ललितपुरको लगातार तेस्रो जित
पाेखरा | भदौ २३, २०८२
पोखरा: पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी लाभाजलाई ३–० को सोझो सेटमा पराजित गर्दै ललितपुरले लगातार तेस्रो जित दर्ता गरेको हो ।
ललितपुरले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । ललितपुरकी पट्राथिप सान्त्रकुन प्लेयर अफ द म्याच बनिन् ।
लगातार तेस्रो जितसँगै ललितपुर ९ अंकसहित फाइनल नजिक पुगेको छ । लगातार तेस्रो जित नै निकालेको कर्णाली यशविस पनि फाइनल नजिक पुगेको छ ।
३ खेलबाट २ अंक जोडेको लुम्बिनी २ र एक अंक जोडेको पोखरा निन्जाज २ खेलअघि नै फाइनल होडबाट बाहिरिएका छन् । ३ अंक जोडेका मधेश युनाइटेड र काठमाडौं स्पाइकर्सको फाइनल खेल्ने गणितीय संभावना बाँकी छ । दुवै टोलीले दुईदुई खेल खेल्न बाँकी छ ।
लिगअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली र मधेशबिच दिउँसो २ बजे सुरु हुनेछ । त्यसपछि ललितपुर र पोखराबिचको खेल हुनेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

