जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, क्षतिको विवरण संकलन गरिँदै

काठमाडाैं | भदौ २७, २०८२

जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, क्षतिको विवरण संकलन गरिँदै

काठमाडौं:  भदौ २३ र २४ गते दुई दिन भएको जेन-जी आन्दोलनमा देशभर मृत्यु हुनेको संख्या ५१ पुगेको छ । 


आन्दोलनका क्रममा ३ जना प्रहरीसहित ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ । आन्दोलनका क्रममा भएको अन्य क्षतिको विवरण भने संकलन गर्ने कार्य भइरहेको प्रवक्ता प्रवक्ता डीआईजी विनोद घिमिरेले  बताए ।


अहिलेसम्म ३ जना प्रहरीसहित ५१ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ,’ उनले भने, ‘थप क्षतिको विवरण संकलन गरिदैंछ ।’ 


प्रदर्शनका क्रममा एक जना भारतीय महिला, ९ जना कैदीको मृत्यु भएको छ । यस्तै, बाँकेस्थित बाल सुधार गृहमा भएको झडपमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रदर्शनका क्रममा घाइते भएका १७७१ जनाको विभिन्न ६० अस्पतालमा उपचार भएको छ ।


जसमध्ये १३७९ जना उपचारपछि डिस्चार्ज गरिएको थियो भने २८४ जनालाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्