बिरौटाको सडक अस्तव्यस्त भएपछि ठेकेदारलाई विप्लव घटकको चेतावनी
पाेखरा | माघ ११, २०७९
पोखराको सिद्धार्थ राजमार्ग अन्तरगत वडा नम्बर १७ को बिरौटा खण्डमा निर्माणाधीन सडक अस्तव्यस्त भएपछि विप्लव नेतृत्वको नेकपा समर्थित घटक युवा संगठन नेपाल एक्सनमा उत्रिएको छ ।
संगठनले मंगलबार वडा कार्यालय र पोखरा महानगरपालिकालाई यस विषयमा ध्यानाकर्षण गराउँदै मेयर धनराज आचार्य र वडाध्यक्ष राधिका शाहीलाई ज्ञापनपत्र बुझाएको छ ।
संगठनका कास्की अध्यक्ष युवराज सी को नेतृत्वमा पत्र बुझाउँदै थपिएको एक वर्षमा पनि सडक पुरा नभएकोमा सम्बन्धित पक्षलाई सचेत गराइएको छ ।
उक्त सडक खण्ड पुरा गर्न आगामी साउनसम्म थप समय दिइएको छ । तर हालसम्म ५० प्रतिशत काम पनि नभएको भन्दै संगठन विरोधमा उत्रन बाध्य भएको पार्टीका कास्की सचिव काजी सी ले जानकारी दिए ।
बिरौटा–छोरेपाटन सडक खण्डको ठेक्का सिंह एण्ड ब्रदर्श विश्वास राम सागर जेवि काठमाडौं कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।
निर्धारित समयभित्र काम पुरा नभए कम्पनीविरुद्ध जस्तोसुकै आन्दोलन गर्न संगठन तयार रहेको अध्यक्ष युवराजले जनाएका छन् ।
सडक निर्माणमा ढिलासुस्ती भएपछि अघिल्लो हप्ता स्थानीयवासीले वडा कार्यालयअघि प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा ३ जना पक्राउ परेका थिए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

