कास्कीको लुम्लेमा सुनगाभा कप
पाेखरा | माघ ९, २०७९

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ६ लुम्लेमा सुनगाभा कप तथा प्रविण गुरुङ सांस्कृतिक साँझ हुने भएको छ ।
सुनगाभा युवा क्लबको आयोजनामा माघ २६ गतेदेखि फागुन ३ गतेसम्म सुनगाभा कप तथा स्व. प्रविण गुरुङ स्मृति श्रस्टा सम्मान कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।
लुम्ले गाउँलाई पर्यटकीय गाउँ सगसगै खेलकुदबाट पर्यटन भित्राउन युवाहरुले विभिन्न कार्यक्रम गर्ने र सुनगाभा क्लब लुम्लेको चौथो संस्करण आयोजना गर्न लागेको वडाध्यक्ष एकदेव देवकोटाले बताए । लुम्ले गाउँमा जन्मिएका राष्ट्रिय गायक प्रबिन गुरुङको सम्झनामा आयोजना हुन लागेको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने पुर्व वडाध्यक्ष चित्रवहादुर गुरुङले जानकारी दिए ।
क्लबको वार्षिकोत्सवको अवसरमा गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा समेत आयोजना गरेको छ । १ टिममा राष्ट्रिय टिमका दुईजना जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिताका संयोजक अन्तिम गुरुङले जानकारी दिए । प्रतियोगितामा ३० टिमको सहभागिता रहने अपेक्षा गरिएको गुरुङले बताए । भलिबलको प्रथमलाई ६५ हजार, दोस्रोलाई ४० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र साथै उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर र सेटरलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । ।
काठमाडौं: २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी ...
काठमाडौं: नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...
तनहुँ: तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी न...