पोखरामा ट्याक्टर दुर्घटना हुँदा नलप्रसादको मृत्यु
पाेखरा | माघ ११, २०७९
सांकेतिक तस्बिर
पोखराः पोखरा महानगरपालिका ३३ चौगादीमा ट्याक्टर दुर्घटना हुँदा नलप्रसाद लामिछानेको मृत्यु भएको छ ।
पोखरा महानगर ३३ चुवादी हुँदै सुरौदी तर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार ६३ वर्षीय लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञान बहादुर खड्काले जानकारी दिए ।
ट्याक्टर दुर्घटना हुँदा घाइते भएका लामिछानेको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्री अपस्पतालमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

