैले मन पराएको केटीलाई दिने । त्यो नोट उसको कापीमा सारिदिन्थेँ । मेरो प्रेमपत्र मैले मन पराएको केटीकहाँ पुर्यादिने सर्त भयो । तर पर्याउँने कसरी । चिठी लेखियो, खाममा पनि हालियो । अर्को फसाद पर्यो । सल्लेरीको नजिबाट त्यो केटी आउँने । उसँग अरुपनि मान्छे पनि हुन्थे । त्यो केटीलाई चिठ्ठी दिन महाभारत भयो । चार–पाँच दिन सल्लेरीमा कुरेपछि चिठ्ठी हात पारिदियो । उसले मलाई आएर भन्यो चिठ्ठी हात पर्यो । मलाई रातभरी निद्रा लागेन । त्यो केटीले हेडसरलाई उजुर गर्ली, त्यसको बाउँ सिस्नु लिएर आउला, मलाई त डर लाग्यो । मलाई कतै भागौं जस्तो लाग्यो । यस्तो ठाउँ होस् जहाँ विलुप्त हौं, हराउँ जस्तो भएँ । उज्यालो भयो, निदहराम भएर आँखा पोलिरहेका छन् । सिताराम प्रसार्इं मेरो साथी थियो, मेरो प्रेम पत्रको हुलाकी थिए । म विहानको स्कुलको प्रर्थनमा गएँ । केटीको अनुहार कुनै परिवर्तन देखिन । कतै मेरो प्रेम पत्रको प्रतिक्षामा त छैन रु उसमा त्यो आँट आएन होला मैले प्रेम पत्र लेखेँ । त्यो दिन केही भएन । धन्य भगवान जोगियो भन्ने लाग्यो । पत्रको त प्रतिक्षा हुन्छ । त्यो पत्र व्यर्थ लेखिएछ जस्तो लाग्यो । त्यत्रो जोखिम उठाएर व्यर्थ लेखिएको होइन थियो । दोस्रो चिठ्ठी चाहि कम डरका साथ लेखेँ, सितारमाले चिठ्ठी दियो । त्यसपछि जवाफ आयो । केटीको परिवार मेरो परिवारभन्दा धनाढ्य थियो । चिठ्ठीमा जवाफ के आयो भने , मेरो विवाह हुने कुरा चलिरहेको छ, यसलाई म काट्न सक्दिन । त्यसैले तिमीसँग विवाह हुन सक्दैन, तिमी भानुभक्त बन भनिन् । पछि फर्केर हेर्दा के लाग्यो भने ठूलो कुरा भनिएको थियो जस्तो लाग्छ । उसको कुनै आरोप थिएन । तिमीसँग विवाह सम्भव छैन । भानुभक्त बन’ मेरो मन खिन्न भयो । मलाइ केको भानुभक्त बन्नु छ । मलाई त केटी चाहिएको थियो । त्यो प्रेमले स्वारुप र आकार ग्रहरण गर्नु पहिले टुंगियो । वास्तवमा त्यो प्रेम थिएन, भावुकता थियो । तथापी केही थियो ।अहिले ७७ वर्ष भएँ, त्यो धेरै पुरानो घटनाको याद अझै छ । यदाकदा त्यो केटीसँग भेट हुन्छ । तर अचम्म के भयो भने, स्कुलमा हुँदासम्म उनीसँग एक वचन पनि बोलचाल भएन । एउटै कक्षा केटी भएदेखि नोट साट्ने वाहना एकदुई बचन बोलिथ्यो होला । त्यो सकियो । अस्वीकृति थिएन, बाध्यता थियो । मैले जीवन जहाँदेखि जहाँसम्म यात्रा गरेँ । तीनको उद्दारका कारणले पनि हो । तिमी भानुभक्त बन भन्ने केटीले ठूलो उदार गरिन जस्तो लाग्छ । उसको र मेरो प्रेमसम्बन्ध जोडिएर विवाह भएको भए तपाईंहरुसँग भेट हुने थिएन । दाम्पत्य जीवनमा बाधिन्थेँ । परिवारको बोझ शिरमाथि हुन्थ्यो । मेरो जीवन त्यही परिवेशमा हुन्थ्यो । त्यही बिलाउँथेँ । उनको स्वीकार नै उद्दार भयो ।
पोखराः रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा हुने सडक महोत्सवको तयारी अन्तिम पूरा भएको छ । अंग्रजी नयाँ वर्ष २०२३ लाई स्वागत गर्न आयोजना गरिएको सडक महोत्सवको तयारी पूरा भएको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । कार्यक्रमका संयोजक तथा रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले ‘सडकमै खाऔं, सडकमा रमाऔं’ भन्ने मुख्य नारासहित आयोजना हुने २४ औं सडक महोत्सवको सम्पूर्ण तयारी भएको बताए । उनका अनसार महोत्सव आगामी १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको प्रतियोगिता अन्तरगत चिल्ली बारमा (डिसेम्बर २९) पुष १४ गते वेटर÷वेट्रेस प्रतियोगिता, (३० तारिख) १५ गते फेवातालमा डुङ्गा दौड प्रतियोगिता, र (डिसेम्बर ३१) १६ गते गौरीघाटमा टग अफ वार प्रतियोगिता आयोजना गरिने संयोजक भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार महोत्सवमा अनुप्रस्था, , सविन राई, आशिष रानामगर (लाहुरे) र लोकल व्याण्डको लाइभ कन्र्सट हुनेछ । यस्तै महोत्सवमा दिउँसो प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, खेम सेन्चुरी, शंकर विरही गुरुङ, निश्चल दवाडी, बद्री पंगेनी, प्रेम राजा महत, बविता बानिया जेरी, कुमार पुन, राजन कार्की, शान्ति श्री परियार, पुरुषोत्तम न्यौपाने, तारापती सुवेदी, सम्झना भण्डारी, श्याम रानामगर, कृष्ण अखेली र पार्वती जिसीको साँगीतिक प्रस्तुती रहनेछ भने हास्य व्यङ्ग्यतर्फ दिपक थापामगर, राजा राजेन्द्र, हास्य तर्फ युवराज भण्डारी, राजेन्द्र नेपाली लगायतको प्रस्तुती रहनेछ ।

